यशैया 34:2

अनलक शाब्दिक बाइबल

किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको छ र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ । उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 13:5 : 5 तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्यायको माध्‍यामले सम्‍पूर्ण देशलाई नाश गर्नुहुन्छ ।
  • यशा 24:1-9 : 1 ¶ हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्‍नुभएको छ । 2 यो मानिसहरूलाई झैं पुजारीहरूलाई, नोकरलाई झैं मालिकलाई, दासीलाई झैं मलिक्‍नीलाई, किन्‍नेलाई झैं बेच्‍नेलाई, ऋण दिनेलाई झैं ऋण लिनेलाई, ब्याज लिनेलाई झैं ब्याज दिनेलाई हुनेछ । 3 पृथ्वीलाई पुर्ण रूपमा विनाश गरिनेछ र पुर्ण रूपमा नाङ्गो बनाइनेछ । किनकि परमप्रभुले यो वचन बोल्नुभएको छ । 4 पृथ्वी सुख्‍खा हुनेछ र ओइलाउनेछ, संसार सुक्‍नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्‍ट मानिसहरू दुर्बल हुनेछन् । 5 पृथ्वीलाई यसका बासिन्दाहरूले दूषित पारेका छन्, किनभने तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, नियमहरू तोडेका छन् र अनन्‍तको करार उलङ्घन गरेका छन् । 6 यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्‍वीका बासिन्दाहरू जलाइन्‍छन् र थोरै मानिसहरू मात्र बाँकी छन् । 7 नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् । 8 खैंजडीको सुमधुर आवाज बन्द हुन्छ र आनन्द मनाउनेहरूको आनन्‍दको सोर पनि बन्द हुन्छ । वीणाको आनन्द बन्द हुन्छ । 9 तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्‍यो तीतो हुन्छ । 10 गोलमालको सहरलाई भत्काइएको छ । हरेक घर बन्द गरिएको र रित्तो छ । 11 दाखमद्यको कारणले गर्दा सडकमा चिच्याहट छ । सबै आनन्द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ । 12 सहरमा उजाड छोडिएको छ र ढोका भग्‍नावशेष भएर फुटेको छ । 13 किनकि जस्‍तो जैतूनको रूखलाई हल्लाउँदा, जस्‍तो अङ्गुर टिप्‍दा फाटफुट छुट्छ, सारा पृथ्वीभरि जातिहरू माझ यस्तै नै हुनेछ । 14 आफ्‍नो सोरलाई तिनीहरूले उचाल्‍नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन् । 15 यसकारण पुर्वमा परमप्रभुको महिमा गर, समुद्रा टापुहरूमा परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँलाई महिमा देओ । 16 हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, “धर्मी जनको महिमा होस्!” तर मैले भनें, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्‍कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ । 17 ए पृथ्वीका बासिन्दाहरू, तिमीहरूमाथि त्रास, खाल्डो र पासो आइलागेको छ । 18 त्रासको आवाजदेखि भाग्‍ने खाल्डोमा पर्नेछ, खाल्डोको बिचबाट बाहिर निस्‍कने पासोमा पर्नेछ । स्वर्गका झ्यालहरू खोलिनेछन् र पृथ्वीका जगहरू हल्लिनेछन् । 19 पृथ्वी पुर्ण रूपमा टुट्‍नेछ, पृथ्वी चिरा पर्नेछ । पृथ्वीलाई डरलाग्‍दो किसिमले हल्लाइनेछ । 20 पृथ्वी मद्यले मातेको मानिसझैं लरखराउनेछ र यो झुप्रोझैं यताउता हल्‍लिनेछ । यसमाथि यसको पाप भारि हुनेछ र यो पतन हुनेछ अनि फेरि कहिल्यै उठ्नेछैन । 21 त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ । 22 तिनीहरूले कैदीको रूपमा खाल्डोमा एकसाथ जम्‍मा गरिनेछ र झ्यालखानमा बन्द गरिनेछ । अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ । 23 तब चन्द्रमा लज्‍जित हुनेछ र सूर्य अपमानमा पर्नेछ, किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा अनि महिमामा आफ्‍ना धर्मगुरुहरूका सामु राज्‍य गर्नुहुनेछ ।
  • यशा 30:25 : 25 धरहरा ढलेर ठुलो संहार भएको दिनमा, हरेक अग्लो पहाड र हरेक अग्लो डाँडामा, त्यहाँ बगिरहने खोलाहरू र खोल्‍साहरू हुनेछन् ।
  • यशा 30:27-30 : 27 हेर, परमप्रभुको नाउँ टाढाबाट उहाँको रिसले जलिरहेको र गाढा धूवाँमा आउँछ । उहाँका ओठहरू क्रोधले पुर्ण छन् र उहाँको जिब्रो विनाश गर्ने आगोजस्तै छ । 28 उहाँको सास जातिहरूलाई विनाशको नाङ्लोले निफन्‍न घाँटीसम्म नै आउने उर्लंदो जलाधारजस्तै छ । उहाँको सास मानिसहरूलाई भर्माउन लगाउने मानिसहरूको बङ्गरामा लगाइएको लगामजस्तो छ । 29 तिमीहरूले पवित्र चाड मनाउदा झैं रातमा पनि गीत गाउनेछौ र परमप्रभुको पर्वतमा अर्थात् इस्राएलको चट्टानकहाँ बाँसुरी बजाउँदै जाँदाको जस्तै मन खुसी हुनेछ । 30 परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।
  • यिर्मि 25:15-29 : 15 किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो, “मेरो हातबाट क्रोधको मदिराले भरिएको यो कचौरा लि, र मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा । 16 तिनीहरूले पिउनेछन् र त्‍यसपछि धरमराउने छन्, र मैले तिनीहरूका बिचमा पठाएको तरवारको सामु बौलाहा हुनेछन् ।” 17 त्यसैले मैले परमप्रभुको हातबाट कचौरा लिएँ, र ती सबै जाति जसकहाँ परमप्रभुले मलाई पठाउनुभएको थियो, मैले तिनीहरूलाई पिउन लगाएँ, 18 अर्थात् तिनीहरू आजको दिनमा भएझैं तिनीहरूलाई विनाश, भय अनि गिल्ला र सरापको पात्र बनाउन यरूशलेम, यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई यो पिउन लगाएँ । 19 अरू जातिहरूले पनि यसलाई पिउनुपर्‍यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस, 20 विभिन्‍न जातका सबै मिश्रित मानिस, र ऊज देशका सबै राजा, पलिश्तीहरू अश्कलोन, गाजा, एक्रोन र अश्दोदका बाँकी रहेकाहरू सबै राजा, 21 एदोम, मोआब र अम्मोनका मानिसहरू, 22 टुरोस र सीदोनका राजाहरू, समुद्रपारि किनाराका सबै राजा, 23 ददान, तेमा र बूज, तिनीहरूका शिरका किनाराहरूमा कपाल काट्नेहरू सबैले यसलाई पिउनुपर्‍यो । 24 यसबाहेक, अरबका सबै राजा, उजाड-स्थानमा बस्‍ने मिश्रित मानिसहरूका सबै राजा, 25 जिम्रीका सबै राजा, एलामका सबै राजा, मादीका सबै राजा, 26 उत्तरका, नजिक र टाढा बस्‍ने सबै राजा, पृथ्वीमा हुने सबै राज्यहरूले तिनीहरूका भाइसँगै परमप्रभुको हातको कचौरा पिउनुपर्‍यो । अन्त्यमा, बेबिलोनका राजाले पनि त्यस कचौरालाई पिउनेछ । 27 परमप्रभुले मलाई भन्‍नुभयो, “अब तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः पिओ र मात, अनि बान्त गर, लडिबडि गर, र मैले तिमीहरूका बिचमा पठाउँदै गरेको तरवारको सामु खडा नहोओ ।' 28 तब तिनीहरूले पिउनलाई तेरो हातबाट कचौरा लिन इन्कार गरे भने, तैंले तिनीहरूलाई यसो भन्‍नू, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूले निश्‍चय पनि यसलाई पिउनैपर्छ । 29 किनकि हेर, मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु, र के तिमीहरू आफूचाहिं दण्डबाट उम्कने छौ र? तिमीहरू उम्कने छैनौ, किनकि देशका सबै बासिन्दाको विरुद्धमा म एउटा तरवार पठाउँदैछु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।'
  • यो 3:9-9 : 9 जातिहरूका बिचमा यो कुरा घोषणा गर, “युद्धको निम्ति आफैंलाई तयार गर, शक्तिशाली मानिसहरूलाई जगाओ, तिनीहरूलाई नजिक आउन देओ, युद्धका सबै मानिसहरू माथि आऊन् । 10 आफ्ना फालीहरू पिटेर तरवारहरू बनाओ र छिमल्ने खुकुरीहरू पिटेर भालाहरू बनाओ । कमजोरले भनोस्, ‘म बलियो छु ।’ 11 ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्‍ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् । 12 जातिहरूले आफैंलाई जगाऊन् र यहोशापातको बेसीमा उक्‍लेर आऊन् । किनकि वरिपरिका सबै जातिको न्‍याय गर्न, म त्यहीं बस्‍नेछु । 13 हँसिया बोक, किनकि फसल पाकेको छ । आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ । घ्‍याम्‍पोहरू भरिएर पोखिन्‍छन्, किनकि तिनीहरूका दुष्‍टता विशाल छ ।” 14 त्‍यहाँ होहल्‍ला छ, इन्साफको बेसीमा कोलाहल छ । किनकि इन्साफको बेसीमा परमप्रभुको दिन नजिकै छ ।
  • आमो 1:1-2 : 1 ¶ तकोका गोठालामध्‍ये एक जना आमोसले इस्राएलका विषयमा प्रकाशमा पाएका कुराहरू यी नै हुन् । भुकम्प जानुभन्दा दुई वर्षअगाडि यहूदाका राजा उज्‍जियाहका दिनमा, र येहोआशका छोरा इस्राएलका राजा यारोबामका दिनमा पनि तिनले यी कुराहरू प्राप्‍त गरे । 2 तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुनेछ । उहाँले यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुनेछ । गोठालाहरूका खर्कहरू सुक्‍नेछन् । कार्मेलको टाकुरो ओइलाउनेछ ।”
  • नहू 1:2-6 : 2 परमप्रभु डाही परमेश्‍वर हुनुहुन्छ र उहाँले बदला लिनुहुन्छ । परमप्रभुले बदला लिनुहुन्छ र उहाँ क्रोधले भरिनुभएको छ । उहाँले आफ्ना विरोधीहरूसँग बदला लिनुहुन्छ र आफ्ना शत्रुहरूप्रति उहाँको रिस रहिरहन्छ । 3 परमप्रभु रिसाउनमा ढिला र शक्तिमा महान् हुनुहुन्छ । उहाँले दुष्‍टलाई दण्डबाट उम्कन दिनुहुन्‍न । परमप्रभुले भुमरी र आँधीमा आफ्नो मार्ग तयार गर्नुहुन्छ, र बादलहरू उहाँका पाउका धुलो हुन् । 4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् । 5 पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्‍छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिस नष्‍ट हुन्छन् । 6 उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्‍छ, र उहाँद्धारा चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन् ।
  • सप 3:8 : 8 त्यसैकारण जुन दिनसम्म म शिकारलाई पक्रनको निम्ति उठ्दिनँ, त्यस बेलासम्म मलाई पर्ख, परमप्रभु घोषणा गर्नुहुन्छ । किनकि मेरो निर्णय जाति-जातिहरूलाई एकठ्ठा गर्ने, राज्यहरूलाई जम्मा गर्ने, र तिनीहरूमाथि मेरो क्रोध, मेरो सम्पूर्ण ज्वलन्त क्रोध खन्याउने हो, किनभने मेरो डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ ।
  • जक 14:3 : 3 तर परमप्रभु बाहिर निस्कनुहुनेछ र यूद्धको दिनमा झैँ ती जातिहरूको विरूद्ध लडाइँ सुरु गर्नुहुनेछ।
  • जक 14:12-16 : 12 यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछः तिनीहरू आफ्ना खुट्टा उभिरहँदा पनि तिनीहरूको मासु कुहेर जानेछ । तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूकै मुखमा कुहुनेछन् । 13 त्यस दिन तिनीहरूका बिचमा परमप्रभुको त्यो महान् भय छाउनेछ । हरेकले अर्को व्यक्तिको हात समाउनेछ, र एउटाको हात अर्काको विरुद्ध उठ्नेछ । 14 यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ । तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू-सुन, चाँदी, र असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन् । 15 घोडाहरू र खच्‍चरहरू, ऊँटहरू र गधाहरू, र ती छाउनीहरूमा भएका सबै पशुहरूमा त्यही महामारी फैलिनेछ । 16 यरूशलेमको विरुद्धभएका तीजातिहरूका सबै बाँकी रहेकाहरू वर्षेनी राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न, र छाप्रो-वासको पर्व मनाउन माथि जानेछन् ।
  • रोमी 1:18 : 18 किनभने सबै भक्‍तिहीनता र मानिसहरूको अधार्मिक्‍ता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्‍तिहीनताद्वारा सत्यतालाई रोकेको छ ।
  • प्रका 6:12-17 : 12 जब थुमाले छैटौँ छापलाई खोल्‍नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पुरा रगतजस्तै बन्यो । 13 जसरी अञ्‍जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे । 14 आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए । 15 तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके । 16 तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ । 17 किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र? ।”
  • प्रका 14:15-20 : 15 त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्‍नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्‍वीको बाली पाकिसकेको छ ।” 16 तब बादलमाथि बस्‍नुहुनेले आफ्नो हँसिया पृथ्‍वीमाथि चलाउनुभयो, र पृथ्‍वीमा कटनी भयो । 17 स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो । 18 अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो । जोसित धारिलो हँसिया थियो, उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो, “तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्‍वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन् ।” 19 ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्‍वीमा चलाए र पृथ्‍वीका अङ्गुरको फसल जम्मा गरे । परमेश्‍वरको क्रोधको ठुलो दाख कोलभित्र फालिदिए । 20 सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्‍चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो ।
  • प्रका 19:15-21 : 15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्छ । 16 उहाँको पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भनी एउटा नाउँ लेखिएको छ । 17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ । 18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।” 19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए । 20 उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो । 21 तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।
  • प्रका 20:9 : 9 तिनीहरू पृथ्वीको चारैतिर गएर विश्‍वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्‍ट पार्‍यो ।
  • प्रका 20:15 : 15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 3तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ ।

  • 1¶ ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्‍यसलाई भर्ने सबैले, संसार र त्‍यसबाट आएका सबै थोकले सुन्‍नुपर्छ ।

  • 77%

    31युद्धको आवाज पृथ्वीको कुना-कुनासम्म गुन्‍जिनेछ, किनकि परमप्रभुले जाति-जातिहरूको विरुद्धमा अभियोग लगाउनुहुन्‍छ, र सबै मानिसमाथि इन्साप ल्याउनुहुने छ, अनि दुष्‍टहरूलाई उहाँले तरवारले काट्नुहुनेछ, यो परमप्रभुको घोषणा हो ।’

    32सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, विपत्ति एक जातिदेखि अर्को जातिकहाँ जाँदैछ, र पृथ्वीका पल्‍लो कुनाबाट प्रचण्ड आँधी सुरु हुँदैछ ।

    33तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरने र गाडिनेछैन । तिनीहरू भुइँमा मलजस्तै हुनेछन् ।

  • 16किनकि परमप्रभुले आगोद्वारा र आफ्‍नो तरवारले मानवजातिमाथि न्याय गर्नुहुन्छ । परमप्रभुद्वारा मारिनेहरू धैरै हुनेछन् ।

  • 11परमप्रभुले आफ्ना सबै क्रोध देखाउनुभयो । उहाँले आफ्नो भयङ्कर रिस खन्याउनुभयो । उहाँले सियोनमा आगो सल्काउनुभयो जसले त्यसका जगहरूलाई भस्म पार्‍यो ।

  • 37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।

  • यशा 13:4-5
    2 पदहरू
    75%

    4पर्वतहरूमा एउटा भीडको जस्‍तो धेरै जना मानिसहरूको हल्ला! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्‍छ ।

    5तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्यायको माध्‍यामले सम्‍पूर्ण देशलाई नाश गर्नुहुन्छ ।

  • 25यसकारण परमप्रभुको रिस उहाँका मानिसहरूका विरुद्ध दन्किएको छ । उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा पसार्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुभएको छ । पहडाहरू काँप्छन् र तिनीहरूका लाशहरू गल्‍लीहरूमा फोहोर झैं छन् । यी सबै कुरामा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएको छ ।

  • विलाप 2:2-5
    4 पदहरू
    75%

    2परमरप्रभुले याकूबका सबै नगरलाई स्वाहा पार्नुभएको छ, र तिनलाई दया देखाउनुभएको छैन । उहाँको रिसको दिनमा उहाँले यहूदाकी छोरीका किल्लाबन्दी गरिएका सहरहरू भत्काइदिनुभएको छ । उहाँले राज्य र यसका शासकहरूलाई अपमानमा भुइँ ढाल्नुभएको छ ।

    3भयङ्कर रिसले उहाँले इस्राएलको हरेक सिङ काटिदिनुभएको छ । उहाँले शत्रुकै सामुन्‍ने आफ्नो दाहिने हात हटाउनुभएको छ । उहाँले याकूबलाई चारैतिर भस्म गर्ने दन्कँदो आगोले जलाउनुभएको छ ।

    4शत्रुले झैँ उहाँले धनु हामीतिर उठाउनुभएको छ । उहाँको दाहिने हात हान्‍नलाई तयार छ । सियोनकी छोरीको पालमा उहाँले आफूलाई प्रिय लाग्‍ने सबैलाई मार्नुभएको छ । उहाँले आफ्नो क्रोध आगोझैँ खन्याउनुभएको छ ।

    5परमप्रभु शत्रुझैँ हुनुभएको छ । उहाँले इस्राएललाई निल्नुभएको छ । उहाँले त्यसका सबै महललाई निल्नुभएको छ । उहाँले त्यसका किल्लाहरूलाई नष्‍ट पार्नुभएको छ । उहाँले यहूदाकी छोरीमा शोक र विलाप बढाउनुभएको छ ।

  • 8त्यसैकारण जुन दिनसम्म म शिकारलाई पक्रनको निम्ति उठ्दिनँ, त्यस बेलासम्म मलाई पर्ख, परमप्रभु घोषणा गर्नुहुन्छ । किनकि मेरो निर्णय जाति-जातिहरूलाई एकठ्ठा गर्ने, राज्यहरूलाई जम्मा गर्ने, र तिनीहरूमाथि मेरो क्रोध, मेरो सम्पूर्ण ज्वलन्त क्रोध खन्याउने हो, किनभने मेरो डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ ।

  • 15मेरा कुराहरू नसुन्‍ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु ।”

  • 18परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”

  • 24अन्य जातिहरूसँगै तिनीहरूले भन्‍ने छन्, 'किन परमप्रभुले यस देशलाई यसो गर्नुभएको? यो डरलाग्दो रिसको मतलब के हो?'

  • 74%

    25परमप्रभुले आफ्नो अस्‍त्रभण्‍डार खोल्‍नुभएको छ, र आफ्नो रिसले काम गर्ने उहाँले हातहतियार ल्याउँदै हुनुहुन्छ । कल्दीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको काम छ ।

    26टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्‍नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्‍नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।

    27त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्‍का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ ।

  • 31म मेरो क्रोध तँमाथि खन्‍याउनेछु! तेरो विरुद्धमा दन्‍केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्‍पिदिनेछु ।

  • यशा 34:5-6
    2 पदहरू
    74%

    5किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्‍जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्‍यो आउनेछ ।

    6परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ ।

  • 31त्‍यसैले तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्‍याउनेछु । मेरो रिसको आगोले म तिनीहरूलाई खत्तम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्‍लोमा हाल्‍नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।"'

  • 5'मेरो क्रोध र मेरो रिसमा लडाइँ गर्न र मैले मार्ने मानिसहरूका लाशहरूले म ती घरहरू भरिदिन कल्दीहरू आउँदैछन्, जति बेला तिनीहरूका सबै दुष्‍टताको कारणले म यस सहरबाट आफ्‍नो अनुहार लुकाउनेछु ।

  • 10त्यस दिन सर्वशक्तिमान् परमप्रभुको लागि प्रतिशोधको दिन हुनेछ, र उहाँले आफ्ना वैरीहरूलाई आफै बदला लिनुहुनेछ । तरवारले स्वाहा पार्नेछ, र त्यो सन्तुष्‍ट हुनेछ । यसले तिनीहरूको रगत पिउनेछ । किनकि यूफ्रेटिस नदीको किनारमा अवस्थित उत्तर देशमा सर्वशक्तिमान् परमप्रभुका लागि बलिदान चढाइनेछ ।

  • 25तपाईंले नचिन्‍ने जातिहरू र तपाईंको नाउँ नपुकार्ने परिवारहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् । किनकि तिनीहरूले याकूबलाई निलेका छन् र भष्‍म पारेका छन् यसरी उसलाई पूर्ण रूपमा नास पारेका र उसको बासस्थानलाई उजाड पारेका छन् ।

  • 66हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्‍नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्‍ट पार्नुहुन्छ ।

  • 27त्यसकारण, यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रिस यस देशको विरुद्धमा दन्किएको हो ।

  • 18हे परमप्रभु, यो सत्य हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशलाई विनाश गरेका छन् ।

  • 4परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ ।

  • 7जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न ।

  • 22देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।

  • 11अनि तिनीहरूले परमप्रभुको भय मान्‍नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्‍वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।

  • 24तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् ।

  • 14तिनीहरूले तुरही फुकेका छन् र हरेक कुरा तयार पारेका छन्, तर कोही पनि युद्ध गर्न गइरहेको छैन । किनकि मेरो क्रोध ती जम्‍मै भीडमाथि छ ।

  • 8यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।

  • 9हेर, देशलाई विनाश पार्न र त्‍यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।

  • 6त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्‍म छ ।'

  • 12विनाशकहरू उजाड-स्थानका सबै नाङ्गा स्थानहरूको विरुद्धमा आएका छन्, किनकि परमप्रभुको तरवारले तिनीहरूलाई देशको एउटा छेउदेखि अर्को छेउसम्म नाश पार्दैछ । देशमा कुनै पनि जीवित प्राणीको लागि सुरक्षा छैन ।

  • 5सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्‍लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्‍नेछन् ।

  • 25त्यससँग नडराओ किनकि तिमीहरू विरुद्धको मेरो रिस चाँडै अन्‍त हुनेछ र मेरो क्रोधले त्यसको विनाशमा लैजानेछ ।”

  • 8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।

  • 17हे परमप्रभु, अश्शूरका राजाहरूले जातिहरू र तिनीहरूका देशहरूलाई साँच्‍चै नै नाश पारेका छन् ।

  • 30परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।

  • 15त्यस बाहेक, तिनीहरूलाई नष्‍ट नपारूञ्‍जेल परमप्रभुको हात त्यो पुस्ताको विरुद्धमा थियो ।

  • 3म तिनीहरूलाई चारवटा समूहमा विभाजन गर्नेछु, यो परमप्रभुको घोषणा हो— केहीलाई मार्न तरवारलाई, केहीलाई घिसार्न कुकुरहरूलाई, केहीलाई स्वाहा पार्न र नष्‍ट पार्नलाई आकाशका चराहरू र जमिनका पशुहरूलाई ।

  • 37तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्‍त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।