यशैया 40:20

अनलक शाब्दिक बाइबल

बलि चढाउनलाई कसैले अग्राखकै दाउरा ल्‍याउँछ । नढल्ने मूर्ती बनाउन उसले एक जना निपुण कारीगर खोज्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 5:3-4 : 3 जब अश्दोदका मानिसहरू अर्को दिन बिहान सबेरै उठे, हेर, दागोन त परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । त्यसैले तिनीहरूले दागोनलाई उठाए र त्यसलाई आफ्‍नै स्थानमा खडा गरे । 4 तर जब तिनीहरू अर्को बिहान सबेरै उठे, हेर, दागोन परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । दागोनको शिर र दुवै हातहरू टुक्रिएर ढोकामा अलपत्र थियो । दागोनको जिउ मात्र बाँकी रहेको थियो ।
  • यशा 41:7 : 7 त्यसैले सिकर्मीले सुनारलाई उत्साह दिन्छ, अनि घन चलाउनेले लिहीमा काम गर्नेलाई 'यो असल छ' भन्दै वेल्‍डिङ् गर्न उत्साह दिन्छ । तिनीहरूले त्‍यो काँटीले कस्छन्, ताकि यो नहल्लियोस् ।
  • यशा 46:7 : 7 तिनीहरूले त्‍यसलाई आफ्‍नो काँधमा राख्छन् र त्‍यो बोक्छन् । तिनीहरूले त्‍यसलाई एक ठाउँमा राख्छन् र त्‍यो त्‍यहाँ खडा हुन्‍छ र त्‍यो हलचल गर्दैन । तिनीहरू त्‍यससँग पुकारा गर्छन्, तर त्‍यसले जवाफ दिन सक्दैन न कुनै व्‍यक्‍तिको कष्‍टबाट उसलाई छुटकारा दिन नै सक्छ ।
  • यिर्मि 10:3-4 : 3 किनकि यी मानिसहरूका धार्मिक प्रचलनहरू बेकम्मा छन् । तिनीहरू जङ्गलमा भएको एउटा रुख काट्छन्, र कारीगरले काठको मूर्ति बनाउँछ । 4 त्यसपछि तिनीहरूले सुन र चाँदीले त्‍यसलाई सजाउँछन् । त्‍यो नढलोस् भनेर तिनीहरूले त्‍यसलाई घन र किल्लाले ठोक्दछन् ।
  • दानी 5:23 : 23 हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन ।
  • यशा 2:8-9 : 8 तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको छ । तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्‍नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन् । 9 मानिहरूलाई झुकाइनेछन् र व्‍यक्‍तिहरू घोप्‍टिनेछन् । त्‍यसकारण तिनीहरूलाई नउठाउनुहोस्।
  • यशा 44:13-19 : 13 सिकर्मीले काठलाई धागोले नाप्छ र कलमले त्‍यसमा चिन्ह लगाउँछ । उसले आफ्‍ना औजारहरूले त्‍यसलाई आकार दिन्छ र कम्‍पासले त्‍यसमा चिनो लगाउँछ । उसले त्‍यसलाई आकर्षक मानिसजस्‍तै मानिसको आकारमा बनाउँछ, ताकि त्‍यो घरमा नै रहोस् । 14 उसले देवदारु काट्छ, वा सल्लाको रूख वा फलाँटको रूख छान्छ । उसले आफ्नो निम्ति वनका रूखहरू छान्‍छ । उसले सल्लाको रूख लगाउँछ र पानीले त्‍यसलाई बढाउँछ । 15 अनि मानिसले त्‍यसलाई दाउरा बाल्न र आफूलाई न्यानो पार्न प्रयोग गर्छ । हो, उसले आगो बाल्छ र रोटी पकाउँछ । त्‍यसपछि उसले त्‍यसबाट एउटा देउता बनाउँछ र त्‍यसमा घोप्टो पर्छ । उसले एउटा मूर्ती बनाउँछ र त्‍यसमा घोप्टो पर्छ । 16 आफूले खाने मासु पकाउँछ त्‍यो रूखका केही भागलाई उसले दाउरा बाल्‍छ । उसले खान्छ र तृप्‍त हुन्‍छ । उसले आफैलाई न्यानो बनाउँछ र भन्छ, “ओहो, म तातो भएको छु, मैले आगो देखेको छु ।” 17 बाँकी रहेको काठले उसले एउटा देउता अर्थात् आफ्‍नो खोपेको मूर्ती बनाउँछ । त्‍यसमा ऊ घोप्टो पर्छ र त्‍यसको आदर गर्छ, र यसो भन्‍दै त्‍यसमा प्रार्थना चढाउँछ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरो ईश्‍वर हुनुहुन्छ ।” 18 तिनीहरूले जान्दैनन्, न तिनीहरूले बुझ्छन्, किनकि तिनीहरूका आँखा अन्धा छन् र देख्‍न सक्दैनन्, अनि तिनीहरूका हृदयहरूले बुझ्‍न नै सक्दैनन् । 19 कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, “मैले रूखका केही भाग दाउरा बालें । हो, त्‍यसको भुङ्‍ग्रोमा मैले रोटी पनि पकाएको छु । त्‍यसको भुङ्‍ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु । अब के मैले त्‍यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्‍ने कुरा बनाउनू र? के म काठको टुक्रामा घोप्टो पर्नू र?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 40:18-19
    2 पदहरू
    81%

    18तब तिमीहरूले परमेश्‍वरलाई केसँग तुलना गर्नेछौ? तिमीहरूले उहाँलाई कुन मूर्तीसँग तुलना गर्नेछौ?

    19एउटा मूर्ती! एक जना कारीगरले यसलाई बनाउँछः सुनारले यसमा सुनको जलप लगाउँछ र यसको निम्ति चाँदीको सिक्री बनाउँछ ।

  • यशा 44:9-12
    4 पदहरू
    78%

    9मूर्तीहरू बनाउने सबै जना केही पनि होइनन् । तिनीहरू प्रशन्‍न हुने थोकहरू व्‍यर्थ हुन् । तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्‍न वा जान्‍न सक्दैनन् र तिनीहरू लजमा पारिनेछन् ।

    10कसले देवतालाई आकार दिन्‍छ वा व्यार्थको मूर्ती खोप्छ?

    11हेर, त्यसका सबै सहकर्मी लाजमा पारिनेछन् । कारीगरहरू मानिसहरू मात्र हुन् । तिनीहरूले एकसाथ आफ्ना अडान लेऊन् । तिनीहरू तर्सिनेछन् र लजज्‍जित हुनेछन् ।

    12सुनारले आफ्‍ना औजारहरूले भुङ्ग्रोमा काम गरेर त्‍यो बनाउँछ । उसले त्‍यसलाई घनले आकार दिन्छ र आफ्‍नो बलियो पाखुराले त्‍यसको काम गर्छ । ऊ भोकाउँछ र उसको बल घट्छ । उसले पानी पिउँदैन र मुर्छा पर्छ ।

  • हब 2:18-19
    2 पदहरू
    76%

    18खोपेर बनाएको मुर्तिले तँलाई के लाभ हुन्छ? किनभने त्यो मुर्तिलाई खोपेर बनाउने, वा धातुलाई पगालेर मुर्ति बनाउनेचाहिँ झुटको शिक्षक हो, किनभने त्यसले यी बोल्न नसक्‍ने देवताहरू बनाएर आफ्नै हातका कलामाथि विश्‍वास गर्दछ ।

    19‘धिक्‍कार त्यसलाई जसले काठलाई उठ भन्छ, वा बोल्न नसक्‍ने ढुङ्गालाई जाग भन्छ ।’ के यी कुराहरूले सिकाउन सक्छन्? हेर्, त्यो सुन र चाँदीले मोहोरिएको छ, तर त्यसभित्र सास नै छैन ।

  • 17बाँकी रहेको काठले उसले एउटा देउता अर्थात् आफ्‍नो खोपेको मूर्ती बनाउँछ । त्‍यसमा ऊ घोप्टो पर्छ र त्‍यसको आदर गर्छ, र यसो भन्‍दै त्‍यसमा प्रार्थना चढाउँछ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरो ईश्‍वर हुनुहुन्छ ।”

  • यिर्मि 10:3-4
    2 पदहरू
    75%

    3किनकि यी मानिसहरूका धार्मिक प्रचलनहरू बेकम्मा छन् । तिनीहरू जङ्गलमा भएको एउटा रुख काट्छन्, र कारीगरले काठको मूर्ति बनाउँछ ।

    4त्यसपछि तिनीहरूले सुन र चाँदीले त्‍यसलाई सजाउँछन् । त्‍यो नढलोस् भनेर तिनीहरूले त्‍यसलाई घन र किल्लाले ठोक्दछन् ।

  • यशा 44:14-15
    2 पदहरू
    75%

    14उसले देवदारु काट्छ, वा सल्लाको रूख वा फलाँटको रूख छान्छ । उसले आफ्नो निम्ति वनका रूखहरू छान्‍छ । उसले सल्लाको रूख लगाउँछ र पानीले त्‍यसलाई बढाउँछ ।

    15अनि मानिसले त्‍यसलाई दाउरा बाल्न र आफूलाई न्यानो पार्न प्रयोग गर्छ । हो, उसले आगो बाल्छ र रोटी पकाउँछ । त्‍यसपछि उसले त्‍यसबाट एउटा देउता बनाउँछ र त्‍यसमा घोप्टो पर्छ । उसले एउटा मूर्ती बनाउँछ र त्‍यसमा घोप्टो पर्छ ।

  • यशा 46:6-7
    2 पदहरू
    73%

    6मानिहरूले झोलाबाट सुन खन्याउँछन् र चाँदीलाई तराजुमा जोख्‍नेछन् । तिनीहरूले सुनारलाई ज्याला लिन्छन् र त्‍यसबाट उसले एउटा देवता बनाउँछ । तिनीहरू त्‍यसको सामु घोप्टो पर्छन् र त्‍यसको पुजा गर्छन् ।

    7तिनीहरूले त्‍यसलाई आफ्‍नो काँधमा राख्छन् र त्‍यो बोक्छन् । तिनीहरूले त्‍यसलाई एक ठाउँमा राख्छन् र त्‍यो त्‍यहाँ खडा हुन्‍छ र त्‍यो हलचल गर्दैन । तिनीहरू त्‍यससँग पुकारा गर्छन्, तर त्‍यसले जवाफ दिन सक्दैन न कुनै व्‍यक्‍तिको कष्‍टबाट उसलाई छुटकारा दिन नै सक्छ ।

  • 73%

    17हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । हरेक सुनार उसका मूर्तिहरूद्वारा लाजमा पारिएको छ । किनभने उसले ढालेर बनाएका प्रतिमूर्तिहरू झूटा हुन्, र तिनमा जीवन हुँदैन ।

    18ती बेकम्मा छन् । ती गिल्ला गर्नेहरूका काम हुन् । तिनीहरूको दण्डको समयमा ती नष्‍ट हुनेछन् ।

  • 14हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ । किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन् । तिनमा जीवन छैन ।

  • 8तिनीहरूले आफ्नो हातका कामहरू अर्थात् वेदीहरूतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्नै औंलाले बनाएका अशेराका खम्बाहरू न सूर्यका प्रतिमाहरूलाई नै हेर्नेछन् ।

  • 8तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको छ । तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्‍नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन् ।

  • यशा 44:19-20
    2 पदहरू
    71%

    19कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, “मैले रूखका केही भाग दाउरा बालें । हो, त्‍यसको भुङ्‍ग्रोमा मैले रोटी पनि पकाएको छु । त्‍यसको भुङ्‍ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु । अब के मैले त्‍यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्‍ने कुरा बनाउनू र? के म काठको टुक्रामा घोप्टो पर्नू र?”

    20यो त उसले खरानी खाएको जस्तो भयो । उसको छलमा परेको हृदयले उसलाई बहकाउँछ । उसले आफैलाई बचाउन सक्दैन, न उसले यसो भन्‍छ, “मेरो दाहिने हातमा भएको यो कुरा झुटो देवता हो ।”

  • 15जातिहरूका मूर्तीहरू सुन र चाँदीका मानसिहरूका हातका कामहरू हुन् ।

  • 20आफूलाई भेला पार र आओ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू, एकसाथ भेला होओ! तिनीहरूसँग ज्ञान नै छैन, जसले खोपेका मूर्तिहरू बोक्छन् र बचाउन नसक्‍ने देवताहरूसँग प्रार्थना गर्छन् ।

  • 18तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै हुन्छन् जस्तो तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति हुन्छ ।

  • 28त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाइएका काठ र ढुङ्गाका अन्य देवताहरूको सेवा गर्ने छौ जसले न देख्छन् न सुन्छन् न खान्छन् न त सुँघ्छन् ।

  • 8तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति त्‍यस्तै हुन्‍छ ।

  • 20के मानिसहरूले आफ्नै लागि ईश्‍वरहरू बनाउँछन् र? तर ति त ईश्‍वरहरू नै होइनन् ।”

  • 4जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् ।

  • 32तिमीहरूको मनमा उठेको विचार कहिले पुरा हुँनेछैन । तिमीहरू भन्‍छौ, “हामीहरू अरू जातिहरूजस्‍तै, काठ र ढुङ्गालाई पुज्ने अरू देशका जातिहरूजस्तै बनौं ।”

  • यहे 15:3-4
    2 पदहरू
    70%

    3के मानिसहरूले दाखको बोटबाट केही चीज बनाउन काठ लिन्छन् र? के तिनीहरूले कुनै कुरा झुण्‍ड्याउनलाई त्‍यसबाट किला बनाउँछन्‌ र?

    4हेर्, त्यसलाई दाउराको रूपमा आगोमा हालियो भने र त्‍यसका दुई छेउ र बिचको भाग आगोले भस्‍म भयो भने, के त्‍यो कुनै कामको हुन्‍छ र?

  • 7“हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”

  • 8तिनीहरू सबै उस्तै छन् । तिनीहरू बुद्धिहीन र मूर्ख छन् । तिनीहरू मूर्तीका चेलाहरू हुन् जुन काठबाहेक केही पनि होइन ।

  • 24हेर्, मूर्तीहरू केही पनि होइनन्, र तिमीहरूका कामहरू केही पनि होइनन् । तिमीहरूलाई रोज्‍ने मानिस घृणित हुन्छ ।

  • 15के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्‍यक्‍तिलाई उचालेको जस्तो भयो ।

  • 33सबै किसिमका कारीगरीका काम गर्न तिनले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छन् ।

  • 7त्यसैले सिकर्मीले सुनारलाई उत्साह दिन्छ, अनि घन चलाउनेले लिहीमा काम गर्नेलाई 'यो असल छ' भन्दै वेल्‍डिङ् गर्न उत्साह दिन्छ । तिनीहरूले त्‍यो काँटीले कस्छन्, ताकि यो नहल्लियोस् ।

  • 15'कारीगरको हातले बनाएको जस्तै खोपेर वा ढालेर परमप्रभुको लागि घृणित मूर्ति गुप्‍तमा बनाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'

  • 20त्यस दिन मानिहरूले सुन र चाँदीका आफ्ना मूर्तीहरू फाल्‍नेछन्, जसको पुजा गर्न तिनीहरू आफैले बनाएका छन्— ती तिनीहरूले छुचुन्द्रा र चमेराहरूका अगि फाल्‍नेछन् ।

  • 7किनकि त्यो दिनमा तिमीहरूका आफ्नै हातले पापपुर्ण किसिमले बनाएका चाँदीका मूर्तीहरू र सुनका मूर्तीहरूबाट प्रत्‍येक व्‍यक्‍ति मुक्‍त हुनेछ ।

  • 1¶ इस्राएल एउटा मौलाएको दाखको बोट हो जसले फल फलाउँछ । त्यसको फलको जति बढ्यो, त्यसले त्‍यति नै धेरै वेदी बनायो । त्यसको देशले जति धेरै उब्‍जनी दियो, त्यसले त्‍यति नै धेरै स्‍तम्‍भ खडा गर्‍यो ।

  • 21के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ?

  • 19आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्‍न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्‍नेचाहिँ दरिद्रताले भरिने छ ।

  • 5सुनबाट बनाउने कुराहरूका निम्‍ति सुन र चाँदीबाट बनाउने कुराहरूका निम्‍ति चाँदी, र अनि निपुण कारीगरले गर्ने कामलाई चाहिने सबै किसिमका कुराहरू म दिंदैछु । आज परमप्रभुलाई योगदान गर्न र आफैलाई उहाँमा अर्पण गर्न इच्‍छा गर्ने अरू कोही छ?”

  • 20आफ्‍ना सुन्दर गरगहनामा तिनीहरूले घमण्‍ड गरे, र तीबाट तिनीहरूले आफ्‍ना घिनलाग्‍दा मूर्तिहरू र तिनीहरूका घृणित कुराहरू बनाए । यसकारण म यिनलाई तिनीहरूका निम्‍ति अशुद्ध थोकमा परिणत गरिदिनेछु ।

  • 4त्यसले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछ ।

  • 11जब हाँगाहरू सुक्‍छन्, तब तिनीहरू भाँचिनेछन् । स्‍त्रीहरू आउनेछन् त्यसबाट आगो बाल्‍नेछन्, किनकि यी समझदार मानिसहरू होइनन् । यसकारण तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूलाई दया गर्नुहुनेछैन, अनि तिनीहरूलाई बनाउनुहुने तिनीहरूप्रति दयालु हुनुहुनेछैन ।

  • 7कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्‍चै धनी हुन्छ ।

  • 9यसैले यसरी याकूबको अपराधको प्रयाश्‍चित गरिनेछ, किनकि यही नै त्यसको पाप हटाउने कार्यको फल हुनेछः जति बेला उहाँले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाजस्तै बनाउनुहुन्छ र टुक्रा-टुक्रा पार्नुहुन्छ, अनि त्यहाँ कुनै अशेराको खम्बाहरू वा धूप चढाउने वेदी रहनेछैन ।