यशैया 5:10

अनलक शाब्दिक बाइबल

किनकि दस हलको दाखबारीले पाँच पाथी दाख र पचास पाथी बीउले पाँच पाथी अन्‍न मात्र उब्‍जाउनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 26:26 : 26 जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्‍त हुने छैनौ ।
  • लैव्य 27:16 : 16 यदि कुनै मानिसले आफ्नो केही जमिन परमप्रभुको निम्ति अलग गर्दछ भने, त्यो जमिनमा छर्न सकिने बिउको परिमाणअनुसार त्यसको मूल्य निर्धारण हुन्छ । एक मुरी जौको मूल्य चाँदीका बिस शेकेल बराबर हुने छ ।
  • यहे 45:10-11 : 10 तिमीहरूका नाप ठिक, ठिक एपा र ठिक बाथ हुनुपर्छ! 11 एपा र बाथको नाप बराबर हुनुपर्छ । यसैले एक बाथ होमेरको दश भागको एक भाग हुनेछ । एक एपा होमेरको दश भागको एक भाग हुनेछ । तिनीहरूका नाप होमेरसँग मिल्‍दो हुनेछ ।
  • यो 1:17 : 17 माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ ।
  • हाग्गै 1:6 : 6 तिमीहरूले प्रशस्त बीऊ छरेका छौ, तर फसल भने थोरै मात्र ल्याउँछौ, तिमीहरू खान्छौ तर तिमीहरूसँग पर्याप्‍त छैन । तिमीहरू पिउँछौ, तर प्रशस्त मद्य तिमीहरूसँग छैन । तिमीहरू लुगा लगाउँछौ तर आफैँलाई तातो राख्‍न सक्दैनौ, र ज्यालादारीमा काम गर्नेहरूले पैसा कमाउँछन् तर तिनीहरूले ती प्वालहरू भएका झोलामा राख्दछन् ।”
  • हाग्गै 1:9-9 : 9 “तिमीहरूले धेरै कुराको खोजी गर्‍यौ, तर हेर! तिमीहरूले घरमा थोरै कुरा ल्यायौ, कनभने मैले ती उडाइदिएँ । किन?” सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । “किनभने मेरो भवन भग्‍नावशेषको बिचमा छ, तर तिमीहरू हरेक भने आफ्नै घर बनाउन लागिपरेका छौ । 10 यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन । 11 मैले भूमि, पर्वतहरू, अन्‍न, नयाँ मद्य, तेल, पृथ्वीका उब्जनीहरू, मानिसहरू, पशुहरू, र तिमीहरूका हातका परिश्रममाथि अनिकाल बोलाएको छु ।”
  • हाग्गै 2:16 : 16 तिमीहरू बिस मुरी अन्‍नको छेऊमा आउँदा, त्यहाँ दश मात्र थिए, र तिमीहरू पचास लिटर दखमद्य लिन कोलमा आउँदा, त्यहाँ बिसमात्र थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 45:10-11
    2 पदहरू
    81%

    10तिमीहरूका नाप ठिक, ठिक एपा र ठिक बाथ हुनुपर्छ!

    11एपा र बाथको नाप बराबर हुनुपर्छ । यसैले एक बाथ होमेरको दश भागको एक भाग हुनेछ । एक एपा होमेरको दश भागको एक भाग हुनेछ । तिनीहरूका नाप होमेरसँग मिल्‍दो हुनेछ ।

  • यहे 45:13-14
    2 पदहरू
    76%

    13तिमीहरूले दिनेपर्ने योगदान यही हो: गहुँको एक होमेरसँग एपाको छैटौंभाग, र जौको एक होमेरसँग एपाको छैटौंभाग तिमीहरूले दिनेछौ ।

    14तेलको तोकिएको भेटीचाहिं हरेक कोर वा हरेक होमेरको निम्ति बाथको दशौंभाग हुनेछ (एक कोर दश बाथ हुन्छ), किनभने एक होमेर भनेको पनि दश बाथ हो ।

  • 16तिमीहरू बिस मुरी अन्‍नको छेऊमा आउँदा, त्यहाँ दश मात्र थिए, र तिमीहरू पचास लिटर दखमद्य लिन कोलमा आउँदा, त्यहाँ बिसमात्र थिए ।

  • यशा 5:7-9
    3 पदहरू
    75%

    7किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।

    8ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्‍कार, र तिमीहरू मात्र देशमा रहन्छौ!

    9सर्वशक्तिमान् परमप्रभुले मलाई भन्‍नुभयो, धेरै वटा घर, ठुला र भव्‍य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्‍ने कोही हुनेछैन् ।

  • यो 1:10-11
    2 पदहरू
    74%

    10खेतहरू सखाप पारिएका छन्, र अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।

    11ए किसानहरू हो, लज्‍जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्‍ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।

  • 15तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।

  • 10हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्‍ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु ।”

  • 11कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्‍नेहरूलाई धिक्‍कार ।

  • 15उनले तिमीहरूका अन्‍नको र दाखबारीहरूको दशौं भाग लिनेछन् र आफ्ना अधिकारीहरू र आफ्ना सेवकहरूलाई दिनेछन् ।

  • 11किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।

  • 5दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।

  • आमो 9:13-14
    2 पदहरू
    71%

    13यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउनेछन्, जति बेला हलो जोत्‍नेले कटनी गर्नेलाई उछिन्‍नेछ, र दाख पेल्‍नेले बीउ छर्नेलाई उछिन्‍नेछ । पर्वतहरूले मिठो दाखमद्य चुहाउनेछ, र सबै पहाडहरू त्योसँगै बग्‍नेछन् ।

    14मेरा मानिस, इस्राएललाई म निर्वासनबाट फिर्ता ल्याउनेछु । तिनीहरूले भत्‍केका सहरहरूलाई निर्माण गर्नेछन् र तिनमा बसोबास गर्नेछन्, तिनीहरू दाखबारीहरू लगाउनेछन् र तिनका दाखमद्य पिउनेछन्, र तिनीहरूले बगैंचा लगाउनेछन् र तिनका फल खानेछन् ।

  • 10तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।

  • 5तिमीहरूले एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठोलाई होमबलिको रूपमा चढाउनुपर्छ ।

  • 10फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ । अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन । दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पाल्‍नेहरूको आवाज मैले अन्त गरेको छु ।

  • 5अब म आफ्‍नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्‍नेछु, म त्‍यसलाई चरनमा बदल्‍नेछु, त्‍यसको पर्खला म भत्काउनेछु र त्‍यसलाई कुल्चीमिल्ची गरिनेछ ।

  • 10छ वर्षसम्म तिमीहरूले आ-आफ्ना जमिनमा बिउ रोपी फसल जम्मा गर ।

  • 5सामरियाका पहाडहरूमा तैंले फेरि दाखबारीहरू लगाउनेछस् । किसानहरूले रोप्नेछन्, र फललाई असलको उद्धेश्यको लागि प्रयोग गर्नेछन् ।

  • 3किनभने परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छः “इस्राएलको घरानामा भएकाका, एक हजार जना लिएर निस्केको सहरमा सय जना बाँकी हुनेछन्, र सय जना लिएर निस्केको सहरमा दस जना बाँकी हुनेछन् ।”

  • 2तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन ।

  • यशा 5:1-3
    3 पदहरू
    69%

    1¶ मेरो असल प्रियको निम्ति मलाई गाउन, मेरो प्रियको दाखबारीको बारेमा एउटा गीत गाउन दिनुहोस् ।

    2उनले यो खने, ढुङ्गाहरू हटाए र त्‍यसमा उत्तम जातको दाख रोपे । उनले त्‍यसको बिचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए । उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्‍यसले जङ्गली दाख मात्र फलायो ।

    3त्यसैले अब ए यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिस हो, म र मेरो दाखबारीको बिचमा न्याय गर ।

  • 3तिमीहरूले छ वर्षसम्म आफ्नो भूमिमा बाली लगाउनू, र छ वर्षसम्म आफ्नो दाखबारी छिँवल्‍नू र फसल बटुल्‍नू ।

  • 10ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।

  • 23त्यस बेला, हजार बोट दाखको हजार शेकेल पर्ने जग्गामा, त्‍यहाँ सिउँडी र काँढा बाहेक केही हुनेछैन ।

  • 6तिमीहरूले प्रशस्त बीऊ छरेका छौ, तर फसल भने थोरै मात्र ल्याउँछौ, तिमीहरू खान्छौ तर तिमीहरूसँग पर्याप्‍त छैन । तिमीहरू पिउँछौ, तर प्रशस्त मद्य तिमीहरूसँग छैन । तिमीहरू लुगा लगाउँछौ तर आफैँलाई तातो राख्‍न सक्दैनौ, र ज्यालादारीमा काम गर्नेहरूले पैसा कमाउँछन् तर तिनीहरूले ती प्वालहरू भएका झोलामा राख्दछन् ।”

  • 10तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको रूपमा दुई लिटर दाखमद्यको अर्घबलि चढाउनुपर्छ ।

  • 5यो अन्‍न जम्‍मा गर्नेले अन्‍न थुपारेजस्तो हुनेछ, र त्यसका हातहरूले अन्‍न कटानी गर्छ । यो रपाईको बेसीमा शिला-बाला बटुलेजस्‍तो हुनेछ ।

  • 16यदि कुनै मानिसले आफ्नो केही जमिन परमप्रभुको निम्ति अलग गर्दछ भने, त्यो जमिनमा छर्न सकिने बिउको परिमाणअनुसार त्यसको मूल्य निर्धारण हुन्छ । एक मुरी जौको मूल्य चाँदीका बिस शेकेल बराबर हुने छ ।

  • 11आजकै दिन तिमीहरूले तिनीहरूबाट लिएका तिनीहरूका खेतहरू, दाखबारीहरू, भद्राक्ष बारीहरू, तिनीहरूका घरहरू, रुपियाँ-पैसाको ब्याज, अन्‍न, नयाँ दाखमद्य र तेल फर्काइदेओ ।”

  • 10यसैकारण आकाशले आफ्नो शीत रोकिदिनेछ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन ।

  • 36एक ओमेर आधा पाथी हुन्छ ।

  • 11बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो । त्यसको रेखदेख गर्न सक्‍नेहरूलाई उहाँले त्यो दाखबारी अधियाँमा दिनुभयो । हरेकले फलफुलको सट्टा एक हजार चाँदीका सिक्‍का ल्याउनुपर्थ्यो ।

  • 24खलाहरू गहुँले भरिनेछन्, र घ्‍याम्‍पोहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन् ।

  • 13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।

  • 12किनभने शान्तिको बीउ छरिनेछ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी: आकाशले शीत दिनेछ, किनभने यी बाँकी रहेका मानिसहरूलाई म यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु ।

  • 5कटनीअगि फूल फुल्‍ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।

  • 10त्यस दिनमा हरेक मानिसले आफ्नो छिमेकीलाई आफ्नो दाखको बोट र अन्जिरको रूखमुनि बस्‍न निम्तो दिनेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”

  • 13तिमीहरूले दुष्‍टता जोतेका छौ, अनि तिमीहरूले अन्यायको कटनी गर्‍यौ । तिमीहरूले छलको फल खाएका छौ, किनभने तिमीहरूले आफ्ना योजनाहरू, र आफ्‍ना धेरै सिपाहीहरूमा भर पर्‍यौ ।

  • 17माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ ।

  • 37खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।

  • 38तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् ।