यशैया 54:4

अनलक शाब्दिक बाइबल

नडरा, किनकि तँ लज्‍जित हुनेछैनस्, न त निराश हुनेछस्, किनकि तेरो अपमान गरिेनेछैन । आफ्‍नो जवानीको लाजलाई र आफ्‍नो त्‍यागिएको अवस्‍थाको अपमानलाई तैंले बिर्सनेछस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 41:10 : 10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।
  • यिर्मि 31:19 : 19 किनकि म तपाईंकहाँ फर्केपछि म दुःखित भएँ । मलाई तालिम दिइएपछि मैले आफ्नो तिघ्रामा हिर्काएँ । म लज्‍जित र अपमानित भएँ, किनकि मैले आफ्‍नो युवावस्थाको दोष बोकेको छु ।'
  • यशा 45:16-17 : 16 तिनीहरू सबै एकसाथ लज्‍जित र अपमानित हुनेछन् । मूर्ती बनाउनेहरू अपमानमा हिंड्नेछन् । 17 तर परमप्रभुले इस्राएललाई अनन्त उद्धारसहित बचाउनुहुनेछ । तँ फेरि कहिल्यै लज्‍जित वा अपमानित हुनेछैनस् ।
  • १ पत्रु 2:6 : 6 धर्मशास्‍त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।”
  • हो 3:1-5 : 1 ¶ परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि जा, आफ्नो पतिले प्रेम गरेकी एक जना स्‍त्रीलाई प्रेम गर्, तर त्‍यो एक जना व्यभिचारिणी हो । इस्राएलका मानिसहरू अन्‍य देवतातर्फ लागे र तिनीहरूले पवित्र दाखका केकहरू मन पराए तापनि, जसरी म परमप्रभुले तिनीहरूलाई प्रेम गरें, त्‍यसरी नै त्यसलाई प्रेम गर् ।” 2 यसैले मैले त्यसलाई मेरो निम्ति पन्ध्र शेकेल चाँदी र अढाइ मुरी जौ तिरेर किनें । 3 मैले त्यसलाई भनें, “तिमी मसँग धेरै दिन बस्‍नुपर्छ । तिमी अब वेश्‍या हुनेछैनौ र कुनै अर्को पुरुषको हुनेछैनौ । त्‍यसरी नै म पनि तिमीसँगै रहनेछु ।” 4 किनकि इस्राएलका मानिसहरू राजा, राजकुमार, बलिदान, ढुङ्गाको स्तम्भ, एपोद र घरघरका मूर्तिहरूविना धेरै दिनसम्म रहनेछन् । 5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।
  • यशा 51:7 : 7 ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।
  • यशा 61:7 : 7 तिमीहरूको शर्मको साटोमा तिमीहरूले दोब्‍बर पाउनेछौ । अनि अपमनाको साटोमा तिनीहरू आफ्‍ना अंशमा आनन्दित हुनेछन् । यसरी तिनीहरूले आफ्‍नो देशको दोब्‍बर अंश पाउनेछन् । अनन्तको आनन्द तिनीहरूकै हुनेछ ।
  • यशा 41:14 : 14 नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो ।
  • यहे 16:22 : 22 तेरा यी सबै घृणित काम र वेश्‍यावृत्तिमा तैंले आफ्‍नो युवावस्‍थाका दिनहरू सम्‍झेको छैनस्‌, जति बेला तँ नाङ्गो, वस्‍त्रहीन र भएर आफ्‍नो रगतमा लट्‌पटिएकी थिइस्‌ ।
  • यहे 16:43 : 43 तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?
  • यहे 16:60-63 : 60 तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु । 61 तब तैंले आफ्‍ना चालहरू सम्‍झनेछस्‌ र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्‍जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन । 62 म आफैं मेरो करार तँसित स्‍थापना गर्नेछु, र म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । 63 यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्‍झनेछस्, र लज्‍जित हुनेछस्, यसरी आफ्‍नो लाजको कारण तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै खोल्‍नेछैनस् । त्‍यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 54:5-10
    6 पदहरू
    80%

    5किनभने तँलाई बनाउनुहुने तेरो स्‍वामी हुनुहुन्छ । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । इस्रएलको परमपवित्र तेरो उद्धारक हुनुहुन्छ । उहाँलाई सारा पृथ्वीको परमेश्‍वर भनिन्छ ।

    6किनकि त्यागिएकी र आत्मामा दुःखी पत्‍नीको रूपमा जवानीमा विवाह भएकी र तिरस्‍कृत स्‍त्रीलाई झैं परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको छ,” तेरो परमेश्‍वर भन्‍नुहुन्छ ।

    7“छोटो समयको निम्ति मैले तँलाई त्यागें, तर ठुलो दयासाथ म तँलाई भेला पार्नेछु ।

    8रिसको झोंकमा मैले क्षणिक रूपमा आफ्‍नो मुख तँबाट लुकाएँ । तर अनन्त करारको विश्‍वस्‍ततामा म तँमाथि दया गर्नेछु— तँलाई छुट्टाउनुहुने परमप्रभु भन्‍नुहुन्छ ।

    9किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्‍काउँदिन भनी मैले शपथ खाएको छु ।

    10पर्वतहरू खसे र पहाडहरू थरथर भए पनि, मेरो अटल प्रेम तँबाट हट्‍नेछैन, न त मेरो शान्तिको करारको हल्‍लिनेछ— तँलाई दया गर्नुहुने परमप्रभु भन्‍नहुन्छ ।

  • यशा 62:3-5
    3 पदहरू
    78%

    3परमप्रभुको हातमा तँ एउटा सुन्दरताको मुकुट र आफ्‍नो परमेश्‍वरको हातमा राजकीय मुकुट हुनेछस् ।

    4तेरो बारेमा कदापि “त्यागिएकी” भनिनेछैनस् । न त तेरो देशलाई फेरि कहिलै “उजाडिएको” भनिनेछ । तँलाई साँच्‍चै, “त्‍योसँग म खुसी छु” र तेरो देशलाई “विवाहित” भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्छ र तेरो देश विवाहित हुनेछ ।

    5साँच्‍चै एक जना जवान मानिसले जवान स्‍त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्‍नी दुलहीसँग आनन्‍दित भएझैं तेरा परमेश्‍वर तँसित आनन्‍दित हुनुहुनेछ ।

  • 54यी कुराहरूका कारणले तैंले आफ्‍ना लाज देखाउनेछस् । तैंले गरेका हरेक कुराको कारणले तेरो अपमान हुनेछ, र यसरी तिनीहरूका निम्ति तँचाहिं सान्त्वना हुनेछस् ।

  • यशा 54:1-3
    3 पदहरू
    74%

    1¶ “ए बाँझी स्‍त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्‍च सोरमा करा, तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन । किनकि बाँझी स्‍त्रीको सन्तानहरू विवाहित स्‍त्रीको भन्दा धेरै छन्,” परमप्रभु भन्‍नुहुन्छ ।

    2“उदार भएर, आफ्‍नो पाललाई अझ ठुलो बना र आफ्‍नो पालका पर्दाहरू तन्‍का । आफ्‍ना डोरीहरू लामो बना र आफ्‍ना किलाहरू बलियो पार् ।

    3किनकि तँ दाहिनेतिर र देब्रेतिर फैलिनेछस्, तेरा सन्तानहरूले जातिहरूलाई जित्‍नेछन् र उजाड सहरहरूमा पुनः बसोवास गर्नेछन् ।

  • 14धर्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउने छैनस् । अनि त्रास तेरो नजिक आउनेछैन ।

  • यहे 16:60-61
    2 पदहरू
    73%

    60तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु ।

    61तब तैंले आफ्‍ना चालहरू सम्‍झनेछस्‌ र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्‍जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन ।

  • यशा 49:14-15
    2 पदहरू
    73%

    14तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्यग्‍नुभएको छ, र परमप्रभुले मलाई बिर्सनुभएको छ ।”

    15“के स्‍त्रीले आफ्‍नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे, अनि तिनले जन्माएकी बलकलाई दया देखाउँदिनन् र? हो, तिनीहरूले बिर्सन सक्छन्, तर तँलाई म बिर्सनेछैन ।

  • 11त्यस दिन तैँले मेरो विरुद्ध गरेका सबै कामहरूको कारण तँ शर्ममा पारिनेछैनस्, किनभने त्यस समयमा तेरो घमण्डको उत्सव मनाउनेहरूलाई तेरो बिचबाट म हटाइदिनेछु, र मेरो पवित्र पर्वतमा अबदेखि उसो तैँले अहङ्कारी भएर काम गर्नेछैनस् ।

  • 15तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको र घृणा गरिएको अवस्‍थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्‍तासम्‍मको निम्ति आनन्द बनाउनेछु ।

  • 40तब म तिमीहरूमाथि अनन्त लाज र अपमान हालिदिनेछु, जुन कहिल्यै बिर्सिने छैन ।”

  • 17तर परमप्रभुले इस्राएललाई अनन्त उद्धारसहित बचाउनुहुनेछ । तँ फेरि कहिल्यै लज्‍जित वा अपमानित हुनेछैनस् ।

  • 12त्यसैले तेरी आमा अत्यन्तै लज्‍जित हुनेछे । तँलाई जन्म दिने शर्ममा पर्नेछे । हेर, त्‍यो जातिहरूका बिचमा नीच हुनेछे । त्यो उजाड, सक्खा भूमि र मरुभूमि हुनेछे ।

  • 15न त म तिमीहरूलाई जातिहरूको अपमान फेरि सुन्‍न दिनेछु । तिमीहरूले फेरि कहिल्यै मानिसहरूको लाजलाई सहनुपर्नेछैन न त तिमीहरूको जातिको पतन हुनेछ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”

  • 3तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन ।

  • 63यी कुराहरूका कारणले, तैंले सबै कुरा सम्‍झनेछस्, र लज्‍जित हुनेछस्, यसरी आफ्‍नो लाजको कारण तैंले आफ्‍नो मुख फेरि कहिल्‍यै खोल्‍नेछैनस् । त्‍यति बेला तैंले गरेका सबै कुरालाई मैले क्षमा गरेको हुन्‍छु — यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 22ए विश्‍वासघाती छोरी, तँ कहिलेसम्म यताउता गरिबस्छेस्? किनकि परमप्रभुले पृथ्वीमा केही नयाँ कुरो सृजनुभएको छ अर्थात् एक जना स्‍त्रीले एक जना बलियो पुरुषलाई घेर्छे ।”

  • 7तिमीहरूको शर्मको साटोमा तिमीहरूले दोब्‍बर पाउनेछौ । अनि अपमनाको साटोमा तिनीहरू आफ्‍ना अंशमा आनन्दित हुनेछन् । यसरी तिनीहरूले आफ्‍नो देशको दोब्‍बर अंश पाउनेछन् । अनन्तको आनन्द तिनीहरूकै हुनेछ ।

  • 26त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्‍ताङ्‍ग देखिनेछ ।

  • अय्यू 11:15-16
    2 पदहरू
    70%

    15तब तपाईंले निश्‍चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्‍यो । वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्‍यो र डराउनुहुने थिएन ।

    16तपाईंले आफ्नो दुःख बिर्सनुहुन्‍थ्‍यो । तपाईंले त्‍यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्‍थ्‍यो ।

  • यशा 41:10-11
    2 पदहरू
    70%

    10नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।

    11हेर, तँसँग रिसाएकाहरू सबै जना, तिनीहरू लज्‍जित र अपमानित हुनेछन् । तेरो विरोध गर्नेहरू, तिनीहरू बेकामको हुनेछन् र नाश हुनेछन् ।

  • 4ए कन्या इस्राएल, म तँलाई फेरि निर्माण गर्नेछु, यसरी तँ निर्माण हुनेछस् । तैंले फेरि आफ्ना खैँजडीहरू लिनेछस् र खुसीको नाचसहित बाहर निस्कनेछस् ।

  • 43तैंले आफ्‍नो युवावस्‍थाका दिनलाई सम्‍झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्‍ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्‍ड म आफैं तेरो आफ्‍नै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्‍दा व्‍यवहारहरूमा वेश्‍यवृति पनि थपेको छैनस् र?

  • 20तेरो सूर्य कहिल्यै अस्ताउनेछैन, न त तेरो चन्द्रमा पछि हट्ने र लोप हुनेछ । किनकि परमप्रभु नै तेरो अनन्तको प्रकाश हुनुहुनेछ र तेरा शोकका दिनहरू समाप्‍त हुनेछन् ।

  • 22यसकारण, परमप्रभुले याकूबको घरानाको बारेमा, अब्राहमलाई उद्धार गर्नुहुने परमप्रभुले यसो भन्‍नुहुन्छ, “याकूब कुनै पनि हालतमा लज्‍जित हुनेछैन, न उसको मुहार नै पहेंलो हुनेछ ।

  • 3तपाईंमा आसा राख्‍ने कोही पनि अपमानित नहोस् । विनाकारण छली रूपले काम गर्नेहरू लज्‍जित होऊन्!

  • 11तेरा अनाथहरूलाई पछाडि छोड् । तिनीहरूका जीवनको हेरचाह म गर्नेछु, र तेरा विधवाहरूले ममाथि भरोसा गर्न सक्छन् ।”

  • 1¶ त्यस दिन सात जना स्‍त्रीले एक जना पुरुषलाई समात्‍नेछन् र भन्‍नेछन्, “हाम्रो आफ्‍नै खाना हामी खानेछौं, हाम्रो आफ्‍नै लुगा हामी लगाउनेछौं । तर हाम्रो लाज हटाउनलाई हामीलाई तपाईंको नाउँ लिन दिनुहोस् ।”

  • 14नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो ।

  • 5नडरा, किनभने म तँसँग छु । तेरा सन्तानलाई म पुर्वबाट ल्याउनेछु र तँलाई पश्‍चिमबाट जम्‍मा पार्नेछु ।

  • 27म इस्राएलको बिचमा छु भनी तिमीहरूले जान्‍नेछौ, र म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, र त्यहाँ अर्को कोही पनि छैन, र म कहिल्यै आफ्‍ना मानिसहरूमा लाज ल्याउनेछैनँ ।

  • यशा 49:17-18
    2 पदहरू
    69%

    17तेरा छोराछोरी फर्कन हतारिंदैछन्, जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन् ।

    18वरिपरि हेर र देख्, तिनीहरू भेला हुँदैछन् र तँकहाँ आउँदैछन् । जस्तो म जीवित छु— यो परमप्रभुको घोषणा हो— तैंले तिनीहरूलाई गहनाझैं लगाउनेछस् र तैंले तिनीहरूलाई दुलहीले झैं लगाउनेछस् ।

  • 17त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्‍वरको करारलाई भुल्छे ।

  • 21ए याकूब र इस्राएल, यी कुराहरूका बारेमा विचार गर्, किनकि तँ मेरो सेवक होस्: “मैले तँलाई आकार दिएको हुँ । तँ मेरो सेवक होस्: ए इस्राएल, तँलाई बिर्सिइने छैन ।

  • 35यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्‍नो लज्‍जास्‍पद व्‍यवहार र यौनको अनैतिक कामहरूका दुष्‍परिणामहरू तैंले सहनुपर्नेछ' ।”

  • 13परमप्रभु आफ्‍ना सृष्‍टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्‍यसको कडा क्रोधको त्रासमा निरन्‍तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?

  • 58तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।