यिर्मिया 12:11

अनलक शाब्दिक बाइबल

तिनीहरूले त्यसलाई उजाड पारेका छन् । म त्यसको निम्ति शोक गर्छु । त्यो उजाड छ । सारा देश उजाड पारिएको छ, किनकि यसलाई हृदयमा लिने कोही छैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 42:25 : 25 यसकारण उहाँले तिनीहरूमाथि आफ्‍नो डरलग्दो क्रोध र युद्धको हिंसा खन्याउनुभयो, त्‍यसको ज्वालाले तिनीहरूलाई घेर्‍यो, तापनि तिनीहरूले बुझेनन् । त्‍यसले तिनीहरूलाई भस्म पार्‍यो, तर तिनीहरूले त्‍यसलाई मनमा लिएनन् ।
  • यिर्मि 23:10 : 10 किनकि देश व्यभिचारीहरूले भरिएको छ । यी कारणले गर्दा देश सुक्खा भएको छ । उजाड-स्थानमा भएको खर्क सुकेको छ । यी अगमवक्ताहरूका मार्गहरू दुष्‍ट छन् । तिनीहरूको शक्ति ठिक तरिकाले प्रयोग गरिएको छैन ।
  • यिर्मि 14:2 : 2 “यहूदाले शोक गरोस् । त्यसका मूला ढोकाहरू भाँचिऊन् । तिनीहरू देशको लागि विलाप गर्दैछन् । यरूशलेमको निम्ति तिनीहरूको क्रन्दन माथि जाँदैछ ।
  • यिर्मि 19:8 : 8 अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।
  • उप 7:2 : 2 भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ । जीवित मानिसहरूले यसलाई मनमा राख्‍नैपर्छ ।
  • विलाप 1:1-5 : 1 ¶ एक पटक मानिसहरूले भरिपूर्ण सहर अहिले सुनसान बसिरहेको छ । त्यो शक्तिशाली जाति भए तापनि विधवाजस्तै भएको छ । त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो, तर अहिले जबरजस्ती दासत्वमा लगिएको छ । 2 त्यो रातमा रुन्छ र विलाप गर्छ, अनि त्यसको आँसुले गला भरिन्छ । त्यसको कुनै पनि प्रेमीले त्यसलाई सान्त्वना दिँदैन । त्यसका सबै मित्रले त्यसलाई धोका दिएका छन् । तिनीहरू त्यसका शत्रुहरू भएका छन् । 3 गरिबी र वेदनापछि यहूदा निर्वासनमा गएको छ । त्यो जाति-जातिहरूका बिचमा बस्छ, र त्यसले चैन पाउँदैन । त्यसलाई खेद्‍नहरू सबैले त्यसको घोर निराशामा त्यसलाई पक्रे । 4 सियोनका सडकहरूले शोक गर्छन्, किनकि कुनै पनि तोकिएका चाडहरूमा आउँदैन । त्यसका सबै मूल ढोका उजाड भएका छन् । त्यसका पुजारीहरू सुस्केरा हाल्दछन् । त्यसका कन्याहरू शोकित छन्, र त्यो आफै नै बिलकुल निराशामा छ । 5 त्यसका वैरीहरू त्यसको मालिक भएका छन् । त्यसका शत्रुहरूको उन्‍नति हुन्छ । त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्‍ट दिनुभएको छ । त्यसका स-साना बालबच्‍चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन् ।
  • जक 7:5 : 5 “भूमिका सबै मानिसहरू र पुजारीहरूलाई यस्तो भन्, ‘यी सत्तरी वर्षसम्म तिमीहरूले पाचौँ र सातौँ महिनामा उपवास बस्दा र विलाप गर्दा, के तिमीहरू साँच्‍चै मेरो निम्ति उपवास बसिरहेका थियौ?
  • मल 2:2 : 2 “यदि मेरो नाउँलाई आदर गर्न तिमीहरूले सुन्दैनौ र त्यो हृदयमा राख्दैनौ भने, म तिमीहरूकहाँ सराप पठाउनेछु, र तिमीहरूका आशिषलाई पनि सराप दिनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । साँच्‍चै, मैले तिनीहरूलाई सराप दिइसकेको छु, किनभने तिमीहरूले मेरो आज्ञालाई आफ्नो हृदयमा राखेनौ ।
  • यशा 57:1 : 1 ¶ धर्मी नष्‍ट हुन्छ तर यो कुरा कसैले विचार गर्दैन, र करारको विश्‍वस्‍ततका मानसहरूलाई टाढा भेला पारिन्‍छ, दुष्‍टबाट धर्मीलाई टाढा लगिन्छन्, तर कसैले बुझ्‍दैन ।
  • यिर्मि 6:8 : 8 ए यरूशलेम, अनुशासनलाई स्वीकार गर्, नत्रता म तँबाट तर्कनेछु, र तँलाई कोही नबस्‍ने उजाड देश बनाउनेछु ।”
  • यिर्मि 9:11 : 11 त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”
  • यिर्मि 10:22 : 22 समाचारको खबर आएको छ, “हेर, यहूदाका सहरहरूलाई उजाड पारेर स्यालहरूका लुक्‍ने ठाउँ बनाउनलाई उत्तरको देशबाट एउटा ठुलो भूकम्प आउँदैछ ।”
  • यिर्मि 10:25 : 25 तपाईंले नचिन्‍ने जातिहरू र तपाईंको नाउँ नपुकार्ने परिवारहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् । किनकि तिनीहरूले याकूबलाई निलेका छन् र भष्‍म पारेका छन् यसरी उसलाई पूर्ण रूपमा नास पारेका र उसको बासस्थानलाई उजाड पारेका छन् ।
  • यिर्मि 12:4-8 : 4 देश कहिलेसम्म सुक्खा भइरहन्‍छ, यसका बासिन्दाहरूको दुष्‍टताको कारणले हरेक खेतका बोटबिरुवा ओइलाउँछन्? पशुहरू र चराहरू लगिएका छन् । वास्तवमा मानिसहरू भन्छन्, “हामीमाथि के भएको छ, सो परमेश्‍वरले देख्‍नुहुन्‍न ।” 5 परमप्रभुले भन्‍नुभयो, “वास्तवमा, तँ यर्मिया पैदल हिंड्ने सिपाहीहरूसित दगुरेको भए, र तिनीहरूले तँलाई थकाएका भए, तैंले कसरी घोडाहरूको विरुद्धमा प्रतिस्पर्धा गर्न सक्छन्? तँ सुरक्षित पाखामा खसेको छस् भने, यर्दननेरका झाडीहरूमा तैंले के गर्नेछस्? 6 किनकि तेरै दाजुभाइ र तेरै बुबाको परिवारले तँलाई धोका दिएका अनि खुलेआम कराएर तँलाई इन्‍कार गरेका छन् । तिनीहरूले तँलाई राम्रा कुराहरू गरे तापनि तिनीहरूमाथि भरोसा नगर् । 7 मैले आफ्‍नो घरलाई त्यागेको छु । मैले मेरो पैतृक-सम्पत्तिलाई इन्‍कार गरेको छु । मैले मेरी प्रियलाई उसका शत्रुहरूका हातमा सुम्‍पेको छु । 8 मेरो उत्तराधिकार मेरो निम्‍ति झाडीमा भएको सिंहजस्तै भएको छ । त्यो आफ्‍नै आवाजले त्‍यसले मलाई गर्जन्‍छ, त्यसैले म त्यसलाई घृणा गर्छु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 10धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्‍ट पारेका छन् । तिनीहरूले मेरो खेतको भागलाई कुल्चेका छन् । मेरो खुशीको भागलाई उजाड-स्थान, तिनीहरूले निर्जन मरुभूमिमा परिणत गरेका छन् ।

  • यशा 6:11-12
    2 पदहरू
    81%

    11तब मैले भने, “हे परमप्रभु, कहिलेसम्म?” उहाँले जवाफ दिनुभयो, “ बासिन्दाविनाका भग्‍नावशेष सहरहरू ध्‍वस्‍त नहुन्‍जेल र मानिसविनाका घरहरू नहुन्‍जेल, र देश उजाड नहुन्‍जेल,

    12अनि परमप्रभुले मानिसहरूलाई टाढा नपठाउन्‍जेल र देश ठुलो निर्जन नहुन्‍जेलसम्‍म ।

  • 79%

    10म शोकको गीत गाउनेछु, र पहाडहरूका निम्ति विलाप गर्नेछु, र खर्कहरूका निम्ति मृत्‍यु संस्‍कारको गीत गाइनेछ । किनकि ती जलाइएका छन्, यसैले कोही पनि त्यसबाट जान सक्दैन । तिनीहरूले कुनै पनि गाईवस्तुको आवाज सुन्‍नेछैनन् । आकाशका चराहरू र पशुहरू सबै भागेर गएका छन् ।

    11त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”

    12यसलाई बुझ्न कुनचाहिं मानिस साँच्‍चै बुद्धिमानी छ? कसलाई परमप्रभुको मुखले बोल्नुभएको छ, र त्यसले यो घोषणा गर्नेछ? यो देश किन नष्‍ट पारिएको छ र उजाड-स्थानजस्तै विनाश गरिएको छ जसबाट कोही पनि जान सक्दैन?

  • 13तर भुमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण, र तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ ।

  • यशा 33:8-9
    2 पदहरू
    78%

    8मुल बाटोहरू उजाड पारिएका छन् । त्यहाँ कुनै यात्रीहरू छैनन् । करारहरू तोडिएका छन्, गवाहीहरूको अवहेलना भएको छ र मानव जातिलाई आदर गरिंदैन ।

    9देशले विलाप गर्छ र ओइलाउँछ । लेबनान लज्‍जित हुन्छ र ओइलाउँछ । शारोन मरुभूमिको मैदानजस्तै हो । बाशान र कार्मेलले आफ्‍ना पातहरू हल्‍लाउँछन् ।

  • 12विनाशकहरू उजाड-स्थानका सबै नाङ्गा स्थानहरूको विरुद्धमा आएका छन्, किनकि परमप्रभुको तरवारले तिनीहरूलाई देशको एउटा छेउदेखि अर्को छेउसम्म नाश पार्दैछ । देशमा कुनै पनि जीवित प्राणीको लागि सुरक्षा छैन ।

  • यो 1:10-11
    2 पदहरू
    78%

    10खेतहरू सखाप पारिएका छन्, र अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।

    11ए किसानहरू हो, लज्‍जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्‍ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।

  • 14“किनकि म आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेकाजातिहरूका बिचमा तितर-बितर पार्नेछु, र तिनीहरूपछि त्यो भूमि निर्जन हुनेछ । किनकि कोही पनि त्यो देशबाट भएर जानेछैन न त कोही त्यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्दर भूमिलाई उजाड बनाएका छन् ।”

  • यहे 33:28-29
    2 पदहरू
    77%

    28तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन्, र त्यहाँबाट भएर कोही पनि जानेछैन ।’

    29यसैले तिनीहरूले गरेका सबै घृणित कामका कारणले मैले देशलाई उजाड र बेकामको तुल्याएपछि तिनीहरूले म परमप्रभु हुँ भन्‍ने जान्‍नेछन् ।

  • 20मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्‍थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्‍नेछौ ।’”

  • 7तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।

  • 8तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्‍यागिएको उजाड-स्‍थान बनाउनेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • यशा 24:3-4
    2 पदहरू
    76%

    3पृथ्वीलाई पुर्ण रूपमा विनाश गरिनेछ र पुर्ण रूपमा नाङ्गो बनाइनेछ । किनकि परमप्रभुले यो वचन बोल्नुभएको छ ।

    4पृथ्वी सुख्‍खा हुनेछ र ओइलाउनेछ, संसार सुक्‍नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्‍ट मानिसहरू दुर्बल हुनेछन् ।

  • 76%

    26मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।

    27परमप्रभु यसो भन्‍नुहुन्छ, “सारा देश ध्वस्त हुनेछ, तर म यसलाई पूर्ण रूपमा नष्‍ट पार्दिनँ ।

  • 12राम्रा खेतहरूका निम्ति र फलदायी दाखहरूका निम्ति तिमीहरूले विलाप गर्नेछौ ।

  • 16तिनीहरूको देश त्रास बन्‍नेछ । सदासर्वदा गिल्लाको वस्तु बन्‍नेछ । त्यसबाट भएर जाने हरेक डराउनेछ, र टाउको हल्लाउनेछ ।

  • 12सहरमा उजाड छोडिएको छ र ढोका भग्‍नावशेष भएर फुटेको छ ।

  • 4देश कहिलेसम्म सुक्खा भइरहन्‍छ, यसका बासिन्दाहरूको दुष्‍टताको कारणले हरेक खेतका बोटबिरुवा ओइलाउँछन्? पशुहरू र चराहरू लगिएका छन् । वास्तवमा मानिसहरू भन्छन्, “हामीमाथि के भएको छ, सो परमेश्‍वरले देख्‍नुहुन्‍न ।”

  • 10किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।

  • 6“मैले जाति-जातिहरूलाई नष्‍ट पारेको छु । तिनीहरूका किल्लाहरू ध्वस्त भएका छन् । मैले तिनीहरूका सडकहरूलाई भग्‍नावशेष बनाइदिएको छु, अनि तीबाट भएर कोही पनि जाँदैनन् । तिनीहरूका शहरहरु नष्‍ट पारिएका छन्, अनि त्यहाँ कोही मानिस बसोबास गर्दैनन् ।

  • 9सर्वशक्तिमान् परमप्रभुले मलाई भन्‍नुभयो, धेरै वटा घर, ठुला र भव्‍य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्‍ने कोही हुनेछैन् ।

  • 7त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।

  • 12यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।

  • 75%

    36गोठालाहरूको रुवाइ र बगालका अगुवाहरूको विलाप सुन, किनकि परमप्रभुले तिनीहरूका खर्कहरू नष्‍ट पार्दै हुनुहुन्छ ।

    37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।

  • 34किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ र त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन ।

  • 32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् ।

  • 3यसैले त्यो देश सुख्‍खा हुँदैछ, र त्यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन् । मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्र भएका माछासमेत मारिंदैछन् ।

  • 17माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ ।

  • 14परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु ।

  • 8ए यरूशलेम, अनुशासनलाई स्वीकार गर्, नत्रता म तँबाट तर्कनेछु, र तँलाई कोही नबस्‍ने उजाड देश बनाउनेछु ।”

  • 22तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन ।

  • 43त्यसका सहरहरू उजाड, सुक्खा भूमि र मरुभूमि भएका छन्, जहाँ कोही बस्दैन, र कुनै मानिस त्यताबाट जाँदैन ।

  • 1¶ हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्‍नुभएको छ ।

  • 7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।

  • 10निनवे रित्तो र नष्‍ट भएको छ । सबैका हृदय पग्लिन्‍छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।

  • 4त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”

  • 9त्यस दिन तिनीहरूका बलिया सहरहरू डाँडाका टाकुराहरूका भिरहरूमा त्यगिएका जङ्‍गलजस्‍तै हुनेछन्, जसलाई इस्राएलका मानिसहरूका कारणले त्यागिएका थिए र त्यो उजाड हुनेछ ।

  • 10किनकि देश व्यभिचारीहरूले भरिएको छ । यी कारणले गर्दा देश सुक्खा भएको छ । उजाड-स्थानमा भएको खर्क सुकेको छ । यी अगमवक्ताहरूका मार्गहरू दुष्‍ट छन् । तिनीहरूको शक्ति ठिक तरिकाले प्रयोग गरिएको छैन ।

  • 13परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: किनभने तिनीहरूले तिमीहरूलाई भनेका छन्, “तिमीहरूले मानिसहरू नष्‍ट गर्छौ, र आफ्नो जातिलाई शोकमा पार्छौ,”

  • 13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।

  • 2“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।