यिर्मिया 17:8
त्यो पानीको छेउमा रोपिएको बिरुवाजस्तै हुनेछ । यसका जरा खोलाको किनारमा फैलिएको हुनेछन् । जब ताप आउँछ तब त्यो डराउनेछैन, किनकि यसका पात सधैं हरिया हुन्छन् । खडेरीको वर्षमा यो चिन्तित हुँदैन, र यसले फल फलाउन छोड्दैन ।
त्यो पानीको छेउमा रोपिएको बिरुवाजस्तै हुनेछ । यसका जरा खोलाको किनारमा फैलिएको हुनेछन् । जब ताप आउँछ तब त्यो डराउनेछैन, किनकि यसका पात सधैं हरिया हुन्छन् । खडेरीको वर्षमा यो चिन्तित हुँदैन, र यसले फल फलाउन छोड्दैन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3त्यो खोलाको किनारमा रोपेको रूखजस्तै हुनेछ जसले आफ्नो ऋतुमा त्यसको फल दिन्छ जसको पातहरू कहिल्यै ओइलाउँदैन त्यसले जे गरे पनि सफल हुनेछ ।
6त्यो अराबाको पोथ्रोझैं हुनेछ, र त्यसले कुनै असल कुरो आइरहेको देख्ने छैन । त्यो बासिन्दा नभएको उजाडस्थान, सुख्खा भूमिका चट्टानहरूमा बस्नेछ ।
7तर परमप्रभुमा भरोस गर्ने व्यक्ति धन्यको हो, किनकि परमप्रभु नै त्यसको दृढताको कारण हुनुहुन्छ ।
8प्रशस्त पानीको छेउमा एउटा राम्रो जमिनमा त्यो लगाइएको थियो, जसले गर्दा एउटा शानदार दाखको बोट हुनलाई त्यसमा हाँगाहरू पलाओस्, फलहरू पलोस् ।’
9मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः के त्यो सप्रला त? के त्यो जरैसमेत उखेलिंदैन र त्यसका फलहरू टिपिंदैनन्, र त्यो ओइलाउनेछैन र? त्यसलाई जरैसमेत उखेल्नलाई बलियो हात वा धेरै मानिसहरू आवश्यक हुनेछैन् ।
10यसैले हेर्, त्यसलाई रोपेपछि के त्यो बढ्छ र? पूर्वीय बतासले त्यसलाई हानेपछि के त्यो ओइलाउँदैन र? त्यो उम्रेकै बगैंचाको जमिनमा त्यो पूर्ण रूपमा सुक्छ' ।”
30किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ ।
7एउटा रुखको लागि आशा हुन सक्छ । त्यो काटियो भने, त्यो फेरि पलाउन सक्छ, जसको कारणले त्यसका कोमल पालुवा लोप हुँदैनन् ।
8त्यसको जरा जमिनभित्र बुढो हुन्छ, त्यसको फेद जमिनमा मर्छ,
9तापनि त्यसले पानीको ओस मात्र पायो भने, त्यो फेरि पलाउँछ, र रुखले झैं हाँगाहरू फिंजाउँछ ।
16घामको मुनि त्यो हरियो हुन्छ, र त्यसका पालुवाहरू त्यसको सारा बगैँचामा फैलिन्छ ।
17त्यसका जराहरू ढुङ्गाको थुप्रो वरिपरि बेरिन्छन् । तिनले चट्टानहरूका बिचमा राम्रा ठाउँहरू खोज्छन् ।
5त्यसले देशको केही बिउ लग्यो र ती मलिलो जमिनमा रोप्यो । त्यसले बैंसको बोटजस्तै प्रशस्त पानी भएको ठाउँमा त्यो रोप्यो ।
6तब त्यो उम्य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्तो भयो । त्यसका हाँगाहरू ऊतिर फर्किए र त्यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्यो एउटा दाखको बटो भयो र त्यसका हाँगाहरू र मुनाहरू पलाए ।
12धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैं बढ्नेछन् ।
13तिनीहरूलाई परमप्रभुको मन्दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्वरको मन्दिरमा चोकमा मौलाउनेछन् ।
14ती बुढा हुँदा पनि तिनले फल फलाउँछन् । ती ताजा र हरिया नै रहन्छन्,
23त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्नेछु, ताकि त्यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्यो एउटा सुन्दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् ।
24तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्नेछन् । म अग्लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।
6तिनीहरू उपत्यकाझैँ, नदी किनारको बगैँचाझैँ, परमप्रभुले रोप्नुभएको एलवाहरूजस्तै र पानी छेउका देवदारुजस्तै फैलिएका छन् ।
7त्यसको महान्तामा त्यो सुन्दर थियो र त्यसका हाँगाहरू लामा-लामा थिए, किनकि त्यसका जराहरू प्रशस्त पानीमा थिए ।
16उसका जराहरू तलतिरका नै सुक्नेछन् । माथिको उसको हाँगा काटिनेछ ।
12यस नदीको छेउमा, दुवैपट्टिको किनारमा, फल फलाउने सबै प्रकारका रूखहरू बढ्नेछन् । तिनीहरूका पातहरू सुक्नेछैनन् र तिनीहरूका फल कहिल्यै पनि रोकिनेछैनन् । हरेक महिना रूखहरूले फल दिनेछन्, किनभने पवित्र-स्थानबाट पानी त्यहाँ बग्छ । तिनीहरूको फल भोजनको निम्ति हुनेछ, र तिनीहरूका पात निको पार्नको निम्ति हुनेछन् ।
5इस्राएलको निम्ति म शीतझैं हुनेछु । लिली फूलझैं त्यो फुल्नेछ र लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ ।
6त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ ।
7त्यसको छहारीमा बस्ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ ।
12ती अझै हरिया छँदै र नकाटकै बेलामा, अरू कुनै बिरुवाभन्दा पहिले नै ती सुक्छन् ।
16परमप्रभुका रूखहरूले प्रशस्त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्नुभयो ।
4धेरै पानीले त्यसलाई अग्लो बनायो । गहिरो पानीले त्यो विशाल भयो । त्यसको वरिपरिबाट नदीहरू बगे, र त्यसका धारहरू मैदानका सारा रूखहरूकहाँ फैलिए ।
5मैदानका अरू सबै रूखभन्दा त्यसको उचाइ धेरै थियो, र त्यसका हाँगाहरू धेरै भए । पानी प्रशस्त भएको कारणले त्यसका हाँगाहरू लामा-लामा भए ।
32उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ । उसको हाँगा हरियो हुनेछैन ।
19मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ ।
28आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
22ए मैदानका पशुहरू हो, नडराओ, किनकि उजाड-स्थानका खर्कहरूमा पलाउनेछन्, र बोटहरूले आफ्ना फलहरू दिनेछन्, र नेभाराका बोटहरू र दाखका बोटहरूले आ-आफ्ना फसल पुरा रूपमा दिनेछन् ।
17अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।
4तिनीहरू घाँसहरू माझमा पानीको नदीको किनारको लहरे-पिपलहरू झैं उम्रनेछन् ।
14प्रशस्त पानीको छेउको त्यो अग्लो रूखभन्दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून्, र त्यो उचाइसम्म पुग्नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो । मृत्युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन् ।
6आउने दिनहरूमा, याकूबले जरा हाल्नेछ । इस्राएलको कोपिला लाग्नेछ र फुल्नेछ । अनि तिनीहरूले जमिनको सतहलाई फलले ढाक्नेछन् ।”
22कमलको फुलको छायाले त्यसलाई ढाक्छ । खोलाका लहरे-पीपलहरूले त्यसलाई चारैतिर घेर्छ ।
11तब परमप्रभुलले तिमीहरूलाई निरन्तर रूपले डोर्यउनुहुनेछ र पानी नभएको क्षेत्रहरूमा तृप्त पार्नुहुनेछ र उहाँले तिमीहरूको हड्डीलाई बलियो पार्नुहुनेछ । तिमीहरू पानी हालिएको बगैंचाझैं र पानी कहिल्यै नसुक्ने पानीको मुलजस्तै हुनेछौ ।
11तैंले रोपेको, बार लगाएको र खेती गरेको दिनमा । तेरा बीउहरू चाँडै वृद्धि हुनेछन्, तर कष्ट र घोर दुखको दिनमा फल दिनेछैन ।
31यहूदाको घरानाका बाँचेर बाँकी रहेकाहरूले फेरि जरा हाल्नेछन् र फल फलाउनेछन् ।
30यहूदाको घरानाका बाँचेर बाँकी बाँचेकाहरूले फेरि जरा हाल्नेछन् र फल फलाउनेछन् ।
2तपाईंले तिनीहरूलाई रोप्नुभयो, र तिनीहरूले जरा हाले । तिनीहरूले निरन्तर फल फलाउँछन् । तिनीहरूका मुखमा तपाईं तिनीहरूको नजिक हुनुहुन्छ, तर तिनीहरूका हृदयबाट धेरै टाढा हुनुहुन्छ ।
16देशमा अन्नको प्रशस्त होस् । पहाड टुप्पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।
2प्रत्येक व्यक्ति हावाबाट बच्ने ठाउँजस्तै, र आँधीबाट शरण लिने ठाउँजस्तै, सुख्खा ठाउँको पानीको धारहरूजस्तै, थकानको देशमा भएको ठुलो चट्टानको छायाजस्तै हुनेछ ।
12किनभने शान्तिको बीउ छरिनेछ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी: आकाशले शीत दिनेछ, किनभने यी बाँकी रहेका मानिसहरूलाई म यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु ।
27तब मैदानका रूखहरूले आफ्ना फल उब्जाउनेछन् र पृथ्वीले आफ्नो उब्जनी दिनेछ । मेरा भेडाहरू आफ्नै देशमा सुरक्षित हुनेछन् । जब तिनीहरूका जुवाको काठ म भाँचिदिन्छु र जब तिनीहरूलाई दास बनाउनेको हातबाट तिनीहरूलाई म बचाउँछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
35दुष्ट र डरलाग्दा व्यक्ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु ।
2किनकि घाँसझैं तिनीहरू चाँडै नै सुकेर जानेछन् र हरिया बिरुवाहरूझैं ओइलाएर जानेछन् ।