यिर्मिया 2:9

अनलक शाब्दिक बाइबल

त्यसैले परमप्रभु घोषणा गर्नुहुन्छ, म अझै पनि तिमीहरूलाई दोष लगाउनेछु र तिमीहरूका छोराहरूलाई दोष लगाउनेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 20:35-36 : 35 तब म तिमीहरूलाई जातिहरूको उजाड-स्‍थान ल्‍याउनेछु, र त्‍यहाँ म तिमीहरूको न्‍याय आमने-सामनेमा गर्नेछु । 36 जसरी मिश्रदेशको उजाड-स्‍थान मैले तिमीहरूका पुर्खाहरूको न्‍याय गरें, त्‍यसरी नै म तिमीहरूको न्‍याय म गर्नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यिर्मि 2:35 : 35 तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु । निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु ।
  • मीका 6:2 : 2 ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन । किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ ।”
  • निर्ग 20:5 : 5 तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।
  • लैव्य 20:5 : 5 त्यस मानिस र त्यसको वंशको विरुद्ध म आफै खडा हुने छु, र त्यसलाई र मोलोखसँग वेश्‍यागमन गर्ने सबैलाई बहिष्‍कृत गर्ने छु ।
  • यशा 3:13 : 13 दोष लगाउनलाई परमप्रभु खडा हुनुहुन्छ । मानिसहरूलाई दोष लगाउन उहाँ खडा हुनुहुन्छ ।
  • यशा 43:26 : 26 जे भएको थियो मेरो निम्ति याद गर । हामी एकसाथ बहस गरौं । तेरो मुद्दा पेस गर्, ताकि तँ निर्दोष साबित हुन सक्‍छस् ।
  • यिर्मि 2:29 : 29 त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।
  • हो 2:2 : 2 आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्‍नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्‍नो वेश्‍यागमन, र आफ्ना स्‍तनहरूको बिचबाट आफ्‍नो व्यभिचारका कामहरूलाई हटाओस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 80%

    29त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।

    30मैले तेरो जातिलाई व्यर्थैमा दण्ड दिएको छु । तिनीहरूले अनुशासनलाई स्वीकार गर्दैनन् । तिमीहरूको तरवारले तिमीहरूका अगमवक्ताहरूलाई विनाश गर्ने सिंहले झैं निलेको छ ।

    31हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं'?

  • 10किनकि कित्तीमका किनारहरू पार गर र हेर । केदारमा सन्देशवाहकहरू पठाओ र पत्ता लगाओ, र त्यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर ।

  • यहे 20:35-36
    2 पदहरू
    76%

    35तब म तिमीहरूलाई जातिहरूको उजाड-स्‍थान ल्‍याउनेछु, र त्‍यहाँ म तिमीहरूको न्‍याय आमने-सामनेमा गर्नेछु ।

    36जसरी मिश्रदेशको उजाड-स्‍थान मैले तिमीहरूका पुर्खाहरूको न्‍याय गरें, त्‍यसरी नै म तिमीहरूको न्‍याय म गर्नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 2ए आकाश सुन्, र ए पृथ्वी कान थाप् । किनकि परमप्रभु बोल्नुभएको छः “मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन् ।

  • 8पुजारीले सोधेन, 'परमप्रभु कहाँ हुनुहुन्छ?', र व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन् । गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे । अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले, र व्यर्थैका कुराहरूको पछि लागे ।

  • 74%

    19मेरो बारेमा मैले भनें, 'मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्छु । यो पैतृक-सम्पत्ति अन्य कुनै पनि जातिसित भएको भन्दा सुन्दर छ । मैले भन्‍ने थिएँ, ‘तिमीहरूले मलाई बोलाउनेछौ, 'हे मेरा पिता' । तिमीहरू मलाई पछ्याउनदेखि तर्कनेथिएनौ भनी मैले भन्‍ने थिएँ ।

    20तर आफ्नो पतिको लागि विश्‍वासहीन भएकी स्‍त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।

  • 7यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।

  • 16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 2ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन । किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ ।”

  • 3यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्‍ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।

  • 17तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्‍वर कहाँ हुनुहुन्छ?”

  • 9के यी कुराको काणले मैले तिनीहरूलाई दण्ड नदिने? यो परमप्रभुको घोषणा हो, र के यस्तो जातिलाई म आफैले बदला नलिने त?

  • 2आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्‍नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्‍नो वेश्‍यागमन, र आफ्ना स्‍तनहरूको बिचबाट आफ्‍नो व्यभिचारका कामहरूलाई हटाओस् ।

  • 1¶ ए इस्राएलका मानिस हो, तिमीहरूका विरूद्धमा, मिश्रदेशबाट मैले निकालेर ल्याएको सम्‍पूर्ण परिवारको विरुद्धमा परमप्रभुले बोल्नुभएको यो वचन सुनः

  • 7किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याएको दिनदेखि वर्तमान समयसम्म निरन्तर रूपमा तिनीहरूलाई चेताउनी दिंदै र 'मेरो आवाज सुन,' भन्‍दै गम्भीर आज्ञाहरू दिंदै आएको छु ।

  • 20त्‍यति बेला तिनीहरूका मानिसहरू पहिलेजस्तै हुनेछन्, र तिनीहरूको सभा मेरो सामु स्थापित हुनेछ, जति बेला तिनीहरूलाई अहिले यातना दिने सबैलाई मैले दण्ड दिन्‍छु ।

  • 1¶ ए इस्राएलका मानिस हो, परमप्रभुको वचन सुन । यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्यता, करारको विश्‍वस्‍तता, परमप्रभुको ज्ञान छैन ।

  • 7तिनीहरूका पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ,” परमप्रभु भन्‍नुहुन्छ । “डाँडाहरूमाथि धूप बालेको र पहाडहरूमाथि मेरो गिल्‍ला गरेकोमा म तिनीहरूसँग बदला लिनेछु । यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा म नापिदिनेछु ।”

  • 25तर परमप्रभु यसो भन्‍नुहुन्छ, “हो, योद्धाहरूबाट कैदीहरूलाई खोसिनेछ र लूटका मालहरू छुट्टाइनेछ । किनकि तेरो विरोधीलाई म विरोध गर्नेछु र तेरा छोराछोरीलाई बचाउनेछु ।

  • 13“मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’

  • 5परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।

  • 29के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त, के यस्तो जातिलाई मैले बदला नलिते त? यो परमप्रभुको घोषणा हो ।

  • 6तैंले मलाई त्यागेको छस्, यो परमप्रभुको घोषणा हो— तँ मबाट फर्केर गएको छस् । त्यसैले म आफ्‍नो हातले तँलाई प्रहार गर्नेछु र तलाई नाश पार्नेछु । तँलाई दया देखाउँदा-देखाउँदा म थकित भइसकेको छु ।

  • 4यो परमप्रभुको घोषणा हो, ती दिनमा र त्‍यो समयमा इस्राएल र यहूदाका मानिसहरू रुँदैरुँदै जान र परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर्न सँगसँगै आउनेछन् ।

  • 15“म यी कुराहरू भन्‍नेछु,” भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ ।

  • 17पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्‍ना मानिसहरू बाँकी राख्‍नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्‍न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्‍नू, ‘तिनीहरूका परमेश्‍वर कहाँ छ?’”

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तेरी आमालाई दिएको त्यागपत्रको प्रमाणपत्र कहाँ छ? मेरो कुनचाहिं ऋणीकहाँ मैले तँलाई बेचें? हेर, तिमीहरूका पापहरूका कारणले तिमीहरूलाई बेचियो र तिमीहरूका विद्रोहको कारणले तिमीहरूका आमालाई टाढा पठाइयो ।

  • 1¶ परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,

  • 4के भर्खरै मात्र तैंले मलाई पुकारिनस्, “हे मेरा पिता, मेरो युवावस्थादेखिको मेरो घनिष्ठ मित्र ।

  • 9त्यसैले, यो परमप्रभुको घोषणा हो, के मैले तिनीहरूलाई दण्ड दिनुपर्दैन र, के मैले यस्तो जातिसित बदला लिनुपर्दैन र? ।

  • 11त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।

  • 5परमप्रभु फेरि मसँग बोल्नुभयो,

  • 18तर ती दिनमा पनि म तिमीहरूलाई पूर्ण रूपमा नाश पार्ने इच्छा गर्दिनँ, यो परमप्रभुको घोषणा हो ।

  • 21परमप्रभु भन्‍नुहुन्छ— मेरो निम्‍ति, तिनीहरूसँग यो मेरो करार हो । मेरो आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्‍यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै—परमप्रभु भन्‍नुहुन्छ ।

  • 1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 4परमप्रभु यस्तो भन्‍नुहुन्छः “यहूदाका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले परमप्रभुको व्यवस्थालाई तिरस्‍कार गरे, र उहाँका विधिहरू पालना गरेनन् । तिनीहरूका झुटले तिनीहरूलाई भ्रममा पार्‍यो, जसका पछि तिनीहरूका पुर्खाहरू पनि हिंडेका थिए ।

  • 14'ए विश्‍वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु ।

  • 17तिमीहरूको भविष्यको लागि आशा छ, यो परमप्रभुको घोषणा हो, तिमीहरूका सन्तानहरू तिमीहरूका सिमानाहरूभित्र फर्कनेछन् ।”

  • 24यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु ।

  • 10तिनीहरू आफ्‍ना पहिलेका पुर्खाहरूका अधर्मतर्फ लागेका छन् जसले मेरो वचन सुन्‍न इन्कार गरी अरू देवताहरूको पुजा गर्न तिनीहरूको पछि लागे । इस्राएलको घराना र यहूदाको घरानाले मैले तिनीहरूका पुर्खाहरूसित स्थापित गरेको मेरो करार तोडे ।

  • 7सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तिनीहरूलाई खार्न र जाँच्न लागेको छु, किनकि मेरा मानिसहरूले जे गरेका छन्, त्यसको लागि म अरू के गर्न सक्छु र?

  • 20हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् । के स्‍त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्‍चालाई खाने? के पुजारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने?

  • 2यहूदाको विरुद्ध परमप्रभुसँग एउटा मुद्धा छ र याकूबले जे गरेको छ, त्यसको लागि दण्ड दिनुहुनेछ । त्यसका कामहरूका निम्‍ति उहाँले त्यसलाई बदला दिनुहुनेछ ।

  • 7तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ । त्‍यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहालाई रिस उठाएका छौ, यो परमप्रभुको घोषणा हो ।’

  • 9किनकि यी विद्रोही मानिसहरू, झुट बोल्ने छोराछोरी, परमप्रभुको शिक्षा नसुन्‍ने छोराछोरी हुन् ।

  • 35तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु । निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु ।