यिर्मिया 20:14
त्यो दिन श्रापित होस् जति बेला म जन्मेको थिएँ । मेरी आमाले मलाई जन्म दिएकी दिन आशिषित नहोस् ।
त्यो दिन श्रापित होस् जति बेला म जन्मेको थिएँ । मेरी आमाले मलाई जन्म दिएकी दिन आशिषित नहोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15मेरा बुबालाई यो खबर दिने मानिस श्रापित होस्, जसले यसो भनेर बडो आनन्द दियो, 'तपाईंको छोरो जन्मिएको छ' ।
16त्यो मानिस परमप्रभुले नष्ट गर्नुभएका सहरहरूजस्तो होस् जसलाई उहाँले दया देखाउनुभएन । त्यसले बिहानै मदतको गुहार र मध्यदिनमा युद्धको रोदन सुन्न परोस् ।
17किनकि त्यसले मेरी आमालाई नै मेरो चिहान बनाएर मलाई गर्भमै मारेन । त्यो गर्भ सधैं गर्भवती नै रहनेथियो ।
18सङ्कष्ट र वेदना हेर्न, यसरी मेरा दिनहरू लाजमा बिताउन म किन गर्भबाट बाहिर निस्केर आएँ?”
1¶ यसपछि अय्यूबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई सरापे ।
2तिनले भने,
3“म जन्मेको दिन नष्ट होस्, त्यो रात जसले भन्यो, 'एउटा बालकको गर्भधारण भएको छ ।'
4त्यो दिन अन्धकार होस् । परमेश्वरले माथिबाट त्यसलाई याद नगरून्, न त यसमा घाम लागोस् ।
10हे मेरी आमा, मलाई धिक्कार छ! किनकि तपाईंले मलाई जन्म दिनुभयो, म जो देशैभरि तर्क र विवादको मानिस हुँ । मैले ऋण दिएको छैनँ, न कसैले मलाई ऋण दिएको छ, तर तिनीहरू सबैले मलाई श्राप दिन्छन् ।
18त्यसो भए, तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको छ? मैले आफ्नो आत्मा त्यागेको भए, अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्थ्यो ।
19म कहिल्यै अस्तित्वमा नभएजस्तो हुन्थें । म गर्भबाट नै चिहानमा लगिन्थें ।
20के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,
7हेर, त्यो रात बाँझो होस् । यसमा कुनै हर्षको सोर नआओस् ।
8लिव्यातन्लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन् ।
9त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्न पाओस् ।
10किनभने यसले मेरी आमाको गर्भको ढोकालाई थुनेन, र किनभने यसले मेरा आँखाबाट कष्टलाई लुकाएन ।
11मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ? मेरी आमाले मलाई जन्माउँदा मैले आफ्नो आत्मा किन त्यागिनँ?
11आफ्ना बुबाहरूलाई सराप्ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।
16अर्थात् सायद म तुहेर जन्मने थिएँ, कदापि उज्यालो नदेख्ने शिशुहरूझैं हुन्थें ।
17त्यसले सराप्न मन परायो । त्यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्लाई घृणा गर्यो । त्यसकहाँ कुनै आशिष् नआओस् ।
16'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
5हेर्नुहोस्, म पापमा नै जन्में । आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै, म पापमा नै थिएँ ।
4जन्मँदा तेरी आमाले तेरो नाभि काटिन, न त त्यसले तँलाई सफा गर्नलाई पानीले नुहाइदिई वा तेरो शरीर नुनले दली, वा तँलाई लुगाले बेह्री ।
5तँप्रति दयालु भएर तेरो निम्ति यी कुरामध्ये कुनै गर्न कोही मानिसका आँखामा दया थिएन । तँ जन्मेको दिनमा तेरो जीवनलाई घृणा गरेर तँलाई बाहिर मैदानमा फालियो ।
14किनकि म दिनभरि कष्टमा परेको छु र हरेक बिहान ताड्ना पाएको छु ।
16तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्ने छ ।
17तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा श्राप पर्ने छ ।
18तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ ।
19तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्राप पर्ने छ ।
1¶ स्त्रीबाट जन्मेको मानिस थोरै दिन बाँच्छ, अनि दुखैदुखले भरिएको हुन्छ ।
14त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् ।
20कसैले आफ्नो बुबा वा आफ्नी आमालाई सराप्यो भने निस्पट्ट अन्धकारमा त्यसो बत्ती निभाइने छ ।
21तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”
10गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्वर हुनुहुन्छ
13तिनकी आमाले तिनलाई भनिन्, “हे मेरो छोरो, जुनसुकै सराप भए पनि त्यो ममाथि नै परोस् । केवल मेरो कुरा मान्, र गएर ती मकहाँ ले ।”
29मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
30वास्तवमा ऊ मरोस् भनी सराप्नलाई, आफ्नो मुखलाई पाप गर्ने अनुमति मैले दिएकै छैनँ ।
13परमप्रभुको निम्ति गाओ! परमप्रभुको प्रशंसा गर! किनकि उहाँले दुष्ट काम गर्नेहरूको हातबाट थिचोमिचोमा परेकाहरूको जीवनलाई बचाउनुभएको छ ।
8परमेश्वरले नै सराप नदिनुभएकालाई मैले कसरी सराप दिन सक्छु? परमप्रभुले नै विरोध नगर्नुभएकाहरूलाई मैले कसरी विरोध गर्न सक्छु?
14म मेरा सबै मानिसका लागि हाँसोको पात्र बनेँ, र दिनभरि तिनीहरूको ठट्टाको निसाना बनेँ ।
14र मैले खाडललाई, 'तँ मेरो बुबा हो,' अनि किरालाई 'तँ मेरी आमा वा बहिनी' हो भनेको छु भने,
9आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्यको हुन्छ ।
11त्यसैले दाऊदले अबीशै र आफ्ना सबै सेवकलाई भने, “हेर, मेरो छोर, जो मेरो आफ्नै शरीरबाट जन्मेको हो, त्यसले नै मलाई मार्न खोज्छ । यो बेन्यामिनीले झन् मेरो विनाश भएको कति धेरै इच्छा गर्ला? त्यसलाई छोडिदेऊ र त्यसले सरापोस्, किनकि परमप्रभुले नै त्यसो गर्ने आज्ञा त्यसलाई दिनुभएको छ ।
12सायद ममाथि आइपरेको यो कष्ट परमप्रभुले हेर्नुहुने छ र आज त्यसले मलाई सरापेकोमा मलाई असल इनाम दिनुहुने छ ।”
22परमेश्वरले आशिष् दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्कृत हुनेछन् ।
10धिक्कार त्यसलाई जसले बुबालाई भन्छ, 'तपाईंले के जन्माउनुभयो?' वा आमालाई भन्छ, ‘तपाईंले के जन्म दिनुभयो?'
26तँलाई र तँलाई जन्म दिने तेरी आमालाई म आर्को देशमा फल्नेछु, जुन देशमा तँ जन्मेको थिइनस् र त्यहाँ तिमीहरू मर्नेछौ ।
18सा-साना केटाकेटीले पनि मलाई तिरस्कार गर्छन् । म बोल्नलाई उठ्दा तिनीहरू मेरो विरुद्धमा बोल्छन् ।
12त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् ।
16म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्यर्थ छन् ।