यिर्मिया 26:7

अनलक शाब्दिक बाइबल

यर्मियाले परमप्रभुको मन्दिरमा यी वचन घोषणा गरेका पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसले सुने ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मीका 3:11 : 11 तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
  • यिर्मि 5:31 : 31 अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”
  • यिर्मि 23:11-15 : 11 “अगमवक्ता र पुजारीहरू दुवै दुषित भएका छन् । मेरै मन्दिरमा पनि मैले तिनीहरूको दुष्‍टता भेट्टाएको छु,” यो परमप्रभुको घोषणा हो— 12 त्यसकारण तिनीहरूको मार्ग अन्धकारमा चिप्लने ठाउँजस्तै हुनेछ । तिनीहरू धकेलिनेछन्, र तिनीहरू त्‍यसमा लोट्नेछन् । किनकि तिनीहरूको दण्डको वर्षमा म तिनीहरूको विरुद्धमा विपत्ती पठाउनेछु,” यो परमप्रभुको घोषणा हो । 13 “किनकि सामरियामा भएका अगमवक्ताहरूले घृणित कार्य गरेका मैले देखेको छुः तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र मेरो मानिस इस्राएललाई कुमार्गतिर डोर्‍याए । 14 यरूशलेमका अगमवक्ताहरूका बिचमा मैले अति घिनलाग्दा कुराहरू देखेको छु । तिनीहरू व्यभिचार गर्छन्, र झूटो चालमा हिंड्छन् । खराब काम गर्नेहरूका हात तिनीहरूले बलियो पार्छन्, र कोही पनि आफ्नो खराबीबाट पछि हट्दैन । मेरो लागि तिनीहरू सबै सदोमझैं र यसका बासिन्दाहरू गमोराझैं भएका छन् ।” 15 त्यसकारण सर्वशक्तिमान् परमप्रभु अगमवक्ताहरूको विषयमा यसो भन्‍नुहुन्छ, “हेर, मैले तिनीहरूलाई ऐरेलु खुवानै लागेको छु, र विषालु पानी पियाउनै लागेको छु, किनकि यरूशलेमका अगमवक्ताहरूबाट प्रदुषण सबै देशमा फैलिएको छ ।”
  • यहे 22:25-26 : 25 गर्जने सिंहले शिकार टुक्र्याएझैं त्‍यसको बिचमा भएका त्‍यसका अगमवक्‍ताहरूले एउटा षड्‌यन्‍त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्‍छन् र बहुमूल्‍य धन लुट्‌छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन्‌ । 26 त्‍यसका पुजारीहरूले मेरो व्‍यवस्‍था भङ्ग गर्छन्‌ र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्‍छ ठान्‍छन्‌। तिनीहरूले पवित्र कुरा र तुच्‍छ कुराको बिचमा भिन्‍नता छुट्‍याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्‍ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्‍छ भएको छु ।
  • सप 3:4 : 4 त्यसका अगमवक्ताहरू ढीट र विश्‍वासघाती मानिसहरू हुन् । त्यसका पूजाहारीहरुले पवित्र कुरालाई अशुद्ध बनाएका छन् र व्यवस्थाको विरुद्ध हिंसा गरेका छन् ।
  • मत्त 21:15 : 15 तर जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।
  • प्रेरि 4:1-6 : 1 ¶ जब पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका मुख्य व्यक्ति र सदूकीहरू तिनीहरूकहाँ आए । 2 पत्रुस र यूहन्‍नाले मानिसहरूलाई येशूको बारेमा सिकाइरहेका र उहाँको मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरूलाई साह्रै गाह्रो भयो । 3 उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो । 4 तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो । 5 अर्को दिन तिनीहरूका शासकहरू, एल्डरहरू र शास्‍त्रीहरू यरूशलेममा जम्मा भए । 6 प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका अरू सबै आफन्तहरू त्यहाँ थिए ।
  • प्रेरि 5:17 : 17 तर प्रधान पूजाहारी र उनीसँग रहनेहरू सबै जना (जुन सदूकीहरूको सम्प्रदाय हो) उठे र तिनीहरू ईर्ष्याले भरिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 86%

    8त्‍यसैले जब परमप्रभुले यर्मियालाई भन्‍नू भनी आज्ञा गर्नुभएका वचन तिनले घोषणा गरेर सके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसले तिनलाई समाते र भने, “तँ निश्‍चय नै मर्नेछस् ।

    9यो मन्दिर शीलोझैं हुनेछ र यो सहर बासिन्दारहित उजाड हुनेछ भनेर किन परमप्रभुको नाउँमा अगमवाणी गरिस्?” किनकि सबै मानिसले परमप्रभुको मन्दिरमा यर्मियाको विरुद्धमा भिड जम्मा गरेका थिए ।

    10तब यहूदाका अधिकारीहरूले यो खबर सुने, र तिनीहरू राजाको महलदेखि परमप्रभुको मन्दिरमा गए । तिनीहरू परमप्रभुको मन्दिरको नयाँ मूल ढोकामा बसे ।

    11पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिससँग बोले । तिनीहरूले भने, “यो मानिसलाई मार्नु ठिक छ, किनकि यसले यो सहरको विरुद्धमा अगमवाणी बोलेका छ, जस्तो तपाईंहरूले आफ्नै कानले सुन्‍नुभएको छ ।”

    12त्यसैले यर्मियाले सबै अधिकारी र सबै मानिससँग बोले र भने, “तपाईंहरूले सुन्‍नुभएका यी वचन भन्‍न परमप्रभुले मलाई यो मन्दिर र यो सहरको विरुद्धमा अगमवाणी बोल्न पठाउनुभएको छ ।

  • यिर्मि 28:5-7
    3 पदहरू
    82%

    5त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पुजारीहरू र सबै मानिसको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले ।

    6यर्मिया अगमवक्ताले भने, “परमप्रभुले यसै गरून्! तिमीले अगमवाणी बोलेका वचनहरू परमप्रभुले पुरा गरून्, अनि परमप्रभुको मन्दिरका सबै सामान र सबै बन्दीलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याऊन् ।

    7तापनि तिमीले सुन्‍ने गरी अनि सबै मानिसले सुन्‍ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।

  • 14तब यर्मिया तोपेतबाट गए, जहाँ अगमवाणी बोल्न परमप्रभुले तिनलाई पठाउनुभएको थियो । तिनी परमप्रभुको मन्दिरको चोकमा खडा भए र तिनले सबै मानिसलाई भने,

  • 2यर्मिया अगमवक्ताले यो वचन यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दालाई घोषणा गरे ।

  • 6तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।

  • 8त्यसैले यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई दिएका आज्ञाका हरेक कुरा तिनले गरे । तिनले परमप्रभुको मन्दिरमा परमप्रभुका वचन चर्को सोरमा पढे ।

  • यिर्मि 7:1-2
    2 पदहरू
    76%

    1¶ परमप्रभुको यो वचन यर्मियाकहाँ यसो भनेर आयो,

    2“परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।

  • 1¶ परमप्रभु तिनीहरूका परमेश्‍वरले यर्मियालाई भन्‍न दिनुभएका परमप्रभु तिनीहरूका परमेश्‍वरका सबै वचन तिनले सबै मानिसहरूलाई भनेर सिद्ध्याए ।

  • 1¶ मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्‍दै थिए,

  • 76%

    29यर्मिया अगमवक्ताले सुन्‍ने गरी पुजारी सपन्याहले यो पत्र पढे ।

    30तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 6तब म यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु । म यस सहरलाई पृथ्वीका सबै जातिको दृष्‍टिमा श्रापको पात्र बनाउनेछु' ।”

  • 16मैले पुजारीहरू र सबै मानिसहरूलाई यो कुरा घोषणा गरें र यसो भनें, “परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूका अगमवक्ताहरूको वचन नसुन जसले तिमीहरूका निम्‍ति अगमवाणी बोल्छन् र यसो भन्‍छन्, 'हेर, परमप्रभुको मन्दिरका सामानहरू अहिले बेबिलोनबाट फर्काइँदैछन् ।' तिनीहरूले तिमीहरूलाई झूटो कुरा अगमवाणी बोल्दै छन् ।

  • 75%

    16तब अधिकारीहरू र सबै मानिसले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मर्न लायक छैन, किनकि उसले परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा यी कुराहरूको घोषणा गरेको छ ।”

    17तब देशका धर्म-गुरुहरूका माझबाट मानिसहरू खडा भए, र सारा मानिसहरूको सभालाई भने,

  • यिर्मि 11:1-2
    2 पदहरू
    75%

    1¶ परमप्रभुबाट यर्मियाकहाँ यसो भनेर वचन आयो,

    2“यस करारका वचनहरूलाई सुन्, अनि यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्दाहरूलाई ती घोषणा गर् ।

  • यिर्मि 30:1-2
    2 पदहरू
    74%

    1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

    2“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख् ।

  • 11“यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।

  • 27तब सबै अधिकारी यर्मियाकहाँ आए र तिनलाई प्रश्न गरे, यसैले राजाले तिनलाई निर्देशन दिएअनुसार तिनले उनीहरूलाई जवाफ दिए । उनीहरूले यर्मिया र राजाको बिचमा भएको बातचितलाई नसुनेका हुनाले उनीहरूले तिनीसित थप कुराकानी गरेनन् ।

  • 10माथिल्लो चोकमा, परमप्रभुको मन्दिरको नयाँ मूल ढोकाको छेउमा भएको सचिव शापानका छोरा गमर्याहको कोठाबाट बारूकले परमप्रभुको मन्दिरमा यर्मियाका वचनहरू चर्को सोरमा पढे । सबै मानिसले सुन्‍ने गरी तिनले यसो गरे ।

  • 2“परमप्रभु यसो भन्‍नुहुन्छ, 'मेरो मन्दिरको चोकमा खडा हो र मेरो मन्दिरमा आराधना गर्ने आउने यहूदाका सबै सहरको बारेमा भन् । तिनीहरूलाई भन्‍न मैले तँलाई आज्ञा गरेका सबै वचन घोषणा गर् । एउटै शब्‍द पनि नछोड ।

  • 12तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 20तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।

  • 1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 2अङ्गरक्षकका कप्‍तानले यर्मियालाई लगे र भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।

  • 12त्यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

  • 6यर्मियाले भने, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 19परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 2तर सिदकियाह, तिनका सेवकहरू र देशका मानिसले यर्मिया अगमवक्ताको हातद्वारा परमप्रभुले घोषणा गर्नुभएको उहाँको वचनलाई सुनेनन् ।

  • 27तब मुट्ठो र त्‍यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 19तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्?

  • 1¶ यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो ।

  • 30तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढे ।

  • 2तब राजा परमप्रभुको मन्दिरमा गए, अनि यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दा, पुजारीहरू, अगमवक्ताहरू र सानादेखि ठुलासम्‍म सबै मानिस पनि तिनीसँगै गए । तब तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी पढे ।

  • 5त्‍यसपछि यर्मियाले बारूकलाई एउटा आज्ञा दिए । तिनले भने, “म थुनामा छु, र परमप्रभुको मन्दिरमा जान सक्दिनँ ।

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,

  • 27त्यसैले अब, तिम्रो विरुद्धमा आफैलाई अगमवक्ता बनाउने अनातोतको यर्मियालाई किन हप्काएनौ?

  • 1¶ यर्मियाले परमप्रभुको मन्दिरको सामु यी वचनहरू अगमवाणी गरिरहेका छन् भनेर इम्मेरका छोरा पुजारी पशहूर, एकजना मुख्‍य अधिकारीले सुने ।

  • 21त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्‍नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्‍नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'

  • 18त्यसैले मानिसहरूले भने, “आओ, हामी यर्मियाको विरुद्धमा षड्यन्त्रहरू रचौं, किनकि पुजारीहरूबाट व्यवस्था वा बुद्धिमान् मानिसहरूबाट सरसल्लाह वा अगमवक्ताहरूबाट वचन कहिल्यै नष्‍ट हुने छैनन् । आओ, हाम्रा वचनहरूले त्यसलाई आक्रमण गरौं, अनि अब फेरि त्यसले घोषणा गरेका कुराहरूमा हामी ध्यान नदिऊँ ।”