यिर्मिया 32:18

अनलक शाब्दिक बाइबल

हजारौंलाई तपाईंले करारको विश्‍वस्तता देखाउनुहुन्छ, र मानिसहरूका दोष तिनीहरूपछि तिनीहरूका छोराछोरीमाथि खन्याउनुहुन्छ । तपाईं महान् र शक्तिशाली परमेश्‍वर हुनुहुन्‍छ । सर्वशक्तिमान् परमप्रभु तपाईंको नाउँ हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 10:16 : 16 तर परमेश्‍वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ तीजस्ता छैनन्, किनकि उहाँ त सबै कुराका निर्माणकर्ता हुनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
  • निर्ग 34:7 : 7 उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्‍नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।”
  • व्यव 5:9-9 : 9 तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु । 10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउने छु ।
  • व्यव 7:9-9 : 9 त्यसकारण, परमप्रभुले तिमीहरूलाई शक्तिशाली हातले बाहिर ल्याउनुभएको छ, र दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभएको छ । तसर्थ, परमप्रभु तिमीहरूका परमेश्‍वर नै विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू मान्‍ने हजारौँ पुस्तासम्म आफ्ना करार पुरा गर्नुहुन्छ र विश्‍वासयोग्य हुनुहुन्छ भनी जान । 10 तर उहाँको अवहेलना गर्नेहरूलाई उहाँले बदला लिनुहुने छ वा तिनीहरूलाई नष्‍ट गर्नुहुने छ । उहाँको अवहेलना गर्नेहरू जोकसैप्रति पनि उहाँ सहनशील हुनुहुन्‍न । उहाँले त्यसको बदला लिनुहुने छ ।
  • निर्ग 20:5-6 : 5 तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु । 6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउनेछु ।
  • १ राजा 14:9-9 : 9 तर तैँले तँभन्दा अगिका सबैले भन्दा दुष्ट काम गरेको छस् । तैँले अरू देवताका मूर्तिहरू र ढालेर बनाएका धातुका प्रतिमूर्तिहरू बनाएर मलाई रिस उठाएको छस्, र मलाई तेरो पीठपछि राखेको छस् । 10 त्यसकारण हेर्, म तेरो परिवारमा विपत्ति ल्याउने छु । चाहे कमारा होस् या फुक्का, म इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिने छु, र तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिने छु ।
  • १ राजा 16:1-3 : 1 ¶ बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको वचन आयो, 2 “मैले तँलाई धूलोबाट उठाई मेरो जाति इस्राएलमाथि अगुवा बनाए तापनि तँ यारोबामको चालमा हिँडी तैँले मेरो जाति इस्राएललाई पाप गर्न लगाएको छस् र तिनीहरूका पापद्वारा मलाई रिस उठाएको छस् । 3 हेर्, म बाशा र त्यसको घरानालाई पूर्ण रूपमा निमिट्यान्न पारिदिने छु र तेरो घरानालाई नबातका छोरा यारोबामको परिवारजस्तै तुल्याउने छु ।
  • भजन 50:1 : 1 ¶ सर्वशक्तिमान्, परमप्रभु परमेश्‍वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।
  • यशा 9:6 : 6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्‍मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता र शान्तिका राजकुमार राखिनेछ ।
  • यिर्मि 31:35 : 35 परमप्रभु यसो भन्‍नुहुन्छ, “दिनमा प्रकाश दिन सूर्य र रातमा प्रकाश दिन चन्द्रमा र ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्छ । समुद्रका छाल गर्जनलाई उहाँले नै यसलाई गतिवान् बनाउनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।”
  • मत्त 23:32-36 : 32 तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ । 33 ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ? 34 त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ । 35 यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ । 36 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।
  • मत्त 27:25 : 25 सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।”
  • हब 1:12 : 12 “परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।
  • यशा 10:21 : 21 याकूबका बाँकी रहेकाहरू शक्तिशाली परमेश्‍वरकहाँ फर्कनेछन् ।
  • यशा 57:15 : 15 उच्‍च र माथि उचालिले यसो भन्‍नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्‍छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्‍छ, नम्रहरूका आत्मा जगाउन र पश्‍चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्‍छु ।
  • भजन 145:3-6 : 3 परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्‌ता अथाहा छ । 4 एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ । 5 म तपाईंको महिमाको ऐश्‍वर्य र तपाईंका अचम्‍मका कामहरू ध्‍यान गर्नेछु । 6 तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्‍नेछन् र म तपाईंको महान‌्‌ताको घोषणा गर्नेछु ।
  • १ राजा 21:21-24 : 21 परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु । 22 म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।' 23 परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको छ, 'यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् ।' 24 आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन्, र मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”
  • २ राजा 9:26 : 26 'परमप्रभु घोषणा गर्नुहुन्छ— हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र परमप्रभु भन्‍नुहुन्छ, निश्‍चय नै म यही खेतमा त्यसको बदला लिनेछु ।' अब परमप्रभुको वचनअनुसार तिनलाई उठाऊ र यही खेतमा फालिदेऊ ।”
  • नहे 1:5 : 5 तब मैले भनेँ, “तपाईं स्वर्गका परमेश्‍वर परमप्रभु हुनुहुन्छ, जो महान् र भययोग्य हुनुहुन्छ । तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्‍नेहरूप्रति करार पुरा गर्नुहुन्छ र तपाईंको अचुक प्रेम देखाउनुहुन्छ ।
  • उत्प 49:24 : 24 तापनि त्‍यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्‍वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्‍यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा ।
  • गिन 14:18 : 18 'परमप्रभु रिसाउनमा धिमा र विश्‍वनीयताको करारमा प्रशस्‍त हुनुहुन्छ । उहाँले अपराध र अधर्महरू क्षमा गर्नुहुन्छ । उहाँले तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म पुर्खाहरूका दण्ड ल्याउनुहुँदा उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ ।'
  • व्यव 7:21 : 21 तिनीहरूदेखि नडराओ किनकि परमप्रभु परमेश्‍वर तिमीहरूका बिचमा हुनुहुन्छ जो महान् र भययोग्य हुनुहुन्छ ।
  • व्यव 10:17 : 17 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै देवहरूका परमेश्‍वर र प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्‍न र घुस लिनुहुन्‍न ।
  • यहो 7:24-26 : 24 त्यसपछि यहोशू र सारा इस्राएलले जेरहका छोरा आकान, चाँदी, ओढ्ने, सुनको डण्डा, त्यसका छोराछोरीहरू, त्यसका गधाहरू, त्यसका गोरुहरू, त्यसका भेडाहरू, त्यसको पाल र त्यससँग भएका सबै थोकलाई लिए अनि तिनीहरूले उनीहरूलाई आकोरको बेँसीमा ल्याए । 25 यहोशूले भने, “तैँले हामीमाथि किन कष्‍ट ल्याइस्? परमप्रभुले तँमाथि पनि कष्‍ट ल्याउनुहुने छ ।” सबै इस्राएलले ढुङ्गाले हाने । त्यसपछि बाँकी सबैलाई पनि ढुङ्गाले हानेर मारे र तिनीहरूलाई आगोले जलाइदिए । 26 तिनीहरूले त्यसमाथि ढुङ्गाको ठुलो थुप्रो लगाए, जुन आजसम्म पनि छ । परमप्रभुको क्रोध हट्यो । यसकारण, आजको दिनसम्म पनि त्यस ठाउँको नाउँ आकोरको बेँसी रहेको छ ।
  • २ शमू 21:1-9 : 1 ¶ दाऊदको समयमा तीन वर्षसम्म अनकाल पर्‍यो र दाऊदले परमप्रभुको मुहारको खोजी गरे । त्यसैले परमप्रभुले भन्‍नुभयो, “यो अनिकाल शाऊल र तिनका हत्यारा परिवारको कारणले भएको हो, किनभने त्‍यसले गोबोनीहरूलाई मार्‍यो ।” 2 अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् । तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए । इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए, तर शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे । 3 त्यसैले दाऊदले गिबोनीहरूलाई एकसाथ बोलाए र तिनीहरूलाई भने, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ? मैले कसरी प्रायश्‍चित गर्न सक्छु, ताकि परमप्रभुको भलाइ र प्रतिज्ञा पाएका उहाँका मानिसहरूलाई तिमीहरूले आशिष् दिन सक्‍छौ?” 4 गिबोनीहरूले तिनलाई जवाफ दिए, “हामी र शाऊल वा तिनका परिवारका बिचमा सुन वा चाँदीका कुरा होइन । यसै गरी हामीले इस्राएलका कुनै मानिसलाई मार्ने होइन ।” दाऊदले जवाफ दिए, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ, तिमीहरू के भन्छौ?” 5 तिनीहरूले राजालाई जवाफ दिए, “हामी सबैलाई मार्न खोज्‍ने मानिस जसले हाम्रो विरुद्ध षड्यान्त्र गरे, ताकि हामी अहिले नाश भएका छौं र इस्राएलको सिमानाभित्र हाम्रो स्थान छैन, 6 तिनको सन्‍तानबाट सात जना मानिसलाई हामीकहाँ सुम्‍पियोस् र हामीले तिनीहरूलाई परमप्रभुद्वारा चुनिएको शाऊलको गिबामा परमप्रभुको सामु झुन्ड्याउने छौं ।” त्यसैले राजाले भने, “म तिमीहरूलाई ती दिने छु ।” 7 तर दाऊद र शाऊलका छोरा जोनाथन, तिनीहरूका बिचमा भएको परमप्रभुको शपथको कारणले गर्दा राजाले जोनाथनका छोरा मपीबोशेतलाई छोडिदिए । 8 तर राजाले अय्याकी छोरी रिश्‍पाका दुई जना छोराला जसलाई त्‍यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी र मपीबोशेत थियो । अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए । 9 तिनले उनीहरूलाई गिबोनीहरूको हातमा सुम्‍पे । तिनीहरूले उनीहरूलाई परमप्रभुको सामु पहाडमा झुण्डाए र उनीहरू सातै जना एकसाथ मरे । उनीहरूलाई जौको कटनीको सुरुमा कटनी गर्ने सुरुका दिनहरूमा मारिएका थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 79%

    19तपाईं बुद्धिमा महान् र काममा शक्तिशाली हुनुहुन्छ, किनकि हरेक मानिसलाई त्यसका चाल र कामहरूको आधारमा उसलाई इनाम दिन, मानिसहरूका सबै चाल हेर्न तपाईंको दृष्‍टि खुला हुन्‍छन् ।

    20मिश्रदेशमा तपाईंले चिन्ह र आश्‍चर्यहरू गर्नुभयो । आजको दिनसम्म यहाँ इस्राएलमा र सबै मानव-जातिका बिचमा तपाईंले आफ्नो नाउँ प्रसिद्ध तुल्याउनुभएको छ ।

  • निर्ग 34:6-7
    2 पदहरू
    77%

    6परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्‍वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्‍वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ ।

    7उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्‍नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।”

  • 10तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउने छु ।

  • 6तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउनेछु ।

  • गिन 14:17-19
    3 पदहरू
    76%

    17म बिन्ती गर्छु, कि तपाईंको महाशक्‍ति प्रयोग गर्नुहोस् । किनभने तपाईंले भन्‍नुभएको छ,

    18'परमप्रभु रिसाउनमा धिमा र विश्‍वनीयताको करारमा प्रशस्‍त हुनुहुन्छ । उहाँले अपराध र अधर्महरू क्षमा गर्नुहुन्छ । उहाँले तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म पुर्खाहरूका दण्ड ल्याउनुहुँदा उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ ।'

    19म तपाईंसँग बिन्ती गर्छु, कि तपाईंले यी मानिसहरूलाई तिनीहरू मिश्रमा हुँदादेखि अहिलेसम्म सदैव क्षमा गर्नुभएझैँ तपाईंको करारको विश्‍वसनीयताको महान्‌ताको कारण यी मानिसहरूका पाप क्षमा गर्नुहोस् ।”

  • 9त्यसकारण, परमप्रभुले तिमीहरूलाई शक्तिशाली हातले बाहिर ल्याउनुभएको छ, र दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभएको छ । तसर्थ, परमप्रभु तिमीहरूका परमेश्‍वर नै विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू मान्‍ने हजारौँ पुस्तासम्म आफ्ना करार पुरा गर्नुहुन्छ र विश्‍वासयोग्य हुनुहुन्छ भनी जान ।

  • 18तपाईंझैँ परमेश्‍वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ? उहाँ सदाको निम्ति रिसाउनुहुन्‍न, किनभने उहाँ आफ्नो करारको विश्‍वसनीयतामा खुशी हुनुहुन्छ ।

  • 17“हे परमप्रभु परमेश्‍वर! हेर्नुहोस्, आफ्नो महाशक्ति र पसारिएको पाखुराद्वारा तपाईंले नै स्वर्ग र पृथ्वी सृजनुभयो । तपाईंले भन्‍नुहुने कुनै पनि कुरो गर्न तपाईंलाई कत्ति पनि कठिन हुँदैन ।

  • 8परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्‍वस्‍ततामा प्रशस्त हुनुहुन्छ ।

  • व्यव 10:17-18
    2 पदहरू
    72%

    17किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै देवहरूका परमेश्‍वर र प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्‍न र घुस लिनुहुन्‍न ।

    18उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्‍त्र दिएर प्रेम देखाउनुहुन्छ ।

  • भजन 103:17-18
    2 पदहरू
    72%

    17तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्‍वस्‍तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।

    18तिनीहरूले उहाँको करार पालन गर्छन् र उहाँका शिक्षाहरू पालन गर्न सम्झिन्छन् ।

  • 15तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्‍वस्‍तता र भरोसायोग्‍य गुणमा प्रशस्तका परमेश्‍वर हुनुहुन्छ ।

  • 4उहाँले अचम्मका कामहरू गर्नुहुन्छ, जसको सम्झना हुनेछ । परमप्रभु अनुग्रही र कृपालु हुनुहुन्छ ।

  • 7परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरू र परमप्रभुको प्रशंसायोग्य कामहरू म भन्‍नेछु । परमप्रभुले हाम्रा निम्‍ति गर्नुभएको सबै काम र इस्राएलको घरानाप्रति उहाँका महान् भलाइको बारेमा म भन्‍नेछु । उहाँको दया र करारको विश्‍वस्‍तताका धेरै वटा कामहरूका कारणले उहाँले यो दया हामीलाई देखाउनुभएको छ ।

  • 24'हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्ना दासलाई तपाईंको महान्‌ता र तपाईंको शक्तिशाली हात देखाउन थाल्नुभएको छ किनकि स्वर्ग र पृथ्वीमा त्यस्तो कुनचाहिँ देव छ जसले तपाईंले गर्नुभएका शक्तिशाली कार्यहरू गर्न सक्छ?

  • नहे 9:31-32
    2 पदहरू
    71%

    31तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्‍न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्‍वर हुनुहुन्छ ।

    32त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।

  • भजन 103:7-8
    2 पदहरू
    71%

    7उहाँले मोशालाई आफ्ना मार्गहरू र इस्राएलका सन्तानहरूलाई उहाँका कामहरू प्रकट गर्नुभयो ।

    8परमप्रभु कृपालु र अनुग्रही हुनुहुन्छ । उहा धैर्यवान् हुनुहुन्छ । उहाँमा महान् करारको बफादारी छ ।

  • 8उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ ।

  • 20प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता र अब्राहामलाई करारको विश्‍वसनीयता दिनुहुनेछ ।

  • 13तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।”

  • 3किनकि म परमप्रभुको नाउँको घोषणा गर्ने छु, र हाम्रा परमेश्‍वरको महान्‌ता वर्णन गर्ने छु ।

  • 31किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई त्याग्‍नुहुने छैन न त नष्‍ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करारलाई भुल्नुहुने छ ।

  • 19परमप्रभुले भन्‍नुभयो, “म तेरै सामु मेरा सबै भलाइ देखाउनेछु, र तेरै सामु मेरो नाउँ 'परमप्रभु' हो भनी घोषणा गर्नेछु । जससित म अनुग्रही हुन चाहन्छु, त्यससित म अनुग्रही हुनेछु, र जसलाई म कृपा देखाउन चाहन्छु, म त्यसलाई कृपा देखाउनेछु ।”

  • 8हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्‍छ ।

  • 3परमप्रभु रिसाउनमा ढिला र शक्तिमा महान् हुनुहुन्छ । उहाँले दुष्‍टलाई दण्डबाट उम्कन दिनुहुन्‍न । परमप्रभुले भुमरी र आँधीमा आफ्नो मार्ग तयार गर्नुहुन्छ, र बादलहरू उहाँका पाउका धुलो हुन् ।

  • 6हे मूर्ख र बुद्धि नभएका मानिसहरू हो, के तिमीहरूले यसरी नै परमेश्‍वरलाई कृतज्ञता देखाउँछौ? के उहाँ नै तिमीहरूलाई सृजनुहुने तिमीहरूका पिता हुनुहुन्‍न र? उहाँले नै तिमीहरूलाई बनाउनुभयो, र स्थापित गर्नुभयो ।

  • 16किनकि तपाईं हाम्रा पिता हुनुहुन्छ । अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई नचिने तापनि, तपाईं परमप्रभु हाम्रो पिता हुनुहुन्छ । प्राचीन समयदेखि तपाईंको नाउँ 'हाम्रा उद्धारक' हो ।

  • 2ख्याल गर, कि म तिमीहरूका छोराछोरीहरूसित बोलिरहेको छैनँ जसले परमप्रभु परमेश्‍वरलाई चिनेका छैनन्, न त उहाँको दण्ड, उहाँको महान्‌ता, उहाँको शक्तिशाली हात वा फैलिएको पाखुरा,

  • 5उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ । पृथ्वी परमप्रभुको करारको विश्‍वस्‍तताले पूर्ण छ ।

  • 4उहाँले तिम्रो जीवनलाई नाश हुनबाट बचाउनुहुन्छ । उहाँले तिमीलाई करारको विश्‍वस्‍तता र कोमल कृपाका कामहरूको मुकुट लगाउनुहुन्छ ।

  • 5हे परमप्रभु, तपाईंको करारको विश्‍वस्तता आकाशसम्म नै पुग्छ । तपाईंको निष्‍ठा बादलसम्म पुग्छ ।

  • 5हाम्रा परमप्रभु महान्‌ र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्‍न गर्न सकिंदैन ।

  • 21उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्‍ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ ।

  • 5उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर हुनुहुन्छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो ।

  • 12हे परमप्रभु, करारको विश्‍वस्‍तता पनि तपाईंकै हो, किनकि हरेक व्यक्‍तिले जे गरेको छ त्यसको प्रतिफल तपाईंले दिनुहुन्छ ।

  • 19हे परमप्रभु, तपाईंको दासको खातिर र तपाईंको आफ्नै उद्देश्य पुरा गर्नलाई आफ्‍ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको छ ।

  • 9किनकि तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने, तिमीहरूका दाजुभाइ र तिमीहरूका छोराछोरीलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउने छन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउने छन्‌ । किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ, र तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने, उहाँ तिमीहरूबाट फर्कनुहुने छैन ।”

  • 11किनकि पृथ्वीमाथि आकाश जति अग्लो छ, उहाँलाई आदर गर्नेप्रति उहाँको करारको विश्‍वस्‍तता त्‍यति नै महान् छ ।

  • 14तपाईं अचम्‍मका कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ ।

  • 10किनकि स्वर्गसम्मै पुग्‍ने तपाईंको अचूक प्रेम माहन् छ । र तपाईंको विश्‍वस्‍तता बादलहरूसम्मै पुग्छन् ।