यिर्मिया 41:18

अनलक शाब्दिक बाइबल

कल्दीहरूको कारणले तिनीहरू मिश्रदेश जाँदै थिए । तिनीहरू उनीहरूदेखि डराएका थिए, किनकि नतन्याहको छोरो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशको गभर्नर बनाएका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 40:5 : 5 यर्मियाले जवाफ नदिएपछि नबूजरदानले भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूको रेखदेख गर्ने जिम्मा दिएका छन् । मानिसहरूका बिचमा तिनीसँगै बस वा तिम्रो दृष्‍टिमा जहाँ जानु उचित लाग्छ, त्यहीँ जाऊ ।” राजाक अङ्गरक्षकका कप्‍तानले तिनलाई खाना र उपहार दिए, र त्‍यसपछि तिनलाई पठाए ।
  • यिर्मि 42:16 : 16 तब जुन तरवारदेखि तिमीहरू डराउँछौ, त्यसले खेदेर तिमीहरूलाई मिश्रदेशमा भेट्टाउनेछ । तिमीहरू जुन अनिकालको विषयमा चिन्तित छौ, त्यसले नै तिमीहरूलाई मिश्रसम्म खेद्‍नेछ, र तिमीहरू त्यहीँ मर्नेछौ ।
  • लू 12:4-5 : 4 मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् । 5 तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।
  • यिर्मि 43:2-3 : 2 होशयाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसले यर्मियालाई भने, “तिमी झूट बोल्दैछौ । 'मिश्रदेशमा बसोबास गर्न त्‍यहाँ नजाओ' भनेर परमप्रभु हाम्रा परमेश्‍वरले तिमीलाई भन्‍न पठाउनुभएको छैन । 3 हामीलाई बेबिलोनमा बन्दी बनाएर लैजान र मार्नका लागि कल्दीहरूको हातमा सुम्पिदिन नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा उक्साउँदैछन् ।”
  • यिर्मि 42:11 : 11 बेबिलोनका राजा जसदेखि तिमीहरू डराउँदैछौ, अब त्यसदेखि नडराओ । उदेखि नडराओ, यो परमप्रभुको घोषणा हो, किनकि उसको हातबाट तिमीहरूको उद्धार गर्न र तिमीहरूलाई छुटकारा दिन म तिमीहरूसँगै छु ।
  • यशा 51:12-13 : 12 “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्? 13 परमप्रभु आफ्‍ना सृष्‍टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्‍यसको कडा क्रोधको त्रासमा निरन्‍तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?
  • यशा 57:11 : 11 “तिमीहरू कसको विषयमा चिन्तित हुन्‍छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।
  • २ राजा 25:25 : 25 तर सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल जो राजकीय वंशका थिए, तिनले दस जना मानिसलाई लिएर आए र गदल्याहलाई आक्रमण गरे । मिस्पामा आफूसँग भएका यहूदाका मानिसहरू र बेबिलोनीहरूसँगै गदल्याहको मृत्‍यु भयो ।
  • यशा 30:16-17 : 16 तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्‍नेछौं,' यसरी तिमीहरू भाग्‍नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्‍नेहरू झन् छिटो हुनेछन् । 17 एक जनाको धम्‍कीले एक हजार जना भाग्‍नेछन् । पाँच जनाको धम्‍कीले तिमीहरूका बाँकी रहेकाहरू डाँडाको टाकुराको झन्डाको डन्डा वा पर्वतमाथिको झन्डाजस्तो नभएसम्म भाग्‍नेछौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यिर्मि 41:1-4
    4 पदहरू
    81%

    1¶ सातौँ महिनामा एलीशामाको नाति, नतन्याहको छोरो इश्माएल, जो राजकीय घरानाका थिए, तिनी राजाका दस जना अधिकारीसँगै मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए । मिस्पामा तिनीहरूले सँगसँगै खानपान गरे ।

    2तर नतन्याहको छोरो इश्माएल र तिनीसित भएका दस जना मानिस उठे, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले आक्रमण गरे । इश्माएलले गदल्याहलाई मारे, जसलाई बेबिलोनका राजाले देशको गभर्नर नियुक्त गरेका थिए ।

    3त्यसपछि इश्माएलले मिस्पामा गदल्याहसित भएका सबै यहूदी र त्यहाँ भेट्टाइएका कल्दी योद्धाहरूलाई मारे ।

    4तब गदल्याह मारिएको दोस्रो दिन भएको थयो तर पनि कसैलाई थाहा थिएन ।

  • २ राजा 25:22-26
    5 पदहरू
    78%

    22बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा बाँकी छोडिएका मानिसहरूमाथि निरिक्षक नियुक्त गरे ।

    23बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति र तिनीहरूका मानिसहरूले सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू थिए ।

    24गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूसँग शपथ खाए र तिनीहरूलाई भने, “कल्दीका अधिकारीहरूदेखि नडराओ । यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुने छ ।”

    25तर सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल जो राजकीय वंशका थिए, तिनले दस जना मानिसलाई लिएर आए र गदल्याहलाई आक्रमण गरे । मिस्पामा आफूसँग भएका यहूदाका मानिसहरू र बेबिलोनीहरूसँगै गदल्याहको मृत्‍यु भयो ।

    26तब सानादेखि ठुलासम्‍म सबै मानिससाथै सिपाहीहरूका सेनापतिहरू उठे, र तिनीहरू मिश्रमा गए किनकि तिनीहरू बेबिलोनीहरूदेखि डराएका थिए ।

  • यिर्मि 41:6-17
    12 पदहरू
    78%

    6तिनीहरू रुँदै जाँदै गर्दा नतन्याहको छोरो इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न निस्के । तिनीहरूसित तिनको भेट हुँदा तिनले तिनीहरूलाई भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ ।”

    7जब तिनीहरू सहरभित्र प्रवेश गरे, तब नतन्याहको छोरो इश्माएलले तिनीहरूको हत्या गरे, तिनी र तिनका मानिसहरूका लाशलाई एउटा खाडलमा फाले ।

    8तर तिनीहरूका बिचमा भएका दस जना यस्ता मानिस थिए जसले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्, किनकि हामीसित खेतमा लुकाइएका हाम्रा खाद्यपदार्थहरू अर्थात् गहूँ, जौ, तेल र मह छन् ।” त्यसैले तिनले तिनीहरू र तिनका साथीहरूलाई मारेनन् ।

    9इश्माएलले हत्या गरी जुन इनारमा ती लाशहरू फलेका थिए, त्‍यो एउटा ठुलो इनार थियो जसलाई आसा राजाले इस्राएलका राजा बाशाको विरुद्धमा सुरक्षाको निम्ति खनेका थिए । नतन्याहको छोरो इश्माएलले यसलाई लाशहरूले भरे ।

    10त्यसपछि इश्माएलले मिस्पामा भएका अरू सबै मानिस, राजाका छोरीहरू र अहीकामका छोरा गदल्याहको जिम्मामा अङ्गरक्षकका कप्‍तान नबूजरदानले मिस्पामा छाडेका सबै मानिसलाई समाते । यसरी नतन्याहको छोरो इश्माएलले तिनीहरूलाई कैद गरे र सिमाना पार गरेर अम्मोनका मानिसहरूकहाँ गए ।

    11तर कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानले नतन्याहको छोरो इश्माएलले ल्याएका सबै हानिको विषयमा सुने ।

    12त्यसैले तिनीहरूले आफ्ना सबै मानिसलाई लिए र नतन्याहको छोरो इश्माएलको विरुद्धमा युद्ध गर्न गए । तिनीहरूले तिनलाई गिबोनको ठुलो तलाउमा फेला पारे ।

    13जब इश्माएलसित भएका सबै मानिसले कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानलाई देखे, तब तिनीहरू साह्रै खुसी भए ।

    14इश्माएलले मिस्पामा समातेका सबै मानिस फर्के र कारेहका छोरा योहानानकहाँ गए ।

    15तर नतन्याहको छोरो इश्माएल आठ जना मानिससँगै योहानानबाट भागे । तिनी अम्मेनका मानिसहरूकहाँ गए ।

    16कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानले नतन्याहको छोरो इश्माएलबाट उद्धार गरिएका सबै मानिसलाई मिस्पाबाट लगे । यो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेपछिको कुरो थियो । योहानान र तिनका साथीहरूले गिबोनमा उद्धार गरिएका बलिया पुरुषहरू, योद्धाहरू, स्‍त्रीहरू, बालबालिका र नपुंसकहरूलाई लगे ।

    17त्यसपछि तिनीहरू गए, र केही समय बेथलेहेम नजिकै गेरूथ-किम्हाममा बसे ।

  • 78%

    13कारेहका छोरा योहानान र गाउँबस्तीमा भएका सेनाका अधिकृतहरू मिस्पामा गदल्याहकहाँ आए ।

    14तिनीहरूले तिनलाई भने, “अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको हत्या गर्न पठाएका छन् भन्‍ने कुरो तपाईंलाई थाहा छ?” तर अहीकामका छोरा गदल्याहले तिनीहरूको कुरो विश्‍वास गरेनन् ।

    15त्यसैले मिस्पामा कारेहका छोरा योहानानले गदल्याहलाई गुप्‍तमा कुरा गरे र भने, “नतन्याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस् । कसैले मलाई शङ्का गर्नेछैन । त्यसले तपाईंलाई किन मार्ने? तपाईंकहाँ जम्मा भएका सबै यहूदीलाई किन तितर-बितर हुन दिने र यहूदाका बाँकी रहेकाहरूलाई किन नष्‍ट हुन दिने?”

    16तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “यो कुरो नगर, किनकि तिमीले इश्माएलको विषयमा मसित झूट बोल्दैछौ ।”

  • 78%

    5यर्मियाले जवाफ नदिएपछि नबूजरदानले भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूको रेखदेख गर्ने जिम्मा दिएका छन् । मानिसहरूका बिचमा तिनीसँगै बस वा तिम्रो दृष्‍टिमा जहाँ जानु उचित लाग्छ, त्यहीँ जाऊ ।” राजाक अङ्गरक्षकका कप्‍तानले तिनलाई खाना र उपहार दिए, र त्‍यसपछि तिनलाई पठाए ।

    6त्यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए । तिनी देशमा छाडिएका मानिसहरूकै बिचमा तिनीसित बसे ।

    7बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई देशको गभर्नरमा नियुक्त गरेका थिए भनी गाउँबस्तीमा बाँकी रहेका यहूदी सिपाहीहरूका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने । बेबिलोनमा निर्वासित नभएका सबैभन्दा गरिब पुरुषहरू, स्‍त्रीहरू, बालबालिकाहरूको जिम्मामा तिनलाई नियुक्त गरिएको थियो भनेर पनि तिनीहरूले सुने ।

    8त्यसैले तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू यी नै थिएः नतन्याहका छोरा इश्माएल, कारेहका दुई छोरा योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्याह र यी सबैका मानिसहरू ।

    9शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खुवाए र तिनीहरूलाई भने, “कल्दी अधिकारीहरूको सेवा गर्नदेखि नडराओ । यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ ।

    10हामीकहाँ आउने कल्दीहरूसित भेट गर्न म मिस्पामा बस्दैछु । त्यसैले तिमीहरूले दाखमद्य, ग्रीष्म ऋतुका फलहरू र तेलको खेती गर र आफ्ना भाँडाहरूमा जम्मा गर । तिमीहरूले छानेका सहरहरूमा बस ।”

    11तब मोआबमा भएका सबै यहूदी, अम्मोनीहरू र एदोमीहरूका बिचमा भएका र हरेक देशमा भएका यहूदीहरूले यो कुरा सुने, कि बेबिलोनका राजाले यहूदाका बाँकी रहेकाहरूलाई बस्‍न दिएका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि अधिकारी नियुक्त गरेका छन् ।

  • 11तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशलाई आक्रमण गरे, तब हामीले भन्यौँ, 'आओ, कल्दी र अरामी सेनाबाट उम्कन हामी यरूशलेम जाऔं ।' त्यसैले हामी यरूशलेममा बसिरहेका छौं ।”

  • 11त्‍यसैले फारोको सेना आउँदै गर्दा कल्दीको सेनाले यरूशलेम छाड्यो,

  • यिर्मि 43:3-6
    4 पदहरू
    72%

    3हामीलाई बेबिलोनमा बन्दी बनाएर लैजान र मार्नका लागि कल्दीहरूको हातमा सुम्पिदिन नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा उक्साउँदैछन् ।”

    4त्यसैले कारेहका छोरा योहानान, सेनाका सबै अधिकृत र सबै मानिसले यहूदा देशमा बस्‍नू भन्‍ने परमप्रभुको आज्ञालाई इन्कार गरे ।

    5कारेहका छोरा योहानान र सेनाका सबै कप्‍तानले यहूदमा बाँकी रहेका सबै मानिसलाई लिएर गए, जो छरपष्‍ट भएका सबै जातिकहाँबाट यहूदा देशमा बस्‍न आएका थिए ।

    6तिनीहरूले पुरुषहरू र स्‍त्रीहरू, बालबालिका र राजाका छोरीहरू अनि राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहसित बस्‍न अनुमति दिएका हरेक व्यक्तिलाई लगे । तिनीहरूले यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि लगे ।

  • 11बेबिलोनका राजा जसदेखि तिमीहरू डराउँदैछौ, अब त्यसदेखि नडराओ । उदेखि नडराओ, यो परमप्रभुको घोषणा हो, किनकि उसको हातबाट तिमीहरूको उद्धार गर्न र तिमीहरूलाई छुटकारा दिन म तिमीहरूसँगै छु ।

  • 25किनकि मैले तँलाई तेरो ज्यान लिन खोज्नेहरूको हातमा र जससँग तँ डराउँछस् तिनीहरूकै हातमा, बेबिलोनका राजा नबूकदनेसर र कल्दीहरूको हातमा सुम्पिदिएको छु ।

  • 19सिदकियाह राजाले यर्मियालाई भने, “तर कल्दीहरूकहाँ भागेर गएका यहूदाका मानिसहरूदेखि म डराएको छु, किनकि ममाथि खराब व्‍यवहार गर्नलाई मलाई तिनीहरूको हातमा सुम्‍पिएला ।”

  • 69%

    13त्यसैले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदान, उच्‍च नपुंसक नबुशजबान, उच्‍च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै उच्‍च अधिकारीहरूले अरू मानिसहरूलाई बाहिर पठाए ।

    14तिनीहरूका मानिसहरूले यर्मियालाई गारदको चोकबाट लिएर गए, र घरमा नै लैजान शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा जिम्मा दिए । यसरी यर्मिया मानिसहरूकै बिचमा बसे ।

  • 1¶ मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्‍दै थिए,

  • 5फारोको सेना मिश्रदेशबाट आयो, र यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने र यरूशलेम छाडे ।

  • 22तब राजा यहोयाकीमले मिश्रमा अक्बोरका छोरा एल्नातान र त्यसका साथमा केही मानिसहरू उरियाहको पछिपछि मिश्रमा पठाए ।

  • 11बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए,

  • 1¶ रामामा राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए ।

  • 27बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।

  • 5तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए ।