यिर्मिया 43:4
त्यसैले कारेहका छोरा योहानान, सेनाका सबै अधिकृत र सबै मानिसले यहूदा देशमा बस्नू भन्ने परमप्रभुको आज्ञालाई इन्कार गरे ।
त्यसैले कारेहका छोरा योहानान, सेनाका सबै अधिकृत र सबै मानिसले यहूदा देशमा बस्नू भन्ने परमप्रभुको आज्ञालाई इन्कार गरे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5कारेहका छोरा योहानान र सेनाका सबै कप्तानले यहूदमा बाँकी रहेका सबै मानिसलाई लिएर गए, जो छरपष्ट भएका सबै जातिकहाँबाट यहूदा देशमा बस्न आएका थिए ।
6तिनीहरूले पुरुषहरू र स्त्रीहरू, बालबालिका र राजाका छोरीहरू अनि राजाका अङ्गरक्षकका कप्तान नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहसित बस्न अनुमति दिएका हरेक व्यक्तिलाई लगे । तिनीहरूले यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि लगे ।
7तिनीहरू मिश्र देशमा, तहपेनसमा गए किनभने तिनीहरूले परमप्रभुको आज्ञा मानेनन् ।
2तर सिदकियाह, तिनका सेवकहरू र देशका मानिसले यर्मिया अगमवक्ताको हातद्वारा परमप्रभुले घोषणा गर्नुभएको उहाँको वचनलाई सुनेनन् ।
13कारेहका छोरा योहानान र गाउँबस्तीमा भएका सेनाका अधिकृतहरू मिस्पामा गदल्याहकहाँ आए ।
1¶ परमप्रभु तिनीहरूका परमेश्वरले यर्मियालाई भन्न दिनुभएका परमप्रभु तिनीहरूका परमेश्वरका सबै वचन तिनले सबै मानिसहरूलाई भनेर सिद्ध्याए ।
2होशयाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसले यर्मियालाई भने, “तिमी झूट बोल्दैछौ । 'मिश्रदेशमा बसोबास गर्न त्यहाँ नजाओ' भनेर परमप्रभु हाम्रा परमेश्वरले तिमीलाई भन्न पठाउनुभएको छैन ।
3हामीलाई बेबिलोनमा बन्दी बनाएर लैजान र मार्नका लागि कल्दीहरूको हातमा सुम्पिदिन नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा उक्साउँदैछन् ।”
13तर तिमीहरूले यसो भन्छौ, 'हामी यस देशमा बस्नेछैनौं'—अनि तिमीहरूले मेरो आवाज, परमप्रभु तिमीहरूका परमेश्वरको आवाज सुन्दैनौ ।
14तिमीहरूले यसो भन्छौ, 'हामी मिश्रदेशमा जानेछौं, जहाँ हामीले फेरि युद्ध देख्नेछैनौं, जहाँ हामीले तुरहीको आवाज सुन्नेछैनौं, र हामी खानाको लागि भोकाउनेछैनौं । हामी त्यहाँ बस्नेछौं' ।”
15ए यहूदामा बाँकी रहेका मानिसहरू हो, परमप्रभुको यो वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूले मिश्रदेशमा नै जाने, त्यहाँ जाने र बस्ने पक्का गरिसकेका छौ भने,
11तर कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्तानले नतन्याहको छोरो इश्माएलले ल्याएका सबै हानिको विषयमा सुने ।
1¶ तब सेनाका सबै कप्तान र कारेहका छोरा योहानान, होशयाहका छोरा येजन्याह अनि सानादेखि ठुलासम्म सबै मानिसले यर्मिया अगमवक्ताकहाँ आए ।
8त्यसैले यर्मियाले कारेहका छोरा योहानान र तिनीसित भएका सेनाका सबै कप्तान र सानादेखि ठुलासम्म सबै मानिसलाई बोलाए ।
17तिनीहरूको कुरा नसुन्नू । तिमीहरूले बेबिलोनका राजाको सेवा गर्नुपर्छ र बाँच्नुपर्छ । यो सहर किन भग्नावशेष हुने?
16तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्नेछैनौं ।
16रेकाबका छोरा योनादाबका सन्तानहरूले आफ्ना पुर्खाले तिनीहरूलाई दिएका आज्ञा मानेका छन्, तर यी मानिसले मेरो कुरा सुन्न इन्कार गर्छन् ।'”
17त्यसैले परमप्रभु सर्वशक्तिमान् परमेश्वर, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर, यहूदा र यरूशलेममा बसोबास गर्ने हरेकमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेका विपत्तीहरू ल्याउँदैछु, किनकि मैले तिनीहरूलाई बोलें, तर तिनीहरूले सुनेनन् । मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन् ।'”
18यर्मियाले रेकाबीहरूको परिवारलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूले आफ्ना पुर्खा योनादाबका आज्ञाहरू सुनेका छौ र ती सबै पालन गरेका छौ— उसले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा तिमीहरूले पालन गरेका छौ—
10हामी पालमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले हामीलाई दिएका सबै आज्ञा हामीले पालन गरेका छौं ।
11तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशलाई आक्रमण गरे, तब हामीले भन्यौँ, 'आओ, कल्दी र अरामी सेनाबाट उम्कन हामी यरूशलेम जाऔं ।' त्यसैले हामी यरूशलेममा बसिरहेका छौं ।”
16कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्तानले नतन्याहको छोरो इश्माएलबाट उद्धार गरिएका सबै मानिसलाई मिस्पाबाट लगे । यो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेपछिको कुरो थियो । योहानान र तिनका साथीहरूले गिबोनमा उद्धार गरिएका बलिया पुरुषहरू, योद्धाहरू, स्त्रीहरू, बालबालिका र नपुंसकहरूलाई लगे ।
23तर तिनीहरूले सुनेनन् वा ध्यानै दिएनन् । तिनीहरूले मेरा कुरा सुन्न नसकून् न त अनुशासनलाई स्वीकार गरून् भनेर तिनीहरू अटेरी भए ।
6त्यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए । तिनी देशमा छाडिएका मानिसहरूकै बिचमा तिनीसित बसे ।
7बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई देशको गभर्नरमा नियुक्त गरेका थिए भनी गाउँबस्तीमा बाँकी रहेका यहूदी सिपाहीहरूका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने । बेबिलोनमा निर्वासित नभएका सबैभन्दा गरिब पुरुषहरू, स्त्रीहरू, बालबालिकाहरूको जिम्मामा तिनलाई नियुक्त गरिएको थियो भनेर पनि तिनीहरूले सुने ।
8तर तिनीहरूले सुनेनन्, वा ध्यानै दिएनन् । हरेक व्यक्ति आफ्नै दुष्ट हृदयको कठोरतामा हिंडिरहेको छ । त्यसैले यस करारमा मैले तिनीहरूलाई आज्ञा गरेका सबै श्राप मैले तिनीहरूका विरुद्धमा ल्याएँ । तर मानिसहरूले अझै पनि आज्ञा मानेनन् ।”
23बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति र तिनीहरूका मानिसहरूले सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू थिए ।
20यर्मियाले भने, “तिनीहरूले तपाईंलाई उनीहरूका हातमा सुम्पिनेछैनन् । परमप्रभुबाट आएको सन्देशलाई मान्नुहोस्, जुन मैले तपाईंलाई बताउँदैछु जसले गर्दा तपाईंको भलो हुनेछ, र जसले गर्दा तपाईं बाँच्नुहुनेछ ।
21तर जान तपाईंले इन्कार गर्नुभयो भने त परमप्रभुले मलाई देखाउनुभएको कुरो यही हो ।
14इश्माएलले मिस्पामा समातेका सबै मानिस फर्के र कारेहका छोरा योहानानकहाँ गए ।
1¶ मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्दै थिए,
2“परमप्रभु यसो भन्नुहुन्छः यस सहरमा बस्ने कुनै पनि व्यक्ति तरवार, अनिकाल र विपत्तिले मारिनेछ । तर निस्केर कल्दीहरूकहाँ जाने कुनै पनि व्यक्ति बाँच्नेछ । त्यसले आफ्नो प्राण बचाउनेछ, र जिउनेछ ।
11तब मोआबमा भएका सबै यहूदी, अम्मोनीहरू र एदोमीहरूका बिचमा भएका र हरेक देशमा भएका यहूदीहरूले यो कुरा सुने, कि बेबिलोनका राजाले यहूदाका बाँकी रहेकाहरूलाई बस्न दिएका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि अधिकारी नियुक्त गरेका छन् ।
15त्यसैले मिस्पामा कारेहका छोरा योहानानले गदल्याहलाई गुप्तमा कुरा गरे र भने, “नतन्याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस् । कसैले मलाई शङ्का गर्नेछैन । त्यसले तपाईंलाई किन मार्ने? तपाईंकहाँ जम्मा भएका सबै यहूदीलाई किन तितर-बितर हुन दिने र यहूदाका बाँकी रहेकाहरूलाई किन नष्ट हुन दिने?”
16तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “यो कुरो नगर, किनकि तिमीले इश्माएलको विषयमा मसित झूट बोल्दैछौ ।”
13“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः जा र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दालाई यसो भन्, 'के तिमीहरू सुधारलाई स्वीकार गर्दैनौ र मेरा वचन सुन्दैनौ? यो परमप्रभुको घोषणा हो ।
13तिमी किन मर्ने—तिमी र तिम्रा मानिसहरू तरवार, अनिकाल र विपत्तिले किन मर्ने, जसरी बेबिलोनका राजाको सेवा गर्न इन्कार गर्ने जातिको विषयमा मैले घोषणा गरेको छु?
14ती अगमवक्ताहरूको वचन नसुन जसले तिमीसित बोल्छन् र यसो भन्छन्, 'बेबिलोनका राजाको सेवा नगर,' किनकि तिनीहरूले तिमीलाई झूटो कुराको अगमवाणी बोल्दैछन् ।
12तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको आवाज नसुनेको तर परमप्रभुका दास मोशाले दिएका उहाँको करारका सबै आज्ञालाई उल्लङ्घन गरेका हुनाले उहाँले यसो गर्नुभयो । तिनीहरूले त्यसलाई सुन्न र पालन गर्न इन्कार गरे ।
19तिनीहरूकहाँ मेरा दासहरू र अगमवक्ताहरूमार्फत मैले पठाएको मेरो वचन तिनीहरूले नसुनेको कारणले यसो हुनेछ, यो परमप्रभुको घोषणा हो । मैले तिनीहरूलाई पटक-पटक पठाएँ, तर तिमीहरूले सुनेनौ, यो परमप्रभुको घोषणा हो ।'
27तब सबै अधिकारी यर्मियाकहाँ आए र तिनलाई प्रश्न गरे, यसैले राजाले तिनलाई निर्देशन दिएअनुसार तिनले उनीहरूलाई जवाफ दिए । उनीहरूले यर्मिया र राजाको बिचमा भएको बातचितलाई नसुनेका हुनाले उनीहरूले तिनीसित थप कुराकानी गरेनन् ।
14तर यर्मियाले भने, “त्यो साँचो होइन । म कल्दीहरूकहाँ भागेर जानेछैन ।” तर यिरियाहले तिनको कुरा सुनेनन् । तिनले यर्मियालाई समाते र अधिकारीहरूकहाँ लगे ।
5तर तिनीहरूले सुनेनन् । अरू देवताहरूलाई धुप बाल्ने तिनीहरूको दुष्टताबाट ध्यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्कार गरे ।
6असल होस् या खराब होस्, हामी परमप्रभु हाम्रा परमेश्वरको कुरा मान्नेछौं, जसकहाँ हामी तपाईंलाई पठाउँदैछौं, जसको कारण हामीले परमप्रभु हाम्रा परमेश्वरको कुरा मान्दा हाम्रो भलो होस् ।”
18तर तँ बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइनस् भने, यो सहरलाई कल्दीहरूको हातमा दिइनेछ । तिनीहरूले यसलाई आगो लगाउनेछन्, र तँ तिनीहरूको हातबाट उम्कनेछैनस् ।”
1¶ रामामा राजाका अङ्गरक्षकका कप्तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए ।
31किनकि तिमीहरू सबैले गरेका अधर्मको दण्ड म तेरा सन्तानहरू र तेरा सेवकहरूलाई दिनेछु । तँ, यरूशलेमका सबै बासिन्दा र यहूदामा भएका हरेक व्यक्तिमाथि मैले ल्याउनेछु भनी घोषणा गरेका सबै विपत्ति म ल्याउनेछु, तर तैंले त्यसमा ध्यानै दिइनस्' ।”
9परमप्रभु यसो भन्नुहुन्छः यसो भनेर आफैलाई धोका नदिनुहोस्, 'निश्चय पनि कल्दीहरूले हामीलाई छाडेर जाँदैछन्,' किनकि तिनीहरू छोड्नेछैनन् ।
8त्यसैले यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई दिएका आज्ञाका हरेक कुरा तिनले गरे । तिनले परमप्रभुको मन्दिरमा परमप्रभुका वचन चर्को सोरमा पढे ।
25एल्नातान, दलायाह र गमर्याहले राजालाई मुट्ठो नजलाउन बिन्ती गरेका पनि थिए तर तिनले उनीहरूका कुरा सुनेनन् ।