यिर्मिया 44:30

अनलक शाब्दिक बाइबल

परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु । यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्‍तै त्‍यो हुनेछ ।’”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 25:4-7 : 4 तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो र रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे, जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए । राजा अराबाको दिशातिर गए । 5 तर कल्दीहरूका सेनाले सिदकियाह राजालाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा तिनलाई भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए । 6 तिनीहरूले राजालाई गिरफ्‍तार गरे र तिनलाई रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए, जहाँ तिनीहरूले तिनलाई फैसला सुनाए । 7 तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे । तब तिनका आँखा तिनले निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए ।
  • यिर्मि 34:21 : 21 म यहूदाका राजा सिदकियाह र त्यसका अगुवाहरूलाई तिनीहरूका शत्रुहरूका हातमा, र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा र तिमीहरूका विरुद्धमा खडा भएका बेबिलोनका राजाका सेनाको हातमा दिनेछु ।
  • यिर्मि 39:5-7 : 5 तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए । 6 रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे । 7 तब तिनले सिदकियाहका आँखा निकाले, र तिनलाई बेबिलोनमा लान काँसाको साङ्लाले बाँधे ।
  • यिर्मि 43:9-9 : 9 “तेरा हातमा केही ठुला-ठुला ढुङ्गाहरू ले, र यहूदाका मानिसहरूको दृष्‍टिमा तहपेनसस्थित फारोको दरबारको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि तिनलाई गाड् ।” 10 त्यसपछि तिनीहरूलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले नबूकदनेसरलाई मेरो सेवकको रूपमा बोलाउन सन्देशवाहकहरू पठाउनै लागेको छु । यर्मियाले गाडेका ती ढुङ्गाहरूमाथि म त्यसको सिंहासन बसाल्नेछु । नबूकदनेसरले तीमाथि आफ्नो मण्डप खडा गर्नेछ । 11 किनकि ऊ आउनेछ, र मिश्रदेशलाई आक्रमण गर्नेछ । मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्‍युलाई दिइनेछ । निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ । तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ । 12 त्यसपछि म मिश्रका देवताहरूका मन्दिरहरूमा आगो लगाउनेछु । नबूकदनेसरले तिनलाई जलाउने वा कब्जा गर्नेछ । गोठालाहरूले आफ्ना लुगाबाट उपियाँ निखारेझैं उसले मिश्रदेशलाई रित्तो पार्नेछ । 13 उसले मिश्र देशको हेलियोपोलिसमा भएका ढुङ्गाका मूर्तिहरू भत्कानेछ । उसले मिश्रका देवताहरूका मन्दिरहरू जलानेछ ।”
  • यहे 30:21 : 21 “ए मानिसको छोरा, मैले मिश्रदेशको राजा फारोको हात भाँचेको छु । हेर्, त्‍यसमा बाँधेको वा पट्टीले निको पार्न खोजिएको छैन, जसले गर्दा तरवार समाउन त्‍यो बलियो होस् ।
  • यहे 31:18-32:32 : 18 अदनको कुन चाहिं रूख महिमा र महान्‌तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्‍वरको घोषणा गर्नुहुन्छ ।” 1 ¶ बाह्रौं वर्षको बाह्रौं महिनाको पहिलो दिनमा, परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “मानिसको छोरा, मिश्रदेशको राजा फारोको सम्‍बन्‍धमा विलाप गर् । त्यसलाई यसो भन्, ‘तँ जातिहरूका बिचमा जवान सिंहझैं छस्, तर समुद्रमा तँ विशाल पशुझैं छस् । तैंले पानीलाई मन्थन गर्छस्, आफ्नो खुट्टाले पानीलाई हल्लाउँछस्, र तिनीहरूका पानीलाई हिलो बनाउँछस् । 3 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु, र तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन् । 4 तँलाई म देशमा त्याग्‍नेछु । म तँलाई मैदानमा फल्‍नेछु र आकाशका सबै चरालाई तँमाथि बस्‍न लगाउनेछु । पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ । 5 किनकि पर्वतहरूमा म तेरो मासु छर्नेछु, र तेरो किरा-परेको लासहरूले बेसीहरूलाई भर्नेछु । 6 तब पर्वतहरूमाथि म तेरो रगत खन्याउनेछु, र खोंचहरू तेरो रगतले भरिनेछ । 7 त्‍यसपछि जब तँलाई म नष्‍ट गर्नेछु, तब म आकाश ढाक्‍नेछु र त्‍यसका ताराहरूलाई अँध्यारो पार्नेछु । म सूर्यलाई बादलले ढाक्‍नेछु, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन । 8 आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 9 यसरी जातिहरूका बिचमा, तैंले नजानेका देशहरूका बिचमा जब म तेरो सर्वनाश ल्‍याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई म भयभीत पार्नेछु । 10 तेरो विषयमा म धेरै जना मानिसलाई अचम्मित पार्नेछु । मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा, तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्‍नेछन् । तेरो सर्वनाशको दिनमा, तेरो कारणले प्रत्‍येक व्‍यक्‍ति हर घडी काँप्‍नेछ । 11 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ । 12 तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्‍नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्‍नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ । 13 किनकि प्रशस्त पानीको छेउमा भएका सारा पशुलाई म सर्वनाश गर्नेछु । मानिसको खुट्टाले अबदेखि कहिल्यै पानीलाई हल्लाउनेछैन, न त पशुहरूका खुरले त्यो हल्लाउनेछ । 14 तब म तिनीहरूका पानीलाई शान्त पार्नेछु र तिनीहरूका नदीलाई तेलझैं बगाउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 15 जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन् । 16 त्यहाँ विलाप हुनेछ । जातिका छोरीहरूले त्यसमाथि विलाप गर्नेछन् । मिश्रदेश र त्यसका सारा भीडमाथि तिनीहरूले विलाप गर्नेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’” 17 अनि बाह्रौं वर्षमा, महिनाको पन्ध्रौं दिनमा, परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 18 “ए मानिसको छोरा, मिश्रदेश भीडका निम्ति रो, र त्यसलाई र वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा । 19 ‘के तँ अरू कुनै व्‍यक्‍तिभन्दा धेरै सुन्दर छस् र? तल जा र खतना नभएकाहरूसँग भुइँमा पल्टेर बस् ।’ 20 तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्‍जा गर्नेछन् । 21 चिहानमा भएको सबैभन्दा शक्तिशाली योद्धाले मिश्रदेश र त्यसका मित्रराष्‍ट्रहरूका बारेमा यो घोषणा गर्नेछन्, ‘तिनीहरू यहाँ तल आएका छन्! तिनीहरू तरवारले मारिएका खतना नभएकाहरूसँग रहनेछन् ।’ 22 अश्शूर देश आफ्ना सारा मानिससँगै त्यहाँ छ । त्यसको चिहानले त्यसलाई घेर्दछ । तिनीहरू सबै जना तरवारले मारिएका थिए । 23 त्यो खाडलका भित्तामा चिहान भएकाहरू त्यसका सबै मानिससँगै त्यहाँ छन् । जीवितहरूका देशमा आतंक ल्याउने ती तरवारले मारिएकाहरू सबै जनालाई त्यसको चिहानले घेर्दछ । 24 एलाम आफ्नो सबै भीडसँगै त्यहाँ छ । त्यसको चिहानले त्‍यसलाई घेर्दछ । ती सबै जना मारिएका थिए । तरवारले मारिएकाहरू, पृथ्वीका तल्ला भागहरूमा खतना नभई गएकाहरू, जीवितहरूको देशमा आतंक ल्याएकाहरू, र आफैलाई लाजमा पारेकाहरू खाडलमा जानेहरूसँगै तल जान्छन् । 25 मारिएकाहरूका बिचमा तिनीहरूले एलाम र त्यसका सबै भीडका निम्ति एउटा विश्राम-स्थल तयार गरे । त्यसको चिहानले त्यसलाई घेर्छ । तिनीहरू सबै खतना नभएका, तरवारद्वारा घोचिएका हुन्, किनभने तिनीहरूले जीवितहरूका देशमा आतंक ल्याएका थिए । यसैले मारिएकाहरूका बिचमा तल खाडलमा जानेहरूसँगै तिनीहरूले आफ्नो लाज आफै बोक्छन् । एलाम मारिएकाहरूका बिचमा छ । 26 मेशेक, तूबल, र तिनीहरूका सारा भीड त्यहाँ छन्! तिनीहरूका चिहानले तिनीहरूलाई घेर्छ । तिनीहरू सबै जना खतना नभएका र तरवारले मारिएकाहरू हुन्, किनभने तिनीहरूले जीवितहरूको देशमा आतंक ल्याएका थिए । 27 युद्धका आफ्ना सारा हतियारहरू, र आफ्ना शिरमुनि राखेका तरवारहरू, र आफ्ना हड्‍डीहरूमाथि आफ्ना पापहरूसँगै तल चिहानमा गएका खतना नभएका मृत योद्धाहरूसँग तिनीहरू रहँदैनन् । किनकि तिनीहरू जीवितहरूको देशमा योद्धाहरूका आतंक थिए । 28 यसैकारण तँ, मिश्रदेश, खतना नभएकाहरूका बिचमा टुक्रिनेछस्! तरवारले छेडिएकाहरूका छेउमा तँ रहनेछस् । 29 एदोम आफ्ना राजाहरू र आफ्ना सबै अगुवासँगै त्यहाँ छ । तरवारले मारिएकाहरूसँगै तिनीहरूलाई तिनीहरूकै शक्तिमा राखिएको छ । खतना नभएकाहरू, तल खाडलमा गएकाहरूसँगै तिनीहरू रहन्छन् । 30 उत्तरका शासकहरू सबै जना र छेडिएकाहरूसँगै तल गएका सबै सिदोनीहरू त्यहाँ छन् । तिनीहरू शक्तिशाली थिए र अरूलाई भयभीत पारे, तर अब खतना नभएकै अवस्थामा तरवारद्वारा छेडिएकाहरूसँगै तिनीहरू त्यहाँ लाजमा परेका छन् । तल खाडलमा जानेहरूसँगै तिनीहरू आफ्नो लाज आफैं बोक्छन् । 31 फारोले हेर्नेछ, अनि त्यो र त्यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्त्वना पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 32 जीवितहरूका देशमा मैले त्यसलाई आतंक फैलाउनलाई राखें, तर त्यो र त्यसका भीड खतना नभएकाहरू, र तरवारले छेडिएकाहरूका बिचमा ढल्‍नेछन्, य परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
  • यिर्मि 46:13-26 : 13 बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्‍नुभएको वचन यही होः 14 “मिश्रदेशमा सुचना दे, र मिग्दोल, मेम्फिस र तहपनेसमा यो घोषणा गर् । 'आ-आफ्नो ठाउँ लेओ र आफूलाई तयार राख, किनकि तिमीहरूको वरिपरि भएकाहरूलाई तरवारले स्वाहा पार्नेछ ।' 15 तेरा शक्तिशाली मानिसहरू किन भुइँमा घोप्टो पर्छन्? तिनीहरू खडा हुने छैनन्, किनकि म परमप्रभुले तिनीहरूलाई भुइँमा धकेलेको हुँ । 16 उहाँले ठक्‍कर खानेहरूको सङ्ख्या बढाउनुहुन्‍छ । हरेक सिपाही अर्कोमा ढल्‍नेछ । तिनीहरू भन्दैछन्, 'खडा होऊ । हामी घर जाऔं । हाम्रा आफ्नै मानिसहरूकहाँ, हाम्रो आफ्नै मातृभूमिमा जाऔं । हामीलाई प्रहार गर्ने यो तरवारलाई हामी छोडौं ।' 17 तिनीहरूले त्यहाँ घोषणा गरे, 'मिश्रदेशका राजा फारो हल्ला गर्ने सोर मात्र हो, मौका पाएको व्‍यक्‍ति चिप्‍लेको छ ।' 18 जस्‍तो म जीवित छु, सर्वशक्तिमान् परमप्रभु महाराजा घोषणा गर्नुहुन्‍छ— कोही एक जना तबोर पर्वतझैं र समुद्र किनारको कर्मेल पर्वतझैं आउनेछ । 19 ए मिश्रदेशमा बस्‍नेहरू हो, निर्वासनमा लानलाई आफ्ना निम्‍ति पोकापन्‍तरा बाँध । किनकि मेम्फिस उजाड हुनेछ । यो भग्‍नावशेष हुनेछ, र त्यहाँ कोही पनि बस्‍नेछैन । 20 मिश्रदेश एउटा सुन्दरी गाई हो, तर उत्तर दिशाबाट एउटा चिल्ने किरा आउँदैछ । त्‍यो आउँदैछ । 21 त्यसको बिचमा भएका ज्यालादार सिपाहीहरू पोसिएका साँढेहरूजस्तै हुन्, तर तिनीहरू पनि फर्केर भाग्‍नेछन् । तिनीहरू एकसाथ खडा हुनेछैनन्, किनकि तिनीहरूका विरुद्धमा तिनीहरूका विपत्तिको दिन, तिनीहरूको दण्डको समय आउँदैछ । 22 सर्पले झैं मिश्रदेशले आवाज निकाल्‍नेछ र घिस्रेर भाग्‍नेछ, किनकि त्यसका शत्रुहरू त्यसको विरुद्धमा अगि बढ्दैछन् । दाउरा काट्नेहरूले बन्‍चरो लिएर हिंडेझैं तिनीहरू त्यसतर्फ जाँदैछन् । 23 जङ्गल घना भए तापनि तिनीहरूले त्यसलाई काट्नेछन्, यो परमप्रभुको घोषणा हो । किनकि शत्रुहरू गन्‍नै नसकिने गरी सलहहरूभन्दा धेरै हुनेछन् । 24 मिश्रदेशकी छोरी लाजमा पारिनेछे । त्यसलाई उत्तरबाट आउने मानिसहरूको हातमा दिइनेछ ।” 25 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, थेबेसको अमोन, फारो, मिश्रदेश र त्यसका देवताहरू, त्यसका राजा फारोहरू र तिनीहरूमाथि भरोसा गर्नेहरूलाई मैले दण्ड दिनै लागेको छु । 26 मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू र बेबिलोनका राजा नबूकदनेसर र उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु । त्यसपछि मिश्रदेश पहिलेझैं आबादी हुनेछ,’ यो परमप्रभुको घोषणा हो ।
  • यिर्मि 52:8-9 : 8 तर कल्दीहरूका सेनाले राजा सिदकियाहलाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए । 9 तिनीहरूले राजालाई समाते र हमात देशको रिब्लामा बेबिलोनका राजाकहाँ तिनलाई ल्याए जहाँ राजाले तिनलाई दण्डको फैसला सुनाए । 10 बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र रिब्लामा तिनले यहूदाका सबै अगुवालाई पनि मारे । 11 तब तिनले सिदकियाहका आँखा निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र बेबिलोनमा ल्याए । तिनको मृत्यु नभएसम्म नै बेबिलोनका राजाले तिनलाई झ्यालखानामा राखे ।
  • यहे 29:1-9 : 1 ¶ दशौं वर्षको दशौं महिनामा उक्‍त महिनाको बाह्रौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “ए मानिसको छोरो, तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का । त्‍यसको विरुद्धमा र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन्‌ । 3 घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्‍नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्‍छस्, “मेरो नदी मेरै हो । त्‍यो मैले आफ्‍नो निम्‍ति बनाएको हुँ ।” 4 किनभने म तेरो बङ्गारामा बल्‍छी लगाउनेछु, र तेरै कत्‍लाहरूमा तेरा नाइलका माछाहरू टाँसिनेछन् । तेरा कत्‍लाहरूमा टाँसिएका ती माछासमेत, म तँलाई तेरा नदीको बिचबाट तानेर निकाल्‍नेछु । 5 तँ र तेरा नदीका सबै माछालाई म उजाड-स्‍थान फाल्‍नेछु । तँ खुला मैदानमा ढल्‍नेछस्‌ । तँलाई कसैले जम्‍मा गर्ने वा उठाउने छैन । पृथ्‍वीका प्राणीहरू र आकाशका चाराहरूका निम्‍ति आहारा हुन म तँलाई दिनेछु । 6 तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन् । 7 जब तिनीहरूले तँलाई आफ्‍नो हातमा लिए, तब तैंले तिनीहरूका काँध भाँचिस् र च्‍यातिस् । अनि तिनीहरूले तँमा आड लिंदा, तँ भाँचिएको थिइस्, र तिनीहरूका खुट्टा लरबराउने बनाइस् । 8 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, तेरो विरुद्धमा म तरवार ल्‍याउनेछु । तेरा मानिसहरू र पशुहरू दुवैलाई म खत्तम गर्नेछु । 9 यसैले मिश्रदेश उजाड र बग्‍नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्‍यो बनाएको हुँ ।” 10 यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् । 11 कुनै मानिसको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन,अनि र कुनै पशुको खुट्टाले त्‍यहाँ टेक्‍नेछैन । चालीस वर्षसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन । 12 किनकि म मिश्रदेशलाई बस्‍ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्‍मै उजाड रहनेछन्‌ । अनि म मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु र देशहरूमा म तिनीहरूलाई तितरबितर पार्नेछु । 13 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः चालीस वर्षको अन्‍तमा मिश्रीहरूलाई तिनीहरू छरपष्‍ट भएका मानिसहरूका बिचबाट म भेला गर्नेछु । 14 म मिश्रदेशको सुदिन फर्काउनेछु र तिनीहरूलाई फारोको राज्‍यमा, तिनीहरूका सुरुको देशमा फर्काएर ल्‍याउनेछु । तब तिनीहरू त्‍यहाँ एक तुच्‍छ राज्‍य भएर बस्‍नेछन्‌ । 15 त्‍यो सारा राज्‍यहरूमा सबैभन्‍दा तुच्‍छ हुनेछ, अनि त्‍यो फेरि जातिहरूका माझमा कहिल्‍यै उच्‍च पारिनेछैन । म त्‍यसलाई घटाउनेछु, जसले गर्दा तिनीहरूले फेरि कहिल्‍यै जातिहरूमाथि राज्‍य गर्नेछैनन् । 16 इस्राएलका घरानाका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्‍न जाँदा त्‍यहाँ तिनीहरूले गरेको अपराधका सम्‍झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌' ।” 17 तब सत्ताइसौं वर्षको पहिलो महिनाको पहिलो दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 18 ए मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा कडा परिश्रम गर्नलाई आफ्‍नो फौजले तयार राख्‍यो । हरेकको टाउको तालु खुइले नभएसम्म दलियो र हरेक कुमलाई खस्रो पारियो । तापनि टुरोसको विरुद्धमा त्‍यसले गरेको परिश्रमको सट्टा त्‍यसले र त्‍यसको सेनाले केही इनाम पाउन सकेनन्‌ । 19 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्‍यसले उसका धन-सम्‍पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्‍यो त्‍यसको फौजको ज्‍याला हुनेछ । 20 त्‍यसले मेरो निम्ति गरेको परिश्रमको ज्‍यालाको रूपमा मिश्रदेश मैले त्‍यसलाई दिएको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 21 त्‍यस दिन म इस्राएलका घरानाको निम्‍ति एउटा सीङ उमार्नेछु, र तिनीहरूका बिचमा म तँलाई बोल्ने बनाउनेछु, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 81%

    20म तिनीहरूलाई तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा दिनेछु । तिनीहरूका लाश आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहारा हुनेछन् ।

    21म यहूदाका राजा सिदकियाह र त्यसका अगुवाहरूलाई तिनीहरूका शत्रुहरूका हातमा, र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा र तिमीहरूका विरुद्धमा खडा भएका बेबिलोनका राजाका सेनाको हातमा दिनेछु ।

  • 78%

    25सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, थेबेसको अमोन, फारो, मिश्रदेश र त्यसका देवताहरू, त्यसका राजा फारोहरू र तिनीहरूमाथि भरोसा गर्नेहरूलाई मैले दण्ड दिनै लागेको छु ।

    26मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू र बेबिलोनका राजा नबूकदनेसर र उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु । त्यसपछि मिश्रदेश पहिलेझैं आबादी हुनेछ,’ यो परमप्रभुको घोषणा हो ।

  • 77%

    27हेर, मैले तिनीहरूलाई भलाइको निम्ति होइन, विपत्तिको निम्ति हेर्दैछु । मिश्रदेशमा भएको यहूदाको हरेक व्यक्ति सखाप नभएसम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछ ।

    28तब तरवारबाट बाँचेकामध्‍येका थोरै सङ्ख्या मात्र तिनीहरू मिश्रदेशबाट यहूदाको देशमा फर्कनेछन् । तब तिनीहरूको कि मेरो कसको वचन सत्य ठहर्दोरहेछ भनी मिश्रदेशमा बस्‍न गएका यहूदाका बाँकी भएकाहरूले जान्‍नेछन् ।

    29यो परमप्रभुको घोषणा हो, तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्‍हचाहिं यो हुनेछ, यसैले कि मेरो वचनले निश्‍चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस् ।

  • 77%

    24“यो परमप्रभुको घोषणा हो, जस्तो म जीवित छु, ए यहूदाका राजा यहोयाकीमको छोरो यहोयाकीन, तँ मेरो हातको छाप-औंठी होस्, म तँलाई धुजाधुजा पार्नेछु ।

    25किनकि मैले तँलाई तेरो ज्यान लिन खोज्नेहरूको हातमा र जससँग तँ डराउँछस् तिनीहरूकै हातमा, बेबिलोनका राजा नबूकदनेसर र कल्दीहरूको हातमा सुम्पिदिएको छु ।

  • 7यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'

  • यिर्मि 32:3-5
    3 पदहरू
    77%

    3यहूदाका राजा सिदकियाहले तिनलाई थुनामा राखे र भने, “तिमी किन यसो भन्दै अगमवाणी बोल्छौ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले यस सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु, र उसले यसलाई कब्जा गर्नेछ ।

    4यहूदाका राजा सिदकियाह कल्दीहरूको हातबाट उम्कनेछैन, किनकि निश्‍चय नै ऊ बेबिलोनका राजाको हातमा दिइनेछ । उसले राजसित आमनेसामने कुरा गर्नेछ, र उसका आँखाले राजाका आँखालाई हेर्नेछन् ।

    5त्यसले सिदकियाहलाई बेबिलोनमा लानेछ, र मैले त्यससित व्यवहार नगरेसम्म ऊ त्यहीँ रहनेछ, यो यो परमप्रभुको घोषणा हो । तैंले कल्दीहरूको विरुद्धमा लडाइँ गरे तापनि तँ सफल हुनेछैनस्' ।”

  • यहे 30:10-11
    2 पदहरू
    76%

    10परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु ।

    11त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।

  • यिर्मि 34:1-2
    2 पदहरू
    76%

    1¶ बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः

    2“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका राजा सिदकियाहसँग बोल र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले यो सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु । उसले यसलाई जलाउनेछ ।

  • 19यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्‍यसले उसका धन-सम्‍पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्‍यो त्‍यसको फौजको ज्‍याला हुनेछ ।

  • 13बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्‍नुभएको वचन यही होः

  • 75%

    10त्यसपछि तिनीहरूलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले नबूकदनेसरलाई मेरो सेवकको रूपमा बोलाउन सन्देशवाहकहरू पठाउनै लागेको छु । यर्मियाले गाडेका ती ढुङ्गाहरूमाथि म त्यसको सिंहासन बसाल्नेछु । नबूकदनेसरले तीमाथि आफ्नो मण्डप खडा गर्नेछ ।

    11किनकि ऊ आउनेछ, र मिश्रदेशलाई आक्रमण गर्नेछ । मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्‍युलाई दिइनेछ । निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ । तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ ।

  • 8तर परमप्रभु भन्‍नुहुन्‍छ, यहूदाका राजा सिदकियाह, त्यसका अधिकारीहरू र यस देशमा भएका यरूशलेममा रहेका र मिश्रदेशमा गएका बाँकी मानिसहरूसित म खानै नसकिने यी खराब अञ्जीरहरूझैं व्यवहार गर्नेछु ।

  • 2मिश्र देशको विषयमाः “यो यूफ्रेटिस नदीको तीरमा अवस्थित कर्कमीशमा भएका मिश्रदेशका राजा फारो नेकोका सेनाको विषयमा हो । यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यही सेनालाई बेबिलोनका राजा नबूकदनेसरले पराजित गरेका थिए ।

  • 74%

    11त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्‍ट गर्न मैले आफ्‍नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु ।

    12किनकि मिश्रदेशमा बस्‍न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट पार्नेछु । तिनीहरू सबै मिश्रदेशमा नष्‍ट होऊन् भनेर म यसो गर्नेछु । तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन् । सानादेखि ठुलासम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन् । तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्‍नेछन् ।

    13जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिएँ, त्यसै गरी मिश्रदेशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु,

  • 4मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्‍य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”

  • 7“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ ।

  • 74%

    21'कोलायाहका छोरा आहाब र मासेयाहका छोरा सिदकियाह, जसले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी बोल्‍छन्, हेर्, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा दिनै लागेको छु । उसले तिनीहरूलाई तिमीहरूकै आँखाको सामु मार्नेछ ।

    22त्‍यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ । सराप यस्‍तो हुनेछ, 'परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए ।

  • यहे 30:24-25
    2 पदहरू
    74%

    24म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्‍यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्‍न सकूँ । त्‍योचाहिं बेबिलोनको राजाको अगि मरणान्‍त चोट लागेको मानिसझैं पीडाले सुस्‍केरा हाल्‍नेछ ।

    25किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।

  • यिर्मि 20:4-5
    2 पदहरू
    74%

    4किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर्, म तँ र तेरा सबै प्रियलाई त्रासको वस्‍तु बनाउनेछु, किनकि तिनीहरू आफ्‍ना शत्रुहरूका तरवारले ढालिनेछन्, र तेरै आँखाले यो देख्‍नेछस् । सारा यहूदालाई बेबिलोनका राजाको हातमा म दिनेछु । त्यसले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लानेछ वा तरवारले आक्रमण गर्नेछ ।

    5म त्यसलाई यस सहरका सबै धनसम्पत्ति, यसका सबै बहुमूल्य थोकहरू र यहूदाका राजाहरूका सबै खजाना दिनेछु । म यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु, र तिनीहरूले ती समात्‍नेछन् । तिनीहरूले तिनलाई लानेछन् र बेबिलोनमा पुर्‍याउनेछन् ।

  • 3परमप्रभु यसो भन्‍नुहुन्छः यो सहर बेबिलोनका राजाको सेनाको हातमा दिइनेछ, र उसले यसलाई कब्जा गर्नेछ ।”

  • 28त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘ हेर्, यो सहरलाई कल्दीहरू र बेबिलोनका राजा नबूकदनेसरको हातमा मैले दिनै लागेको छु । उसले यो कब्जा गर्नेछ ।

  • 5तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए ।

  • 5त्यसैले राजा सिदकियाहले भने, “तिमीहरूको विरोध गर्न कुनै राजाले पनि नसक्‍ने हुनाले ऊ तिमीहरूकै हातमा छ ।”

  • 1¶ मिश्रदेश बसोबास गरेका, मिग्दोल, तहपनेस, नोप र माथिल्लो मिश्रमा बसिरहेका सबै यहूदीको विषयमा यो वचन यर्मियाकहाँ आयोः

  • 36त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्‍दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।

  • 6तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।

  • 18किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जसरी मेरो रिस र क्रोध यरूशलेमका बासिन्दाहरूमाथि खन्याइएको थियो, तिमीहरू मिश्रमा गयौ भने त्‍यसरी नै मेरो क्रोध खन्याइनेछ । तिमीहरू सराप र त्रासको पात्र, सराप खाने पात्र र अपमानको कुरा बन्‍नेछौ, र फेरि तिमीहरूले यो देश देख्‍नेछैनौ ।”

  • 22यसकारण परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु ।

  • 8त्‍यसैले बेबिलोनका राजा नबूकदनेसरको सेवा नगर्ने जाति वा राज्य र बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍न नमान्‍ने जोकसैलाई उसको हातद्वारा त्‍यो नष्‍ट नहुञ्जेल म तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, यो परमप्रभुको घोषणा हो ।

  • 34फारो नेकोले योशियाहका छोरा एल्याकीमलाई तिनका पिताको ठाउँमा राजा बनाए, र तिनको नाउँ बद्ली यहोयाकीम राखे । तर तिनले यहोआहाजलाई चाहिँ मिश्रदेशमा लगे, जहाँ तिनको मृत्यु भयो ।

  • 12त्यसैले यहूदाका राजा सिदकियाहसित मैले बोलें र तिनलाई यो सन्देश दिएँ, “आफ्‍नो काँधमा बेबिलोनका राजाको जुवा थाप र ऊ र उसका मानिसहरूको सेवा गर, अनि तिमी बाँच्नेछौ ।

  • 4ए यहूदाका राजा सिदकियाह, परमप्रभुको यो वचन सुन् । तेरो विषयमा परमप्रभु यसो भन्‍नुहुन्छ, 'तँ तरवारले मारिनेछैनस् ।

  • 11किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।

  • 17त्यसैले यर्मियाले सिदकियाहलाई भने, “परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तँ वास्तवमै बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइस् भने, तँ बाँच्नेछस्, र यो सहर जलाइनेछैन । तँ र तेरो परिवार बाँच्नेछन् ।

  • 17तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए । आफ्नो महलमा राजाले तिनलाई गुप्‍तमा सोधे, “के परमप्रभुबाट कुनै वचन आएको छ?” यर्मियाले जवाफ दिए, “वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ ।”