यिर्मिया 50:28

अनलक शाब्दिक बाइबल

बेबिलोनको देशबाट भागिरहेकाहरू र त्‍यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ । यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्‍वरको बदला र उहाँको मन्दिरको बदलाको खबर दिनेछन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 48:20 : 20 बेबिलोनबाट बाहिर आओ! कल्दीहरूबाट भाग! गुञ्‍जयमान् आवाजसँगै यो घोषणा गर! यसलाई प्रकट गर, यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ । यसो भन, 'परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको छ ।'
  • यिर्मि 50:15 : 15 चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्‍तो गरेको छ तेस्तै त्यसलाई गर ।
  • विलाप 1:10 : 10 वैरीले हाम्रा सबै बहुमूल्य खजानामा आफ्नो हात हालेको छ । तपाईंको पवित्र सभामा जाति-जातिहरू प्रवेश गर्नुहुँदैन भनी तपाईंले आज्ञा दिनुभए तापनि त्यसले आफ्नो पवित्रस्थानमा तिनीहरू प्रवेश गरेको देखेको छ ।
  • विलाप 2:6-7 : 6 उहाँले आफ्नो पवित्र वासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ आक्रमण गर्नुभएको छ । उहाँले पवित्र सभाको स्थानलाई नष्‍ट गर्नुभएको छ । परमप्रभुले सियोनमा पवित्र सभा र शबाथ दुवैलाई बिर्सन लगाउनुभएको छ, किनकि उहाँले आफ्नो भयानक रिसमा राजा र पुजारी दुवैलाई तिरस्कार गर्नुभएको छ । 7 परमप्रभुले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको छ, र पवित्र वासस्थानलाई त्यागिदिनुभएको छ । उहाँले त्यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको छ । तोकिएको चाडको दिनमा जस्तै तिनीहरूले परमप्रभुको मन्दिरमा विजयको ध्वनि लगाएका छन् ।
  • दानी 5:23 : 23 हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्‍नीहरू, र उप-पत्‍नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई हजुरले आदर गर्नुभएको छैन ।
  • यिर्मि 51:10-11 : 10 परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको छ । आओ, सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरका कामहरू बताऔं ।' 11 काँडहरू तिखा बनाओ र ढालहरू उठाओ । बेबिलोनलाई नष्‍ट गर्ने योजनामा परमप्रभुले मादीका राजाको आत्मालाई उत्तेजित पार्दै हुनुहुन्छ । यो परमप्रभुको बदला हो, उहाँको मन्दिरको विनाशको लागि लिइने बदला हो ।
  • भजन 149:6-9 : 6 तिनीहरूका मुखहरूमा परमेश्‍वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्, 7 जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न । 8 तिनीहरूले आफ्‍ना राजाहरूलाई साङ्लाहरूले र आफ्‍ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन् । 9 लेखिएका न्‍यायका फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्‍वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।
  • यिर्मि 51:50-51 : 50 तरवारबाट बाँचेकाहरू हो, जाओ । अझै नबस । टाढा-टाढाबाट मनले परमप्रभुलाई पुकार । यरूशलेमको सम्झना गरियोस् । 51 हामी लज्‍जित छौं, किनकि हामीले अपमान सुनेका छौं । निन्दाले हाम्रा मुहार ढाकेको छ, किनकि विदेशीहरू परमप्रभुको मन्दिरको पवित्रस्थानमा छिरेका छन् ।
  • जक 12:2-3 : 2 “हेर, म यरूशलेमलाई एउटा कचौरा तुल्याउँदै छु जसको कारण त्यसको वरिपरिका सबै धरमराउनेछन् । यरूशलेमको विरुद्ध घेरावन्दी हुँदा यहूदाको निम्ति पनि त्यस्तै हुनेछ । 3 त्यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु । त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्‍नेछ, र पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन् ।
  • दानी 5:3-5 : 3 यरूशलेममा भएको परमेश्‍वरको मन्दिरबाट ल्‍याइएका सुनका भाँडाहरूलाई सेवकहरूले ल्याए । राजा, तिनका भारदारहरू, र तिनकी पत्‍नीहरू र उप-पत्‍नीहरूले ती भाँडाहरूबाट पिए । 4 तिनीहरूले दाखमद्य पिएपछि सुन र चाँदी, काँसा, फलाम, काठ, र ढुङ्गाले बनेका आफ्‍ना मूर्तिहरूको प्रशंसा गरे । 5 त्यही समय पानसको अगाडि एउटा मानिसको हातका औंलाहरू देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले । त्यो हातले लेख्दै गर्दा, राजाले त्‍यसको केही भाग देख्‍न सक्थे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 6बेबिलोनको बिचबाट भाग । हरेक मानिसलाई आफ्नै ज्यान बचाउन देओ । त्यसको अधर्ममा नष्‍ट नहोओ । किनकि यो परमप्रभुको बदलको समय हो । त्यसका सबै कुराको बदला उहाँले लिनुहुनेछ ।

  • 82%

    29“बेबिलोनको विरुद्धमा काँड हान्‍नेहरू, आफ्‍ना धनु तान्‍नेहरूलाई बोलाओ । त्यसको विरुद्धमा छाउनी हाल, र कोही पनि भाग्‍न नपाओस् । त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ । त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर । किनभने त्यसले परमप्रभु, इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो ।

    30त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्‍नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।”

  • 79%

    25परमप्रभुले आफ्नो अस्‍त्रभण्‍डार खोल्‍नुभएको छ, र आफ्नो रिसले काम गर्ने उहाँले हातहतियार ल्याउँदै हुनुहुन्छ । कल्दीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको काम छ ।

    26टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्‍नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्‍नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।

    27त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्‍का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ ।

  • 79%

    9'हामीले बेबिलोनलाई निको पार्न चाह्यौं, तर त्यो निको भएन । हामी सबैले त्यसलाई छोडौं र हाम्रो आफ्नै देशमा जाऔं । किनकि त्यसको दोष आकाशसम्मै पुगेको छ । यो बादलमा थुप्रिएको छ ।

    10परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको छ । आओ, सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरका कामहरू बताऔं ।'

    11काँडहरू तिखा बनाओ र ढालहरू उठाओ । बेबिलोनलाई नष्‍ट गर्ने योजनामा परमप्रभुले मादीका राजाको आत्मालाई उत्तेजित पार्दै हुनुहुन्छ । यो परमप्रभुको बदला हो, उहाँको मन्दिरको विनाशको लागि लिइने बदला हो ।

    12बेबिलोनका पर्खालहरूमा झण्डा फहराओ । गार्डहरूलाई सजग बनाओ । पहरेदारहरू खडा गर । लुकेर हमला गर्ने ठाउँहरू तयार गर । किनभने बेबिलोनको विषयमा परमप्रभुले जे भन्‍नुभएको छ, त्यो उहाँले गर्नुहुनेछ ।

  • 78%

    13परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ । बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्‍यक्‍ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्‍ला गर्नेछन् ।

    14बेबिलोनको चारैतिर भएकाहरू हो, यसको विरुद्धमा आफैलाई व्यवस्थित गर । धनु तन्काउने हरेकले यसलाई प्रहार गर्नुपर्छ । आफ्नो कुनै पनि काँड बाँकी नराख, किनकि त्यसले परमप्रभुको विरुद्धमा पाप गरेको छ ।

    15चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्‍तो गरेको छ तेस्तै त्यसलाई गर ।

    16बेबिलोनमा बीउ छर्ने किसान र कटनीको समयमा हँसिया प्रयोग गर्ने दुवैलाई नाश पार । अत्याचारीको तरवारबाट हरेक व्यक्ति आफ्नै मानिसहरूकहाँ फर्कोस् । तिनीहरू आफ्नै देशमा फर्कून् ।

  • 78%

    54बेबिलोनबाट निराशाको चित्‍कार, कल्दीहरूको देशबाट ठुलो विनाश आयो ।

    55किनकि परप्रभुले बेबिलोनलाई नाश पार्दै हुनुहुन्छ । उहाँले त्यसको ठुलो सोरलाई नष्‍ट पार्दै हुनुहुन्छ । तिनीहरूका शत्रुहरू धेरै पानीको छालझैं गर्जन्छन् । तिनीहरूको हल्ला अत्यन्तै बलियो हुन्छ ।

    56किनकि विनाशकहरू बेबिलोनको विरुद्धमा आएका छन्, र त्यसका योद्धाहरू कब्जामा परेका छन् । तिनीहरूका धनुहरू भाँचिएका छन्, किनकि परमप्रभु बदलाको परमेश्‍वर हुनुहुन्छ । उहाँले निश्‍चय नै यो बदला लिनु नै हुनेछ ।

  • 78%

    35सियोनमा बस्‍नेले भन्छ, 'म र मेरो विरुद्धमा गरिएको हिंसा बेबिलोनमाथि नै परोस् ।' यरूशलेमले भन्‍नेछ, 'मेरो रगत कल्दीका बासिन्दाहरूमाथि परोस्' ।”

    36त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले तेरो पक्ष लिन र तेरो लागि बदला लिन लागेको छु । किनकि म बेबिलोनको नदी सुकानेछु, र त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानेछु ।

  • 7ए बेबिलोनकी छोरीसँग बस्‍ने हो, जाओ, भागेर सियोनमा जाओ!’”

  • 24तैंले देख्‍ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो ।

  • 77%

    45त्यसैले परमप्रभुले बेबिलोनको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, कल्दीहरूको देशको विरुद्धमा उहाँले रच्नुभएका योजनाहरू सुन । निश्‍चय नै स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।

    46बेबिलोन पराजित गरिएको सोरमा पृथ्वी हल्लिन्छ, र जातिहरूका बिचमा तिनीहरूको चिन्ताको सोर सुनिन्छ ।”

  • 8किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ र उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ ।

  • 76%

    44त्यसैले म बेबिलोनमा नै बेललाई दण्ड दिनेछु । त्यसले आफ्नो मुखमा जे निलेको थियो, त्यो म बाहिर निकाल्नेछु, र जातिहरूले आ-आफ्ना उपहारहरू लिएर फेरि त्यसकहाँ ओइरिने छैनन् । बेबिलोनका पर्खालहरू ढल्नेछन् ।

    45ए मेरा मानिसहरू हो, त्यसको बिचबाट बाहिर जाओ । मेरो क्रोधको ज्वालाबाट तिमीहरू हरेले आफ्नो प्राण बचाओ ।

  • 76%

    47त्यसकारण, हेर, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म बेबिलोनका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु । त्यसका सारा देश लाजमा पर्नेछन्, र त्यसका मारिएकाहरू सबै त्यसकै बिचमा ढल्नेछन् ।

    48त्यसपछि स्वर्ग र पृथ्वी अनि तिनमा भएका सबै कुराले बेबिलोनमाथि रमाहट गर्नेछन् । किनकि त्यसका विनाशकहरू उत्तरबाट आउनेछन्— यो परमप्रभुको घोषणा हो ।

    49जसरी बेबिलोनले इस्राएलका मारिएकाहरूलाई ढालेको छ, त्यसरी नै त्यस देशका मारिएकाहरू बेबिलोनमा ढल्‍नेछन् ।

    50तरवारबाट बाँचेकाहरू हो, जाओ । अझै नबस । टाढा-टाढाबाट मनले परमप्रभुलाई पुकार । यरूशलेमको सम्झना गरियोस् ।

  • 20बेबिलोनबाट बाहिर आओ! कल्दीहरूबाट भाग! गुञ्‍जयमान् आवाजसँगै यो घोषणा गर! यसलाई प्रकट गर, यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ । यसो भन, 'परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको छ ।'

  • 3यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्‍ने छैन । मानिस र पशु दुवै भाग्‍नेछन् ।

  • 75%

    8बेबिलोनको बिचबाट निस्केर आओ । कल्दीहरूको देशबाट बाहिर जाओ । बोकाहरूजस्ता होओ जुन अरू बगालभन्दा अगिअगि जान्‍छन् ।

    9किनकि हेर, मैले काम गर्न र बेबिलोनको विरुद्धमा उत्तरबाट म महान् जातिहरूको समूहलाई खडा गर्न लागेको छु । तिनीहरू आफै त्यसको विरुद्धमा व्यवस्थित हुनेछन् । त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ । तिनीहरूका काँडहरू निपुण योद्धाजस्ता छन् जो रित्तो हात फर्कँदैनन् ।

    10कल्दी लुटको माल बन्‍नेछ । यसलाई लुट्नेहरू सबै सन्तुष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।

  • 6सहरबाट युद्धको होहल्लाको आवाज आउँछ, मन्दिरबाट एउटा आवाज, परमप्रभुले आफ्‍ना शत्रुहरूलाई बदला लिनुभएको आवाज आउँछ ।

  • 52त्यसकारण, हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म त्यसका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु, र त्यस देशका चारैतिर घाइते मानिसहरू पीडामा कराउनेछन् ।

  • 22देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।

  • 29किनकि देश हल्लिनेछ, र वेदनामा हुनेछ, किनकि कुनै बासिन्दा नबस्‍ने गरी बेबिलोनको देशलाई उजाड पार्ने परमप्रभुका योजनाहरू बेबिलोनका विरुद्धमा जारी छन् ।

  • 20त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन ।

  • 31किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ, सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ ।

  • 1¶ यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो,

  • 32किनकि यरूशलेमबाट बाँकी रहेकाहरू आउनेछन् । सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ ।”

  • 8बेबिलोनकी छोरी, चाँडै नष्‍ट हुन्‍छ । तैंले हामीलाई जे गरिस् त्‍यसको बदला लिने व्यक्‍ति धन्यको होस् ।

  • 15मेरा कुराहरू नसुन्‍ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु ।”

  • 41कसरी बेबिलोनलाई कब्जा गरिएको छ! सारा पृथ्वीको प्रशंसा पक्राउमा परेको छ । कसरी बेबिलोन जातिहरूका बिचमा भग्‍नावशेषको ठाउँ भएको छ!

  • 22'ती बेबिलोनमा लगिनेछन्, र ती फर्काइने दिन नआएसम्म ती त्यहीँ नै रहनेछन्, यो परमप्रभुको घोषणा हो । त्यसपछि म तिनलाई ल्याउनेछु, र तिनलाई यस ठाउँमा पुनर्स्थापित गराउनेछु' ।”

  • 32नदीका जँघारहरू कब्जा गरिएका छन् । शत्रुले सिमसारहरूमा आगो लगाउँदैछ, र बेबिलोनका योद्धाहरू अलमलमा पारिएका छन् ।”

  • 3परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे ।

  • 34तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो । देशमा चैन ल्याउन र बेबिलोनमा बस्‍नेहरूकहाँ द्वन्‍द ल्याउन उहाँले साँच्‍चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ ।