अय्यूब 23:12

अनलक शाब्दिक बाइबल

उहाँको मुखबाट निस्केको आज्ञाबाट म फर्केको छैनँ । मेरो खानाको भागभन्‍दा बढी मैले उहाँको मुखका वचनहरूलाई सञ्चय गरेको छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 4:34 : 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छा र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।
  • भजन 119:103 : 103 तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्!
  • यिर्मि 15:16 : 16 तपाईंका वचनहरू भेट्टाइएका छन्, र मैले ती खाएँ । तपाईंका वचनहरू मेरो लागि रमाहट बने, र मेरो हृदयको आनन्द बने, किनकि हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर म तपाईंको नाउँ लिन्‍छु ।
  • यूह 4:32 : 32 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानेकुरा छ जुन तिमीहरू जान्दैनौ ।”
  • अय्यू 22:22 : 22 म तपाईंलाई बिन्ती गर्छु, उहाँको निर्देशनको वचन ग्रहण गर्नुहोस् । उहाँका वचनहरू आफ्‍नो हृदयमा जम्‍मा गर्नुहोस् ।
  • यूह 6:66-69 : 66 यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिँडेनन् । 67 तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ, चाहन्छौ त?” 68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ । 69 र हामीले विश्‍वास गरेका छौँ र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ ।”
  • यूह 8:31 : 31 येशूले उहाँमा विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ;
  • प्रेरि 14:22 : 22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए ।
  • भजन 19:9-9 : 9 परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने । परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन् । 10 तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन् ।
  • भजन 119:11 : 11 तपाईंको वचन मैले आफ्‍नो हृदयमा जम्‍मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।
  • भजन 119:127 : 127 साँच्‍चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु ।
  • अय्यू 6:10 : 10 यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।
  • लू 12:42 : 42 प्रभुले भन्‍नुभयो, “विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापकलाई मालिकले आफूमुनिका सेवकहरूलाई उनीहरूको भागको खाना ठिक समयमा खाना दिन्छन् ।
  • लू 12:46 : 46 त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ, जुन घडी उसलाई थाहै हुनेछैन । आफ्नो मालिकले उसलाई भेटेर टुक्रा-टुक्रा गरी काट्नेछ र अविश्‍वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्‍ति हुनेछ ।
  • इब्रा 10:38-39 : 38 मेरा धर्मी जन विश्‍वासद्वारा जिउनेछ, यदि ऊ पछि फर्कन्छ भने, म उसँग प्रसन्‍न हुनेछैन ।” 39 तर हामी नाश हुनेहरूमध्येका होइनौँ, जो विनाशतिर फर्कन्छ । बरु, ती मध्येका हौँ जसले हाम्रो आत्मालाई बचाइराख्‍ने विश्‍वास छ ।
  • १ पत्रु 2:2 : 2 नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक,
  • १ यूह 2:19 : 19 तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हाम्रा थिएनन्‌ । यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए, तर तिनीहरू हाम्रा होइनन् भन्‍ने देखाउन तिनीहरू गए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 11मेरो खुट्टाले उहाँका पाइला पक्‍का गरी पछ्याएको छ । म उहाँको मार्गमा हिंडेको छु, र यताउता फर्केको छैनँ ।

  • २ शमू 22:22-23
    2 पदहरू
    75%

    22किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट भड्किएर दुष्‍टतासाथ काम गरेको छैन ।

    23किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँका विधिहरूका सम्‍बन्‍धमा तीबाट म तर्केको छैन ।

  • 16मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।

  • भजन 17:3-5
    3 पदहरू
    74%

    3तपाईंले मेरो हृदय जाँच्‍नुहुन्छ भने, राति तपाईं मकहाँ आउनुहुन्छ भने, तपाईंले मलाई शुद्ध पार्नुहुनेछ र कुनै दुष्‍ट योजनाहरू पाउनुहुनेछैन । मेरो मुखले अपराध गर्नेछैन ।

    4मानिसजातिका कामहरूका बारेमा, तपाईंको मुखको वचनले मैले आफैंलाई अराजकका चालबाट अलग राखेको छु ।

    5मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन् । मेरा पाइलाहरू चिप्‍लेका छैनन् ।

  • भजन 18:21-22
    2 पदहरू
    74%

    21किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट दुष्‍टतासाथ फर्केको छैन ।

    22किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँको नियमहरूको बारेमा, तिबाट म भड्केको छैन ।

  • 13तपाईंले प्रकट गर्नुभएका सबै धार्मिक आदेशहरूलाई मैले आफ्‍नो मुखले घोषणा गरेको छु ।

  • भजन 119:101-103
    3 पदहरू
    73%

    101हरेक खराब मार्गबाट मैले आफ्‍ना खुट्टाहरूलाई पछि राखेको छु ताकि म तपाईंको वचन पालन गर्न सकूँ ।

    102तपाईंका धार्मिक आदेशहरूबाट फर्केको छैन, किनकि तपाईंले मलाई सिकाउनुभएको छ ।

    103तपाईंका वचनहरू मेरो जिब्रोमा कति स्वदिला छन् । हो, मेरो मुखमा महभन्दा पनि गुलिया छन्!

  • 30वास्तवमा ऊ मरोस् भनी सराप्‍नलाई, आफ्‍नो मुखलाई पाप गर्ने अनुमति मैले दिएकै छैनँ ।

  • 43मेरो मुखबाट सत्यको वचन नलानुहोस्, किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन् ।

  • भजन 119:10-11
    2 पदहरू
    71%

    10आफ्‍नो सारा हृदयले म तपाईंलाई खोज्‍दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।

    11तपाईंको वचन मैले आफ्‍नो हृदयमा जम्‍मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।

  • 14मेरो शोकको घडीमा मैले त्यो खाएको छैनँ, न म अशुद्ध हुँदा मैले त्यसलाई कतै राखेको छु, न त मृतकहरूको आदरमा मैले त्यो दिएको छु । मैले परमप्रभु मेरा परमेश्‍वरको आवाज सुनेको छु । तपाईंले मलाई दिनुभएको हरेक आज्ञा मैले पालन गरेको छु ।

  • 13उसले त्‍यो त्‍यहीं राख्‍छ अनि त्‍यसलाई, फुत्‍किन दिंदैन तर त्‍यो आफ्‍नो मुखेमा राख्‍छ भने पनि,

  • 12बालामले जवाफ दिए र भने, “के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्‍न म सावधान हुनुपर्दैन र?”

  • 13तर उहाँ बेग्‍लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।

  • 131म आफ्‍नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु ।

  • 16तपाईंका वचनहरू भेट्टाइएका छन्, र मैले ती खाएँ । तपाईंका वचनहरू मेरो लागि रमाहट बने, र मेरो हृदयको आनन्द बने, किनकि हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर म तपाईंको नाउँ लिन्‍छु ।

  • 27अनि मेरो हृदय गुप्‍तमा आकर्षित भएको छ भने, जसको कारणले तिनको पुजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए—

  • 72तपाईंको मुखबाट निस्केको शिक्षाहरू मेरो निम्ति सुन र चाँदीका हजारौं टुक्राहरूभन्दा बढी मूल्यवान छन् । योध

  • भजन 141:3-4
    2 पदहरू
    70%

    3हे परमप्रभु, मेरो मुखमा रक्षक राख्‍नुहोस् । मेरा ओठहरूका ढोकाहरूको रक्षा गर्नुहोस् ।

    4मेरो हृदयले कुनै कराब कुराको इच्‍छा नगरोस् वा दुष्‍ट किसिमले व्‍यवहार गर्ने मानिसहरूका पापपूर्ण कामहरूमा सहभागी नहोस् । तिनीहरूका कुनै स्वादिष्‍ट कुराहरू मैले खान नपरोस् ।

  • 11जिब्रोले खानाको स्वाद लिएझैं, के कानले वचनको जाँच गर्दैन र?

  • 127साँच्‍चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु ।

  • नीति 30:8-9
    2 पदहरू
    69%

    8व्यर्थता र झुटलाई मबाट पर राखिदिनुहोस् । मलाई दरिद्रता वा धन-सम्पत्ति नदिनुहोस् । मलाई आवश्यक पर्ने भोजन मात्र दिनुहोस् ।

    9किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, “परमप्रभु को हो र?” वा गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला ।

  • 1¶ मैले निर्णय गरें, “म जे भन्छु सो कुरामा म सावधान हुनेछु ताकि मेरो जिब्रोले म पाप नगरुँ । खराब मानिसको उपस्थितिमा हुँदा म आफ्‍नो मुखलाई चूप राख्‍नेछु ।”

  • 22म तपाईंलाई बिन्ती गर्छु, उहाँको निर्देशनको वचन ग्रहण गर्नुहोस् । उहाँका वचनहरू आफ्‍नो हृदयमा जम्‍मा गर्नुहोस् ।

  • 10तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन् ।

  • 56यो मेरो प्रचलन भएको छ किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु । हेथ

  • 16म तपाईंका विधिहरूमा खुसी हुन्छु । तपाईंको वचन म बिर्सनेछैन । गिमेल

  • 18हाम्रो हृदय बरालिएको छैन । हाम्रा कदमहरू तपाईको मार्गबाट भड्‍किएका छैनन् ।

  • 4मेरो ओठले दुष्‍ट कुरा बोल्नेछैन, न त मेरो जिब्रोले छलको कुरा बोल्नेछ ।

  • 3मेरा वचनहरू मेरो हृदयको सोझोपनबाट आउँछन् । मेरो ओठले शुद्ध ज्ञान बोल्‍छ ।

  • 5बुद्धि र समझशक्ति प्राप्‍त गर् । मेरो मुखका वचनहरूलाई नबिर्सी र इन्कार नगर् ।

  • 18किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।

  • 5परमप्रभु परमेश्‍वरले मेरो कान खोल्नुभएको छ, र म विद्रोही थिइनँ, न मैले पिट्युँ नै फर्काएँ ।

  • 13मैले मेरा शिक्षकहरूको आज्ञा मानिनँ वा मेरा प्रशिक्षकहरूका कुरा सुन्‍न कान थापिनँ ।

  • 14किनकि अय्यूबले आफ्ना वचनहरू मेरो विरुद्धमा बोलेका छैनन् । त्यसैले तपाईंहरूकै जवाफले म तिनलाई जवाफ दिनेछैनँ ।

  • 17अर्थात् मैले आफ्‍नो गासलाई एक्‍लै खाएको छु, अनि अनाथहरूलाई पनि त्‍यो खान दिएको छैनँ भने—

  • 7अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क ।

  • 14म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु ।

  • 34म आफ्‍नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन ।

  • 60तपाईंका आज्ञाहरू पालन गर्न म हतार गर्छु र ढिलो गर्दिनँ ।

  • 9यसो भन्‍छु भने, 'म परमप्रभुको बारेमा फेरि विचार गर्दिन, म फेरि उहाँको नाउँमा बोल्दिनँ ।' तब त्यो मेरा हड्‍डीहरू भित्र थुनिराखेको, मेरो हृदयमा आगोजस्तो हुन्‍छ । त्‍यसैले म यसलाई भित्रै थुनिराख्‍न सङ्घर्ष गर्छु, तर म सक्दिनँ ।