अय्यूब 27:9
उसमाथि सङ्कष्ट आइपर्दा, के परमेश्वरले उसको पुकारा सुन्नुहुन्छ र?
उसमाथि सङ्कष्ट आइपर्दा, के परमेश्वरले उसको पुकारा सुन्नुहुन्छ र?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10के ऊ सर्वशक्तिमान्मा आनन्दित हुन्छ, अनि उसले हर समयमा परमेश्वरलाई पुकारा गर्छ?
8किनकि परमेश्वरले ईश्वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र?
28यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्ने तिनीहरूले बनाए । कष्टमा परेका मानिसहरूको रोदन उहाँले सुन्नुभयो ।
29जब उहाँ चुप लाग्नुहुन्छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्छ भने कसले उहाँलाई भेट्न सक्छ र? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ,
12त्यहाँ तिनीहरू कराउँछन्, तर दुष्ट मानिसहरूको अहङ्कारको कारण परमेश्वरले कुनै जवाफ दिनुहुन्न ।
13परमेश्वरले निश्चय नै दुष्टको पुकारा सुन्नुहुन्न । सर्वशक्तिमान्ले त्यसलाई ध्यानै दिनुहुन्न ।
24तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र? के सङ्कष्टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र?
25कष्टमा भएको व्यक्तिको लागि म रोइनँ र? खाँचोमा परेको मानिसको लागि मैले शोक गरिनँ र?
7हेर्नुहोस्, “हिंसा” भनेर म कराउँछु, तर मैले जवाफ पाउँदिन । मदतको लागि म पुकार्छु, तर त्यहाँ निष्पक्ष व्यवहार हुँदैन ।
14जब मलाई दोष लगाउन परमेश्वर उठ्नुहुन्छ, तब म के गर्न सक्छु र? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्छु र?
17धर्मीहरूले पुकारा गर्छन्, र परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै कष्टबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ ।
24कष्टमा परेका व्यक्तिको कष्टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन । तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन । जब कष्टमा परेको व्यक्तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्नुभयो ।
3के त्यसले तँलाई धेरै बिन्ती चढाउनेछ र? के त्यसले तँसित नम्र वचनहरू बोल्नेछ र?
4मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र? म किन अधैर्य नहुनू?
24निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्व जमाउँछन् ।
9अत्याचारका धेरै कार्यहरूले मानिसहरू रुन्छन् । शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्छन् ।
8र मैले सहायताको लागि पुकारे र चिच्च्याए तापनि उहाँले मेरो प्रार्थना थुनिदिनुभयो ।
26उसले परमेश्वरलाई प्रार्थना चढाउनेछ, र परमेश्वर ऊप्रति दयालु बन्नुहुनेछ, ताकि उसले आनन्दले परमेश्वरको मुहार हेर्छ । परमेश्वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्छ ।
9हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्नेछैनन् र?
1¶ म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु । म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु, र मेरो परमश्वरले सुन्नुहुनेछ ।
7हे परमप्रभु, मैले पुकारा गर्दा मेरो सोर सुन्नुहोस् । ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस् ।
9मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्यसले तपाईंको विश्वासनीयताको घोषणा गर्छ र?
28परमेश्वरले मेरो प्राणलाई मृत्युको खाडलमा जानबाट छुटकारा दिनुभएको छ । मेरो जीवनले निरन्तर ज्योति देख्नेछ ।'
1¶ हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?
1¶ हे परमप्रभु, मेरो प्रार्थन सुन्नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्नुहोस् ।
1¶ हे परमेश्वर, मेरो पुकारा सुन्नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् ।
19मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्छु, र आफ्नो जीवन दिन्छु ।
21मानिसले आफ्नो छिमेकीलाई गरेझैं, स्वर्गमा हुनुभएको त्यो साक्षीलाई यस मानिसको पक्षमा परमेश्वरसित बहस गरिदिन म बिन्ती गर्छु ।
16मेरो बारेमा, म परमेश्वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।
17साँझ, बिहान र मध्यन्हमा म गुनासो गर्छु र विलाप गर्छु । उहाँले मेरो आवाज सुन्नुहुनेछ ।
22उसमाथि त्यो हुत्तिन्छ, र रोकिन्न । त्यसको पन्जाबाट ऊ भाग्न खोज्छ ।
6यो थिचोमिचोमा परेको मानिसले पुकारा गर्यो र परमप्रभुले त्यसको पुकारा सुन्नुभयो, र त्यसका सबै दुःखबाट त्यसलाई बचाउनुभयो ।
13गरिबको पुकारामा कान थुन्नेले पुकारा गर्दा त्यसलाई जवाफ दिइने छैन ।
4तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?
9किनकि तिनले भनेका छन्, 'परमेश्वरले जे इच्छा गर्नुहुन्छ त्यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।'
19परमेश्वर, जसले अनन्तदेखि राज्य गर्नुहुन्छ उहाँले तिनीहरूका कुरा सुन्नुहुनेछ र तिनीहरूको अपमान गर्नुहुनेछ । सेला तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन् र तिनीहरूले परमेश्वरको भय मान्दैनन् ।
23जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।
29म दोषी ठहराइने छु । तब मैले किन व्यर्थैमा कोसिस गर्ने?
39कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ?
8उहाँलाई तपाईंहरू पक्षपात गर्नुहुनेछ र? परमेश्वरको लागि तपाईंहरू मुद्दाको बहस गर्नुहुनेछ र?
1¶ अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्यक्ति छ? पवित्र मानिसहरूमध्ये कुनतिर तपाईं फर्कनुहुनेछ?
16मैले उहाँलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो भने पनि, उहाँले मेरो आवाज सुन्नुभयो भनेर म विश्वास गर्दिनँ ।
15हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्ना मार्गको बचाउ गर्नेछु ।
5उहाँले मलाई जवाफ दिएर भन्नुहुने वचनहरू म सिक्नेथिएँ, र उहाँले मलाई भन्नुहुने कुरा बुझ्नेथिएँ ।
6उहाँले आफ्नो शक्तिको महान्तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।
13परमेश्वरले आफ्नो रिस रोक्नुहुन्न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।
12किनकि रक्तपातको बदला लिनुहुने परमेश्वरले सम्झनुहुन्छ । थिचोमिचोमा परेकाहरूका रोदनलाई उहाँले बिर्सनुहुन्न ।
19तपाईंको धन-सम्पत्तिले तपाईंलाई यति फाइदा दिन्छ जसले गर्दा तपाईं निराशामा पर्नुहुन्न? अर्थात् तपाईंको ताकतको सबै शक्तिले तपाईंलाई मदत गर्न सक्छ?
22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्नेछु र तपाईंले जवाफ दिनुहोस् ।
9कसलाई जान्दछ? परमेश्वर नरम बन्न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्नुहुन्छ, जसले गर्दा हामी नष्ट हुनेछैनौं ।”