अय्यूब 28:20

अनलक शाब्दिक बाइबल

तब बुद्धि कहाँबाट आउँछ? सुझबुझको ठाउँ कहाँ छ?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 28:12 : 12 बुद्धि कहाँ पाइनेछ? सुझबुझको ठाउँ कहाँ छ?
  • याक 1:5 : 5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।
  • याक 1:17 : 17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न ।
  • अय्यू 28:23 : 23 कसरी यसलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ । यसको बासस्थान उहाँलाई थाहा छ ।
  • अय्यू 28:28 : 28 मानिसहरूलाई उहाँले भन्‍नुभयो, 'हेर्, परमप्रभुको भय— त्‍यो नै बुद्धि हो । दुष्‍ट्याइँबाट अलग रहनु नै सुझबुझ हो' ।”
  • नीति 2:6 : 6 किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् ।
  • उप 7:23-24 : 23 मैले बुद्धिले यी सबै प्रमाणित गरेको छु । मैले भनेँ, “म बुद्धिमान् बन्‍ने छु,” तर यो मैले सक्‍नेभन्दा परको कुरो थियो । 24 बुद्धि धेरै टाढा र निकै गहिरो छ । कसले यसलाई पाउन सक्छ र?
  • १ कोरि 2:6-9 : 6 अब, परिपक्‍वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् । 7 बरु, लुकाइएका सत्यतामा हामी परमेश्‍वरको बुद्धिको प्रचार गर्छौं, लुकेको बुद्धि जो परमेश्‍वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्‍त गर्नुभयो । 8 यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन् । 9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मनले विचारै नगरेका कुराहरू उहाँलाई प्रेम गर्नेहरूका निम्ति परमेश्‍वरले तयार पार्नुभएको छ ।” 10 परमेश्‍वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्‍वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ । 11 मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन । 12 तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्‍वरका आत्मा पाएका छौँ, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्‍न सकौँ । 13 हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्‍ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ । 14 परमेश्‍वरका आत्माका कुराहरू अनात्मिक व्यक्‍तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्‍न सकिन्छ । 15 आत्मिक व्यक्‍तिले सबै कुराहरू जाँच गर्दछ, तर ऊचाहिँ अरूद्वारा जाँचिदैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 28:12-15
    4 पदहरू
    93%

    12बुद्धि कहाँ पाइनेछ? सुझबुझको ठाउँ कहाँ छ?

    13मानिसलाई यसको मूल्य थाहा छैन, न त यो जीवितहरूको देशमा पाइन्छ ।

    14पृथ्वीमुनि रहेको गहिरो पानीले भन्छ, 'त्यो ममा छैन ।' समुद्रले भन्छ, 'त्यो मसित छैन ।'

    15सुनले त्यसलाई किन्‍न सकिंदैन, न त यसको मूल्यको रुपमा चाँदी जोख्‍न नै सकिन्‍छ ।

  • अय्यू 38:18-20
    3 पदहरू
    79%

    18के पृथ्वीको विस्तृत फैलावटलाई तैंले बुझेको छस्? तँलाई यो सबै थाहा छ भने मलाई भन् ।

    19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ?

    20ज्योति र अन्धकारलाई तिनीहरूको काम गर्ने ठाउँमा तैंले लिएर जान सक्छस्? तिनीहरूका घरमा तिनीहरूलाई फर्काएर लाने बाटो तैंले चिन्‍न सक्छस्?

  • नीति 8:1-2
    2 पदहरू
    79%

    1¶ के बुद्धिले आव्हान गर्दैन र? के समझशक्तिले त्यसको सोर उचाल्दैन र?

    2बाटोको छेउका उच्‍च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ ।

  • अय्यू 28:17-19
    3 पदहरू
    78%

    17सुन र स्फटिक त्यसको बराबरी हुन सक्‍दैन, न त निखुर सुनका गहनासित त्यो साट्न नै सकिन्छ ।

    18मूगा र बिल्लौरको त चर्चा नै गर्नुपर्दैन । वास्तवमा बुद्धिको मूल्य मानिकभन्दा बढी हुन्छ ।

    19कूश देशको पुष्पराज त्यसको बराबर हुँदैन, न त त्‍यसलाई निखुर सुनले मूल्‍य तोक्‍न सकिन्छ ।

  • 21बुद्धिलाई सबै जीवित प्राणीहरूको दृष्‍टिबाट लुकाइएको छ, र आकाशका चराहरूबाट लुकाएर राखिएको छ ।

  • 36बादलमा कसले बुद्धि राखेको छ, अथवा तुवाँलोलाई समझशक्ति दिएको छ?

  • 28मानिसहरूलाई उहाँले भन्‍नुभयो, 'हेर्, परमप्रभुको भय— त्‍यो नै बुद्धि हो । दुष्‍ट्याइँबाट अलग रहनु नै सुझबुझ हो' ।”

  • नीति 2:5-6
    2 पदहरू
    76%

    5तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्‍वरको ज्ञान पाउने छस् ।

    6किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् ।

  • 24बुद्धि धेरै टाढा र निकै गहिरो छ । कसले यसलाई पाउन सक्छ र?

  • नीति 8:11-12
    2 पदहरू
    76%

    11किनकि बुद्धि रत्‍नहरूभन्दा बहुमूल्य हुन्छ । कुनै पनि खजाना यसको समान छैन ।

    12म बुद्धि सावधानीसित बस्छु, र म ज्ञान र विवेक अधिकार गर्छु ।

  • 23कसरी यसलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ । यसको बासस्थान उहाँलाई थाहा छ ।

  • अय्यू 15:8-9
    2 पदहरू
    75%

    8तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र?

    9तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन? तपाईंले के बुझ्‍नुहुन्‍छ, जुन हामीमा पनि नभएको होस्?

  • 20बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र?

  • 4यो सत्यता तपाईंलाई प्राचीन समयदेखि नै थाहा छैन र, जति बेला परमेश्‍वरले मानिसलाई पृथ्वीमा राख्‍नुभयोः

  • 3तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।

  • 7बुद्धि सबैभन्दा महत्त्वपूर्ण वस्तु हो । त्यसैले बुद्धि प्राप्‍त गर्, र समझशक्ति प्राप्‍त गर्न सबै मूल्य चुका ।

  • अय्यू 12:12-13
    2 पदहरू
    74%

    12पाका मानिसहरूसित बुद्धि हुन्छ । लामो आयुमा समझशक्ति हुन्छ ।

    13परमेश्‍वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् ।

  • 4मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।

  • अय्यू 28:6-7
    2 पदहरू
    74%

    6यसका ढुङ्गाहरूका ठाउँमा नीर पाइन्छ, र यसमा धूलोमा सुन मिसिएको छ ।

    7कुनै पनि सिकारी चरालाई त्यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्‍यसलाई देखेको छ ।

  • 16सुनभन्दा बुद्धि प्राप्‍त गर्नु र चाँदीभन्दा समझशक्ति प्राप्‍त गर्नु उत्तम हुन्छ ।

  • 13म आफैलाई मदत गर्न सक्‍दिन भन्‍ने कुरा सत्‍य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र?

  • 1¶ निश्‍चय नै चाँदीको एउटा खानी हुन्छ, एउटा ठाउँ छ जहाँ तिनीहरूले सुनलाई शुद्ध पार्छन् ।

  • नीति 3:13-14
    2 पदहरू
    73%

    13बुद्धि प्राप्‍त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।

    14तैँले बुद्धिबाट प्राप्‍त गर्ने कुरो चाँदीबाट प्राप्‍त गर्ने कुरोभन्दा उत्तम हुन्छ, र यसको लाभ सुनभन्दा उत्तम हुन्छ ।

  • अय्यू 11:7-8
    2 पदहरू
    73%

    7परमेश्‍वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्‍नुहुन्छ? सर्वशक्तिमान्‌लाई तपाईं सिद्ध रूपमा बुझ्‍न सक्‍नुहुन्छ?

    8यो विषय स्वर्गजत्तिकै अग्लो छ । तपाईंले के गर्न सक्‍नुहुन्छ? यो पातालभन्दा गहिरो छ । तपाईंले के जान्‍न सक्‍नुहुन्छ?

  • 2“ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?

  • 2यी हितोपदेशहरू बुद्धि र निर्देशनक कुराहरू सिकाउन र अन्तर्दृष्‍टिका वचनहरू सिकाउनलाई हो,

  • 20बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ ।

  • 16बुद्धिको विषयमा सिक्‍न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्‍ने कुनै क्षमता नै छैन?

  • 3तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ । म तपाईंहरूभन्दा कम छैनँ । वास्तवमा यस्ता कुराहरू कसले जान्दैन र?

  • 3बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ!

  • 3मैले बुद्धि प्राप्‍त गरेको छैनँ, न त मसित परमपवित्रको ज्ञान नै छ ।

  • 3तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि सोर उचालिस् भने,

  • 24समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।

  • 33बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।

  • 21के तिनीहरूका पालका डोरीहरू तिनीहरूकै बिचमा तानिएका छैनन् र? तिनीहरू मर्छन् । तिनीहरू बुद्धिविना मर्छन् ।