अय्यूब 29:18

अनलक शाब्दिक बाइबल

तब मैले भनें, 'म आफ्‍नै गुँडमा मर्नेछु । म आफ्‍ना दिनलाई बालुवाका कणजत्तिकै वृद्धि गराउनेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 5:26 : 26 तपाईं आफ्‍नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्‍नका मुट्ठाहरूको चाङ हुनेछ ।
  • अय्यू 42:16-17 : 16 यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे । 17 तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे ।
  • भजन 30:6-7 : 6 दृढतामा मैले भनें, “म कदापि डग्‍नेछैन ।” 7 हे परमप्रभु, आफ्‍नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,तब मलाई कष्‍ट पर्‍यो ।
  • भजन 91:16 : 16 म त्यसलाई लामो जीवनले सन्‍तुष्‍ट पार्नेछु र त्यसलाई मेरो उद्धार देखाउनेछु ।
  • उत्प 32:12 : 12 तर तपाईंले भन्‍नुभयो, 'निश्‍चय नै, म तेरो उन्‍नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्‍नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु' ।”
  • उत्प 41:49 : 49 योसेफले अन्‍नको भण्डारण समुद्रको बालुवासरह गरे । अन्‍न यति धेरै थियो कि तिनले हिसाब राख्‍नै छाडिदिए ।
  • यिर्मि 22:23 : 23 तँ जो 'लेबनान' मा बस्‍छस्, जुन देवदारुले बनेका घरहरू हुन्, प्रसव-वेदनमा भएकी स्‍त्रीलाई जस्तै तँमाथि पीडा आउँदा तँ कसरी तँमाथि दया गरिनेछ र ।”
  • यिर्मि 49:16 : 16 तेरो त्रासको विषयमा, ए चट्टानका ठाउँहरूमा बस्‍ने बासिन्दाहरू हो, तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ, गरुडले झैं तैंले आफ्नो गुँड अग्लो ठाउँमा बनाउन भनेर अग्ला डाँडाका टाकुराहरू ओगटेर बस्‍नेहरू हो, म त्यहाँबाट तँलाई तल झार्नेछु, यो परमप्रभुको घोषणा हो ।
  • ओबद 1:4 : 4 तिमीहरू गरूडझैं उचाइमा उडे पनि र तिमीहरूको गुँड ताराहरूका बिचमा भए पनि, तिमीहरूलाई त्यहाँबाट म तल ल्याउनेछु, परमप्रभु भन्‍नुहुन्छ ।
  • हब 2:9 : 9 ‘धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 19मेरा जराहरू पानीमा फैलिएका छन्, र मेरा हाँगाहरूमा रातभरि शीत पर्छ ।

  • यशा 38:10-13
    4 पदहरू
    71%

    10“मैले भनें मेरो आधा जीवनमा नै म चिहानको ढोकाभित्र जानेछु । मेरो बाँकी वर्षहरूका निम्ति मलाई त्यहाँ पठाइन्छ ।

    11मैले भनें परमप्रभुलाई म देख्‍नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्‍नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्‍नेछैन ।

    12मेरो जीवन मबाट गोठालोको पालझैं बोकेर लगिएको छ र हटाइएको छ । मेरो जीवनलाई मैले एउटा जुलाहाले जस्तो बेह्रेको छु । तपाईंले मलाई तानबाट काट्दै हुनुहुन्‍छ । तपाईंले मेरो जीवनलाई दिन र रातको बीचमा अन्‍त गर्दै हुनुहुन्‍छ ।

    13मैले बिहानसम्म नै पुकारा गरें । उहाँले मेरा सबै हड्‍डीहरूलाई सिंहले झैं तोड्नुहुन्छ । तपाईंले मेरो जीवनलाई दिन रातको बीचमा अन्‍त गर्दै हुनुहुन्छ ।

  • अय्यू 10:19-20
    2 पदहरू
    71%

    19म कहिल्यै अस्तित्वमा नभएजस्तो हुन्‍थें । म गर्भबाट नै चिहानमा लगिन्‍थें ।

    20के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्‍नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,

  • 17मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।

  • 23किनकि म जान्‍दछु, कि तपाईंले मलाई मृत्युमा पुर्‍याउनुहुन्‍छ, सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्‍छ ।

  • 22किनकि जब केही वर्ष बितेर जान्‍छ, तब म त्यस्तो ठाउँमा जानेछु, जहाँबाट म फर्कनेछैनँ ।

  • 18तिनलाई मैले गन्‍न कोसिस गरें भने, ती बलुवाको संख्याभन्दा धेरै हुन्‍छन् । म ब्युँझिंदा, म अझै तपाईंसँगै हुन्छु ।

  • अय्यू 13:14-15
    2 पदहरू
    69%

    14म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु ।

    15हेर्नुहोस्, उहाँले मलाई मार्नुहुन्‍छ भने, ममा कुनै आशा बाँकी रहनेछैन । तापनि उहाँको सामु म आफ्‍ना मार्गको बचाउ गर्नेछु ।

  • अय्यू 14:13-14
    2 पदहरू
    69%

    13दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।

    14एक जना मानिस मर्‍यो भने, के ऊ फेरि बाँच्‍नेछ र? त्यसो हो भने, मेरो छुटकारा नआएसम्म, मेरा सबै दुखको समयमा म त्‍यहाँ पर्खेर बिताउन चाहान्‍छु ।

  • 1¶ मेरो आत्मा नाश पारिएको छ, र मेरो आयु सकिएको छ । चिहान मेरो लागि तयार छ ।

  • 19उहाँले मलाई हिलोमा फाल्‍नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।

  • 10याकूबको धूलोलाई वा इस्राएलको एक चौथाइलाई मात्र पनि कसले गन्‍न सक्छ? मेरो मरण धार्मिक व्यक्‍तिको जस्तो होस् र मेरो जीवन त्यसको जस्तै होस्!”

  • 14एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्‍ना पखेटाहरू चलाएनन् वा आफ्‍ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।”

  • 13किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें । म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें,

  • 13मैले आशा गरेको घर पाताल मात्र हो भने, र अन्धकारमा मेरो ओछ्यान मैले बनाएको छु भने,

  • अय्यू 7:15-16
    2 पदहरू
    68%

    15जसले गर्दा मेरा यी हड्‍डीलाई जोगाउनुभन्दा, बरु घाँटी च्‍याप्‍ने कुरा र मृत्युलाई रोज्छु ।

    16म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्‍लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्‍यर्थ छन् ।

  • 11मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो र? मैले आफ्‍नो जीवनलाई लम्‍ब्‍याउनुपर्ने मेरो अन्त्य के हो?

  • 13जब म भन्‍छु, 'मेरो ओछ्यानले मलाई सान्त्वना दिनेछ, र मेरो खाटले मेरो गुनासोलाई चैन दिन्छ,'

  • 4म पल्टिदाँ म आफैलाई भन्छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्‍नेछ?' मिरमिरे उज्यालो नहुञ्जेल म यताउता छटपटाउँछु ।

  • 11मेरा दिनहरू हराएर जाने छायाजस्तै छन् र म घाँसझैं ओइलाएको छु ।

  • 6मैले भनें, “मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ ।

  • 24मैले भनें, “हे मेरो परमेश्‍वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ ।

  • 11मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्‍यस्‍तै भयो ।

  • 15मैले के भन्‍न सक्‍छु र? उहाँ मसँग बोल्‍ने अनि त्‍यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।

  • 8तब मलाई रोप्‍न दिइयोस् अनि अर्कैले खाओस्, र मेरा बालीहरू उखेलिऊन् ।

  • 23एक जना मानिस पूरा बलियो अवस्‍थामा, बिलकुल शान्ति र चैनमा मर्छ ।

  • 3किनकि अहिले त्‍यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो, त्यसकारण मेरा वचन समझहीन छन् ।

  • 4ओहो, जस्‍तो मेरा खुशीका दिनहरूमा म थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरको मित्रता मेरो पालमाथि हुन्‍थ्‍यो,

  • 15माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।

  • 6दृढतामा मैले भनें, “म कदापि डग्‍नेछैन ।”

  • 26म तिनीहरूलाई टाढा-टाढासम्म तितर-बितर पारिदिने छु र मानव-जातिको बिचबाट तिनीहरूको सम्झना मेटिदिने छु भनी मैले भनेँ ।

  • 40मेरो हालत यस्तो थियो, कि दिउँसो गर्मीले मलाई पोल्थ्यो भने राती चिसोले ठिर्‍याउँथ्यो । मलाई निद्रा लाग्दैनथ्यो ।

  • 26तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् । तिनीहरू दुवैलाई किराहरूले ढाक्छन् ।

  • 9प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्‍लो भागमा बसें भने,

  • 4“हे परमप्रभु, मेरो जीवनको अन्त कहिले हुन्छ र मेरो समय कहिलेसम्‍म छ सो मलाई जान्‍न दिनुहोस् । म कति क्षणिक छु भनी मलाई देखाउनुहोस् ।

  • 21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”

  • 12तर तपाईंले भन्‍नुभयो, 'निश्‍चय नै, म तेरो उन्‍नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्‍नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु' ।”

  • अय्यू 19:26-27
    2 पदहरू
    66%

    26मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु ।

    27मेरा आफ्नै आँखाले— अरू कसैको होइन म आफैंले उहाँलाई देख्‍नेछु । मेरो हृदय मभित्रै विह्वल बन्छ ।

  • 29म स्यालहरूको भाइ, अस्ट्रिचहरूको मित्र भएको छु ।

  • 26यसपछि म ब्युँझेँ, र मेरा भेडाहरू ताजा हुँदै गरेको मैले थाहा पाएँ ।

  • भजन 118:17-18
    2 पदहरू
    66%

    17म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।

    18परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।