अय्यूब 31:26
सूर्य उदाउँदा मैले त्यसको दर्शन गरेको, अर्थात् चन्द्रमा चम्किलो भएर हिंडेको हेरेको भए,
सूर्य उदाउँदा मैले त्यसको दर्शन गरेको, अर्थात् चन्द्रमा चम्किलो भएर हिंडेको हेरेको भए,
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
24सुनलाई मैले आफ्नो आशा बनाएको छु भने, अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने,
25मेरो धन-सम्पत्ति प्रशस्त भएको हुनाले, मेरो हातले धेरै धनदौलत प्राप्त गरेको हुनाले म रमाएको छु भने, तब मेरो विरुद्धमा अभियोगहरू ल्याउनुहोस् ।
27अनि मेरो हृदय गुप्तमा आकर्षित भएको छ भने, जसको कारणले तिनको पुजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए—
2“ओहो, जस्तो म विगतका महिनाहरू थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरले मेरो वास्ता गर्नुहुन्थ्यो,
3जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्थ्यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्थें ।
4ओहो, जस्तो मेरा खुशीका दिनहरूमा म थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरको मित्रता मेरो पालमाथि हुन्थ्यो,
7उज्यालो वास्तवमै रमणीय हुन्छ, र घामलाई देख्न पाउनु आँखाको लागि मनोहर कुरो हो ।
8कोही धेरै वर्षसम्म बाँच्यो भने त्यो ती सबै वर्ष प्रसन्न होस्, तर त्यसले आउनेवाला अन्धकार दिनहरूको बारेमा सोचोस्, किनकि त्यस्ता दिनहरू धेरै हुने छन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।
2सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर् ।
4के परमेश्वरले मेरा मार्गहरू देख्नुहुन्न र मेरा सबै कदम गन्नुहुन्न र?
5म झुटो कुरामा हिंडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्छन् भने,
6न्यायको तराजुमा मलाई जोखियोस्, जसले गर्दा परमेश्वरले मेरो सत्यनिष्ठा जान्नुहुनेछ ।
7मेरो कदमह बाटोबाट तर्किएको छ भने, र मेरो हृदय मेरा आँखाको पछि लागेको छ भने, र मेरा हातमा कुनै दाग टाँसिएको छ भने,
16बुद्धिलाई जान्न र दिन वा रातमा नसुतिकन अक्सर गरिने कामलाई बुझ्न मैले मेरो मन लगाउँदा,
11मैले भनें, “निश्चय नै अन्धकारले मलाई ढाक्नेछ र मेरो विरपरिको ज्योति रात हुनेछ,”
5हेर्नुहोस्, उहाँलाई चन्द्रले पनि उज्यालो पार्न सक्दैन । उहाँको दृष्टिमा ताराहरू सिद्ध छैनन् ।
14तिनको देश सूर्यको ताप र महिनैपिच्छेका उब्जनीका अनमोल कुराहरूले आशिषित् होस् ।
13जसरी अन्धकारभन्दा ज्योति उत्तम हो, त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन् भनी मैले बुझ्न थालेँ ।
14बुद्धिमान् मानिसले आफ्नो शिरमा भएका आँखा त्यो कहाँ जाँदै छ भनी हेर्न प्रयोग गर्छ, तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ । तर यी सबैमाथि उही दशा आइपर्छ भनी मलाई थाहा छ ।
13मैले सूर्यमूनि यस्तो बुद्धि पनि देखेको छु, जसले मलाई निकै प्रभावित पार्यो ।
26जब मैले भलाइको आशा गरें, तब खराबी आयो । जब मैले ज्योतिको आशा गरें, त्यसको साटो अन्धकार आयो ।
11किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्याबासी दिन्थे,
29मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
26यसपछि म ब्युँझेँ, र मेरा भेडाहरू ताजा हुँदै गरेको मैले थाहा पाएँ ।
5सूर्य उदाउँछ, र अस्ताउँछ, अनि आफू उदाएको ठाउँमा चाँडै फर्केर जान्छ ।
17अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्त्य भएको छैन ।
20त्यसकारण सूर्यमूनि मैले गरेका सबै कामको विषयमा मेरो मन निराश हुन थाल्यो ।
3जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्नुभएको छ,
10मेरा आँखाले चाहेको कुनै पनि कुरो प्राप्त गर्नदेखि मैले रोकिनँ । मैले हृदयलाई कुनै पनि सुख-विलास रोकिनँ, किनकि मेरो हृदय मेरा सबै परिश्रममा आनन्दित हुन्थ्यो, र सुख-विलास मेरा सबै कामको लागि इनाम थियो ।
11तब मेरा हातले सम्पन्न गरेका सबै काम र मैले गरेका कामलाई मैले निरीक्षण गरेँ, तर फेरि पनि हरेक थोक बाफ र बतासलाई खेदेजस्तै मात्र थियो । सूर्यमूनि कुनै लाभ थिएन ।
7त्यसपछि मैले सूर्यमूनि व्यर्थता अर्थात् हराएर जाने बाफको विषयमा अझै सोचविचार गरेँ ।
19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्यसको ठाउँ कहाँ बस्छ?
21आकाशमा बतास चलेपछि र त्यसले त्यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्यहाँ सूर्य चम्किन्छ, तब मानिसहरूले त्यो हेर्न सक्दैनन् ।
31म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो ।
24तिनीहरूले आशा नगर्दा पनि म तिनीहरूमा मुस्कुराउँथें । तिनीहरूले मेरो अनुहारको ज्योतिलाई इन्कार गर्दैनथे ।
21सहरको मूल ढोकामा मैले आफ्नो समर्थन देखेको हुनाले, अनाथहरूको विरुद्धमा मैले आफ्नो हात उठाएको छु भने, तब मेरो विरद्धमा अभियोग लगाउनुहोस् ।
6जति बेला मेरो बाटो दूधले ढाकिन्थ्यो, र चट्टानले मेरो लागि तेलको खोला बगाउँथ्यो!
7जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्कन्थें, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थें,
37जसरी निर्धक्क राजकुमार उहाँकहाँ जान्छन्, त्यसरी नै उहाँलाई म आफ्ना कदमहरूको हिसाब दिन्थें ।
19उहाँले चन्द्रमालाई ऋतु चिनाउनलाई तोक्नुभयो । सुर्यले आफ्नो अस्ताउने समय जान्दछ ।
16मैले मेरो मनलाई यसो भनेको छु, “हेर्, यरूशलेममा मभन्दा अगि भएका सबैले भन्दा मैले धेरै बुद्धि प्राप्त गरेको छु । मेरो मनले धेरै बुद्धि र ज्ञान देखेको छ ।”
32तब मैले देखेका कुरामा मैले विचार गरेँ । मैले हेरेँ र अर्ती प्राप्त गरेँ ।
16गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,
14मैले सूर्यमूनि गरिने सबै काम देखेको छु, र ती सबै व्यर्थ छन् र बतासलाई खेदेजस्तो हो
28अन्धकारमा बसिरहेको मानिसझैं म हिंडेको छ, तर सूर्यको कारणले होइन । म सभामा खडा हुन्छु र मदतको लागि पुकार्छु ।
19लुगाफाटाको कमीले कोही नष्ट भएको मैले देखेको छु भने, अर्थात् खाँचोमा परेको मान्छेले लुगा लगाउन नपाएको मैले देखेको छु भने,
5त्यस बच्चाले घामलाई नदेखे तापनि र कुनै कुरा नजाने तापनि त्यस मानिसले भन्दा यसको विश्राम असल हुन्छ ।
9त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्न पाओस् ।
6दिनमा तिमीलाई सूर्यले हानि गर्नेछैन, न त रातमा चन्द्रमाले कुनै हानि गर्नेछ ।