अय्यूब 31:5
म झुटो कुरामा हिंडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्छन् भने,
म झुटो कुरामा हिंडेको छु भने, र मेरो खुट्टा छल गर्न हतारिन्छन् भने,
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6न्यायको तराजुमा मलाई जोखियोस्, जसले गर्दा परमेश्वरले मेरो सत्यनिष्ठा जान्नुहुनेछ ।
7मेरो कदमह बाटोबाट तर्किएको छ भने, र मेरो हृदय मेरा आँखाको पछि लागेको छ भने, र मेरा हातमा कुनै दाग टाँसिएको छ भने,
4के परमेश्वरले मेरा मार्गहरू देख्नुहुन्न र मेरा सबै कदम गन्नुहुन्न र?
11मेरो खुट्टाले उहाँका पाइला पक्का गरी पछ्याएको छ । म उहाँको मार्गमा हिंडेको छु, र यताउता फर्केको छैनँ ।
9मेरो हृदय स्त्रीद्वारा धोकामा परेको छ भने, र मेरो छिमेकीको ढोकामा म ढुकिबसेको छु भने,
5मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन् । मेरा पाइलाहरू चिप्लेका छैनन् ।
2तर मेरो बारेमा, मेरा खुट्टाहरू झण्डै चिप्ले । मेरा खुट्टाहरू मेरो मुनिबाट झण्डै चिप्ले ।
11तर मेरो बारेमा, म निष्ठामा चल्छु । मलाई उद्धार गर्नुहोस् र ममाथि दया गर्नुहोस् ।
37जसरी निर्धक्क राजकुमार उहाँकहाँ जान्छन्, त्यसरी नै उहाँलाई म आफ्ना कदमहरूको हिसाब दिन्थें ।
38मेरो खेत मेरो विरुद्धमा कदापि कराएको छ भने, र यसमा भएका हलोका डोबहरू एकसाथ रोएका छन् भने,
1¶ हे परमप्रभु, मेरो न्याय गर्नुहोस्, किनकि म इमानदारीसँग हिंडेको छु । हलचल नगरी मैले परमप्रभुमा भरोसा गरेको छु ।
24सुनलाई मैले आफ्नो आशा बनाएको छु भने, अनि निखुर सुनलाई मैले यसो भनेको छु, ‘मैले भर पर्ने तँमाथि नै हो,' भने,
25मेरो धन-सम्पत्ति प्रशस्त भएको हुनाले, मेरो हातले धेरै धनदौलत प्राप्त गरेको हुनाले म रमाएको छु भने, तब मेरो विरुद्धमा अभियोगहरू ल्याउनुहोस् ।
26सूर्य उदाउँदा मैले त्यसको दर्शन गरेको, अर्थात् चन्द्रमा चम्किलो भएर हिंडेको हेरेको भए,
27अनि मेरो हृदय गुप्तमा आकर्षित भएको छ भने, जसको कारणले तिनको पुजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए—
28यो पनि न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्थ्यो, किनकि माथि विराजमान् हुनुहुने परमेश्वरलाई मैले इन्कार गरेको हुन्थें ।
29मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।
33आफ्नो दोषलाई आफ्नै लुगाले ढाकेर, मानव-जातिले झैं मैले आफ्ना पापहरू लुकाएको भए,
3हे परमप्रभु मेरो परमेश्वर, मैले नै यो गरेको हुँ, र मेरा हातहरूमा दोष छन् भने,
4मैले गल्ती गरेको कुरा वास्तवमा साँचो हो भने, मेरो गल्ती मेरो आफ्नै सरोकारको कुरो हो ।
5तपाईंहरूले आफूलाई मभन्दा माथि उचाल्नुहुन्छ, र मेरो तुच्छता मेरै विरुद्धमा प्रयोग गर्नुहुन्छ भने,
11उहाँले मेरो खुट्टा ठिंगुरोमा हाल्नुहुन्छ । उहाँले मेरा सबै मार्ग नियालेर हेर्नुहुन्छ ।'
11यदि कसैले छलपूर्ण तराजू र कपटपूर्ण ढक प्रयोग गर्छ भने के मैले त्यसलाई निर्दोष मान्ने?
37तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको छ, त्यसैले मेरा गोडाहरू चिप्लेका छैनन् ।
29म दोषी ठहराइने छु । तब मैले किन व्यर्थैमा कोसिस गर्ने?
31आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् । किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ ।
16म यसो भन्छु ताकि मेरा शत्रुहरूले मेरो गिल्ला नगरून् । मेरो खुट्टा चिप्लयो भने, तिनीहरूले मलाई डरलाग्दो कुराहरू गर्नेछन् ।
16तपाईंले मेरा पाइला गन्नुहुन्छ, र वास्ता गर्नुहुन्छ । तपाईंले मेरो पापको लेखा राख्नुहुन्न ।
23उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु ।
15“म यी कुराहरू भन्नेछु,” भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ ।
24म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु ।
21किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्वरबाट दुष्टतासाथ फर्केको छैन ।
36तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको छ ताकि मेरा खुट्टाहरू चिप्लेका छैनन् ।
6व्यर्थका मूर्तीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु, तर म परमप्रभुमा भरोसा गर्छु ।
22किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्वरबाट भड्किएर दुष्टतासाथ काम गरेको छैन ।
3किनकि तपाईंको करारको विश्वस्तता मेरो आँखाका सामु छ, र म तपाईंको विश्वस्ततामा हिंड्छु ।
20म ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।
13निश्चय नै मैले व्यार्थमा मेरो हृदयलाई सुरक्षित राखेको छु र निर्दोषतामा मेरा हातहरू धोएको छु ।
2ज्ञानविनाको इच्छा राम्रो हुँदैन, र हतार गर्नेले बाटो बिराउँछ ।
5जब अधर्मले मलाई घेरा हाल्छ, तब म किन खराब दिनहरूको डर मान्ने?
6मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्यर्थ कुराहरू गर्छ । त्यसको हृदयले आफ्नो निम्ति मेरो विपत्ति बटुल्छ । त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्छ ।
5चैनमा बस्नेको विचारले दुर्भाग्यलाई घृणा गरिन्छ । चिप्लेकाहरूलाई अझै बढी दुर्भाग्य ल्याउने गरी उसले विचार गर्छ ।
15दुष्ट मानिसहरू हिंडेका पुरानै मार्गमा, तपाईं पनि हिंड्नुहुन्छ र—
9निष्ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ ।
11अहङ्कारी मानिसको पाइला मेरो नजिक आउन नदिनुहोस् । दुष्टका हातले मलाई खेद्न नदिनुहोस् ।
5परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।
32मैले देख्न नसक्ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्यो काम म फेरि गर्नेछैनँ ।'
25यस्तो होइन भने, कसले मलाई झुटा प्रमाणित गर्न सक्छ? कसले मेरो वचनलाई निरर्थक बनाउन सक्छ?
21सहरको मूल ढोकामा मैले आफ्नो समर्थन देखेको हुनाले, अनाथहरूको विरुद्धमा मैले आफ्नो हात उठाएको छु भने, तब मेरो विरद्धमा अभियोग लगाउनुहोस् ।
14मैले पाप गरें भने तपाईंले त्यो ख्याल गर्नुहुन्छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्न ।