अय्यूब 37:10

अनलक शाब्दिक बाइबल

परमेश्‍वरको सासद्वारा बरफ बन्छ । पानीको फैलावट धातुझैं जम्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 38:29-30 : 29 कसको गर्भबाट बरफको जन्‍म भयो? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो? 30 पानीले आफैलाई लुकाउँछ र ढुङ्गाझैं बन्छ । महासागरको सतह जमेको हुन्‍छ ।
  • भजन 78:47 : 47 तिनीहरूका दाखहरूलाई असिनाले र तिनीहरूका अञ्‍जीरका रूखहरूलाई धेरै असिनाले उहाँले नाश पार्नुभयो ।
  • भजन 147:16-18 : 16 उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ । उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ । 17 उहाँले असिना कङ्कडझैं बर्साउनुहुन्छ । उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र? 18 उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्‍लिन्‍छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 9आँधी-बेहरी दक्षिणको आफ्नो बासस्थानबाट आउँछ, र उत्तरको प्रचण्ड बतासबाट जाडो आउँछ ।

  • भजन 147:16-18
    3 पदहरू
    79%

    16उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ । उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ ।

    17उहाँले असिना कङ्कडझैं बर्साउनुहुन्छ । उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र?

    18उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्‍लिन्‍छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।

  • अय्यू 38:28-30
    3 पदहरू
    78%

    28के झरीको कुनै बुबा छ, अर्थात् शीतको थोपालाई जन्माउने को हो?

    29कसको गर्भबाट बरफको जन्‍म भयो? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?

    30पानीले आफैलाई लुकाउँछ र ढुङ्गाझैं बन्छ । महासागरको सतह जमेको हुन्‍छ ।

  • अय्यू 37:11-12
    2 पदहरू
    78%

    11वास्तवमा बाक्‍लो बादललाई उहाँले बाफको भारी बोकाउनुहुन्छ । उहाँले बादलहरूद्वारा आफ्नो बिजुली छरपष्‍ट पार्नुहुन्छ ।

    12उहाँले आफ्नो निर्देशनद्वारा बादलहरूलाई चारैतिर घुमाउनुहुन्छ, ताकि उहाँले तिनलाई जे आज्ञा गर्नुहुन्‍छ, त्‍यो तिनले सारा संसारको सतहको माथि गर्न सकून् ।

  • 6किनकि उहाँले हिउँलाई भन्‍नुहुन्छ, 'पृथ्वीमा खस् ।' त्यसै गरी झरीलाई भन्‍नुहुन्छ, 'मुसलधारे झरी बन् ।'

  • 8हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो ।

  • 27किनकि उहाँले पानीको थोपालाई माथि तान्‍नुहुन्छ, आफ्‍नो बाफलाई चिसो पारेर झरी पार्नुहुन्छ,

  • 73%

    12तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।

    13उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ ।

  • अय्यू 38:22-25
    4 पदहरू
    73%

    22हिउँका भण्डारहरूभित्र तँ पसेको छस्? अथवा असिनाका भण्डारहरू तैंले देखेको छस्?

    23यी कुराहरू मैले सङ्कष्‍टको समयको निम्‍ति, अनि संघर्ष र युद्धको दिनको लागि साँचेको छु ।

    24बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्‍छ?

    25झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ,

  • अय्यू 37:21-22
    2 पदहरू
    73%

    21आकाशमा बतास चलेपछि र त्‍यसले त्‍यहाँको बादललाई उडाएर सफा गरेपछि, जब त्‍यहाँ सूर्य चम्‍किन्‍छ, तब मानिसहरूले त्‍यो हेर्न सक्दैनन् ।

    22उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ— परमेश्‍वर भययोग्य महिमा हुनुहुन्छ ।

  • 16अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए ।

  • 15तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्‍की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए ।

  • अय्यू 37:17-18
    2 पदहरू
    73%

    17जब बतास नचली भूमि शान्त हुँदा दक्षिणबाट बतास चल्‍नथाल्‍छ, तब तपाईंको लुगा कसरी तातो हुन्छ भनेर तपाईं बुझ्नुहुन्छ?

    18आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्‍नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ?

  • 16उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ, किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ, र आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ ।

  • 20उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे ।

  • 9परमेश्‍वरको सासले तिनीहरू नष्‍ट हुन्छन् । उहाँको क्रोधको बिष्‍फोटले तिनीहरू भस्म हुन्छन् ।

  • भजन 33:6-7
    2 पदहरू
    72%

    6परमप्रभुको वचनले आकाशको सृष्‍टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए ।

    7उहाँले समुद्रको पानीलाई एक ठाउँमा थुप्रोझैं जम्‍मा गर्नुहुन्छ । उहाँले महासागरहरूलाई भण्‍डारहरूमा राख्‍नुहुन्छ ।

  • 8तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो । बगिरहेको पानी स्थिर भई उभियो । गहिरो पानी समुद्रको मुटुमा जम्यो ।

  • 15हेर्नुहोस्, उहाँले पानीलाई रोक्‍नुभयो भने, ती सुक्छन् । अनि उहाँले त्यसलाई पठाउनुहुन्‍छ भने, तिनले जमिनलाई डुबाउँछ ।

  • 7उहाँले बादललाई टाढाबाट, चट्याङलाई वर्षाको साथी बनाएर ल्याउनुहुन्छ, र आफ्‍नो भण्डारबाट हुरीबतास निकाल्‍नुहुन्छ ।

  • अय्यू 26:12-13
    2 पदहरू
    70%

    12आफ्नो शक्तिले उहाँले समुद्रलाई शान्त पार्नुभयो । आफ्नो सुझबुझले उहाँले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो ।

    13आफ्नो सासले उहाँले आकाशलाई सफा पार्नुभयो । वेगले भाग्‍दै गरेको सर्पलाई उहाँका हातले छेड्नुभयो ।

  • 10उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ ।

  • 8याकूब र इस्राएललाई टाढा पठाउनुभएर तपाईंले ठिक त्‍यस्‍तै किसिमले व्‍यवहार गर्नुभएको छ । पुर्वीय बतासका दिनमा झैं आफ्‍नो डरलाग्‍दो सासले उहाँले तिनीहरूलाई लखेट्नुभएको छ ।

  • अय्यू 38:10-11
    2 पदहरू
    69%

    10त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ,

    11अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन । तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्‍छु ।'

  • 17जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।

  • 8उहाँले पानीलाई आफ्‍नो बाक्‍लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।

  • 12उहाँको सामु बिजुलीबाट असिना र आगोका भुङ्ग्रोहरू झरे ।

  • 15तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्‍नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।

  • 32त्यसले आफ्नो पछाडि चम्कने रेखा बनाउँछ । कसैले त्यसलाई गहिरो पानीमा फुलेको कपालजस्तै ठान्छ ।

  • 28उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ ।

  • 37कसले आफ्नो सिपद्वारा बादललाई गन्‍न सक्छ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ,

  • 8गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो?

  • 5आकाश सृष्‍टि गर्नुहुने र त्यसलाई फिंजाउनुहुने, पृथ्वी र त्यसले उपन्‍न गर्ने सबै थोक बनाउनुहुने, त्‍यसमा मानिसहरूलाई सास दिनुहुने र त्‍यसमा बस्‍नेहरूलाई जीवन दिनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः