अय्यूब 38:9

अनलक शाब्दिक बाइबल

कति बेला मैले त्‍यसलाई बादलको कपडाले ढाकें, अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 1:2 : 2 पृथ्वी निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 3आकाशलाई म अन्धाकारले ढाक्‍नेछु । त्‍यसलाई म भाङ्ग्राले ढाक्‍नेछु।”

  • 10त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ,

  • 8गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो?

  • 12उहाँले आकाशमा भीषण वर्षाको बदललाई बटुलेर अन्धकारलाई आफ्‍नो वरिपरिको पाल बनाउनुभयो ।

  • भजन 18:11-12
    2 पदहरू
    78%

    11अन्धकार र आकाशको बाक्‍लो बादललाई उहाँले आफ्‍नो वरिपरिको पाल बनाउनुभयो ।

    12उहाँको सामु बिजुलीबाट असिना र आगोका भुङ्ग्रोहरू झरे ।

  • अय्यू 26:8-10
    3 पदहरू
    75%

    8उहाँले पानीलाई आफ्‍नो बाक्‍लो बादलहरूमाथि जम्मा गर्नुहुन्छ, तर पनि तीमुनिका बादलहरू फाट्दैनन् ।

    9उहाँले चन्द्रमाको सतहलाई ढाक्‍नुहुन्छ, र आफ्ना बादलहरू त्‍यसमाथि फैलाउनुहुन्छ ।

    10उज्यालो र अँध्यारोको बिचको सिमाङ्कन गर्न, उहाँले पानीको सतहमा एउटा गोलो सिमारेखा बनाउनुभएको छ ।

  • नीति 8:27-29
    3 पदहरू
    75%

    27उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ ।

    28उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ ।

    29उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्‍नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ ।

  • भजन 104:2-3
    2 पदहरू
    75%

    2तपाईंले आफूलाई लुगाले झैं ज्‍योतिले ढाक्‍नुहुन्छ । तपाईंले आकाशलाई पालको पर्दालाई झैं फैलाउनुहुन्छ ।

    3तपाईंले आफ्नो कोठाहरूका दलिनहरू बादलमा राख्‍नुहुन्छ । तपाईंले बदललाई आफ्नो रथ बनाउनुहुन्छ । तपाईं हावाको पखेटाहरूमा हिंड्‍नुहुन्छ ।

  • 11वास्तवमा बाक्‍लो बादललाई उहाँले बाफको भारी बोकाउनुहुन्छ । उहाँले बादलहरूद्वारा आफ्नो बिजुली छरपष्‍ट पार्नुहुन्छ ।

  • 32उहाँले बिजुलीलाई निशानामा प्रहार गर्न आज्ञा नदिनुभएसम्म त्यसलाई आफ्नो हातमा लिनुहुन्छ ।

  • 34के तैंले आफ्नो सोर बादलसम्म पुर्‍याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्‍त भलले तँलाई ढाक्‍न सक्‍छ?

  • अय्यू 38:37-38
    2 पदहरू
    73%

    37कसले आफ्नो सिपद्वारा बादललाई गन्‍न सक्छ? कसले आकाशको पानीको भण्डारबाट खन्याउन सक्छ,

    38जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ?

  • अय्यू 22:13-14
    2 पदहरू
    73%

    13तपाईं भन्‍नुहुन्छ, 'परमेश्‍वरलाई के थाहा छ? के उहाँले निस्पट्ट अन्धकारमा न्याय गर्न सक्‍नहुन्छ र?

    14उहाँले हामीलाई देख्‍न नसकून् भनेर बाक्ला बादलहरूले उहाँलाई घेरेका छन् । उहाँ आकाशको चक्रमा हिंड्‍नुहुन्छ ।'

  • अय्यू 37:15-18
    4 पदहरू
    73%

    15परमेश्‍वरले बादललाई कसरी स्थापित गर्नुहुन्छ, र बिजुलीको चमकलाई चम्काउनुहुन्छ भनी के तपाईं जान्‍नुहुन्‍छ?

    16के बादलहरू कसरी तैरन्छन् भनी तपाईं बुझ्नुहुन्छ, जुन ज्ञानमा सिद्ध परमेश्‍वरको उदेकको काम हो?

    17जब बतास नचली भूमि शान्त हुँदा दक्षिणबाट बतास चल्‍नथाल्‍छ, तब तपाईंको लुगा कसरी तातो हुन्छ भनेर तपाईं बुझ्नुहुन्छ?

    18आकाशलाई उहाँले झैं तपाईंले फैलाउन सक्‍नुहुन्छ— आकाश, जुन धातु पगालेर बनाइएको ऐनाजत्तिकै कडा हुन्छ?

  • अय्यू 36:29-30
    2 पदहरू
    72%

    29वास्तवमा के कसैले बादलको बृहत् फैलावट, र उहाँको बासस्थानबाट निस्कने गर्जनलाई बुझ्न सक्छ?

    30हेर्नुहोस्, उहाँले आफ्नो वरिपरि बिजुली चम्काउनुहुन्छ, र समुद्रको गहिराइलाई ढाक्‍नुहुन्छ ।

  • यहे 32:7-8
    2 पदहरू
    72%

    7त्‍यसपछि जब तँलाई म नष्‍ट गर्नेछु, तब म आकाश ढाक्‍नेछु र त्‍यसका ताराहरूलाई अँध्यारो पार्नेछु । म सूर्यलाई बादलले ढाक्‍नेछु, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन ।

    8आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्‍यसको ठाउँ कहाँ बस्छ?

  • अय्यू 38:24-25
    2 पदहरू
    72%

    24बिजुली चम्केर जाने बाटो कुन हो, अथवा पूर्वीय बतास कहाँबाट पृथ्वीको चारैतिर जान्‍छ?

    25झरीको बाडीको लागि कसले नहरहरू खनेको छ, अथवा गर्जनको लागि कसले बाटो बनाएको छ,

  • 26उहाँले झरी परोस् भनी आदेश दिनुभयो, र गर्जनको मार्ग बनाउनुभयो ।

  • 11अन्धकार हुन्‍छ जसले गर्दा तपाईंले देख्‍न सक्‍नुहुन्‍न । पानीको भलले तपाईंलाई डुबाउँछ ।

  • 9उहाँले स्वर्ग खोल्नुभयो, र तल आउनुभयो र उहाँको पाउमुनि बाक्‍लो अध्याँरो थियो ।

  • 4मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।

  • भजन 139:11-12
    2 पदहरू
    71%

    11मैले भनें, “निश्‍चय नै अन्धकारले मलाई ढाक्‍नेछ र मेरो विरपरिको ज्‍योति रात हुनेछ,”

    12तापनि त्‍यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।

  • 14मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ

  • अय्यू 38:29-30
    2 पदहरू
    71%

    29कसको गर्भबाट बरफको जन्‍म भयो? आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?

    30पानीले आफैलाई लुकाउँछ र ढुङ्गाझैं बन्छ । महासागरको सतह जमेको हुन्‍छ ।

  • 2“ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?

  • 14छाप मुनिको माटोको आकार बदलिएझैं स्‍वरूपमा पृथ्वी बद्लिन्छ । एउटा लुगा कच्‍चेको धारझैं त्यसमा भएका सबै कुरा प्रस्ट देखिन्छन् ।

  • 8जो आफैले आकाशलाई तन्‍काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,

  • 8मेरो बाटोमा उहाँले पर्खाल लगाउनुभएको छ, यसैले म जान सक्दिनँ, अनि उहाँले मेरो मार्गमा अन्धकार राख्‍नुभएको छ ।

  • 6तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्‍नुभयो । पानीले पहाडहरू ढाके ।

  • अय्यू 29:3-4
    2 पदहरू
    70%

    3जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें ।

    4ओहो, जस्‍तो मेरा खुशीका दिनहरूमा म थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरको मित्रता मेरो पालमाथि हुन्‍थ्‍यो,

  • 10उहाँले स्वर्ग खोल्नुभयो र तल आउनुभयो अनि बाक्‍लो अँध्यारो उहाँको पाउमुनि थियो ।

  • 16उहाँ गर्जनुहुँदा आकाशमा पानीको गड्याङगुडुङ हुन्छ, किनकि उहाँले पृथ्वीको छेउबाट तुवाँलो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि बिजुली चम्काउनुहुन्छ, र आफ्नो भण्डारहरूबाट बतास पठाउनुहुन्छ ।