यूहन्ना 1:31

अनलक शाब्दिक बाइबल

म उहाँलाई चिन्‍दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिँदै आएँ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 1:17 : 17 उनी एलियाको आत्माको शक्‍तिमा परमप्रभुको अगि-अगि जानेछन् । उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूलाई बुद्धि र धार्मिकतामा हिँडाउनेछन् । उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्यसो गर्नेछन् ।”
  • यशा 40:3-5 : 3 एउटा आवाजले कराउँछ, “उजाड-स्‍थानमा परमप्रभुको बाटो तयार पार । अरबमा हाम्रा परमेश्‍वरको निम्ति मुल बाटो सोझो बनाओ ।” 4 हरेक मैदानलाई माथि उठाइनेछ, र हरेक पर्वत र डाँडालाई समतल पारिनेछ । खाल्टाखुल्टी जमिनलाई समतल बनाइनेछ र नमिलेको ठाउँहरूलाई मैदान बनाइनेछ । 5 र परमप्रभुको महिमा प्रकट गरिनेछ र सबै मानिसहरूले एकसाथ यो देख्‍नेछन् । किनकि परमप्रभुको मुखले यो बोलेको छ ।
  • मल 3:1 : 1 ¶ “हेर, म आफ्नो समाचारवाहक पठाउँदै छु, र तिनले मेरो अगि बाटो तयार पार्नेछन् । अनि तिमीहरूले खोजेका प्रभु एक्‍कासी आफ्नो मन्दिरमा आउनेछन् । करारका समाचारवाहक जसमा तिमीहरू रमाहट गर्दछौ, हेर, तिनी आउनेछन्,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • मत्त 3:6 : 6 तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए ।
  • मर 1:3-5 : 3 “उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।” 4 यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए । 5 यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए ।
  • लू 3:3-4 : 3 उनले पाप क्षमाका निम्ति बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे । 4 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा कसैको आवाजले बोलाइरहेको छ, प्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझो बनाऊ ।
  • यूह 1:7 : 7 उहाँद्वारा सबैले विश्‍वास गरून् भनेर उहाँ ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ।
  • यूह 1:33 : 33 मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’
  • प्रेरि 19:4 : 4 त्यसैले पावलले जवाफ दिए, “यूहन्‍नाले दिने बप्‍तिस्माचाहिँ पश्‍चात्तापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्‍वास गर्नुपर्छ ।”
  • मल 4:2-5 : 2 तर मेरो नाउँको भय मान्‍नेहरूका निम्ति भने, धार्मिकताको सूर्य निको पार्दै आफ्ना पखेटामा उदाउनेछ । तिमीहरू बाहिर जानेछौ, र गोठबाट निस्केका बाछाझैँ उफ्रनेछौ । 3 त्यस दिन तिमीहरूले दुष्‍टलाई कुल्चनेछौ, किनभने मैले काम गर्ने दिनमा तिनीहरू, तिमीहरूका पाउमुनिका खरानीझैँ हुनेछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 4 “मेरा दास मोशाका शिक्षालाई याद गर, जुन विधि र नियमहरू मैले त्यसलाई सारा इस्राएलीहरूका निम्ति होरेब पर्वतमा दिएको थिएँ । 5 हेर, परमप्रभुको महान् र भयानक दिन आउनुअगि म अगमवक्ता एलियालाई तिमीहरूकहाँ पठाउनेछु ।
  • लू 1:76-80 : 76 हो, बालक तिमी, सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अगि-अगि जानेछन् । 77 तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्‍तिको ज्ञान दिनुभएको छ । 78 हाम्रा परमेश्‍वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ । यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ । 79 मृत्युको अन्धकारको छायाँमा बस्‍ने मानिसहरूमाथि उहाँ चम्कनुहुनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्‍याउनुहुन्छ ।” 80 त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र उनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।
  • लू 2:39-42 : 39 परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के । 40 बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो । 41 उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे । 42 जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 1:32-34
    3 पदहरू
    88%

    32यूहन्‍नाले यसरी गवाही दिए, “मैले पवित्र आत्‍मा स्‍वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखेँ ।

    33मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँले नै हुनुहुन्छ ।’

    34मैले देखेको, र उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर गवाही दिएको छु ।”

  • यूह 1:25-28
    4 पदहरू
    84%

    25तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्‍ट, न एलिया, न अगमवक्‍ता नै हौ भने किन बप्‍तिस्‍मा दिन्‍छौ?”

    26अनि यूहन्‍नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्‍तिस्‍मा दिन्‍छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ,

    27उहाँ जो मपछि आउनुहुन्‍छ, म उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ ।”

    28यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।

  • 30मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ ।

  • मर 1:7-11
    5 पदहरू
    80%

    7उनले प्रचार गरे र भने, “मपछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्‍तिशाली हुनुहन्छ, र म त उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन ।

    8मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ ।”

    9ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो ।

    10जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो ।

    11अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्‍न छु ।”

  • यूह 1:6-10
    5 पदहरू
    78%

    6परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो ।

    7उहाँद्वारा सबैले विश्‍वास गरून् भनेर उहाँ ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो ।

    8यूहन्‍ना ज्‍योति थिएनन्, तर ज्‍योतिको बारेमा गवाही दिन भनेर उनी आए ।

    9उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्‍य ज्‍योति हुनुहुन्थ्यो ।

    10उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन ।

  • 15यूहन्‍नाले उहाँको बारेमा गवाही दिए, र ठुलो सोरले यसो भने, “मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको व्‍यक्‍ति उहाँ नै हुनुहुन्‍छ ।”

  • मत्त 3:13-14
    2 पदहरू
    78%

    13त्यसपछि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।

    14तर यूहन्‍नाले यसो भन्दै उहाँलाई रोक्‍न खोजिरहे, “मैले पो तपाईंबाट बप्‍तिस्‍मा लिनुपर्नेमा के तपाईंचाहिँ म कहाँ आउनुहुन्छ?”

  • 78%

    24येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्‍नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्‍चात्तापको बप्‍तिस्माको बारेमा घोषणा गरे ।

    25जसरी यूहन्‍नाले आफ्नो काम पुरा गर्दै गर्दा उनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्दछौ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ताको तुना फुकाल्न म योग्यको छैनँ ।’

  • 28तिमीहरू आफैँ गवाही दिन सक्‍छौ, कि मैले भनेँ, ‘म ख्रीष्‍ट होइनँ,’ तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’

  • 26तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”

  • 16यूहन्‍नाले तिनीहरू सबैलाई जवाफ दिए, “म तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु, तर मभन्दा अर्का शक्‍तिशाली व्यक्‍ति आउनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न पनि म योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ ।

  • 11म तिमीहरूलाई पश्‍चात्तापको निम्ति पानीले बप्‍तिस्‍मा दिन्छु । तर मपछि आउनुहुनेचाहिँ मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँका चप्पलहरू बोक्‍न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ ।

  • 22त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।

  • यूह 1:19-21
    3 पदहरू
    75%

    19यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई “तिमी को हौ?” भनी सोध्‍न पठाउँदा यूहन्‍नाको गवाही यही हो ।

    20उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्‍ट होइनँ ।”

    21त्‍यसकारण, तिनीहरूले उनलाई भने, “त्‍यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” उनले भने, “होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्‍ता हौ?” उनले जवाफ दिए, “होइनँ ।”

  • 15तिमीहरूले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी कसैले भन्‍न सक्दैन ।

  • मर 1:2-5
    4 पदहरू
    75%

    2जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”

    3“उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”

    4यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए ।

    5यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए ।

  • 23उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ । ‘परमप्रभुको निम्‍ति बाटो सोझो बनाओ’ जस्तो यशैया अगमवक्‍ताले भने ।”

  • 3किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”

  • 29म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।”

  • 10उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म तिमीहरूको अगि-अगि मेरा समाचारवाहकलाई पठाउँदै छु, जसले म आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन् ।’

  • 37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।

  • 1¶ ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए,

  • 3उनले पाप क्षमाका निम्ति बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका क्षेत्रहरूमा प्रचार गर्दै हिँडे ।

  • 27यो जसको बारेमा लेखिएको छ, हेर, म मेरा सन्‍देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु ।

  • 2(यद्यपि येशू आफैँले बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिँदै थिए)

  • 16उहाँको बप्‍तिस्‍मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्‍नुभयो ।

  • 30उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ ।

  • 50तर मैले एउटा बप्‍तिस्‍मा लिनुपर्नेछ, यो पुरा नहुन्जेलसम्म मैले कष्‍ट भोग्‍नुपर्छ ।

  • 6तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए ।

  • 3र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ?”