यूहन्ना 11:25
येशूले तिनलाई भन्नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ ।
येशूले तिनलाई भन्नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
26जसले मलाई विश्वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्वास गर्छ्यौ?”
27तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्वास गर्छु, तपाईं नै संसारमा आइरहनुभएका परमेश्वरका पुत्र अर्थात् ख्रीष्ट हुनुहुन्छ ।”
21त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।
22म जान्दछु, कि अहिले पनि तपाईंले परमेश्वरसँग जे माग्नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।”
23येशूले तिनलाई भन्नुभयो, “तिम्रा भाइ फेरि जीवित हुनेछन् ।”
24मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि तिनी अन्त्यको दिनको पुनरुथानमा फेरि जीवित हुनेछन्” ।
24साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।
25साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र ती सुन्नेहरू बाँच्नेछन् ।
47साँचो, साँचो, जसले विश्वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ ।
48म जीवनको रोटी हुँ ।
39येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।”
40येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ?”
41त्यसैले, तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्नुभयो, “हे पिता, मेरो बिन्ती सुन्नुभएकोमा म तपाईंलाई धन्यवाद दिन्छु ।
42म जान्दथेँ, तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भनेँ, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्ने तिनीहरूले विश्वास गर्न सकून् ।”
43उहाँले यी कुराहरू भन्नुभएपछि उहाँले ठुलो सोरमा भन्नुभयो, “लाजरस, बाहिर आऊ!”
44मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”
19तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्नेछैन, तर तिमीहरू मलाई देख्छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।
28यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्ने समय आइरहेको छ,
29र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
14त्यसपछि येशूले तिनीहरूलाई स्पष्ट रूपमा भन्नुभयो, “लाजरस मरेको छ ।
15म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्वास गर्न सक । तिनीकहाँ जाऔँ ।”
18म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
6येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
4जब येशूले यो सुन्नुभयो, उहाँले भन्नुभयो, “यस बिरामीले मृत्युमा पुर्याउँदैन, तर बरु यो परमेश्वरको महिमाको निम्ति हो, ताकि परमेश्वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।”
5येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो ।
15ताकि उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् ।
11उहाँले यी कुराहरू उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन्, तर म जाँदै छु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।”
12यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी होसमा आउनेछन् ।”
21किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ ।
51म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्नेछैन ।”
35येशूले तिनीहरूलाई भन्नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन ।
14येशू मर्नुभयो र जीवित हुनुभयो भनी हामी विश्वास गर्छौं भने परमेश्वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ ।
30येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् ।
31तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ,
24यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”
26तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको विवरणमा परमेश्वर उनीसँग कसरी बोल्नुभयो र, ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ’ भन्नुभयो भन्ने पढेका छैनौ?”
26येशूले त्यसलाई भन्नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही नै हुँ ।”
12अब यदि ख्रीष्ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्न सक्छौ?
13तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्ट पनि जीवित पारिनुभएन ।
17जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो ।
40किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्ने र उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।”
22त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्नुभएको यो कुरा उहाँका चेलाहरूले सम्झे र तिनीहरूले धर्मशास्त्र र येशूले भन्नुभएको यो भनाइमाथि विश्वास गरे ।
11येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ जसले ख्रीष्टलाई मृतकहरूबाट जीवित पार्नुभयो भने, उहाँले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
37तर मृतकहरू जीवित भई उठ्नेछन् भन्नेकुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर भनेर पुकार्दा देखाइदिए ।
38उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।”
31तर यीचाहिँ लेखिएका छन्, ताकि येशू नै ख्रीष्ट अर्थात् परमेश्वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।
15येशूले तिनलाई भन्नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दै छ्यौ?” तिनले ती मानिस बगैँचाका माली हुन् भनी ठानिन्, र तिनले भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”
39जब उहाँ घरभित्र पस्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो ।”
14तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्यसको अन्तस्करणमा अनन्त जीवनसम्मै उम्रिरहने पानीको मूल बन्नेछ ।”
57जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ ।