यूहन्ना 11:5

अनलक शाब्दिक बाइबल

येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 11:36 : 36 त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो!”
  • यूह 15:9-9 : 9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; मेरो प्रेममा रहो । 10 तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ । 11 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् । 12 यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर । 13 आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन ।
  • यूह 16:27 : 27 किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ ।
  • यूह 17:26 : 26 मैले तपाईंको नाउँलाई तिनीहरूका बिचमा परिचित तुल्याएको छु र मैले यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहनेछु ।
  • यूह 11:8 : 8 चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले नै यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्‍न खोजिरहेका थिए र तपाईं फेरि त्यहीँ फर्केर जाँदै हुनुहुन्छ?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 11:1-4
    4 पदहरू
    84%

    1¶ लाजरस नाम गरेका मानिस बिरामी थिए । तिनी तिनकी दिदीहरू मरियम र मार्थाको गाउँ बेथानियाका थिए ।

    2यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछेकी थिइन्, जसका भाइ लाजरस बिरामी थिए ।

    3यी दुई दिदी-बहिनीले येशूलाई बोलाउन पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिरामी छन् ।”

    4जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यस बिरामीले मृत्युमा पुर्‍याउँदैन, तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो, ताकि परमेश्‍वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।”

  • यूह 11:28-36
    9 पदहरू
    79%

    28जब तिनले यो भनिन्, तिनी त्यहाँबाट गइन् र तिनकी बहिनी मरियमलाई सुटुक्‍क बोलाइन् । तिनले भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”

    29जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् ।

    30येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् ।

    31त्यसैले, तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी छन् भन्‍ने सोची तिनीहरू पनि तिनको पछि लागे ।

    32त्यसपछि जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्‍टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।”

    33जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो ।

    34उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”

    35येशू रुनुभयो ।

    36त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो!”

  • 6त्यसैले, जब येशूले लाजरस बिरामी भएको सुन्‍नुभयो, उहाँ अरू दुई दिन त्यही ठाउँमा बस्‍नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो ।

  • यूह 11:17-26
    10 पदहरू
    78%

    17जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो ।

    18बेथानिया यरूशलेमबाट नजिकै करिब तिन किलोमिटर दुरीमा पर्थ्यो ।

    19धेरै यहूदीहरू मरियम र मार्थाकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए ।

    20जब मार्थाले येशू आउँदै हुनुहुन्छ भन्‍ने सुनिन्, तिनी उहाँलाई भेट्न गइन्, तर मरियमचाहिँ घरमा नै बसिरहेकी थिइन् ।

    21त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।

    22म जान्दछु, कि अहिले पनि तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।”

    23येशूले तिनलाई भन्‍नुभयो, “तिम्रा भाइ फेरि जीवित हुनेछन् ।”

    24मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि तिनी अन्त्यको दिनको पुनरुथानमा फेरि जीवित हुनेछन्” ।

    25येशूले तिनलाई भन्‍नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ ।

    26जसले मलाई विश्‍वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्छ्यौ?”

  • यूह 12:1-2
    2 पदहरू
    77%

    1¶ निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए ।

    2त्यसकारण, तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे । मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन् र लाजरस येशूसँगै टेबलमा ढल्किरहेकाहरूमध्ये एक जना थिए ।

  • यूह 11:14-15
    2 पदहरू
    77%

    14त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेको छ ।

    15म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । तिनीकहाँ जाऔँ ।”

  • यूह 11:38-40
    3 पदहरू
    76%

    38त्यसपछि फेरि येशू आत्मामा आफैँ अति विचलित हुनुभयो, र चिहानतिर जानुभयो । यो एउटा गुफा थियो र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो ।

    39येशूले भन्‍नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।”

    40येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ?”

  • यूह 11:43-45
    3 पदहरू
    75%

    43उहाँले यी कुराहरू भन्‍नुभएपछि उहाँले ठुलो सोरमा भन्‍नुभयो, “लाजरस, बाहिर आऊ!”

    44मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”

    45त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो दखेका धेरै यहूदीहरूले उहाँमा विश्‍वास गरे ।

  • लू 10:38-41
    4 पदहरू
    74%

    38जब तिनीहरू यात्रा गरिरहेका थिए, उहाँ एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ गरेकी एउटी स्‍त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन् ।

    39मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्दथिन् ।

    40तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन्, र भनिन्, “प्रभु, मेरी बहिनीले पकाउने काममा मलाई एकलै छोडेकी तपाईंलाई थाहा छैन? त्यसकारण, मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस् ।”

    41तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्ता गर्दछ्यौ ।

  • यूह 11:11-12
    2 पदहरू
    74%

    11उहाँले यी कुराहरू उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा साथी लाजरस मस्त निद्रामा परेका छन्, तर म जाँदै छु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।”

    12यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी होसमा आउनेछन् ।”

  • यूह 12:9-11
    3 पदहरू
    72%

    9अब यहूदीहरूको ठुलो भिडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो ।

    10मुख्य पुजारीहरूले सँगसँगै षड्‍यन्‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् ।

    11किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएका थिए र येशूमा विश्‍वास गरेका थिए ।

  • 17उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो ।

  • 23उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए ।

  • 1¶ अब निस्तार-चाडअगि येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।

  • यूह 15:12-13
    2 पदहरू
    69%

    12यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।

    13आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन ।

  • 6अनि जब येशू बेथानियामा सिमोन भन्‍ने एक जना कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो,

  • 52अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै र विलाप गर्दै थिए । तर उहाँले भन्‍नुभयो, “नरोऊ, तिनी मरेकी छैनन्, तर निदाएकी मात्र छिन् ।”