यूहन्ना 11:51

अनलक शाब्दिक बाइबल

अब यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् । बरु उनी त्यस वर्षका प्रधान पुजारी भएको कारणले येशू राष्‍ट्रको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 23:9 : 9 शाऊलले आफ्‍नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।”
  • निर्ग 28:30 : 30 निर्णय गर्नलाई छाती-पातामा ऊरीम र तुम्मीम राख्‍नू ताकि हारून परमप्रभुको सामु जाँदा ती त्यसको छातीमा होस् । यसरी हारूनले इस्राएलका मानिसहरूका लागि निर्णय गर्ने माध्यमलाई परमप्रभुको सामु सधैँ आफूसितै बोकोस् ।
  • गिन 22:28 : 28 त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो । त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको?”
  • गिन 24:2 : 2 तिनले आँखा खोलेर इस्राएल कुल-कुल गरी आ-आफ्नो छाउनीमा देखे र परमेश्‍वरका आत्मा तिनीमाथि आयो ।
  • गिन 24:14-25 : 14 त्यसैले अब म मेरा मानिसहरूकहाँ फर्केर जाने छु । तर यी मानिसहरूले तपाईंका मानिसहरूलाई आगामी दिनहरूमा के गर्ने छन् पहिले तपाईंलाई चेताउनी दिन दिनुहोस् ।” 15 बालामले अगमवाणी गर्न थाले, “बओरका छोरा बालाम भन्छ, त्यो मानिस जसको आँखा खुला छन्, त्यसको वाणी । 16 यो परमेश्‍वरको वचन सुन्‍नेको व्यक्‍तिको अगमवाणी हो, जससँग सर्वोच्‍चको ज्ञान छ, जससँग सर्वशक्‍तिमान्‌बाट आएको दर्शन छ, जसले उहाँको सामु खुला आँखाले दण्डवत् गर्छ । 17 म उहाँलाई देख्‍छु, तर उहाँ अहिले यहाँ हुनुहुन्‍न । म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्‍न । याकूबबाट एउटा तारा निस्की आउने छ र इस्राएलबाट राजदण्डको उदय हुने छ । तिनले मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन् र शेथका सबै सन्तानलाई नष्‍ट पार्नेछन् । 18 त्यसपछि एदोम इस्राएलको सम्पत्ति बन्‍ने छ र सेइर इस्राएलको अधीनमा हुने छ इस्राएलका शत्रुहरू जसलाई इस्राएलले बलले जित्‍नेछ । 19 याकूबबाट एउटा राजा आउने छ जसले शासन गर्ने छ र तिनले तिनीहरूका सहरहरूका बाँचेकाहरूलाई नष्‍ट पार्ने छन् ।” 20 त्यसपछि बालामले अमालेकतिर हेरे र अगमवाणी गर्न थाले, “अमालेक एक पटक जातिहरूमध्ये सबैभन्दा ठुलो थियो, तर त्यसको अन्त विनाश हुने छ ।” 21 अनि बालामले केनीहरूतिर हेरे र अगमवाणी गर्न थाले, “तिमीहरू बस्‍ने ठाउँ बलियो छ र तिमीहरूका गुँड चट्टान हुने छ । 22 तथापि अश्शूरले तिमीहरूलाई कैद गरेर लाँदा तिमीहरू आगोले नष्‍ट हुने छौ । 23 बालामले तिनको अन्तिम अगमवाणी भने, “धिक्‍कार! परमेश्‍वरले यसो गर्नुहुँदा कोचाँहि बाँच्‍छ? 24 कित्तीमको समुद्री तटबाट जहाजहरू आउने छन्; तिनीहरूले अश्शूरलाई आक्रमण गर्नेछन् र एबेरमाथि विजय हासिल गर्ने छन्, तर तिनीहरू अन्त पनि विनाशमा नै हुने छन् । 25 त्यसपछि बालाम उठे र हिँडे । तिनी आफ्नै घरतिर फर्के र बालाक पनि गए ।
  • न्या 20:27-28 : 27 इस्राएलका मानिसहरूले परमप्रभुलाई यसरी सोधे— किनकि परमेश्‍वरका करारको सन्दुक ती दिनहरूमा त्यहीं थियो, 28 र हारूनका नाति, एलाजारका छोरा पीनहासले सन्दुकको सामु सेवा गर्थे— “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूका विरुद्ध हामी फेरि युद्धमा जाऔं, वा रोकौं?” परमप्रभुले भन्‍नुभयो, “आक्रमण गर, किनकि भोलीको दिन तिनीहरूलाई पराजय गर्न म तिमीहरूलाई सहायता गर्नेछु ।”
  • १ शमू 28:6 : 6 शाऊलले परमप्रभुसँग प्रार्थना गरे तर परमप्रभुले न सपनामा, न त ऊरीममा, न त अगमवक्ताहरूद्वारा नै कुनै जवाफ दिनुभयो ।
  • यशा 53:5-8 : 5 तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्‍यो र उसका घाउहरूले हामी निको भएका छौं । 6 हामी सबै बह्रालिएका भेडाहरूजस्ता छौं । हामी प्रत्‍येक आ-आफ्नै मार्गतिर लागेका छौं र परमप्रभुले हामी सबैको अधर्म उसमाथि राख्‍नुभएको छ । 7 उसलाई अत्याचार गरियो । तापनि उसले आफूलाई होच्याउँदा, उसले आफ्नो मुख खोलेन । जसरी मार्नलाई लगिएको थुमा र ऊन कत्रनेहरूका सामु भेडा चुपचाप बस्‍छ, त्‍यसरी उसले आफ्नो मुख खोलेन । 8 जबर्जस्ती र इन्साफद्वारा उसलाई दोषी ठहर गरियो । त्यस पुस्ताबाट कसले उसको बारेमा विचार गर्‍यो र? तर उसलाई जीविहरूको देशबाट अलग गरियो । मेरा मानिसहरूले अपराधहरू गरेका कारणले उसलाई दण्‍ड दिइयो ।
  • दानी 9:26 : 26 बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्‍यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ ।
  • मत्त 7:22-23 : 22 त्यस दिन धेरै मानिसले मलाई भन्‍नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेका थिएनौँ र?’ 23 तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’
  • मत्त 20:28 : 28 जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”
  • यूह 10:15 : 15 पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु ।
  • रोमी 3:25-26 : 25 किनकि परमेश्‍वरले येशू ख्रीष्‍टको रगतमा विश्‍वासद्वारा प्रायश्‍चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापको बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्‍टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो । 26 यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैँलाई न्यायी प्रमाणित गर्न सक्‍नुभएको होस् र उहाँले येशूमाथिको विश्‍वासले कुनैलाई पनि धर्मी ठहराउनुहुन्छ भन्‍ने देखाउन यसो भयो ।
  • १ कोरि 13:2 : 2 मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ ।
  • २ कोरि 5:21 : 21 उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।
  • गलाती 3:13 : 13 हाम्रो निम्ति ख्रीष्‍ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो । किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।”
  • गलाती 4:4-5 : 4 तर जब ठिक समय आयो, तब परमेश्‍वरले व्यवस्थाअनुसार स्‍त्रीबाट जन्मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो । 5 हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो ।
  • १ पत्रु 2:24 : 24 हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।
  • १ पत्रु 3:18 : 18 ख्रीष्‍टले पनि पापका निम्ति एक पटक दुःख भोग्‍नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो ।
  • २ पत्रु 2:15-17 : 15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् । 16 तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो । 17 यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 11:47-50
    4 पदहरू
    85%

    47त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने? यस मानिसले धेरै चिह्न‍हरू गर्छन् ।

    48यदि हामीले यसलाई यसरी नै छोडिदियौँ भने सबैले यसलाई विश्‍वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।”

    49तैपनि तिनीहरूमध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ ।

    50सम्पूर्ण राष्‍ट्र नै नष्‍ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्‍ने तिमीहरू ठान्दैनौ ।”

  • यूह 18:13-14
    2 पदहरू
    79%

    13तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पुजारी थिए ।

    14मानिसहरूको निम्ति एक जना मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए ।

  • यूह 11:52-53
    2 पदहरू
    79%

    52राष्‍ट्रको निम्ति मात्र होइन, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्तानहरूसँगै एक होऊन् भनेर पनि हो ।

    53त्यसैले, त्यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले ।

  • 33कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो ।

  • यूह 18:31-32
    2 पदहरू
    73%

    31त्यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन ।

    32उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो ।

  • 25उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पुजारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्दछन् ।

  • 27प्रधान पुजारीले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाई रहनुपर्दैन । जब उहाँले आफैँलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैँका निम्ति गर्नुभयो ।

  • 3यसकारणले गर्दा, जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन्, त्यसरी नै तिनलाई पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको छ ।

  • 11पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिससँग बोले । तिनीहरूले भने, “यो मानिसलाई मार्नु ठिक छ, किनकि यसले यो सहरको विरुद्धमा अगमवाणी बोलेका छ, जस्तो तपाईंहरूले आफ्नै कानले सुन्‍नुभएको छ ।”

  • 21तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।

  • 21तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्‍नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्‍नुहोस् ।”

  • 7तर प्रधान पुजारी मात्रै हरेक वर्षको एक पल्ट दोश्रो कोठामा प्रवेश गर्दथे । उनले रगत लिएर आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका अपराधहरूका निम्ति बलि चढाउँछन् ।

  • यूह 11:36-37
    2 पदहरू
    67%

    36त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो!”

    37तर तिनीहरूमध्ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि नमर्ने तुल्याउने बनाउन सक्दैनथ्यो र?”

  • 7यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ ।”

  • यूह 11:56-57
    2 पदहरू
    67%

    56तिनीहरूले येशूलाई खोजिरहेका थिए । तिनीहरू मन्दिरमा खडा भइरहँदा एक-अर्कामा भन्दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ? उनी चाडमा आउने छैनन् र?”

    57अहिले मुख्य पुजारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी जान्दथ्यो भने, त्यसले त्यो भन्‍नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् ।

  • 20उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।

  • 41यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।

  • 25यरूशलेमबाट आएका केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?

  • 63प्रधान पुजारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र?

  • 2मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।

  • 54तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पुरा हुने थियो त?”

  • 30येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “यो आवाज मेरो निम्ति होइन, तर तिमीहरूका निम्ति आएको हो ।”

  • 27यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे ।

  • 19पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।”

  • 1¶ किनकि प्रत्येक प्रधान पुजारी मानिसहरूकै बिचबाट छानिएको हुन्छ । परमेश्‍वरका थोकहरूसम्बन्धी काम गर्न मानिसहरूका सट्टामा तिनलाई नियुक्त गरिएको हो । त्यसकारण, तिनले पापहरूका निम्ति बलि र उपहारहरू दुवै बलिदानका काम गर्न सक्छन् ।

  • मर 15:10-11
    2 पदहरू
    65%

    10किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो ।

    11तर मुख्य पुजारीहरूले भिडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साएका थिए ।

  • यूह 19:36-37
    2 पदहरू
    65%

    36यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्‍त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन ।”

    37फेरि, अर्को धर्मशास्‍त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”

  • 3किनकि हरेक प्रधान पुजारी भेटीहरू र बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ । त्‍यसकारण, केही कुरा चढाउन आवश्‍यक छ ।

  • 65त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्दा सुन्‍नुभएको छ ।

  • 3त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए ।

  • 10मुख्य पुजारीहरूले सँगसँगै षड्‍यन्‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकेको होस् ।

  • 13किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन् ।

  • 11म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ ।

  • 16तब अधिकारीहरू र सबै मानिसले पुजारीहरू र अगमवक्ताहरूलाई भने, “यो मानिस मर्न लायक छैन, किनकि उसले परमप्रभु हाम्रा परमेश्‍वरको नाउँमा यी कुराहरूको घोषणा गरेको छ ।”

  • 61र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’ ।”

  • 44किनकि येशू आफैँले घोषणा गर्नुभयो, कि अगमवक्‍तालाई उसको आफ्नै गाउँमा आदर गरिँदैन ।

  • 51(उनी तिनीहरूका निर्णय र क्रियाकलापसँग सहमत थिएनन्), उनी यहूदिया सहर अरिमाथियाका थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए ।

  • 6(तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभएको थियो, किनकि उहाँ आफैँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैँलाई थाहा थियो ।)

  • 71अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।

  • 21त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्‍नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्‍नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'