यूहन्ना 12:14

अनलक शाब्दिक बाइबल

येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो, जस्तो यो लेखिएको थियो,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • जक 9:9 : 9 ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ! हेर! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ ।
  • मत्त 21:1-7 : 1 ¶ जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो, 2 र यसो भन्‍नुभयो, “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्‍ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ । 3 यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।” 4 अगमवक्‍ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्‍नुभयो, 5 “‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्‍चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ ।’” 6 तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे । 7 तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्‍नुभयो ।
  • मर 11:1-7 : 1 ¶ जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्‍नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो । 2 र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू हाम्रो सामुन्‍नेको गाउँमा जाओ । तिमीहरू पस्‍ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । 3 कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।” 4 तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए । 5 त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ?” 6 तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए । 7 दुई जना चेलाले बछेडोलाई ल्याए र येशू त्यसमाथि चढेर जान सक्‍नुभएको होस् भनी तिनीहरूले आफ्ना कपडा त्यसमाथि राखे ।
  • लू 19:29-35 : 29 बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो, 30 “नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । 31 यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।” 32 पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए । 33 तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा, त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ?” 34 तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।” 35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 12:15-16
    2 पदहरू
    88%

    15“सियोनकी छोरी नडराऊ, हेर, तिम्रा राजा गधामा चढेर आउँदै हुनुहुन्छ ।”

    16उहाँका चेलाहरूले सुरुमा यी कुराहरू बुझेनन्, तर जब येशू महिमित हुनुभयो तब उहाँको विषयमा लेखिएका थिए र यी सबै कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी उनीहरूले सम्झे ।

  • मत्त 21:1-10
    10 पदहरू
    86%

    1¶ जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,

    2र यसो भन्‍नुभयो, “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्‍ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ ।

    3यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।”

    4अगमवक्‍ताद्वारा भनिएको कुरा पुरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्‍नुभयो,

    5“‘सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्‍चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ ।’”

    6तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे ।

    7तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए, र येशू ती कपडाहरूमाथि बस्‍नुभयो ।

    8भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए ।

    9येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्‍च्‍याए, “दाऊदका पुत्रलाई होसन्‍ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्‍वरको नाउँमा आउनुहुन्छ! उच्‍चमा विराजमान हुनुहुनेलाई होसन्‍ना!”

    10जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन्?”

  • 9ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ! हेर! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ ।

  • मर 11:1-5
    5 पदहरू
    81%

    1¶ जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्‍नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो ।

    2र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू हाम्रो सामुन्‍नेको गाउँमा जाओ । तिमीहरू पस्‍ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।

    3कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।”

    4तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए ।

    5त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ?”

  • मर 11:7-11
    5 पदहरू
    80%

    7दुई जना चेलाले बछेडोलाई ल्याए र येशू त्यसमाथि चढेर जान सक्‍नुभएको होस् भनी तिनीहरूले आफ्ना कपडा त्यसमाथि राखे ।

    8धेरै मानिसले तिनीहरूका कपडा बाटोभरि ओछ्याए र अरूहरूले खेतबाट काटेर ल्याएका रुखका हाँगाहरू बिछ्याए ।

    9उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्‍ना! परमप्रभुको नाउँमा आउने धन्यका होऊन् ।

    10हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस्! सर्वोच्‍चमा होसन्‍ना!”

    11त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो ।

  • लू 19:29-38
    10 पदहरू
    80%

    29बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,

    30“नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।

    31यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ’ ।”

    32पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए ।

    33तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा, त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ?”

    34तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।”

    35तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।

    36उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए ।

    37उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।

    38तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा!”

  • यूह 12:12-13
    2 पदहरू
    80%

    12अर्को दिन चाडमा ठुलो भिड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने तिनीहरूले सुने,

    13तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ ।”

  • 13त्यसैले तिनले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा काठी कस ।” त्यसैले तिनीहरूले गधामा काठी कसी त्यसमा चढेर गए ।

  • १ राजा 13:27-28
    2 पदहरू
    73%

    27त्यसैले ती वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “मेरो गधमा जीन काठी कस ।” तिनीहरूले त्यसै गरे ।

    28तिनी बाटो लागे र तिनले बाटोमा लाश पडिरहेको अनि लाशको छेउमा गधा र सिंह उभिरहेका देखे । सिंहले लाशलाई खाएको थिएन न त गधालाई आक्रमण गरेको थियो ।

  • यूह 2:14-15
    2 पदहरू
    72%

    14उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए ।

    15त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूको पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो ।

  • 15तर जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।

  • 11त्‍यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँधेर त्‍यसले आफ्‍ना लुगाहरू दाखमद्यमा, आफ्‍ना पोशाक अङ्‌गुरको रसमा धुनेछ ।

  • 17उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।

  • 16चेलाहरू निस्के र सहरतिर लागे । तिनीहरूले उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे ।

  • 15उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले त्यहाँका किन्‍ने र बेच्‍नेहरूलाई बाहिर खेद्‍न थाल्‍नुभयो । उहाँले पैसा साट्नेहरूका टेबल र परेवा बेच्‍नेहरूको बस्‍ने मेचलाई पल्टाइदिनुभयो ।

  • 17ताकि यशैया अगमवक्‍ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्,

  • 27गधाले परमप्रभुको दूतलाई देख्यो र त्यो बालामको मुनि थचक्‍क बस्यो । बालाम रिसले आगो भए र तिनले गधालाई आफ्नो लहुरोले पिटे ।

  • 12त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो । उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्‍नेहरूका आसनहरू पल्टाइदिनुभयो ।

  • 23गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो । गधा बाटोबाट तर्किएर खेततिर लाग्यो । बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे ।

  • 21बालम बिहान उठे र तिनका गधामा काठी कसे र मोआबका अगुवाहरूसँगै गए ।