यूहन्ना 13:34

अनलक शाब्दिक बाइबल

म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । त्यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 19:18 : 18 बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्‍नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू । म परमप्रभु हुँ ।
  • एफिसी 5:2 : 2 र ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्‍वरको निम्ति सुगन्धित सुवास्‍ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्थ्यो ।
  • १ पत्रु 1:22 : 22 सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर ।
  • गलाती 6:2 : 2 एक अर्काको भार उठाओ, र यसरी तिमीहरूले ख्रीष्‍टको व्यवस्थालाई पुरा गर्नेछौ ।
  • १ कोरि 12:26-27 : 26 कुनै एउटा अङ्गले दुःख पाउँदा सबै अङ्गहरूले सँगै दुःख भोग्छन् । अथवा कुनै एउटा अङ्गको आदर हुँदा सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् । 27 अब तिमीहरू ख्रीष्‍टका शरीर हौ अनि व्यक्‍तिगत रूपले यसका अङ्ग हौ ।
  • १ यूह 2:7-9 : 7 प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो । 8 तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्‍टमा र तिमीहरूमा सत्‍य छ, किनभने अन्‍धकार बितिरहेको छ, र साँचो ज्‍योति अगिदेखि नै चम्किरहेको छ । 9 जसले ज्‍योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्‍धकारमा नै छ । 10 जसले आफ्नो भाइलाई प्रेम गर्छ त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्यसलाई ठेस लाग्‍ने कुनै अवसर हुँदैन ।
  • १ यूह 3:23 : 23 अनि यो उहाँको आज्ञा हो, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ ।
  • यूह 15:17 : 17 म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ ।
  • २ यूह 1:5 : 5 अब हे महिला, म तिमीलाई बिन्ती गर्दछु- मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो- कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
  • १ यूह 3:11 : 11 तिमीले सुरुदेखि सुनेको सन्देश यही नै हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
  • गलाती 5:13-14 : 13 किनकि मेरा भाइहरू हो, परमेश्‍वरले तिमीहरूलाई स्वतन्‍त्रताको निम्ति बोलाउनुभएको छ । आफ्नो स्वतन्‍त्रतालाई शरीरको निम्ति अवसरको रूपमा मात्र प्रयोग नगर । बरु, प्रेमद्वारा एक अर्कालाई सेवा पुर्‍याओ । 14 किनकि सारा व्यवस्था एउटै आज्ञामा पुरा हुन्छ, “तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नुपर्छ ।”
  • १ थेस 3:12 : 12 र प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन् जसरी हामी तिमीहरूप्रति गर्दछौ ।
  • १ यूह 3:14-18 : 14 हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ । 15 जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन । 16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ । 17 तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ? 18 मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ ।
  • इब्रा 13:1 : 1 ¶ भ्रातृ-प्रेम बनिरहोस् ।
  • १ यूह 4:21-5:1 : 21 अनि उहाँबाटको यो आज्ञा हामीसँग छ, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ । 1 ¶ जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हुन्छ । र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मनुहुनेलाई पनि प्रेम गर्छ ।
  • याक 2:8 : 8 तथापि, यदि तिमीहरूले “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने धर्मशास्‍त्रको राजकीय व्यवस्थालाई पुरा गर्दछौ भने, तिमीहरूले असलै गर्दछौ ।
  • १ यूह 4:7-9 : 7 प्रिय हो, एक अर्कालाई प्रेम गरौँ, किनकि प्रेम परमेश्‍वरको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो र त्यसले परमेश्‍वरलाई चिन्छ । 8 जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ । 9 यसैमा परमेश्‍वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्‍वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको छ । 10 यसैमा उहाँको प्रेम छ, हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्‍चित्त हुन उहाँका पुत्र पठाउनुभयो । 11 प्रिय हो, परमेश्‍वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ ।
  • १ पत्रु 3:8-9 : 8 अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ । 9 खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्‌मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ ।
  • कलस्सी 3:12-13 : 12 त्यसकारण, परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रियहरू, करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर । 13 एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, परमप्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर ।
  • १ थेस 4:9-9 : 9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ । 10 वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई गरेका छौ, तर हामी तिमीहरूलाई अर्ती दिन्छौँ कि भाइहरू हो, अझै बढी गर ।
  • यूह 17:21 : 21 ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् ।
  • १ कोरि 13:4-7 : 4 प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन । 5 वा प्रेम रुखो हुँदैन । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ । 6 प्रेम अधार्मिकतामा खुसी हुँदैन । बरु, यो सत्यतामा रमाउँछ । 7 प्रेमले सबै कुरा सहन्छ; सबै कुरामा विश्‍वास गर्छ; सबै कुरामा आत्मविश्‍वासी हुन्छ अनि सबै कुरामा स्थिर रहन्छ ।
  • गलाती 5:6 : 6 ख्रीष्‍ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र मूल्य हुन्छ ।
  • रोमी 12:10 : 10 दाजुभाइहरूबिच हुने प्रेमको सम्बन्धमा चाहिँ एक-अर्काप्रति स्‍नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर ।
  • लैव्य 19:34 : 34 तिमीहरूसँग बसोबास गर्ने परदेशी तिमीहरूका निम्ति तिमीहरूसँगै बसोबास गर्ने इस्राएलमै जन्‍मेको मानिसझैँ होस्, र त्यसलाई आफैलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ ।
  • भजन 16:3 : 3 पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्‍जन मानिसहरू हुन् । मेरा सबै खुसी तिनीहरूमा नै छ ।
  • भजन 119:63 : 63 तपाईंको आदर गर्ने सबै जना, तपाईंका सुझावहरू पालन गर्ने सबै जानको म एक जना मित्र हुँ ।
  • यूह 15:12-13 : 12 यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर । 13 आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन ।
  • २ थेस 1:3 : 3 भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद दिनुपर्छ । किनभने यो उचित छ, किनभने तिमीहरूको विश्‍वास धेरै बढिरहेको छ र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त छ ।
  • फिलि 2:1-5 : 1 ¶ यसकारण म मान्दछु, कि ख्रीष्‍टमा उत्साह छ । म मान्दछु, कि त्यहाँ आत्माको सङ्गति छ । म मान्दछु, कि उहाँको प्रेमबाट सान्त्वना मिल्दछ । म मान्दछु, कि त्यहाँ स्‍नेही करुणा र सहानुभूति छ । 2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पुरा गर । 3 स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्‍च ठान । 4 आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान लगाओ । 5 त्यही शैलीमा विचार गर, जुन ख्रीष्‍ट येशूमा पनि थियो ।
  • कलस्सी 1:4 : 4 येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ ।
  • गलाती 5:22 : 22 तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्‍वास,
  • गलाती 6:10 : 10 त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्‍वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।
  • २ पत्रु 1:7 : 7 तिमीहरूको ईश्‍वरभक्तिद्वारा भातृ-स्‍नेह, र भातृ-स्‍नेहद्वारा प्रेम ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 15:9-15
    7 पदहरू
    89%

    9जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; मेरो प्रेममा रहो ।

    10तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ ।

    11मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् ।

    12यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।

    13आफ्नो मित्रको लागि आफ्नो ज्यानै दिनुभन्दा अर्को कुनै महान् प्रेम छैन ।

    14यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ ।

    15म तिमीहरूलाई नोकरहरू भन्‍दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो नोकरले जान्दैन । मैले तिमीहरूलाई मित्र भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा तिमीहरूलाई प्रष्‍ट पारेको छु ।

  • यूह 13:35-36
    2 पदहरू
    86%

    35यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्‍यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन् ।

    36सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।”

  • 17म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छुः कि तिमीहरूले एक अर्कालाई प्रेम गर्नेछौ ।

  • यूह 13:14-15
    2 पदहरू
    80%

    14तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।

    15किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।

  • 33साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्‍नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’

  • २ यूह 1:5-6
    2 पदहरू
    78%

    5अब हे महिला, म तिमीलाई बिन्ती गर्दछु- मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो- कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।

    6र प्रेम यो हो, कि हामी उहाँको आज्ञाहरूअनुसार हिड्नुपर्छ । तिमीले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो कि तिमी यसमा हिड्नुपर्छ ।

  • 23अनि यो उहाँको आज्ञा हो, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ ।

  • 15यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ ।

  • 11प्रिय हो, परमेश्‍वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ ।

  • 1¶ अब निस्तार-चाडअगि येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो, यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।

  • 31तर म पितालाई प्रेम गर्छु भन्‍ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”

  • यूह 17:21-24
    4 पदहरू
    75%

    21ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् ।

    22तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन् ।

    23म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ ।

    24हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ तिनीहरू म जहाँ छु त्यहीँ होऊन् भन्‍ने म चाहन्छु, ताकि तिनीहरूले मेरो महिमा देखून् जुन तपाईंले मलाई दिनुभएको छ । किनभने तपाईंले मलाई संसारको सृष्‍टिअगि देखि नै प्रेम गर्नुभएको छ ।

  • १ यूह 2:7-8
    2 पदहरू
    74%

    7प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो ।

    8तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्‍टमा र तिमीहरूमा सत्‍य छ, किनभने अन्‍धकार बितिरहेको छ, र साँचो ज्‍योति अगिदेखि नै चम्किरहेको छ ।

  • 11तिमीले सुरुदेखि सुनेको सन्देश यही नै हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।

  • यूह 14:19-21
    3 पदहरू
    73%

    19तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।

    20त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।

    21जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”

  • 21अनि उहाँबाटको यो आज्ञा हामीसँग छ, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।

  • 9किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।”

  • यूह 14:27-28
    2 पदहरू
    72%

    27म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।

    28मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।

  • 12त्यसैले, जब येशूले तिनीहरूका गोडा धुनुभयो र उनीहरूका लुगा लगाउनुभयो, र फेरि बस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ?”

  • 21जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो, उहाँले गवाही दिनुभयो, र भन्‍नुभयो, “साँ‍चो, साँचो म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछ ।”

  • लू 6:31-32
    2 पदहरू
    71%

    31मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ ।

    32तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के लाभ भयो र? किनकि पापीहरूले पनि तिनीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् ।

  • 27किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ ।

  • 26मैले तपाईंको नाउँलाई तिनीहरूका बिचमा परिचित तुल्याएको छु र मैले यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहनेछु ।

  • मत्त 22:38-39
    2 पदहरू
    70%

    38योचाहिँ पहिलो र महान् आज्ञा हो ।

    39अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैँले आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नू ।’

  • 18जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु ।

  • 43तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’

  • 9भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ ।

  • 23येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ ।”

  • 4ममा रहो र म तिमीहरूमा रहनेछु । जसरी दाखको बोटमा नरहेसम्म हाँगा आफैँले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ ।

  • 16अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।

  • 12एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।

  • 31दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।”