यूहन्ना 14:28

अनलक शाब्दिक बाइबल

मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 14:18 : 18 म तिमीहरूलाई एकलै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्की आउनेछु ।
  • यूह 14:2-4 : 2 मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु । 3 म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ । 4 तिमीहरूले म जहाँ गइरहेको त्यो बाटो चिन्छौ ।”
  • यूह 14:12 : 12 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्‍वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।
  • यूह 5:18 : 18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनकि उहाँले विश्राम दिन मात्र तोड्नुभएन, तर आफैँलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई पिता भन्‍नुभयो ।
  • यूह 10:29-30 : 29 तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन । 30 म र पिता एक हौँ ।”
  • भजन 47:5-7 : 5 परमेश्‍वर सोरसँगै, परमप्रभु तुरहीको सोरसँगै माथि जानुभएको छ 6 परमेश्‍वर प्रशंसा गाओ, प्रशंसा गाओ । हाम्रा राजाको निम्‍ति प्रशंसा गाओ, प्रशंसा गाओ । 7 किन परमेश्‍वर सारा पृथ्वीमा राजा हुनुहुन्छ । समझले प्रशंसा गाओ ।
  • यूह 16:16-22 : 16 अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ । 17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो?” 18 त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्‍नुभएको? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्‍दैनौ ।” 19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ ।” 20 म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्‌लिनेछ । 21 जब स्‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन । 22 त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन ।
  • यूह 20:17 : 17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।”
  • यूह 20:21 : 21 तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पनि पठाउँदै छु ।”
  • १ कोरि 15:24-28 : 24 त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रीष्‍टले राज्यलाई परमेश्‍वर पिताको हातमा सुम्पिदिनुहुनेछ । त्यस बेला उहाँले सबै शासन, सारा अख्तियार र सबै सामर्थ्यलाई उन्मूलन गरिदिनुहुनेछ । 25 किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्‍जेलसम्म उहाँले शासन गर्नुहुनेछ । 26 नष्‍ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो । 27 किनकि “उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउमुनि ल्याउनुहुनेछ ।” तर “उहाँले सबै कुरा आफ्नो अधीनमा राख्‍नुभएको छ” भन्‍नाले यसको अर्थ हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्‍नेचाहिँ यसमा पर्नुहुन्‍न । 28 जब सबै कुरा उहाँको अधीनमा राखिन्छन्, तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ । परमेश्‍वर पिता सबै कुरामा सर्वोच्‍च ठहरिन सक्‍नुभएको होस् भनेर यसो हुनेछ ।
  • इब्रा 1:2-3 : 2 तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्‍वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो । 3 उहाँ नै परमेश्‍वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
  • इब्रा 2:9-9 : 9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्‍टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभयो । 10 यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्‍तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो । 11 किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् । त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न । 12 उहाँ भन्‍नुहुन्छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु ।” 13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको छ ।” 14 त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो । 15 मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो ।
  • १ पत्रु 1:8 : 8 तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ, तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ ।
  • प्रका 1:11 : 11 “त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।”
  • प्रका 1:17-18 : 17 जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ । 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
  • इब्रा 3:1-4 : 1 ¶ त्यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पुजारी, प्रेरित र येशू ख्रीष्‍टलाई विचार गर । 2 जसले उहाँलाई नियुक्त गर्नुभयो, उहाँ परमेश्‍वरप्रति विश्‍वास योग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्‍वरको घरानामा विश्‍वासयोग्य थिए । 3 परमेश्‍वरले मोशालाई भन्दा येशूलाई योग्य र महान् महिमा दिनुभएको थियो । किनभने घर आफैँलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ । 4 हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्छ ।
  • फिलि 2:6-9 : 6 उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझैँ ठान्‍नुभएन । 7 बरु, उहाँले आफैँलाई रित्त्याउनुभयो । उहाँले कमराको रूप धारण गर्नुभयो । उहाँ मानिसको स्वरूपमा आउनुभयो । मानिसकै स्वरूपमा उहाँ रहनुभयो । 8 उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो । 9 यसकारण, परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो । परमेश्‍वरले उहाँलाई सबै नाउँभन्दा उच्‍च नाउँ दिनुभयो । 10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू । 11 र उहाँले यो गर्नुभयो, ताकि परमेश्‍वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
  • १ कोरि 11:3 : 3 म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्‍त्रीको शिर हो, र परमेश्‍वरचाहिँ ख्रीष्‍टको शिर हुनुहुन्छ ।
  • भजन 68:9 : 9 हे परमेश्‍वर, तपाईंले प्रशस्‍त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्‍यसलाई बलियो पार्नुभयो ।
  • भजन 68:18 : 18 तपाईं उच्‍चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्‍याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्‍वर, तपाईं त्यहाँ बास गर्नुभएको होस् ।
  • यशा 42:1 : 1 ¶ हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।
  • यशा 49:5-7 : 5 अब परमप्रभु बोल्‍नुभएको छ—उहाँ नै हुनुहुन्‍छ जसले उहाँको सेवक हुन, याकूबलाई उहाँमा पुनर्स्थापन गर्न मलाई जन्मैदेखि बनाउनुभयो, ताकि इस्राएललाई उहाँमा जम्‍मा गर्न सकियोस्, किनकि परमप्रभुको दृष्‍टिमा मेरो इज्‍जत भएको छ र मेरो परमेश्‍वर नै मेरो बल हुनुभएको छ— 6 अनि उहाँ भन्‍नुहुन्छ, “याकूबको कुललाई पुनःस्थापित गर्न र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्‍ति अति सानो कुरा हो । म तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु, ताकि पृथ्वीको अन्‍तिम छेउसम्‍म तँ नै मेरो उद्धार हुन सक्‍छस् ।” 7 जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, “विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्टो पर्नेछन् ।”
  • यशा 53:11 : 11 उसको जीवनको कष्‍टपछि उसले ज्योति देख्‍नेछ र आफ्‍नो ज्ञानद्वारा सन्तुष्‍ट हुनेछ । मेरो धर्मिक सेवकले धेरै जनालाई निर्दोष ठहराउनेछ । उसले तिनीहरूको अधर्म बोक्‍नेछ ।
  • मत्त 12:18 : 18 “हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्‍न छ । म उनमा मेरा आत्मा खन्याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् ।
  • यूह 10:38 : 38 तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।”
  • यूह 13:16 : 16 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
  • यूह 16:7 : 7 म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।
  • लू 24:51-53 : 51 त्यसपछि, जब उहाँले तिनीहरूलाई आशिष्‌‌ दिँदै हुनुहुन्थ्यो, उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो । 52 त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के । 53 तिनीहरू निरन्तर परमेश्‍वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 16:27-28
    2 पदहरू
    82%

    27किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ ।

    28म पिताबाट आएँ । म संसारमा आएको छु । फेरि म संसार छोड्दै छु, र म पिताकहाँ जाँदै छु ।”

  • यूह 16:15-17
    3 पदहरू
    81%

    15पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ ।

    16अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।

    17तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो?”

  • यूह 14:1-4
    4 पदहरू
    80%

    1¶ “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर ।

    2मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।

    3म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।

    4तिमीहरूले म जहाँ गइरहेको त्यो बाटो चिन्छौ ।”

  • यूह 14:29-31
    3 पदहरू
    80%

    29अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक ।

    30म तिमीहरूसँग धेरै बोल्दिनँ, किनकि यस संसारको शासक आउँदै छ । त्यसको ममाथि केही शक्‍ति छैन,

    31तर म पितालाई प्रेम गर्छु भन्‍ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”

  • 33साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्‍नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’

  • यूह 14:18-21
    4 पदहरू
    78%

    18म तिमीहरूलाई एकलै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्की आउनेछु ।

    19तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।

    20त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।

    21जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”

  • 27म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।

  • 7यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।”

  • यूह 14:9-13
    5 पदहरू
    77%

    9येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?”

    10म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।

    11म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्‍ने विश्‍वास गर; नत्र कामहरूकै खातिर पनि विश्‍वास गर ।

    12साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्‍वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।

    13तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् ।

  • 10धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ;

  • 22त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन ।

  • यूह 16:5-7
    3 पदहरू
    76%

    5तर अहिले म मलाई पठाउनुहुनेकहाँ जाँदै छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ?’ भनी मलाई सोध्दैनौ ।

    6तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ ।

    7म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।

  • यूह 17:23-24
    2 पदहरू
    76%

    23म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ ।

    24हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ तिनीहरू म जहाँ छु त्यहीँ होऊन् भन्‍ने म चाहन्छु, ताकि तिनीहरूले मेरो महिमा देखून् जुन तपाईंले मलाई दिनुभएको छ । किनभने तपाईंले मलाई संसारको सृष्‍टिअगि देखि नै प्रेम गर्नुभएको छ ।

  • यूह 14:23-25
    3 पदहरू
    76%

    23येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ ।”

    24जसले मलाई प्रेम गर्दैन, त्यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।

    25म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।

  • 21त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्‍नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”

  • 33त्यसपछि येशूले भन्‍नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु, र त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु ।

  • 9जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु; मेरो प्रेममा रहो ।

  • यूह 14:15-16
    2 पदहरू
    75%

    15यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ ।

    16अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ, जो

  • 17त्यसैकारण, पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान पनि दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ ।

  • यूह 16:32-33
    2 पदहरू
    75%

    32हेर, तिमीहरू छरपष्‍ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ, । वास्तवमा त्यो समय आइसकेको छ । तरै पनि म एकलो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ ।

    33मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।

  • 42येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।

  • यूह 15:11-12
    2 पदहरू
    74%

    11मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् ।

    12यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेँ तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।

  • 13अब म तपाईंकहाँ आउँदै छु, तर म यी कुराहरू संसारमा नै भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पुरा गरून् ।

  • 28तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”

  • 28येशूले भन्‍नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।

  • 25मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर मैले आलङ्कारिक भाषा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्‍ट रूपमा बताउने समय आउँदै छ ।

  • 36तैपनि मसँग भएको गवाही त्योभन्दा पनि महान् छ, किनकि पिताले मलाई पुरा गर्न दिनुभएका कामहरू र मैले गर्ने कामहरूले नै मलाई पिताले पठाउनुभएको हो भन्‍ने गवाही दिन्छन् ।