यूहन्ना 18:16

अनलक शाब्दिक बाइबल

तर पत्रुसचाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए । त्यसैले, प्रधान पुजारीसँग चिनजान भएका अर्का चेला बाहिर गए र ढोकाकी महिला पालेसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 26:69 : 69 अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?”
  • मर 14:66-68 : 66 पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई । 67 त्यो न्यानो हुन आगोको नजिक उभिँदा त्यसले पत्रुसलाई देखी र उनलाई नियालेर हेरी । त्यसले भनी, “तिमी पनि येशू नासरीसँग थियौ?” 68 तर उनले इन्कार गरे र भने, “तिमीले के भनिरहेका छौ, मैले न बझ्छु न जान्दछु । त्यसपछि उनी आँगनमा गए । [टिपोटः केही प्राचीन प्रतिलिपिहरूले “अनि भाले बास्यो” भनी थप्छन्, तर उत्कृष्‍ट प्राचीन प्रितिलिपिहरूले यसलाई समावेश गरेका छैनन् ।]
  • लू 22:55-57 : 55 त्यसपछि तिनीहरूले आँगनको बिचमा आगो बाले र सँगै बसे, पत्रुस तिनीहरूका बिचमा बसे । 56 पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।” 57 तर पत्रुसले यसलाई इन्कार गर्दै भने, “नारी, म उहाँलाई चिन्दिनँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 15सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्का चेलाले पनि त्यसै गरे । ती चेलाको प्रधान पुजारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पुजारीका आँगनभित्र पसे ।

  • यूह 18:17-18
    2 पदहरू
    85%

    17तब महिला दासी अर्थात् ढोकाकी पालेले पत्रुसलाई भनिन्, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र?” तिनले भने, “म होइनँ ।”

    18अब नोकरहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्‌ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैँलाई न्यानो बनाइराखेका थिए । आफूलाई न्यानो पार्दै पत्रुस पनि तिनीहरूसँगै उभिरहेका थिए ।

  • मर 14:66-70
    5 पदहरू
    79%

    66पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई ।

    67त्यो न्यानो हुन आगोको नजिक उभिँदा त्यसले पत्रुसलाई देखी र उनलाई नियालेर हेरी । त्यसले भनी, “तिमी पनि येशू नासरीसँग थियौ?”

    68तर उनले इन्कार गरे र भने, “तिमीले के भनिरहेका छौ, मैले न बझ्छु न जान्दछु । त्यसपछि उनी आँगनमा गए । [टिपोटः केही प्राचीन प्रतिलिपिहरूले “अनि भाले बास्यो” भनी थप्छन्, तर उत्कृष्‍ट प्राचीन प्रितिलिपिहरूले यसलाई समावेश गरेका छैनन् ।]

    69तर नोकर्नीले उनलाई त्यहाँ देखी र ती उभिएकाहरूलाई फेरि भन्‍न थाली, “यो मान्छे पनि तिनीहरूमध्येकै एक जना हो ।”

    70तर उनले फेरि पनि इन्कार गरे । केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै, तिमी पनि तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ ।”

  • 78%

    13जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना दासी केटी ढोका खोल्न आइन् ।

    14जब तिनले पत्रुसको आवाजलाई चिनिन्, तब आनन्दले भरिएर ढोका खोल्नै भुलिन् अनि कुद्दै कोठाभित्र आइन् र पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन् ।

    15त्यसैले तिनीहरूले तिनलाई भने, “तिमी बहुलाएकी छौ ।” यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन् । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।”

    16तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे र जब तिनीहरूले ढोका खोले, तिनीहरूले उनलाई देखे र चकित भए ।

    17पत्रुसले तिनीहरूलाई चुप रहन हातले इसारा गरे र प्रभुले उनलाई कसरी कैदबाट बाहिर ल्याउनुभयो तिनीहरूलाई भने । उनले भने, “याकूब र भाइहरूलाई यी कुराहरू बताइदेओ ।” त्यसपछि उनले त्यो ठाउँ छाडे र अर्को ठाउँतिर गए ।

    18जब उज्यालो भयो, पत्रुसलाई के भयो होला भनी त्यहाँ सिपाहीहरूको माझमा कम्ति उत्तेजना भएन ।

  • यूह 18:24-27
    4 पदहरू
    78%

    24अनि हन्‍नासले येशूलाई बाँधेकै अवस्थामा प्रधान पुजारी कैयाफाकहाँ पठाए ।

    25अब सिमोन पत्रुसचाहिँ उभिएर आफूलाई न्यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि त्यसका चेलाहरूमध्येका एक जना होइनौ?” तिनले यसलाई इन्कार गरे, र भने, “म होइनँ ।”

    26अनि प्रधान पुजारीका नोकरहरूमध्ये पत्रुसले कान काटिदिएका नोकरका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ र?”

    27पत्रुसले फेरि इन्कार गरे र तुरुन्तै भाले बास्यो ।

  • 58तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे ।

  • यूह 20:2-6
    5 पदहरू
    77%

    2यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले प्रेम गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले हाम्रा प्रभुलाई चिहानबाट निकालेर लगेछन्, अनि तिनीहरूले कहाँ राखेका छन्, हामी जान्दैनौँ ।”

    3तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर गए ।

    4तिनीहरू दुवै जना सँगसँगै दौडे, अर्का चेला चाँडै पत्रुसभन्दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे ।

    5तिनले निहुरिएर चिहानभित्र हेरे; तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन् ।

    6सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे,

  • मत्त 26:69-73
    5 पदहरू
    77%

    69अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?”

    70तर उनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तिमीले केको बारेमा कुरा गरिरहेका छौ, मलाई त्यो थाहा छैन ।”

    71जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो व्यक्‍ति पनि नासरतको येशूसँग थियो ।”

    72अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ ।”

    73त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्‍चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ ।”

  • 54अब पत्रुसले चाहिँ टाढैबाट उहाँलाई प्रधान पुजारीको घरको आँगनसम्म पछ्याए । तिनी पहरेदारहरूसँगै बसे, जसले न्यानो हुन आगो ताप्दै थिए ।

  • लू 22:54-62
    9 पदहरू
    74%

    54तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पुजारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए ।

    55त्यसपछि तिनीहरूले आँगनको बिचमा आगो बाले र सँगै बसे, पत्रुस तिनीहरूका बिचमा बसे ।

    56पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।”

    57तर पत्रुसले यसलाई इन्कार गर्दै भने, “नारी, म उहाँलाई चिन्दिनँ ।”

    58केही बेरपछि अरू कसैले देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।”

    59लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने उनी पनि एक गालीलबासी हुन् ।”

    60तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र उनले बोल्दै गर्दा भाले तुरुन्तै बास्यो ।

    61प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो । र पत्रुसलाई उहाँले भन्‍नुभएको वचनलाई सम्झे, “भाले बास्‍नअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।”

    62पत्रुस बाहिर गएर धुरुधुरु रोए ।

  • प्रेरि 12:5-6
    2 पदहरू
    72%

    5त्यसकारण पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति समूहले यत्‍नपूर्वक परमेश्‍वरसँग प्रार्थना गरेका थिए ।

    6हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए ।

  • 34येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्दिनँ भनेर तिन पटक इन्कार नगरेसम्म, यो दिन भाले बास्‍नेछैन ।”

  • 20पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्‍ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोध्‍ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।

  • 10तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पुजारीका नोकरलाई प्रहार गरे, र उसको दायाँ कान काटिदिए । त्यस नोकरको नाम माल्खस थियो ।

  • 2ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो ।

  • 18पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे ।

  • 1¶ यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैँचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो ।

  • 23“हामीले झ्यालखानालाई राम्ररी बन्द गरिएको पायौँ र पहरेदारहरू ढोकामा उभिरहेका थिए, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौँ ।”

  • 75अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए ।

  • 15ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए र भने,