यूहन्ना 19:8

अनलक शाब्दिक बाइबल

जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 19:13 : 13 जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे ।
  • प्रेरि 14:11-19 : 11 जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन् ।” 12 तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए । 13 जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे । 14 तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए । 15 र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ । हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो । 16 विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो । 17 तथापि उहाँले आफैँलाई गवाहीबिना छोड्नु भएन त्यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ ।’’ 18 यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके । 19 तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यूह 19:9-15
    7 पदहरू
    75%

    9अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।

    10तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन?”

    11येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ ।”

    12यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।”

    13जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे ।

    14निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!”

    15तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्‍नुपर्ने हो?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।”

  • यूह 19:19-22
    4 पदहरू
    74%

    19पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे । त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा ।

    20यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो । यो चिन्ह हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो ।

    21तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्‍नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्‍नुहोस् ।”

    22पिलातसले जवाफ दिए, “मैले जे लेखेँ सो लेखेँ ।”

  • 6त्यसकारण जब पिलातसले यो सुने, तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे ।

  • मर 15:12-14
    3 पदहरू
    74%

    12पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त?”

    13तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस्!”

    14पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस् ।”

  • यूह 18:29-35
    7 पदहरू
    74%

    29त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ?”

    30तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिसले खराबी नगरेको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौँ ।”

    31त्यसकारण, पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले यिनलाई लैजाऊ र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” अनि यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन ।

    32उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो ।

    33त्यसपछि पिलातस फेरि राज्यपालको महलभित्र पसे, अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?”

    34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”

    35पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्‍नै मानिसहरू र तिम्रा मुख्य पुजारीहरूले नै तिमीलाई मकहाँ सुम्‍पेका छन् । तिमीले के गर्‍यौ?”

  • यूह 19:4-7
    4 पदहरू
    73%

    4तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदै छु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक ।”

    5त्यसैले, येशू बाहिर आउनुभयो । उहाँले काँडाको मुकुट र बैजनी रङको वस्‍त्र लगाउनुभएको थियो । तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!”

    6जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”

    7यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ ।”

  • मर 15:4-5
    2 पदहरू
    73%

    4पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन्?”

    5तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्‍क परे ।

  • मत्त 27:11-13
    3 पदहरू
    73%

    11अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?”

    12तर जब मुख्य पुजारीहरू र एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन ।

    13अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ?”

  • 2पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।”

  • मत्त 27:22-24
    3 पदहरू
    72%

    22पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”

    23र उनले भने, “किन, उनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।”

    24जब, पिलातसले आफूले केही गर्न नसक्‍ने देखे, बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर, उनले पानी लिई भिडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैँ जान ।”

  • 9पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्छौ?”

  • यूह 18:37-38
    2 पदहरू
    72%

    37तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्‍नुहुन्छ । म यही उद्देश्‍यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्‍यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ । सत्यका सबैले मेरो आवाज सुन्छन् ।”

    38पिलातसले उहाँलाई भने, “सत्य के हो?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिन ।”

  • 1¶ तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए ।

  • लू 23:3-4
    2 पदहरू
    71%

    3पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ ।”

    4पिलातसले मुख्य पुजारीहरू र भिडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”

  • 20येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।

  • 44येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे ।

  • 6जब चेलाहरूले यो सुने, उनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए ।

  • 17त्यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ– बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्छ?”

  • 32तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले यूहन्‍ना अगमवक्‍ता हुन् भनी मान्थे ।

  • 20किनभने हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे ।

  • 54अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।”

  • 2मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।

  • 6(तिनले के भन्‍ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)