यूहन्ना 2:15

अनलक शाब्दिक बाइबल

त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूको पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • जक 4:6 : 6 यसैले तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति परमप्रभुको वचन हो: न त बलले, न शक्तिले, तर मेरो आत्माले, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • यूह 18:6 : 6 त्यसैले, जब येशूले “म उही हुँ” भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले ।
  • २ कोरि 10:4 : 4 हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्‍ट गर्न सक्‍ने ईश्‍वरीय शक्‍ति छ । तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 11:15-18
    4 पदहरू
    90%

    15उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले त्यहाँका किन्‍ने र बेच्‍नेहरूलाई बाहिर खेद्‍न थाल्‍नुभयो । उहाँले पैसा साट्नेहरूका टेबल र परेवा बेच्‍नेहरूको बस्‍ने मेचलाई पल्टाइदिनुभयो ।

    16उहाँले कसैलाई पनि मन्दिर भएर बेच्‍न सकिने कुनै पनि थोक बोकेर लान दिनुभएन ।

    17उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्‍नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर हुनेछ?’ तर तिमीहरूले यसलाई डाँकुहरूको ओढार बनाएका छौ ।”

    18उहाँले भन्‍नुभएको कुरा मुख्य पुजारीहरू र शास्‍त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । उहाँको शिक्षामा सम्पूर्ण भिड नै छक्‍क परेका हुनाले तिनीहरू डराए ।

  • यूह 2:16-17
    2 पदहरू
    90%

    16परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”

    17उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोसले मलाई जलाउँछ ।”

  • यूह 2:13-14
    2 पदहरू
    90%

    13यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो ।

    14उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए ।

  • मत्त 21:12-15
    4 पदहरू
    89%

    12त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो । उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्‍नेहरूका आसनहरू पल्टाइदिनुभयो ।

    13उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ,’ तर तिमीहरूले यसलाई डाँकुहरूका अड्‌डा बनाउँछौ ।”

    14तब दृष्‍टिविहीनहरू र लङ्गडाहरू मन्दिरभित्र आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।

    15तर जब मुख्य पुजारीहरू र शास्‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरकेका सुने, तिनीहरू रिसले चुर भए ।

  • लू 19:45-46
    2 पदहरू
    87%

    45येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो,

    46“यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्डा बनाएका छौ ।”

  • 11त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो । अहिले, अबेर भइरहेको थियो । उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो ।

  • 2बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।

  • 27उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।

  • 23जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?”

  • मत्त 21:1-3
    3 पदहरू
    70%

    1¶ जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,

    2र यसो भन्‍नुभयो, “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्‍ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ ।

    3यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।”

  • 58“यसले यसो भनेको हामीले सुन्यौँ, ‘हातद्वारा बनाइएका यो मन्दिर मैले नष्‍ट गर्नेछु, र तिन दिनमा हातविना नै बनाइएको अर्को मन्दिर मैले बनाउनेछु ।’”

  • मर 11:1-5
    5 पदहरू
    70%

    1¶ जब उहाँहरू यरूशलेम आउनुभयो उहाँहरू बेथफागे र बेथानीको नजिक जैतून डाँडामा आइपुग्‍नुभयो । येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो ।

    2र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू हाम्रो सामुन्‍नेको गाउँमा जाओ । तिमीहरू पस्‍ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।

    3कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।”

    4तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए ।

    5त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ?”

  • 29त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा! तिमीले त मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त,

  • 19येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु ।”

  • 1¶ ययेशू मन्दिरबाट बाहिर जानुभयो र उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो । उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँकहाँ आए ।

  • 1¶ येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा, अगुवाहरूसहित मुख्य पुजारीहरू र शास्‍त्रीहरू येशूकहाँ आए ।

  • 38सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहानै मन्दिरमा आउँथे ।

  • 8भिडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए ।

  • 8धेरै मानिसले तिनीहरूका कपडा बाटोभरि ओछ्याए र अरूहरूले खेतबाट काटेर ल्याएका रुखका हाँगाहरू बिछ्याए ।

  • 19उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्‍नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्‍नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो ।

  • यूह 12:13-14
    2 पदहरू
    68%

    13तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना! इस्राएलका राजा अर्थात् परमप्रभुको नाउँमा आउनुहुने धन्यको हुनुहुन्छ ।”

    14येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो, जस्तो यो लेखिएको थियो,

  • 14तिनीहरू उठे र यरूशलेममा भएका वेदीहरू, र धूप बाल्‍ने सबै वेदीसमेत हटाइदिए, र तिनीहरूले तिनलाई किद्रोनको खोल्‍सामा फ्‍याँकिदिए ।

  • 8तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो?

  • 21तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।

  • 35तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।

  • 30“नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।

  • 29तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे ।

  • 13येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ ।

  • 52येशूले उहाँ विरुद्ध आउने मुख्य पुजारीहरू, मन्दिरको कप्‍तान र अगुवाहरूलाई भन्‍नुभयो, “के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ?

  • 39यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।

  • 3तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।

  • 5अब कसैले मन्दिरको बारेमा भने, “दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस् ।” उहाँले भन्‍नुभयो,

  • 8तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।

  • 12तिनीहरूले मानिसहरू, एल्डरहरू, शास्‍त्रीहरूलाई उक्साए अनि स्तिफनससित मुकाबला गरे; तिनलाई पक्रे र परिषद्‍मा ल्याए ।