यूहन्ना 8:47
जो परमेश्वरको हो त्यसले परमेश्वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ ।”
जो परमेश्वरको हो त्यसले परमेश्वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
37म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ र तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन ।
38मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।”
39तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।
40तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् ।
41तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्वर हुनुहुन्छ ।”
42येशूले तिनीहरूलाई भन्नुभयो, “यदि परमेश्वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।
43तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्न सक्दैनौ ।
44तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो ।
45म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्वास गर्दैनौ ।
46तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्वास गर्दैनौ?
5ती आत्माहरू संसारका हुन्, यसकारण, तिनीहरूले भनेका कुराहरू संसारकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्छ ।
6हामी परमेश्वरका हौँ । जसले परमेश्वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ ।
38तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गरिरहेका छैनौ ।
39तिमीहरू धर्मशास्त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्ने सोच्दछौ र यी नै धर्मशास्त्रहरूले मेरो विषयमा गवाही दिन्छन्,
40र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ ।
25येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्छन् ।
26तरै पनि तिमीहरू विश्वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ ।
27मेरा भेडाहरूले मेरो सोर सुन्छन्, म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् ।
48यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र?”
23येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।
24यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”
31हामी जान्दछौँ, कि परमेश्वरले पापीहरूको कुरा सुन्नुहुन्न, तर यदि कोही भक्त हो, र उहाँको इच्छा पुरा गर्छ भने उहाँले त्यसको कुरा सुन्नुहुन्छ ।
26मैले तिमीहरूबारे भन्नु र न्याय गर्नु धेरै छ, तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ, र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्छु ।”
27उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्छ भनी तिनीहरूले बुझेनन् ।
42तर म जान्दछु, तिमीहरू आफैँमा परमेश्वरको प्रेम छैन ।
24जसले मलाई प्रेम गर्दैन, त्यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।
52यहूदीहरूले उहाँलाई भने, “अब हामी जान्दछौँ, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्ताहरू मरे, तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्नेछैन ।’
19तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”
11साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।
47यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्वास गर्छौ र?”
65उहाँले भन्नुभयो, “यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनेँ ।”
34किनकि परमेश्वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्न ।
55तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।
13त्यसैले, तिनीहरूसँग म दृष्टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् ।
14तिनीहरूका निम्ति यशैया अगमवक्ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।
48जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
16जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् ।
7संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु ।
16(नोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्ने कान छ भने त्यसले सुनोस् ।
36यिनले ‘तिमीहरूले मलाई खोज्नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ, म जहाँ जान्छु तिमीहरू त्यहाँ आउन सक्नेछैनौ’ भनेको वचन के हो?”
45अगमवक्ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।
46परमेश्वरबाट आएकाले बाहेक कसैले पनि परमेश्वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ ।
36के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्वर-निन्दा गरिरहेको छस्’ भन्छौ?
37यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्वास नगर ।
15जससँग सुन्ने कान छ, त्यसले सुनोस् ।
33यदि यो मानिस परमेश्वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्नुहुन्नथ्यो ।”
9पापको बारेमा, किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्;
26उनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘ सुन्न त तिमीहरू सुन्नेछौ तर बुझ्दैनौ, देखेर देख्नेछौ तर सजग हुनेछैनौ ।
31येशूले उहाँमा विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ;
33यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्गाले हान्दै छैनौँ, तर ईश्वर-निन्दाको निम्ति हो, किनकि तिमी मानिस भएर आफैँलाई परमेश्वर बनाइरहेका छौ ।”