यूहन्ना 8:9
[नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्त्रीसँग येशू मात्र छोडिनुभएको थियो ।
[नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्त्रीसँग येशू मात्र छोडिनुभएको थियो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10येशू खडा हुनुभयो र त्यसलाई भन्नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिमीलाई दण्ड दिएन?”
11त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।” ]
12फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
1¶ [नोटः यूहन्ना ७:५३-८:११ को टिप्पणीबारे माथि हेर्नुहोस्, येशू जैतून डाँडामा जानुभयो । ]
2बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।
3शास्त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्त्री ल्याए । तिनीहरूले त्यसलाई बिचमा राखे ।
4[नोटः यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको काममा पक्राउ परेकी छे ।
5व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्गाले हान्ने आज्ञा दिएका छन्; यिनको विषयमा तपाईं के भन्नुहुन्छ?”
6तिनीहरूले येशूलाई फन्दामा पार्नलाई यसो भनेका थिए, ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून्, तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्नुभयो ।
7[नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्नमा त्यही नै पहिलो होस् ।”
8उहाँ फेरि निहुरनुभयो र आफ्नो औँलाले जमिनमा लेख्नुभयो ।
59तब तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे, तर येशू आफैँ लुक्नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।
46तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्वास गर्दैनौ?
32तर येशूले यो कसले गरेको थियो भनी देख्न वरिपरि हेर्नुभयो ।
8अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् ।
27त्यही बेला उहाँका चेलाहरू आइपुगे । उहाँ स्त्रीसित किन कुराकानी गर्दै हुनुहुन्थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्छ?” वा “किन तपाईं त्यससँग कुराकानी गर्दै हुनुहुन्छ?” भनी कसैले पनि भनेन ।
28त्यसैले, ती स्त्रीले आफ्नो गाग्रो छोडेर सहरतिर गइन् र मानिसहरूलाई भनिन्,
29“आओ, मैले गरेका सबै कुराहरू मलाई बताइदिनुहुने मानिसलाई हेर । उहाँ नै ख्रीष्ट हुन सक्छ, हुन सक्दैन त?”
30तिनीहरू सहरबाट उहाँकहाँ आए ।
37हेर, त्यस सहरमा एउटी स्त्री थिइन् जो पापी थिइन्, तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्नुभएको छ र तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन् ।
38तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् र रोइन् । तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् र टाउकाको कपालले उहाँका पाउ पुछिन्, उहाँका पाउमा म्वाइ खाइन् र पाउमा अत्तर घसिन् ।
39जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तब उसले आफूले विचार गर्दै भन्यो, “यदि यी मानिस एउटा अगमवक्ता भएको भए, तब उनले जान्ने थिए कि को र कस्ती प्रकारकी स्त्रीले उहाँलाई छोइरहेकी छे र त्यो एउटी पापी स्त्री हो भनेर ।”
5तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ ।” उहाँलाई विश्वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो ।
6त्यसैले, जब येशूले “म उही हुँ” भन्नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले ।
7अनि उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”
29तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्न गरे ।
30तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्नुभयो ।
48तब उहाँले तिनलाई भन्नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”
49त्यहाँ एकसाथ बसिरहेकाहरूले एक-अर्कामा भन्न थाले, ‘पाप क्षमा गर्ने यी को हुन् र?‘
50तब येशूले स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसँग जाऊ ।”
34तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस्?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए ।
15यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ ।
47जब त्यस स्त्रीले आफूले गरेको कुरा लुकाउन नसक्ने देखिन्, तब काँप्दै येशूको चरणमा घोप्टो परिन्, तिनले येशूलाई छुनुको कारण र कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन् ।
53(नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यूहन्ना ७:५३-८:११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ]
39“मैले गरेका सबै कुरा उहाँले मलाई भन्नुभयो” भनी स्त्रीले दिएको गवाहीले गर्दा त्यस सहरमा बसोबास गर्ने धेरै सामरीहरूले उहाँमा विश्वास गरे ।
52उसले त्यो सूतीको कपडा त्यहीँ नै छाडे र नाङ्गै भागे ।
53तिनीहरूले उहाँलाई प्रधान पुजारीकहाँ लगे । त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू भेला भएका थिए ।
27उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।
50अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।
29त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदै छौ?”
51“के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्न र त्यसले के गर्छ भनी जान्न अगि न्याय गर्छ र?”
23तिनीहरूलाई स्वतन्त्र छोडेपछि, पत्रुस र यूहन्ना आफ्नै मानिसहरूकहाँ आए र प्रधान पूजाहारीहरू र एल्डरहरूले तिनीहरूलाई भनेका सबै कुराको प्रतिवेदन दिए ।
12तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्यसैले, तिनीहरूले उहाँलाई छाडे र गए ।
36सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।
8तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।”
48यस ठाउँमा आएका सबै भिडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के ।
66बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्मा लगे र
8तिनीहरूले के सोचिरहेका छन् भन्ने येशूले आफ्नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ?”
6तर त्यहाँ बसिरहेका शास्त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे ।
36जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो । तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन् ।