यूहन्ना 9:39
येशूले भन्नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्दैनन् तिनीहरूले देखून् र जसले देख्छन्, तिनीहरू अन्धो होऊन् ।”
येशूले भन्नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्दैनन् तिनीहरूले देखून् र जसले देख्छन्, तिनीहरू अन्धो होऊन् ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
40उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौँ त?”
41येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।
45र जसले मलाई देख्छ त्यसले मलाई पठाउनुहुनेलाई देख्छ ।”
46म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्वास गर्छ त्यो अन्धकारमा नरहोस् ।
47यदि कसैले मेरो वचन सुन्छ, तर त्यसको पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ, किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।
1¶ येशू त्यही बाटो हुँदै जानुहुँदा जन्मैदेखिको एक जना मानिसलाई देख्नुभयो ।
2उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, यो मानिस, कि यसका आमाबुबा कसले पाप गर्यो र यो अन्धो जन्मिएको?”
3येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्यो, न यसका आमाबुबाले नै पाप गरे, तर परमेश्वरको काम त्यसमा प्रकट होस् भनेर यसो भएको हो ।
39यसैकारण, तिनीहरूले विश्वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भने,
40“उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ; नत्रता तिनीहरूका आँखाले देख्ने थिए र उनीहरूका हृदयले बुझ्ने थिए र फर्किने थिए, अनि म तिनीहरूलाई निको पार्ने थिएँ ।”
41यशैयाले यी कुराहरू भने, किनकि तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
8त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्नेहरूले भने, “त्यो बसेर भिख माग्ने गर्ने के यही नै होइन?”
9केहीले भने, “यही हो ।” अरूहरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।”
10तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त?”
11त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटो मुछ्नुभयो, मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्नुभयो ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ अनि मैले मेरो दृष्टि पाएँ ।”
12तिनीहरूले त्यसलाई भने, “उनी कहाँ छन्? ” उसले जवाफ दियो, “मलाई थाहा छैन ।”
13तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए ।
14येशूले माटो मुछेर त्यसको आँखामा खोल्नुभएको दिन विश्रामको दिन थियो ।
15तब त्यसले त्यसका दृष्टि कसरी प्राप्त गरेका थिए भनी फरिसीहरूले फेरि सोधे? त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा हिलो लगाई दिनुभयो, मैले धोएँ र अहिले म देख्न सक्छु ।”
24त्यसैले, जो पहिला अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए, र त्यसलाई भने, “परमेश्वरलाई महिमा दे । हामी जान्दछौँ यो मानिस पापी हो ।”
25तब त्यो मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, म जान्दिनँ । तर म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्छु ।”
26तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्यो? उसले तिम्रा आँखा कसरी खोलिदिए?”
51येशूले त्यसलाई जवाफ दिनुभयो र भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो दृष्टिविहीन मानिसले भन्यो, “रब्बी, म मेरो दृष्टि प्राप्त गर्न चाहन्छु ।”
12त्यसैले, जब तिनीहरूले हेर्छन्, हो, तिनीहरूले हेर्छन्, तर देख्दैनन्, र जब तिनीहरूले सुन्छन्, हो, तिनीहरूले सुन्छन्, तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्थे र परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।”
5म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”
6येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो ।
13त्यसैले, तिनीहरूसँग म दृष्टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् ।
14तिनीहरूका निम्ति यशैया अगमवक्ताको अगमवाणी पुरा हुन्छ, जसले यसो भन्छन्, ‘सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ; हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ ।
15किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरू सुन्नलाई कठोर भएका छन्, र तिनीहरू फेरि फर्केलान्, र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । यसैले, तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, वा तिनीहरूले आफ्ना कानले सुन्दैनन्, वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन् ।’
16तर धन्यका हुन तिम्रा आँखा, किनकि तिनले देख्छन्; र तिम्रा कान, किनकि तिनले सुन्दछन् ।
30त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “उहाँले मेरा आँखा खोलिदिनुभो, तैपनि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्नुहुन्न, यो त अचम्म भो!
35येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।
17त्यसकारण, तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्ता हुनुहुन्छ ।”
18यहूदीहरूले आफ्नो दृष्टि प्राप्त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो, र त्यसले दृष्टि प्राप्त गरेको थियो भन्ने तिनीहरूले अझै विश्वास गरेनन् ।
19तिनीहरूले आमाबुबालाई सोधे, “तिमीहरूले जन्मिँदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो? अनि अहिले यसले कसरी देख्छ त?”
41“मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” उसले भन्यो, “प्रभु, म देख्न चाहन्छु ।”
32संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन ।
28जब येशू घरभित्र आउनुभयो, ती दृष्टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।”
19न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्ट थिए ।
18ए बहिरा हो, सुन । अनि अन्धाहरूले हेर, ताकि तिमीहरूले देख्न सक ।
9उहाँले भन्नुभयो, “जाऊ, यी मानिहरूलाई भन, 'सुन्छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।'
35तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो । उहाँले त्यसलाई भेटाउनुभयो र भन्नुभयो, “के तिमी मानिसका पुत्रमा विश्वास गर्छौ?”
12फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
37येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही हो ।”
38त्यो मानिसले भन्यो, “प्रभु, म विश्वास गर्छु” तब त्यसले उहाँको आराधना गर्यो ।
33तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।”
24बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।
36तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्वास गर्दैनौ ।
26मैले तिमीहरूबारे भन्नु र न्याय गर्नु धेरै छ, तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ, र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्छु ।”
39त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्याउन सक्छ? त्यसो गरे दुवै जना खाल्डोमा पर्दैनन् र?