यहोशू 10:40

अनलक शाब्दिक बाइबल

यहोशूले पहाडी देश, नेगेव, समथर भूमि र पहाडहरूका सबै भूमिमाथि विजय हासिल गरे । उनीहरूका कुनै पनि राजा जीवित रहेनन् । परमप्रभु इस्राएलका परमेश्‍वरले आज्ञा गर्नुभएजस्तै तिनले सबै थोकलाई पूर्ण रूपमा नष्‍ट पारे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 7:2-9 : 2 तिमीहरूले तिनीहरूलाई पराजित गर्दा परमप्रभु तिमीहरूका परमेश्‍वरले नै तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनुहुने छ र तिमीहरूले तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्नू । तिनीहरूसित कुनै करार नबाँध्‍नू, र तिनीहरूलाई कृपा नदेखाउनू । 3 तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू । तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू । 4 किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् । त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले तत्काल तिमीहरूलाई नष्‍ट गर्नुहुने छ । 5 तिनीहरूसित यसरी व्यवहार गर्नूः तिनीहरूका वेदीहरू भत्काइदिनू; तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू; तिनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू । 6 किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका निम्ति अलग गरिएका जाति हौ । उहाँले तिमीहरूलाई पृथ्वीको धरातलमा भएका अन्य कुनै पनि जातिहरूभन्दा उहाँको जातिको रूपमा अधिकार हुन चुन्‍नुभएको छ । 7 अरू जातिहरूभन्दा तिमीहरू सङ्ख्यामा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम देखाउनुभएको होइन वा चुन्‍नुभएको होइन किनकि तिमीहरू सबै जातिभन्दा सङ्ख्यामा थोरै छौ । 8 तर उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने भएकोले र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित खानुभएको शपथ पुरा गर्ने इच्छा गर्नुभएकोले तिमीहरूलाई चुन्‍नुभएको हो । 9 त्यसकारण, परमप्रभुले तिमीहरूलाई शक्तिशाली हातले बाहिर ल्याउनुभएको छ, र दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभएको छ । तसर्थ, परमप्रभु तिमीहरूका परमेश्‍वर नै विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू मान्‍ने हजारौँ पुस्तासम्म आफ्ना करार पुरा गर्नुहुन्छ र विश्‍वासयोग्य हुनुहुन्छ भनी जान । 10 तर उहाँको अवहेलना गर्नेहरूलाई उहाँले बदला लिनुहुने छ वा तिनीहरूलाई नष्‍ट गर्नुहुने छ । उहाँको अवहेलना गर्नेहरू जोकसैप्रति पनि उहाँ सहनशील हुनुहुन्‍न । उहाँले त्यसको बदला लिनुहुने छ । 11 त्यसकारण मैले तिमीहरूलाई दिएका आज्ञा र विधिविधानहरू पालन गर र मान । 12 तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार र विश्‍वसनियता उहाँले पुरा गर्नुहुने छ । 13 उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने छ; आशिष् दिनुहुने छ र गुणात्मक रूपमा वृद्धि गराउनुहुने छ । तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिमीहरूको शरीरको फल, भूमिको फल, तिमीहरूको अन्‍न, तिमीहरूको नयाँ दाखमद्य, तिमीहरूको तेल, तिमीहरूको गाईवस्तु र तिमीहरूको बगाललाई वृद्धि गरी आशिष् दिनुहुने छ । 14 अरू सबै जातिभन्दा तिमीहरू सुखि हुने छौ । तिमीहरूका बिचमा कोही पनि निसन्तान हुने छैन, र तिमीहरूका गाईवस्तुमध्ये एउटै पनि बैला हुने छैन । 15 परमप्रभुले तिमीहरूबाट सबै रोग लैजानुहुने छ । तिमीहरूले जानेका मिश्रका कुनै पनि खराब रोगहरू तिमीहरूमाथि आउने छैनन्, तर तिमीहरूलाई घृणा गर्नेहरूमाथि उहाँले ती ल्याउनुहुने छ । 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने सबै जातिलाई नष्‍ट गर्नू, र तिनीहरूलाई दया नदेखाउनू । तिनीहरूका देवी-देवताको पुजा नगर्नू किनकि त्यो तिमीहरूका निम्ति पासो हुने छ ।
  • व्यव 7:24 : 24 उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूको शक्तिमुनि ल्याउनुहुने छ र तिमीहरूले आकाशमुनि तिनीहरूका नाउँ मेटिदिने छौ । तिनीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म कोही पनि तिमीहरूका सामु खडा हुन सक्दैन ।
  • व्यव 20:16-17 : 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्‍नू । 17 बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू ।
  • व्यव 26:16-17 : 16 आज परमप्रभु तिमीहरूका परमेश्‍वरले यी विधिविधानहरू पालन गर्न तिमीहरूलाई आज्ञा गर्दै हुनुहुन्छ । त्यसकारण, तिमीहरूका सारा ह्रदय र सारा प्राणले तिनको पालन गर र तिनलाई मान । 17 आज तिमीहरूले घोषणा गरेका छौ, कि परमप्रभु नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ, र तिमीहरू उहाँका मार्गहरूमा हिँडी उहाँका विधिविधानहरू, आज्ञाहरू मान्‍ने छौ र उहाँको कुरा सुन्‍ने छौ ।
  • यहो 6:17 : 17 यो सहर र यसमा भएका सबै थोक विनाशको निम्ति परमप्रभुको लागि अलग गरिएको छ । राहाब र तिनको घरमा तिनीसँग भएकाहरू मात्र बाँच्ने छन्, किनभने तिनले हामीले पठाएका मानिसहरूलाई लुकाएकी थिइन् ।
  • यहो 8:2 : 2 तैँले ऐ र त्यसको राजालाई यरीहो र त्यसका राजालाई गरेझैँ गर्ने छस्, त्यसबाहेक, तैँले आफ्‍नो निम्ति लूटका मालहरू र गाईवस्तुहरू लिने छस् । सहरको पछाडिबाट ढुकेर बस्‍नू ।
  • यहो 8:27 : 27 परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएमुताबिक तिनीहरूले सहरबाट गाईवस्तुहरू र लूटका मालहरू मात्र लिए ।
  • यहो 9:24 : 24 उनीहरूले यहोशूलाई जवाफ दिए र भने, “परमप्रभु तपाईंका परमेश्‍वरले उहाँका दास मोशालाई सबै भूमि दिन र तपाईं सामु भएका भूमिका सबै बासिन्दालाई नष्‍ट पार्नलाई आज्ञा दिनुभएको तपाईंका दासहरूलाई बताइएको हुनाले तपाईंहरूको कारण हामी हाम्रो जीवनको निम्ति साह्रै भयभीत भएका थियौँ । यसैले हामीले यसो गर्‍यौँ ।
  • यहो 10:35 : 35 र त्यसै दिन यसलाई कब्जा गरे । तिनीहरूले यसलाई तरवारले प्रहार गरे र यहोशूले लाकीशलाई गरे झैँ यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे ।
  • यहो 10:37 : 37 तिनीहरूले यसलाई, यसका राजा, यसका गाउँहरू र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनीहरूले यसमा कसैलाई जीवित छाडेनन् । तिनीहरूले एग्‍लोनलाई जे गरेका थिए, तिनीहरूले यसलाई र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे ।
  • यहो 12:8 : 8 तिनले तिनीहरूलाई हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरूको भूमि पहाडी देशहरू, तराईहरू, अराबा, पहाडका पाटाहरू र नेगेव दिए ।
  • यहो 15:21-63 : 21 यहूदा कुलको अधीनमा रहेका सुदूर दक्षिणका सहरहरू एदोमको सिमानातिर यी नै थिएः कब्सेल, एदेर, यागूर, 22 कीना, दीमोना, अदाद, 23 केदेश, हासोर, यित्‍नान, 24 जीप, तेलेम, बालोत, 25 हासोरहादत्ता, किर्योत-हेस्रोन (जुन हासोर हो), 26 अमाम, शेमा, मोलादा, 27 हसर-गद्दा, हेश्‍मोन, बेथ-पालेत, 28 हसर-शूआल, बेर्शेबा, बिज्योत्या । 29 बाला, ईम, एसेम, 30 एल्तोलद, कसील, होर्मा, 31 सिक्लग, मद्‌मन्‍न, सन्‍सन्‍ना, 32 लबाओत, शिल्हीम, ऐन, रिम्मोन । यिनीहरू तिनीहरूका गाउँहरूसहितका सब उनन्तिस सहर थिए । 33 पश्‍चिमतिरको तल्‍लो पहाडी देशमा, एश्‍तोल, सोरा, अश्‍ना, 34 जानोह, एनगन्‍नीम, तप्‍पूह, एनाम, 35 यर्मूत, अदूल्लाम, सोको, आजेका, 36 शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए । 37 सनान, हदाशा, मिग्‍दलाद, 38 दिलान, मिस्पा, योक्‍तेल, 39 लाकीश, बोस्कत, एग्लोन, 40 कोब्‍बन, लहमास, कितलीश, 41 गदेरोत, बेथ-दागोन, नामा, मक्‍केदा । यिनीहरू तिनीहरूका गाउँहरूसहित सोह्रवटा थिए । 42 लिब्‍ना, एतेर, आशान, 43 यिप्‍ताह, अश्‍ना, नसीब, 44 कीलाह, अक्जीब, मारेशा । यिनीहरूका गाउँहरूसहित नौवटा सहर थिए । 45 यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन; 46 एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती । 47 अश्‍दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म । 48 पहाडी देशमा, शामीर, यत्तीर, सोको, 49 दन्‍ना, किर्यत-सन्‍ना (अर्थात् दबीर), 50 अनाब, एश्तमोह, अनीम, 51 गोशेन, होलोन, गीलोह । यिनीहरू तिनीहरूका गाउँहरूसहितका एघार सहर थिए । 52 अरब, दुमा, एशान, 53 यानूम, बेथ-तप्‍पूह, अपेका, 54 हुम्ता, किर्यत-अर्बा (अर्थात् हेब्रोन), र सीओर । यिनीहरू तिनीहरूका गाउँहरूसहितका नौवटा नगर हुन् । 55 माओन, कर्मेल, जीप, युक्‍ता, 56 यिजरेल, योक्दाम, जानोह, 57 कैन, गिबा र तिम्‍ना । यिनीहरू तिनीहरूका गाउँहरूसहित दसवटा सहर थिए । 58 हलहूल, बेथ-सर, गदोर, 59 मारात, बेथ-अनोत र एल्तकोन । यिनीहरू तिनीहरूका गाउँहरूसहित छवटा सहर थिए । 60 किर्यत-बाल (अर्थात् किर्यत-यारीम), र रब्‍बा । यिनीहरू तिनीहरूका सहरहरूसहित दुईवटा सहर थिए । 61 मरुभूमिमा त्यहाँ बेथ-अराबा, मिद्दीन, सकाका, 62 निब्शान, नूनको सहर र एन-गदी थिए । यिनीहरू तिनीहरूका सहरहरूसहित छवटा सहर थिए । 63 तर यबूसीहरू अर्थात् यरूशलेमका बासिन्दाहरूको सवालमा यहूदाका कुलले तिनीहरूलाई धपाउन सकेनन्, त्यसैले आजको दिनसम्म पनि यबूसीहरू यहूदाको कुलको माझमा बस्छन् ।
  • यहो 18:21-19:8 : 21 बेन्यामीन कुलको कुल-कुलअनुसारका सहरहरू यी नै थिएः यरीहो, बेथ-होग्ला, एमेक-कसीस, 22 बेथ-अराबा, समारैम, बेथेल, 23 अब्बीम, पारा, ओप्रा, 24 कपर अमोनी, ओप्‍नी, र गेबा । तिनीहरूका सहरहरूसहित त्यहाँ बाह्रवटा सहर थिए । 25 त्यहाँ गिबोन, रामा, बेरोतका सहरहरू पनि थिए । 26 मिस्पा, कपीरा, मोशा, 27 रेकेम, यिर्पल, तरला, 28 सेलाह, एलेप, यबूस (यरूशलेमजस्तै), गिबा, र किर्यत । तिनीहरूका सहरहरूसहित त्यहाँ चौधवटा सहर थिए । यो बेन्यामीनको कुलको निम्ति तिनीहरूको उत्तराधिकार थियो । 1 ¶ दोस्रो चिट्ठा कुल-कुलअनुसार शिमियोनको कुललाई पर्‍यो । तिनीहरूको भाग यहूदाको कुलको अधीन रहेको भागको बिचमा थियो । 2 तिनीहरूको उत्तराधिकारमा यी ठाउँहरू थिएः बेर्शेबा, शेबा, मोलादा, 3 हसर-शूआल, बाला, एसेम, 4 एल्तोलद, बतूल र होर्मा । 5 शिमियिनको भागमा यी पनि थिएः सिक्लग, बेथ-मर्काबोथ, हसर-सूसा, 6 बेथ-लबाओत, शारूहेन । 7 शिमियोनका यी पनि थिएः ऐन, रिम्‍मोन, एतेर र आशान । यिनीहरू तिनीहरूका सहरहरूसहित चारवटा सहर थिए । 8 बालात-बेअरसम्म (अर्थात् नेगेवको रामा) यी सहरहरू वरिपरिका तिनीहरूका गाउँहरूलगायत सँगै थिए । यो कुल-कुलअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो ।
  • यहो 19:40-48 : 40 सातौँ चिट्ठा कुल-कुलअनुसार दानको कुललाई पर्‍यो । 41 यसको उत्तराधिकारको क्षेत्रमा सोरा, एश्‍तोल, इर-शेमेश, 42 शालवीन, अय्यालोन, इत्ला पर्थे । 43 यसमा एलोन, तिम्‍ना, एक्रोन, 44 एल्तके, गिब्‍बतोन, बालात, 45 यहूद, बने-बरक, गात-रिम्‍मोन, 46 मे-यरकोन र योप्पापारिको क्षेत्रसँगै रक्‍कोन पर्थ्यो । 47 जब दानको कुल आफैमा हरायो, दानले लेशेमलाई आक्रमण गर्‍यो, यसविरुद्ध लड्यो, र तरवारले प्रहार गरेर यसलाई कब्जा गर्‍यो; यसलाई अधीन गरेर यसमा बसोबास गर्‍यो । तिनीहरूले लेशेमलाई आफ्नो पुर्खाको नाउँअनुसार यसको नाउँ राखे । 48 कुल-कुलअनुसार तिनीहरूको गाउँहरूसहितको सहरहरू यो दानको कुलको उत्तराधिकारको थियो ।
  • १ राजा 15:29 : 29 तिनी राजा हुनेबित्तिकै बाशाले याराबामको सारा घरानालाई मारे । तिनले यारोबामको कुनै पनि सन्तानलाई जिउँदो राखेनन् । यसरी परमप्रभुले आफ्ना दास शीलोका अहियाहद्वारा बोल्नुभएझैँ तिनले यारोबामको सबै राजकीय वंशलाई नष्ट गरिदिए ।
  • भजन 9:17 : 17 दुष्‍टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्‍वरलाई बिर्सिन्छन् ।
  • २ थेस 1:7-9 : 7 र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । 8 जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । 9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्,
  • निर्ग 23:31-33 : 31 नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ । 32 तिनीहरूसित वा तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्‍नू । 33 तिनीहरू तिमीहरूको देशमा बस्‍नुहुँदैन नत्रता तिनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउनेछन् । तिमीहरूले तिनीहरूका देवी-देवताहरूलाई पुजा गर्‍यौ भने निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ ।”
  • निर्ग 34:12 : 12 तँ गइरहेको देशका बासिन्दाहरूसित कुनै किसिमको करार नबाँध्‍न सावधन बस् नत्रता तिनीहरू तिमीहरूका बिचमा पासो बन्‍नेछन् ।
  • व्यव 1:7 : 7 आफ्नो यात्रा सुरु गरी एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका सबै ठाउँ अर्थात् यर्दन नदीको बेँसीको मैदान, पहाडी देश, तराई, नेगेव र समुद्रीतटमा कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 10:35-39
    5 पदहरू
    85%

    35र त्यसै दिन यसलाई कब्जा गरे । तिनीहरूले यसलाई तरवारले प्रहार गरे र यहोशूले लाकीशलाई गरे झैँ यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे ।

    36त्यसपछि यहोशू र सारा इस्राएल एग्लोनबाट हेब्रोनतिर अगि बढे । तिनीहरूले यसविरुद्ध युद्ध गरे ।

    37तिनीहरूले यसलाई, यसका राजा, यसका गाउँहरू र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनीहरूले यसमा कसैलाई जीवित छाडेनन् । तिनीहरूले एग्‍लोनलाई जे गरेका थिए, तिनीहरूले यसलाई र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे ।

    38त्यसपछि यहोशू र तिनीसँग भएका सबै फौज फर्के र तिनीहरू दबीरतिर लागे र यसविरुद्ध युद्ध गरे ।

    39तिनीहरूले यसलाई, यसका राजा र यस नजिकका सबै गाउँलाई कब्जा गरे । तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनीहरूले कसैलाई पनि जीवित छाडेनन् । तिनीहरूले लिब्‍नालाई र यसका राजालाई र हेब्रोनलाई गरेझैँ दबीरलाई पनि गरे ।

  • यहो 11:6-21
    16 पदहरू
    84%

    6परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूको उपस्थितिमा नडरा किनभने म भोली यसै समयमा उनीहरू सबैलाई इस्राएलको हातमा मृत मानिसहरूको रूपमा दिँदै छु । तैँले उनीहरूका घोडाहरूको ढोड नसा काटिदिनू र उनीहरूका रथहरू जलाइदिनू ।”

    7यहोशू र सबै योद्धा आए । तिनीहरू मेरोमको पानीमा अचानक आए र शत्रुहरूलाई आक्रमण गरे ।

    8परमप्रभुले शत्रुहरूलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई प्रहार गरे अनि उनीहरूलाई सीदोनसम्म, मिस्रपोत-मैमसम्मै र पूर्वतिर मिस्पाको बेँसीसम्म खेदे । तिनीहरूले उनीहरूमा कोही पनि जीवित नरहेसम्म नै उनीहरूलाई प्रहार गरे ।

    9यहोशूले उनीहरूलाई परमप्रभुले भन्‍नुभएमुताबिक गरे । तिनले घोडाहरूका ढोड नसाहरू काटे र रथहरू जलाए ।

    10त्यस बेला यहोशू फर्के र हासोस कब्जा गरे । तिनले यसका राजालाई तरवारले प्रहार गरे । (हासोर यी सबै राज्यका शिर थियो ।)

    11तिनीहरूले त्यहाँ भएका सबै जीवित थोकहरूलाई तरवारले प्रहार गरे र नष्‍ट पार्नलाई अलग गरे । त्यसैले त्यहाँ कोही पनि जीवित रहेन । अनि तिनले हासोरलाई आगो लगाए ।

    12यहोशूले यी राजाहरूका सबै सहर कब्जा गरे । तिनले उनीहरूका सबै राजालाई कब्जा गरे र उनीहरूलाई तरवारले प्रहार गरे । परमप्रभुका दास मोशाले भनेझैँ तिनले उनीहरूलाई तरवारले पूर्ण रूपमा नष्‍ट पारे ।

    13इस्राएलले डाँडामाथि निर्मित सहरहरू हासोरबाहेक अरू कुनैलाई पनि जलाएन । यहोशूले यसलाई मात्र जलाए ।

    14इस्राएलको फौजले यी सहरहरूबाट गाईवस्तुहरूसहित सबै लूटका माल लिए । तिनीहरूले सबै मानिस नमरेसम्म सबै मानिसलाई तरवारले मारे । तिनीहरूले सास फेर्ने कुनै प्राणीलाई जीवित छाडेनन् ।

    15परमप्रभुले जसरी मोशालाई आज्ञा गर्नुभयो, त्यसरी नै मोशाले यहोशूलाई आज्ञा गरे र यहोशूले त्यसै गरे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कुनै पनि कुरालाई यहोशूले अपूरा छोडेनन् ।

    16यहोशूले पहाडी देश, सबै नेगेव, गोशेनका सबै भूमि, पहाडहरू, यर्दन नदीको बेँसी, इस्राएको पहाडी देश र तराईको सबै भूमिलाई लिए ।

    17तिनले एदोम नजिकको हालाक डाँडादेखि उत्तरतिर हेर्मोन डाँडाको मुनि लेबनान नजिकको बेँसीमा पर्ने बाल-गादसम्म उनीहरूका सबै राजाहरूलाई कब्जा गरे र उनीहरूलाई मारे ।

    18यहोशूले सबै राजासँग लामो समयसम्म युद्ध गरे ।

    19गिबोनमा बस्‍ने हिव्वीहरूबाहेक कुनै पनि सहरले इस्राएलको फौजसँग शान्ति सम्झौता गरेनन् । इस्राएलले सबै बाँकी सहरलाई कब्जा गरे ।

    20किनभने उनीहरूका हृदय कठोर बनाउनुहुने परमप्रभु नै हुनुहुन्थ्यो, त्यसैले उनीहरूले इस्राएलविरुद्ध लडाइँ गर्थे, ताकि उहाँले मोशालाई अह्राउनुभएझैँ उहाँले उनीहरूलाई दयाविना नै पूर्ण रूपमा नष्‍ट पार्नुभएको होस् ।

    21त्यसपछि यहोशू आए र तिनले अनाकीलाई नष्‍ट पारे । तिनले यो पहाडी देश, हेब्रोन, दबीर, अनाब, यहूदाका सबै पहाडी देश र इस्राएलका सबै पहाडी देशमा यसो गरे ।

  • यहो 10:41-42
    2 पदहरू
    83%

    41यहोशूले कादेश-बर्नेदेखि गाजासम्म र गोशेनदेखि गोबोनसम्म सब देशलाई प्रहार गरे ।

    42यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।

  • 30परमप्रभुले यसलाई उनीहरूका राजासहित इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनले यसमा कसैलाई जीवित छाडेनन् । तिनले यसका राजालाई यरीहोका राजालाई झैँ गरे ।

  • 28यसरी, यहोशूले त्यस दिन मक्‍केदा कब्जा गरे र यसका राजासहित त्यहाँ भएका सबैलाई तरवारले मारे । तिनले यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनले कसैलाई पनि जीवित छोडेनन् । तिनले मक्‍केदाका राजालाई यरीहोका राजालाई झैँ गरे ।

  • 20उनीहरू झण्डै पूर्ण रूपमा नष्‍ट नभएसम्म नै यहोशू र इस्राएलका सन्तानहरूले उनीहरूलाई ठुलो संहारको साथ संहार गरिसिद्ध्याएका थिए; केही बचेकाहरू मात्र उम्केर किल्ला भएको सहरमा पुगे ।

  • यहो 8:26-27
    2 पदहरू
    77%

    26यहोशूले ऐका मानिसहरू सबैलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म भाला समाइरहेका तिनको हात पछाडि फर्काएनन् ।

    27परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएमुताबिक तिनीहरूले सहरबाट गाईवस्तुहरू र लूटका मालहरू मात्र लिए ।

  • व्यव 20:16-17
    2 पदहरू
    76%

    16परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा भने तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्‍नू ।

    17बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू ।

  • 4परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ ।

  • 10परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे । तिनीहरूले आजेका र मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे ।

  • 21तिनीहरूले सहरमा भएका पुरुष र महिला, जवान र वृद्ध, गोरु, भेडा र गधाहरूलाई तरवारले विनाश पारे ।

  • 23त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे । यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए । त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो ।

  • 24जब तिनीहरूले राजाहरूलाई यहोशूकहाँ ल्याए, तिनले इस्राएलका सबै मानिसलाई बोलाए । तिनले तिनीसँग युद्धमा जाने सेनाहरूका सेनापतिहरूलाई भने, “उनीहरूको गर्दनमा तिमीहरूको खुट्टाले टेक ।” त्यसैले तिनीहरू आए र उनीहरूका गर्दनमाथि तिनीहरूका खुट्टाले टेके ।

  • 35त्यसैले तिनीहरूले कुनै पनि मानिस जीवित नरहुञ्‍जेल उनी, उनका छोराहरू र उनका सबै फौजलाई मारे । अनि तिनीहरूले उनको भूमि कब्‍जा गरे ।

  • यहो 12:7-8
    2 पदहरू
    73%

    7त्यस भूमिका राजाहरू यिनै हुन् जसलाई यहोशू र इस्राएलका मानिसहरूले लेबनान नजिकको बाल-गाददेखि एदोमको छेउको हालाक डाँडासम्म यर्दनको पश्‍चिमपट्टि पराजित गरेका थिए । यहोशूले त्यो भूमि अधीन गर्न इस्राएलका कुलहरूलाई दिए ।

    8तिनले तिनीहरूलाई हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरूको भूमि पहाडी देशहरू, तराईहरू, अराबा, पहाडका पाटाहरू र नेगेव दिए ।

  • 1¶ यर्दनको पश्‍चिमतिरका एमोरी राजाहरू र भूमध्य सागरको तटतिर कनानी राजाहरू इस्राएलका मानिसहरूले यर्दन नतरेसम्म यर्दनको पानी सुकाउनुभएको थियो भन्‍ने सुन्‍ने बित्तिकै तिनीहरूको हृदय शिथिल भयो र इस्राएलका मानिसहरूको कारण तिनीहरूमा कुनै आँट आएन ।

  • 33त्यसपछि गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आए । यहोशूले उनलाई र उनीसँग भएका फौजलाई एक जना पनि जीवित नराखी आक्रमण गरे ।

  • 34त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्‍त्रीहरू अनि बालबच्‍चाहरूलाई पूर्ण रूपले नष्‍ट पार्‍यौँ । एउटै पनि बाँचेन ।

  • 22सहरभित्र गएका अरू सिपाहीहरू पनि तिनीहरूलाई आक्रमण गर्न बाहिर निस्के । त्यसैले ऐका मानिसहरू यतापट्टि र उतापट्टिका इस्राएलका फौजको बिचमा फसे । इस्राएलले ऐका मानिसहरूलाई आक्रमण गर्‍यो; तिनीहरू कोही पनि बचेनन् वा उम्केनन् ।