यहोशू 10:42

अनलक शाब्दिक बाइबल

यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 10:14 : 14 परमप्रभुले मानव-जातिको कुरा सुन्‍नुभयो, यसअगि र यसपछि कहिल्यै पनि यस्तो भएको छैन । किनभने परमप्रभुले इस्राएलको तर्फबाट युद्ध लडिरहनुभएको थियो ।
  • भजन 44:3-8 : 3 किनकि तिनीहरूले आफ्‍नो लागि देश अधिकार गर्नलाई आफ्नै तरवारले प्राप्‍त गरेनन्, न त तिनीहरूको आफ्नै पाखुराले तिनीहरूलाई बचाए । तर तपाईंको दाहिने हात, तपाईंको पाखुरा र तपाईंको मुहारको ज्‍योतिले बचायो, किनभने उनीहरूप्रति तपाईं कृपालु हुनुहुन्थ्यो । 4 हे परमेश्‍वर, तपाईं मेरो राजा हुनुहुन्छ । याकूबको निम्ति विजय दिनुहोस् । 5 तपाईंद्वारा नै हामी आफ्‍ना शत्रुहरूलाई धकेल्‍नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं । 6 किनकि म आफ्‍नो धनुमा भरोसा गर्नेछैनँ, न त मलाई मेरो तरवारले बचाउनेछ । 7 तर हाम्रो शत्रहरूबाट तपाईंले हामीलाई बाचउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई लाजमा पार्नुभएको छ । 8 दिनभरि हामीले परमेश्‍वरमा नै गर्व गरेका छौं र तपाईंको नाउँलाई नै हामी सदासर्वदा धन्यवाद दिनेछौं । सेला
  • भजन 46:1 : 1 ¶ परमेश्‍वर हाम्रो शरणस्थान र बल, दुःखको समयमा तुरुन्‍तै पाउन सकिने मदत हुनुहुन्छ ।
  • भजन 46:7 : 7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ । सेला
  • भजन 46:11 : 11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ । याकूबका परमेश्‍वर हाम्रो शरण हुनुहुन्छ । सेला
  • भजन 80:3 : 3 हे परमेश्‍वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।
  • भजन 118:6 : 6 परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
  • यशा 8:9-9 : 9 मानिसहरू टुक्रा-टुक्रा हुनेछन् । सुन, ए टाढाका देशहरूः युद्धको निम्ति आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । 10 योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ ।
  • यशा 43:4 : 4 तँ मेरो दृष्‍टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु ।
  • रोमी 8:31-37 : 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र? 32 जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्‍न र? 33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ । 34 दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्‍ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्‍वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ । 35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्‍नेछ? सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले? 36 जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।” 37 यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ ।
  • निर्ग 14:14 : 14 परमप्रभु तिमीहरूका पक्षमा लड्नुहुनेछ । तिमीहरू केवल स्थिर भएर बस ।”
  • निर्ग 14:25 : 25 तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।”
  • व्यव 20:4 : 4 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।'

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 10:38-41
    4 पदहरू
    80%

    38त्यसपछि यहोशू र तिनीसँग भएका सबै फौज फर्के र तिनीहरू दबीरतिर लागे र यसविरुद्ध युद्ध गरे ।

    39तिनीहरूले यसलाई, यसका राजा र यस नजिकका सबै गाउँलाई कब्जा गरे । तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनीहरूले कसैलाई पनि जीवित छाडेनन् । तिनीहरूले लिब्‍नालाई र यसका राजालाई र हेब्रोनलाई गरेझैँ दबीरलाई पनि गरे ।

    40यहोशूले पहाडी देश, नेगेव, समथर भूमि र पहाडहरूका सबै भूमिमाथि विजय हासिल गरे । उनीहरूका कुनै पनि राजा जीवित रहेनन् । परमप्रभु इस्राएलका परमेश्‍वरले आज्ञा गर्नुभएजस्तै तिनले सबै थोकलाई पूर्ण रूपमा नष्‍ट पारे ।

    41यहोशूले कादेश-बर्नेदेखि गाजासम्म र गोशेनदेखि गोबोनसम्म सब देशलाई प्रहार गरे ।

  • यहो 11:16-19
    4 पदहरू
    80%

    16यहोशूले पहाडी देश, सबै नेगेव, गोशेनका सबै भूमि, पहाडहरू, यर्दन नदीको बेँसी, इस्राएको पहाडी देश र तराईको सबै भूमिलाई लिए ।

    17तिनले एदोम नजिकको हालाक डाँडादेखि उत्तरतिर हेर्मोन डाँडाको मुनि लेबनान नजिकको बेँसीमा पर्ने बाल-गादसम्म उनीहरूका सबै राजाहरूलाई कब्जा गरे र उनीहरूलाई मारे ।

    18यहोशूले सबै राजासँग लामो समयसम्म युद्ध गरे ।

    19गिबोनमा बस्‍ने हिव्वीहरूबाहेक कुनै पनि सहरले इस्राएलको फौजसँग शान्ति सम्झौता गरेनन् । इस्राएलले सबै बाँकी सहरलाई कब्जा गरे ।

  • 23त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे । यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए । त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो ।

  • 43त्यसपछि यहोशू र तिनीसँग भएका सबै इस्राएल गिलगालको छाउनीमा फर्के ।

  • 12यहोशूले यी राजाहरूका सबै सहर कब्जा गरे । तिनले उनीहरूका सबै राजालाई कब्जा गरे र उनीहरूलाई तरवारले प्रहार गरे । परमप्रभुका दास मोशाले भनेझैँ तिनले उनीहरूलाई तरवारले पूर्ण रूपमा नष्‍ट पारे ।

  • यहो 9:1-2
    2 पदहरू
    77%

    1¶ त्यसपछि यर्दन पारिको पहाडी देशहरू र लेबनानपट्टि महासमुद्रको किनारका मैदानहरूमा हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरू बस्थे ।

    2यिनीहरू यहोशू र इस्राएलविरुद्ध युद्ध गर्न एउटै समूहमा सहभागी भए ।

  • यहो 11:5-8
    4 पदहरू
    77%

    5यी सबै राजा तोकिएको समयमा भेटे र उनीहरू इस्राएलविरुद्ध लड्नलाई मेरोमको पानी नजिकै छाउनी हाले ।

    6परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूको उपस्थितिमा नडरा किनभने म भोली यसै समयमा उनीहरू सबैलाई इस्राएलको हातमा मृत मानिसहरूको रूपमा दिँदै छु । तैँले उनीहरूका घोडाहरूको ढोड नसा काटिदिनू र उनीहरूका रथहरू जलाइदिनू ।”

    7यहोशू र सबै योद्धा आए । तिनीहरू मेरोमको पानीमा अचानक आए र शत्रुहरूलाई आक्रमण गरे ।

    8परमप्रभुले शत्रुहरूलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई प्रहार गरे अनि उनीहरूलाई सीदोनसम्म, मिस्रपोत-मैमसम्मै र पूर्वतिर मिस्पाको बेँसीसम्म खेदे । तिनीहरूले उनीहरूमा कोही पनि जीवित नरहेसम्म नै उनीहरूलाई प्रहार गरे ।

  • 3परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका खातिर यी सबै जातिलाई गर्नुभएका सबै कुरा तिमीहरूले देखेका छौ, किनभने तिमीहरूका निम्ति लड्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ ।

  • यहो 10:30-31
    2 पदहरू
    76%

    30परमप्रभुले यसलाई उनीहरूका राजासहित इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनले यसमा कसैलाई जीवित छाडेनन् । तिनले यसका राजालाई यरीहोका राजालाई झैँ गरे ।

    31यहोशू र तिनीसँग भएका सबै इस्राएल लिब्‍नाबाट लाकीशतिर अगि बढे । तिनले यसको नजिकै छाउनी हाले र यसविरुद्ध लडे ।

  • 36त्यसपछि यहोशू र सारा इस्राएल एग्लोनबाट हेब्रोनतिर अगि बढे । तिनीहरूले यसविरुद्ध युद्ध गरे ।

  • 21तब इस्राएलका परमप्रभु परमेश्‍वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे ।

  • 10त्यस बेला यहोशू फर्के र हासोस कब्जा गरे । तिनले यसका राजालाई तरवारले प्रहार गरे । (हासोर यी सबै राज्यका शिर थियो ।)

  • 7त्यस भूमिका राजाहरू यिनै हुन् जसलाई यहोशू र इस्राएलका मानिसहरूले लेबनान नजिकको बाल-गाददेखि एदोमको छेउको हालाक डाँडासम्म यर्दनको पश्‍चिमपट्टि पराजित गरेका थिए । यहोशूले त्यो भूमि अधीन गर्न इस्राएलका कुलहरूलाई दिए ।

  • 1¶ यर्दनको पश्‍चिमतिरका एमोरी राजाहरू र भूमध्य सागरको तटतिर कनानी राजाहरू इस्राएलका मानिसहरूले यर्दन नतरेसम्म यर्दनको पानी सुकाउनुभएको थियो भन्‍ने सुन्‍ने बित्तिकै तिनीहरूको हृदय शिथिल भयो र इस्राएलका मानिसहरूको कारण तिनीहरूमा कुनै आँट आएन ।

  • यहो 10:24-25
    2 पदहरू
    74%

    24जब तिनीहरूले राजाहरूलाई यहोशूकहाँ ल्याए, तिनले इस्राएलका सबै मानिसलाई बोलाए । तिनले तिनीसँग युद्धमा जाने सेनाहरूका सेनापतिहरूलाई भने, “उनीहरूको गर्दनमा तिमीहरूको खुट्टाले टेक ।” त्यसैले तिनीहरू आए र उनीहरूका गर्दनमाथि तिनीहरूका खुट्टाले टेके ।

    25अनि तिनले तिनीहरूलाई भने, “नडराओ, र निराश नहोओ । बलियो र साहसी होओ । तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्छ ।”

  • यहो 10:14-15
    2 पदहरू
    74%

    14परमप्रभुले मानव-जातिको कुरा सुन्‍नुभयो, यसअगि र यसपछि कहिल्यै पनि यस्तो भएको छैन । किनभने परमप्रभुले इस्राएलको तर्फबाट युद्ध लडिरहनुभएको थियो ।

    15यहोशू र तिनीसँग भएका सबै इस्राएली गिलगालको छाउनीमा फर्के ।

  • 10परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे । तिनीहरूले आजेका र मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे ।

  • व्यव 3:21-22
    2 पदहरू
    73%

    21त्यस बेला मैले यहोशूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले यी दुई राजालाई गर्नुभएका सबै कुरा तिम्रो आफ्नै आँखाले देखेका छन् । अब तिमीहरू पारि जाँदा सबै राज्यलाई पनि परमप्रभुले उही गर्नुहुने छ ।

    22तिनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूको पक्षमा लड्नुहुने छ ।'

  • 11एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई ।

  • 10परमेश्‍वर तिमीहरूमाझ हुनुहुन्छ र कनानीहरू, हित्तीहरू, हिव्वीहरू, परिज्‍जीहरू, गिर्गाशीहरू, एमोरीहरू र यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनु हुनेछ भनी तिमीहरूले थाहा पाउने छौ ।

  • 8परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा । मैले उनीहरूलाई तेरो हातमा दिएको छु । उनीहरू कसैले पनि तेरो आक्रमणलाई रोक्‍न सक्‍ने छैनन् ।

  • 3परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने छ । उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूले तिनीहरूलाई धपाउने छौ । परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन् ।

  • 24तिनीहरूले यहोशूलाई भने, “साँच्‍चै, यो भूमि परमप्रभुले हामीलाई दिनुभएको छ । त्यो भूमिका सबै बासिन्दा हाम्रो कारणले शिथिल भइरहेका छन् ।”