यहोशू 13:1

अनलक शाब्दिक बाइबल

¶ परमप्रभुले यहोशूलाई यसो भन्‍नुहुँदा तिनी धेरै वृद्ध भएका थिए, “तँ धैरै वृद्ध भइस्, तर कब्जा गर्न बाँकी अझै धेरै भूमि छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 14:10 : 10 अब, हेर्नुहोस्, इस्राएलीहरू मरुभूमिमा हिँड्दा परमप्रभु मोशासँग बोल्नुभएको समयदेखि उहाँले भन्‍नुभएमुताबिक नै यी चालिस वर्षसम्म उहाँले मलाई जीवितै राख्‍नुभएको छ । अब, हेर्नुहोस्, म पचासी वर्षको भएको छु ।
  • व्यव 31:3 : 3 परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने छ । उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूले तिनीहरूलाई धपाउने छौ । परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन् ।
  • उत्प 18:11 : 11 अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर ढल्किसकेको थियो । साराको बच्‍चा जन्माउने उमेर बितिसकेको थियो ।
  • यहो 23:1-2 : 1 ¶ परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए । 2 यहोशूले इस्राएलका धर्म-गुरुहरू, अगुवाहरू, न्यायकर्ताहरू सबैलाई बोलाए र तिनीहरूलाई भने, “म निकै वृद्ध भइसकेको छु ।
  • यहो 24:29 : 29 यी सबै कुरा भएपछि नूनका छोरा यहोशू ११० वर्षको उमेरमा मरे ।
  • १ राजा 1:1 : 1 ¶ जब राजा दाऊद वृद्ध भए र तिनको उमेर ढल्किसकेको थियो, तिनीहरूले तिनलाई कम्बल ओढाइदिँदा पनि तिनलाई न्यानो हुँदैनथ्यो ।
  • लू 1:7 : 7 तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 23:1-2
    2 पदहरू
    84%

    1¶ परमप्रभुले तिनीहरूको वरिपरि भएका तिनीहरूका सबै शत्रुबाट विश्राम दिनुभएको धेरै समयपछि यहोशू वृद्ध भइसकेका थिए ।

    2यहोशूले इस्राएलका धर्म-गुरुहरू, अगुवाहरू, न्यायकर्ताहरू सबैलाई बोलाए र तिनीहरूलाई भने, “म निकै वृद्ध भइसकेको छु ।

  • 2अझै बाँकी रहेका भूमि यिनै हुन्ः पलिश्‍तीहरू र गशूरीहरूका सबै, मिश्रको पूर्वतिर पर्ने

  • यहो 18:2-3
    2 पदहरू
    79%

    2इस्राएलका मानिसहरूमाझ अझै पनि सात कुल थिए जसलाई तिनीहरूका उत्तराधिकार दिइएको थिएन ।

    3यहोशूले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु तिमीहरूका पुर्खाले तिमीहरूलाई दिनुभएको भू-भागमा जान तिमीहरूले कहिलेसम्म पछि सारिरहन्छौ?

  • यहो 1:11-13
    3 पदहरू
    77%

    11“छाउनीभरि जाओ र मानिसहरूलाई आज्ञा गर, 'तिमीहरूका निम्ति खानेकुराहरू तयार पार । तिमीहरू तिन दिनमा यर्दन नदी तरेर पारि जाने छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको भूमि अधिकार गर्ने छौ' ।”

    12यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई भने,

    13“परमप्रभुका दास मोशाले तिमीहरूलाई भनेका वचनहरू सम्झ । तिनले भनेका थिए, 'परमप्रभुले तिमीहरूलाई विश्राम दिइरहनुभएको छ र उहाँले तिमीहरूलाई यो भूमि दिँदै हुनुहुन्छ ।'

  • 28बरु, यहोशूलाई निर्देशन दिनू र त्यसलाई उत्साह दिएर बलियो पार्नू किनकि त्यो यो जातिको अगिअगि पारि जाने छ, र त्यसले नै तैँले देखेको यो देश तिनीहरूलाई अधिकार गर्न लाउने छ ।'

  • 7मोशाले यहोशूलाई बोलाई सारा इस्राएलको सामुन्‍ने भने, “बलियो र खुबै साहसी होऊ, किनकि यी मानिसहरूलाई दिन्छु भनी परमप्रभुले तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमी यिनीहरूसँगै जाऊ । तिमीहरूले तिनीहरूलाई यसको अधिकार गर्न दिने छौ ।

  • व्यव 31:2-3
    2 पदहरू
    76%

    2“म अहिले एक सय बिस वर्ष पुगेँ । अब म भित्र बाहिर गर्न सक्दिनँ । परमप्रभुले मलाई यसो भन्‍नुभएको छ, 'तँ यर्दनपारि जाने छैनस् ।'

    3परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने छ । उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूले तिनीहरूलाई धपाउने छौ । परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन् ।

  • व्यव 1:38-39
    2 पदहरू
    76%

    38मेरो सामु खडा हुने नूनका छोरा यहोशू त्यहाँ जाने छ । त्यसलाई उत्साह दे किनकि त्यसले यस देशको कब्जा गर्न इस्राएललाई अगुवाइ गर्नेछ ।

    39यस बाहेक, तेरा स-साना बालबालिकाहरू जसको विषयमा तैँले तिनीहरू सिकार हुने छन् भनी बताएको थिइस्, जससित आज असल र खराबको ज्ञान छैन, तिनीहरू नै त्यहाँ जाने छन् । तिनीहरूलाई म यो देश दिने छु र तिनीहरूले यसको अधिकार गर्ने छन् ।

  • यहो 1:1-2
    2 पदहरू
    76%

    1¶ परमप्रभुका दास मोशाको मृत्युपछि परमप्रभु मोशाका मुख्य सहायक नूनका छोरा यहोशूसँग यसरी बोल्नुभयो,

    2“मेरो दास मोशाको मत्यु भएको छ । यसकारण, उठ्, तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरू अर्थात् इस्राएलका मानसिहरूलाई दिएको भूमिमा जाओ । तेरो खुट्टाको पैतालाले टेकेका सबै ठाउँ म तँलाई दिने छु ।

  • 23त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे । यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए । त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो ।

  • न्या 2:7-8
    2 पदहरू
    75%

    7यहोशू र तिनीपछि पनि बाँचेका धर्म-गुरुहरू जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै महान् कामलाई देखेका थिए, तिनीहरूले आफ्‍नो जीवनकालभरि नै परमप्रभुको सेवा गरे ।

    8परमप्रभुका सेवक नूनका छोरा यहोशूको ११० वर्षको उमेरमा मृत्‍यु भयो ।

  • 15तर परमप्रभुले तिनीहरूलाई पनि तिमीहरूलाई झैँ विश्राम नदिनुभएसम्म तिमीहरूका योद्धाहरू तिमीहरूका भाइहरूसँग पारि जाने छन् र तिनीहरूलाई सहायता गर्ने छन् ।

  • 23परमप्रभुले नूनका छोरा यहोशूलाई यस्तो आज्ञा दिई भन्‍नुभयो, “बलियो र खुबै साहसी होऊ । किनकि मैले इस्राएलीहरूलाई प्रतिज्ञा गरेको देशमा तैँले तिनीहरूलाई ल्याउने छस्, र म तँसित हुने छु ।”

  • 15परमप्रभु यहोशूसँग बोल्नुभयो,

  • 31किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जानुपर्छ र यसलाई अधिकार गरी तिमीहरू त्यहाँ बस्‍ने छौ ।

  • 1¶ जब सबै मानिस यर्दन तरे, परमप्रभुले यहोशूलाई भन्‍नुभयो,

  • 22बरु, म यस देशमै मर्नुपर्छ । म यर्दनपारि जान पाउने छैनँ । तर तिमीहरू त्यस असल देशमा गएर त्यसको अधिकार गर्ने छौ ।

  • 6बलियो र साहसी हो । तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउने छस् ।

  • 1¶ कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्‍त गरेका क्षेत्र यी नै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए ।

  • 1¶ त्यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो,

  • 21त्यस बेला मैले यहोशूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले यी दुई राजालाई गर्नुभएका सबै कुरा तिम्रो आफ्नै आँखाले देखेका छन् । अब तिमीहरू पारि जाँदा सबै राज्यलाई पनि परमप्रभुले उही गर्नुहुने छ ।

  • 29यी सबै कुरा भएपछि नूनका छोरा यहोशू ११० वर्षको उमेरमा मरे ।

  • 14परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर, तँ मर्ने दिन आउँदै छ । यहोशूलाई डाकेर भेट हुने पालमा तेरो उपस्थितिमा ले ताकि म त्यसलाई आज्ञा दिन सकूँ ।” मोशा र यहोशू भेट हुने पालमा गएर आफैलाई उपस्थित गराए ।

  • 1¶ हे इस्राएल हो, सुन । तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरू अनि आकाशै छुने पर्खाल लगाएका ठुला-ठुला सहरहरूमाथि अधिकार गर्न आज तिमीहरूले यर्दन पार गर्नै लागेका छौ ।

  • यहो 11:15-16
    2 पदहरू
    73%

    15परमप्रभुले जसरी मोशालाई आज्ञा गर्नुभयो, त्यसरी नै मोशाले यहोशूलाई आज्ञा गरे र यहोशूले त्यसै गरे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कुनै पनि कुरालाई यहोशूले अपूरा छोडेनन् ।

    16यहोशूले पहाडी देश, सबै नेगेव, गोशेनका सबै भूमि, पहाडहरू, यर्दन नदीको बेँसी, इस्राएको पहाडी देश र तराईको सबै भूमिलाई लिए ।

  • 49जब इस्राएलका मानिसहरूले भूमिको बाँडफाँड गर्न सिद्ध्यायो, तिनीहरूले नूनका छोरा यहोशूलाई तिनीहरू माझमा एउटा भाग दिए ।

  • 8त्यसकारण आज मैले तिमीहरूलाई दिएका सबै आज्ञा पालन गर ताकि तिमीहरू बलिया भई तिमीहरूले पारि गई अधिकार गर्ने देशलाई अधिकार गर्न सक,

  • 8हेर, मैले यो देश तिमीहरूको सामु राखिदिएको छु । परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिनीहरू र तिनीहरूका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा गएर यसलाई कब्जा गर ।'

  • 2परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, मैले यरीहोलाई यसको राजा र यसका तालिम प्राप्‍त सिपाहीहरूसहित तेरो हातमा सुम्‍पेको छु ।

  • 51“इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्‍ने सबै बासिन्दालाई धपाउनुपर्छ ।

  • 18त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा दिएँ, 'परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यो देश अधिकार गर्न दिनुभएको छ । सबै योद्धाहरू इस्राएलका मानिसहरू अर्थात् तिमीहरूका दाजुभाइहरूका सामु हतियार भिरेर जानुपर्छ ।