यहोशू 13:16

अनलक शाब्दिक बाइबल

तिनीहरूको भाग अर्नोन नदीको घाँटीको किनारमा पर्ने अरोएर र उपत्यकाको माझमा पर्ने सहरदेखि मेदबासम्मको सबै समथल भू-भाग थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 13:9 : 9 अरोएरदेखि (घाँटीको माझमा भएको सहरलगायत), दीबोनसम्मका मेदबाको टार;
  • यहो 12:2 : 2 एमोरी राजा सीहोन हेश्बोनमा बस्‍थे । तिनले अरोएरसम्म शासन गर्थे जुन बेँसीको माझमा पर्ने अर्नोनको छेउमा र अम्मोनीहरूको सिमानामा पर्ने गिलादको आधा भाग हो ।
  • गिन 21:28-30 : 28 हेश्बोनबाट आगोको ज्वाला दन्क्यो, सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई र अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो । 29 हे मोआब, तँलाई धिक्‍कार छ! हे कमोशको प्रजा, तँ नष्‍ट भएको छस् । त्यसले आफ्ना छोराहरूलाई भगुवाहरू बनायो र त्यसका छोरीहरूलाई एमोरीहरूका राजा सीहोनको कैदी बनायो । 30 तर हामीले सीहोनलाई जितेका छौँ । हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको छ । हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ ।
  • गिन 32:33-38 : 33 त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए । 34 गादका सन्तानहरूले दीबोन, अतारोत, अरोएर, 35 अत्रोत-शोपान, याजेर, योगबहा, 36 बेथ-निम्रा, बेथ-हारान सहरहरूलाई पर्खालले घेरेर भेडाबाख्राहरूका निम्ति खोरहरू बनाए । 37 रूबेनका सन्तानहरूले हेश्बोन, एलाले, किर्यातैयम, 38 नेबो, बालमोन, यिनीहरूका नाउँ पछि फेरियो र शिब्मा बनाए । तिनीहरूले पुनर्निर्माण गरेका सहरहरू नाउँ अरू नै राखे ।
  • व्यव 3:12 : 12 त्यस बेला हामीले अधिकारको रूपमा लिएको देश अर्थात् अर्नोनको बेँसीनेर अरोएरदेखि गिलादको पहाडी देशको आधा भाग र यसका सहरहरू मैले रूबेनीहरू र गादीहरूलाई दिएँ ।
  • यशा 15:1-2 : 1 ¶ मोआबको बारेमा एउटा घोषणा । साँच्‍चै, मोआबको आरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ । साँच्‍चै, मोआबको कीरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ । 2 तिनीहरू माथि मन्दिरमा गएका छन्, दीबोनका मानिसहरू रुनलाई अग्लो ठाउँमा गए । नेबोको निम्ति र मेदबाको निम्ति मोआबले विलाप गर्छ । तिनीहरूका सबै शिर खौरिएका छन् र तिनीहरूका सबै दाह्रीहरू काटिएका छन् ।
  • यशा 15:4 : 4 हेश्बोन र एलाले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरूको सोर यहसासम्म सुनिन्छ । यसरी मोआबका हतियारधारी मानिसहरूले सहायताको निम्ति पुकारा गर्छन् । तिनीहरू आफैभित्र त्रसित हुन्‍छन् ।
  • यशा 16:7-9 : 7 त्यसैले मोआबले मोआबको निम्ति विलाप गर्नेछ— तिनीहरू सबैले विलाप गर्नेछन् । कीर-हरेशेतको किशमिशको झुप्‍पाको निम्‍ति पुर्ण रूपमा विनाश भएकाहरूले विलाप गर । 8 हेश्बोनका खेतहरू साथै सिब्माका दाखहरू सुकेका छन् । याजेरमा पुगेको र मरुभूमिमा फैलिएको उत्तम दाखहरूलाई, जातिहरूका शासकहरूले कुल्चेका छन् । त्‍यसका टुसाहरू बाहिर देशमा फैलिए । ती समुद्रमाथि गए । 9 साँच्‍चै, सिब्माको दाखबारीको निम्ति म याजेरसँगै रुनेछु । ए हेश्बोन र एलाले, मेरो आँसुले म तँलाई भिजाउनेछु । किनकि तेरो गृष्मका फलहरू र कटनीको आनन्दको आवाजलाई मैले अन्त गरेको छु ।
  • यिर्मि 48:21-24 : 21 दण्ड पहाडी इलाकाहरूमा आएको छ– होलोन, यहसाह र मेपातमाथि, 22 दीबोन, नेबो र बेथ-दिब्लातैममाथि, 23 किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि, 24 किर्योत, बोज्रा र मोआब देशका नजिक र टाढाका सबै सहरमाथि आएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 13:8-11
    4 पदहरू
    91%

    8मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले तिनीहरूको उत्तराधिकार प्राप्‍त गरेका छन् जुन मोशाले तिनीहरूलाई दिएका यर्दनको पूर्वतिर, अर्नोन नदीको घाँटीको किनारामा भएको

    9अरोएरदेखि (घाँटीको माझमा भएको सहरलगायत), दीबोनसम्मका मेदबाको टार;

    10सीहोनका सबै सहर, एमोरीहरूका राजा, जसले हेश्बोनमा शासन गरे, अम्मोनीहरूको सिमानासम्म;

    11गिलाद, गशूरीहरू र माकातीहरूको प्रदेश, सबै हेर्मोन डाँडा, सलकासम्मका सबै बाशान;

  • यहो 13:25-30
    6 पदहरू
    82%

    25तिनीहरूका क्षेत्र याजेर, गिलादका सबै सहर र अम्‍मोनीहरूको आधा भू-भाग, रब्बाको पूर्वतिरको अरोएर,

    26हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, महनोमदेखि दबीरको क्षेत्रसम्म ।

    27उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्‍कोत, सापोन, होश्‍बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्‍नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए ।

    28यो गादको कुलको कुल-कुलअनुसारको तिनीहरूका सहरहरू र गाउँहरूसहित उत्तराधिकार हो ।

    29मोशाले मनश्शेका आधा कुललाई उत्तराधिकार दिए । यो मनश्शेका कुललाई कुल-कुलअनुसार दिइएको थियो ।

    30तिनीहरूका क्षेत्र महनोमदेखि, बाशानसम्म, बाशानका राजा ओगका सम्पूर्ण राज्य, याईरका सबै नगर, जुन बाशानमा छन्, साठीवटा सहर;

  • व्यव 3:16-17
    2 पदहरू
    78%

    16रूबेनीहरू र गादीहरूलाई मैले गिलाददेखि अर्नोन बेँसीसम्म (बेँसीको मध्य भाग त्यस इलाकाको सिमाना थियो) र यब्बोक नदी (जुन अम्मोनीहरूको सिमाना थियो) दिएँ ।

    17यसको अर्को सिमाना किन्‍नरेतदेखि पिसगा टापुको पूर्वपट्टि रहेको भीरमुनि अराबा समुद्र (अर्थात् खारा समुद्र) सम्म अर्थात् यर्दन नदीको बेँसीको मैदान थियो ।

  • 23रूबेनको कुलको सिमाना यर्दन नदी हो । यो तिनीहरूको सिमाना हो । यो रूबेनका वंशलाई तिनीहरूका कुल-कुलअनुसार तिनीहरूका सहरहरू र गाउँहरूसहित दिइएको उत्तराधिकार थियो ।

  • यहो 13:17-18
    2 पदहरू
    76%

    17रूबेनले हेश्बोन र समथल भू-भागमा रहेका यसका सबै सहर, दीबोन र बमोत-बाल, र बेथ-बाल-मोन,

    18रयहसा, लदेमोत, मेपात,

  • 15मोशाले रूबेनको कुललाई कुल-कुलअनुसार उत्तराधिकार दिए ।

  • 33यर्दन नदीको पूर्वतिर भएको गिलाद, गादी, रूबेनी र मनश्शे सबै क्षेत्र, अर्नोन उपत्‍यकाको ओएरदेखि गिलाद र बाशानसम्मै कब्‍जा गरे ।

  • यहो 12:1-3
    3 पदहरू
    75%

    1¶ इस्राएलका मानिसहरूले पराजित गरेका त्यस भूमिका राजाहरू यिनै हुन् । इस्राएलीहरूले यर्दनको पूर्वतिरका अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्म अनि पूर्वतिरका सबै अराबाका भूमिलाई कब्जा गरे ।

    2एमोरी राजा सीहोन हेश्बोनमा बस्‍थे । तिनले अरोएरसम्म शासन गर्थे जुन बेँसीको माझमा पर्ने अर्नोनको छेउमा र अम्मोनीहरूको सिमानामा पर्ने गिलादको आधा भाग हो ।

    3सीहोनका राजाले अराबादेखि किन्‍नरेतको समुद्रसम्म, पूर्वतिर अराबाको समुद्रसम्म (मृत सागर), बेथ-यशीमोनतिर सबैतिर र पिसगाको ओरालोका पहाडहरूसम्म शासन गर्थे ।

  • 32यो मोशाले तिनीहरूलाई यर्दनपारि पूर्वतिर दिएका उत्तराधिकार हो ।

  • 12त्यस बेला हामीले अधिकारको रूपमा लिएको देश अर्थात् अर्नोनको बेँसीनेर अरोएरदेखि गिलादको पहाडी देशको आधा भाग र यसका सहरहरू मैले रूबेनीहरू र गादीहरूलाई दिएँ ।

  • गिन 21:13-15
    3 पदहरू
    74%

    13तिनीहरूले त्यहाँबाट यात्रा गरे र अर्नोन खोलाको पारिपट्टि छाउनी लगाए, जुन मरुभूमिमा छ र एमोरीहरूको सिमानसम्म नै फैलिएको छ । अर्नोन खोलाले मोआब र एमोरीहरूबिच सिमानाको काम गर्छ ।

    14त्यसैले परमप्रभुको युद्धको पुस्तकमा यस्तो लेखिएको छ, “सूपाको वाहेब र अर्ननोनका बेँसीहरू,

    15बेँसीका ओह्रालाहरू, जो आरको सहरतिर लाग्छन् र मोआबको सिमानसम्म पुग्छन् ।”

  • 48यो क्षेत्र अर्नोनको बेँसीको छेउमा रहेको अर्नोनदेखि सियोन पर्वत (अर्थात् हेर्मोन पर्वत) सम्म

  • 36अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्‍ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्‍वरले ती हाम्रा हातमा दिनुभयो ।

  • 8यर्दनको पूर्वपट्टि, तिनीहरूले रूबेनको कुलबाट उच्‍च-स्थानमाथिको मरुभूमिमा बेसेर; गादको कुलबाट रामो गिलाद; र मनश्शेको कुलबाट बाशाको गोलान चुने ।

  • १ इति 6:78-79
    2 पदहरू
    72%

    78अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह,

    79खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात,

  • 18त्यसपछि तिनीहरू उजाड-स्‍थानबाट गए र एदोम र मोआबको देशबाट टाढा गए, र तिनीहरू मोआब देशको पूर्वी ठाउँ हुँदै हिंडे र तिनीहरूले अर्नोनको अर्कोपट्टि छाउनी हाले । तर तिनीहरू मोआबको सिमानाभित्र गएनन्, किनकि अर्नोनचाहिं मोआबको सिमानामा थियो ।

  • 3“हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही होः आतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन ।

  • 20पूर्वतिरको यसको सिमाना यर्दन नै भयो । यो बेन्यामीन कुलको उत्तराधिकार थियो, र यो कुल-कुलअनुसार, सिमाना-सिमाना गरेर वरिपरि दिइएको थियो ।

  • 22तिनीहरूले एमोरीहरूका सिमानाभित्र अर्नोनदेखि यब्बोकसम्म, र उजाड-स्‍थानदेखि यर्दनसम्म हरेक कुरामा अधीन गरे ।

  • 8त्यस बेला हामीले एमोरीहरूका दुई राजाका हातबाट यर्दन पारिको अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्मको देश कब्जा गर्‍यौँ ।

  • यहो 13:20-21
    2 पदहरू
    70%

    20रूबेनले यी पनि प्राप्‍त गरेः बेथ-पोर, पिसगाको भीरालो भू-भाग, बेथ-यसीमोत,

    21समथर भू-भागका सबै सहर, र एमोरीहरूका राजा सीहोनका सबै अधिराज्य, जसले हेश्बोनमा शासन गरेका थिए, जसलाई मोशाले मिद्यानका अगुवाहरू, एवी, रेकेम, सूर, हूर र रेबाका अगुवाहरूसँगै हराएका थिए, सीहोनका शासकहरू जो त्यो भू-भागमा बस्थे ।

  • 4दक्षिणमा (अव्वीहरूका क्षेत्र); कनानीहरूका सबै भूमि, सीदोनीहरूको अधीनमा भएका आरादेखि मोरिहरूको सिमानामा भएको अपेकसम्म;

  • 28र अरोएरमा भएका, सिपमोतमा भएका, एश्तामिमा भएका धर्म-गुरुहरुलाई केही पठाए ।

  • 43यी सहरहरू यिनै थिएः रूबेनीहरूका लागि उजाड-स्थानमा मैदानको बेसेर, गादीहरूका लागि गिलादको रामोत र मनश्शेका सन्तानहरूका लागि बाशानको गोलान ।

  • यहो 15:5-6
    2 पदहरू
    70%

    5पूर्वी सिमाना यर्दनको मुखमा खारा समुद्र थियो । उत्तरतिरको सिमाना यर्दनको मुखमा भएको समुद्रको खाडीबाट जान्थ्यो ।

    6यो बेथ-अराबालाई छिचलेर बेथहोग्लातिर गयो । त्यसपछि यो रूबेनका छोरा बोहनको ढुङ्गातिर माथि जान्थ्यो ।

  • 5तिनीहरू यर्दन नदी तरे र बेसीमा सहरको दक्षिणतिर अरोएरनेर छाउनी हाले । अनि तिनीहरू गाददेख याजेरसम्म हिंडे ।

  • 46तिनीहरू हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनको देश बेथ-पोरको सामुन्‍ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए । मोशा र इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए ।

  • 11तिनीहरूको सिमाना पश्‍चिमतिर मरलासम्म र दब्‍बेशेतलाई छोयो; त्यसपछि यो योक्‍नामको सामुन्‍नेको खोलासम्म फैलिएको थियो ।

  • 33त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए ।

  • 33तिनीहरूको सिमाना हेलेपबाट, सानन्‍नीमको अग्राठको रुखबाट अदामी-नेकेब, याब्‍नेल र लक्‍कूमसम्म पुग्यो; यो यर्दनमा अन्त भयो ।

  • 12यो सिमाना किन्‍नरेत समुद्रको पूर्व किनारसम्म अघि बढ्ने छ । त्यो सिमाना यर्दन नदी हुँदै मृत सागरसम्म र मृत सागरको पूर्वी किनाराबट तल झर्ने छ । चारैतिरका सिमानासहितको यो तिमीहरूको देश हुने छ ।

  • 7त्यसपछि यो यानोहबाट अतारोतिर तल झर्‍यो, र यरीहो पुगेर यर्दनमा अन्त भयो ।

  • 12उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भयो । त्यो सिमाना यरीहोको उत्तरतिरको पर्वतशृङ्खला हुँदै माथि पश्‍चिमी पहाडी देशतिर लाग्यो । यो बेथ-आवनको मरुभूमिसम्म पुगेको थियो ।