यहोशू 13:7
यो भूमिलाई नौ कुल र मनश्शेको आधा कुलको निम्ति उत्तराधिकारको रूपमा बाँडी दे ।”
यो भूमिलाई नौ कुल र मनश्शेको आधा कुलको निम्ति उत्तराधिकारको रूपमा बाँडी दे ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13मोशाले इस्राएलका मानिसहरूलाई आज्ञा गरे र भने, “तिमीहरूले चिट्ठाद्वारा पाउने मुलुक यही हो, जसलाई साँढे नौ कुललाई दिन परमप्रभुले आज्ञा दिनुभएको छ ।
14रूबेनका सन्तानहरूका कुलले तिनीहरूको कुलअनुसारको सम्पत्तिको अंश, गादका सन्तानहरूका कुलले तिनीहरूका कुलअनुसारको सम्पत्तिको अंश र मनश्शेका आधा कुलले तिनीहरूको भूमि पाएका छन् ।
15अढाइ कुलले तिनीहरूको हिस्सा यरीहोमा यर्दनपारि पूर्वतिर अर्थात् सूर्योदय हुने दिशामा पाएका छन् ।
16परमप्रभु मोशासँग बोल्नुभयो,
17“तिनीहरूको अंशको निम्ति भूमिको भाग लगाउनेहरूका नाउँ यिनै हुन्ः पुजारी एलाजार र नूनका छोरा यहोशू ।
18तिनीहरूको वंशको निम्ति भूमि भाग लगाउन तिमीहरूले हरेक कुलबाट एक-एक जना अगुवा छान्नुपर्छ
29मोशाले मनश्शेका आधा कुललाई उत्तराधिकार दिए । यो मनश्शेका कुललाई कुल-कुलअनुसार दिइएको थियो ।
1¶ कनानको भू-भागमा इस्राएलका मानिसहरूले उत्तराधिकारको रूपमा प्राप्त गरेका क्षेत्र यी नै हुन्, जसलाई पुजारी एलाजार, नूनका छोरा यहोशू र कुलनायकहरूले तिनीहरूलाई बाँडिदिए ।
2जसरी परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको थियो, त्यसरी नै साँढे नौ कुललाई तिनीहरूको उत्तराधिकार चिट्ठाद्वारा चुनिएको थियो ।
3किनभने साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो, तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन् ।
4वास्तवमा योसेफको कुल मनश्शे र एफ्राइम गरी दुई कुल थिए । लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन, तर तिनीहरूका गाईवस्तुहरूका निम्ति चरन र तिनीहरूका भौतिक सरसामानहरूका निम्ति केही सहरहरू मात्र दिइए ।
5इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक गरे, त्यसैले तिनीहरूले भू-भाग बाँडे ।
6साथै,लेबनानदेखि पहाडी देशका सबै बासिन्दादेखि सीदोनका सबै मानिसलगायत मिस्रपोतमैमसम्म । म उनीहरूलाई इस्राएलको फौजको सामु धपाउने छु । मैले तँलाई आज्ञा गरेबमोजिम इस्राएललाई त्यो भूमि उत्तराधिकारको रूपमा बाँडिदे ।
5तिनीहरूले यसलाई सात खण्डमा विभाजन गर्ने छन् । यहूदाको कुल दक्षिणतिर तिनीहरूकै क्षेत्रमा रहने छन् र योसेफको परिवार उत्तरतिर तिनीहरूकै क्षेत्रमा रहने छन् ।
6तिमीहरूले भूमिलाई सातवटा खण्डमा वर्णन गर्ने छौ र मकहाँ ल्याउने छौ । म परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने यहाँ चिट्ठा हाल्ने छु ।
7तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पुजारीको काम नै तिनीहरूको उत्तराधिकार हो । गाद, रूबेन र मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् । यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् ।”
21यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ ।
7मनश्शेको आधा कुललाई मोशाले बाशानमा नै उत्तराधिकार दिएका थिए, तर बाँकी आधा कुललाई तिनीहरूका दाजुभाइको छेउमा यर्दनको पश्चिमपट्टि दिए । यहोशूले तिनीहरूलाई आ-आफ्ना पालहरूमा पठाए; तिनले तिनीहरूलाई आशिष् दिए
5गिलाद र बाशानमा मनश्शेलाई दस भाग जमिन दिइयो, जुन यर्दन पारिपट्टि छ,
6किनभने मनश्शेका छोरीहरूले आफ्ना दाजुभाइहरूसँगै उत्तराधिकार पाए । गिलादको भू-भाग मनश्शेका बाँकी कुललाई दिइयो ।
31गिलादको आधा भाग, र अस्तारोत र एद्रई (बशानमा ओगका राजकीय सहरहरू)। यिनीहरू माकीरको कुल-कुलअनुसार मनश्शेका छोरा माकीरको कुललाई दिइएको थियो ।
32यो मोशाले तिनीहरूलाई यर्दनपारि पूर्वतिर दिएका उत्तराधिकार हो ।
33मोशाले लेवीहरूलाई उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ ।
13परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: इस्राएलका बाह्र कुलहरूका निम्ति देश विभाजन गर्ने तरिका यस्तो हुनेछ: योसेफलाई दुई भाग हुनेछ ।
14मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ । त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ ।
8मनश्शेको आधा कुल, रूबेनीहरू र गादीहरूले तिनीहरूको उत्तराधिकार प्राप्त गरेका छन् जुन मोशाले तिनीहरूलाई दिएका यर्दनको पूर्वतिर, अर्नोन नदीको घाँटीको किनारामा भएको
8हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ ।
12यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेका आधा कुलहरूलाई भने,
19कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो ।
42युद्धमा गएका सिपाहीहरूबाट मोशाले इस्राएलका मानिसहरूका आधा भागको सन्दर्भमा
6परमप्रभुका दास मोशा र इस्राएलका मानिसहरूले उनीहरूलाई पराजित गरे अनि परमप्रभुका दास मोशाले त्यो भूमिलाई रूबेनी, गादी र मनश्शेका आधा कुलको उत्तराधिकारको रूपमा दिए ।
7त्यस भूमिका राजाहरू यिनै हुन् जसलाई यहोशू र इस्राएलका मानिसहरूले लेबनान नजिकको बाल-गाददेखि एदोमको छेउको हालाक डाँडासम्म यर्दनको पश्चिमपट्टि पराजित गरेका थिए । यहोशूले त्यो भूमि अधीन गर्न इस्राएलका कुलहरूलाई दिए ।
54तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ
4हेर, मैले तिमीहरूलाई पश्चिममा यर्दनदेखि महासमुद्रसम्म पहिले नै नष्ट पारेका जातिहरूका साथै तिमीहरूका कुलहरूका निम्ति उत्तराधिकारको रूपमा हुन विजय हासिल गर्न बाँकी रहेका जातिहरू तिमीहरूलाई दिएको छु ।
1¶ त्यस बेला यहोशूले रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुललाई बोलाए ।
55तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।
29परमप्रभुले यी मानिसहरूलाई कनानको भूमि भाग लगाउन र इस्राएलका कुल-कुललाई तिनीहरूको अंश दिन आज्ञा दिनुभयो ।
2इस्राएलका मानिसहरूमाझ अझै पनि सात कुल थिए जसलाई तिनीहरूका उत्तराधिकार दिइएको थिएन ।
17त्यपछि यहोशूले योसेफका घराना एफ्राइम र मनश्शेलाई भने, “तिमीहरू धेरै सङ्ख्यामा भएका मानिसहरू हौ र तिमीहरूसँग धेरै शक्ति छ । तिमीहरूसँग एक भाग मात्र हुनुहुँदैन ।
2यो भू-भागलाई मनश्शेका बाँकी कुल अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर, शमीदालाई तिनीहरूका कुलअनुसार दिइयो ।
53“यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ ।
61कहातका बाँकी सन्तानहरूलाई मनश्शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।
4नाप्तालीको सिमानासँग जोडिएर, पूर्वदेखि पश्चिमसम्म, मनश्शेले एक भाग पाउनेछ ।
29मनश्शेको सिमानामा बेथ-शान र त्यसका गाउँहरू, तानाक र त्यसका गाउँहरू, मगिछो र त्यसका गाउँहरू र दोर र त्यसका गाउँहरू थिए । यी नगरहरूमा इस्राएलका छोरा योसेफका सन्तानहरू बसोबास गरे ।
51भेट हुने पालको प्रवेशद्वारमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूको कुलहरूका अगुवाहरूले शीलोमा परमप्रभुको सामु चिट्ठा हालेर बाँडेका उत्तराधिकार यिनीहरू नै हुन् । यसरी तिनीहरूले भू-भाग बाँड्न सिद्ध्याए ।
9त्यसैले रूबेनका सन्तानहरू, गादका सन्तानहरू र मनश्शेका आधा कुल इस्राएलका मानिसहरूलाई शीलोमा छोडेर घरतिर फर्के, जुन कनानको भूमि हो । तिनीहरू आफ्नै भू-भाग गिलादको प्रदेशमा जानलाई हिँडे, जुन तिनीहरूले मोशाद्वारा परमप्रभुको आज्ञा पालनमा आफैले स्वामित्वमा लिएका थिए ।
29जमिन यही हो जसको निम्ति तिमीहरूले चिठ्ठा हाल्नेछौ । यो इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार हुनेछ । तिनीहरूका भाग यी नै हुन् । यो परमप्रभु परमेश्वरको घोषणा हो ।
6बलियो र साहसी हो । तैँले यी मानिसहरूलाई मैले तिनीहरूलाई दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा गरेको भूमि अधिकार गराउने छस् ।