यहोशू 6:3

अनलक शाब्दिक बाइबल

तिमीहरूले सहरको फेरो मार्नुपर्छ, लडाइँमा जाने सबै मानिसले सहरलाई एक फेरो मार्नुपर्छ । तिमीहरूले छ दिनसम्म यसै गर्नू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 14:9 : 9 तर परमप्रभुको विरुद्धमा विद्रोह नगर्नुहोस्, र त्यो भूमिका मानिसहरूसँग नडराउनुहोस्, किनभने तिनीहरू हाम्रा रोटी हुन् । तिनीहरूका सुरक्षा तिनीहरूबाट हटाइनेछ, किनभने परमप्रभु हामीसँग हुनुहुन्छ । तिनीहरूसँग नडराओ ।”
  • यहो 6:7 : 7 तिनले मानिसहरूलाई भने, “जाओ र सहरको फन्को मार, अनि सशस्‍त्र मानिसहरू परमप्रभुको सन्दुकअगि जाने छन् ।”
  • यहो 6:14 : 14 तिनीहरूले दोस्रो दिन पनि सहरलाई एक फेरो लगाए र बिहानै छाउनीमा फर्के । तिनीहरूले छ दिनसम्म यसै गरे ।
  • १ कोरि 1:21-25 : 21 संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो । 22 किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् । 23 तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो । 24 तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति र बुद्धिको रूपमा प्रचार गर्छौं । 25 किनकि परमेश्‍वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्‍वरको दुर्बलता मानिसभन्दा शक्‍तिशाली छ ।
  • २ कोरि 4:7 : 7 यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 6:4-16
    13 पदहरू
    88%

    4सात जना पुजारीले सन्दुकको अगि सातवटा भेडाका सिङका सातवटा तुरही बोक्‍नुपर्छ । सातौँ दिनमा तिमीहरूले सहरलाई सात फेरो मार्नू र पुजारीहरूले तुरही फुक्‍नू ।

    5त्यसपछि तिनीहरूले भेडाको सिङको सँगै लामो समयसम्म बजाउनुपर्छ र जब तिमीहरूले त्यो आवाज सुन्छौ सबै मानिस ठुलो स्वरमा कराउनुपर्छ, र सहरको पर्खाल जगसम्म नै ढल्ने छ । हरेक सिपाही सोझै अगि बढेर आक्रमण गर्नुपर्छ ।”

    6अनि नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “करारको सन्दुक बोक, र सात जना पुजारीले परमप्रभुको सन्दुक अगिअगि भेडाका सातवटा सिङका तुरहीहरू बोकून् ।”

    7तिनले मानिसहरूलाई भने, “जाओ र सहरको फन्को मार, अनि सशस्‍त्र मानिसहरू परमप्रभुको सन्दुकअगि जाने छन् ।”

    8यहोशूले मानिसहरूलाई भनेजस्तै सात जना पुजारीले परमप्रभुको सामु भेडाका सिङहरूको सातवटा तुरही बोके । तिनीहरू अगि बढ्दा तिनीहरूले तुरहीहरू फुके । परमप्रभुको करारको सन्दुक तिनीहरूको पछिपछि थियो ।

    9सशस्‍त्र मानिसहरू पुजारीहरूको अगिअगि हिँडे र तिनीहरूले तिनीहरूका तुरहीहरू फुके, तर पछाडिका सुरक्षाकर्मीहरू सन्दुकको पछिपछि हिँडे र पुजारीहरूले तिनीहरूको तुरही निरन्तर रूपमा फुकिरहे ।

    10तर यहोशूले यसो भन्दै मानिसहरूलाई आज्ञा दिए, “नकराओ । मैले कराउनू नभनेसम्म तिमीहरूको मुखबाट कुनै आवाज ननिस्कोस् । त्यसपछि मात्र कराओ ।”

    11त्यसैले तिनले परमप्रभुको सन्दुकलाई त्यस दिन सहरको वरिपरि एक पटक जान लगाए । अनि तिनीहरू छाउनी प्रवेश गरे र राति छाउनीमा नै बसे ।

    12यहोशू बिहान सबेरै उठे र पुजारीहरूले परमप्रभुको सन्दुक बोके ।

    13परमप्रभुको सन्दुकअगि भेडाको सिङको सातवटा तुरही बोक्‍ने सात जना पुजारी लगातार हिँडिरहे र तुरही फुकिरहे । सशस्‍त्र सिपाहीहरू तिनीहरूको अगि हिँडिरहेका थिए । तर पछिल्तिरका सुरक्षाकर्मीहरू परमप्रभुको सन्दुकको पछिपछि हिँडे । त्यसपछि तुरही लगातार बजाइयो ।

    14तिनीहरूले दोस्रो दिन पनि सहरलाई एक फेरो लगाए र बिहानै छाउनीमा फर्के । तिनीहरूले छ दिनसम्म यसै गरे ।

    15सातौँ दिनमा तिनीहरू बिहान सबेरै उठे र तिनीहरूले त्यस दिन पनि सहरको फेरो मारे । त्यस दिन तिनीहरूले सहर वरिपरि सात फन्को मारे ।

    16जब सातौँ दिनमा पुजारीहरूले तुरही फुके यहोशूले मानिसहरूलाई आज्ञा दिए, “कराओ! किनभने परमप्रभुले यो सहर तिमीहरूलाई दिनुभएको छ ।

  • यहो 6:1-2
    2 पदहरू
    81%

    1¶ इस्राएलका फौजका कारण यरीहोतिरका सबै प्रवेशद्वारहरू बन्द थिए । कोही पनि बाहिर आउँदैनथ्यो र भित्र पस्दैनथ्यो ।

    2परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, मैले यरीहोलाई यसको राजा र यसका तालिम प्राप्‍त सिपाहीहरूसहित तेरो हातमा सुम्‍पेको छु ।

  • यहो 1:10-11
    2 पदहरू
    76%

    10अनि यहोशूले मानिसहरूका अगुवाहरूलाई आज्ञा गरे,

    11“छाउनीभरि जाओ र मानिसहरूलाई आज्ञा गर, 'तिमीहरूका निम्ति खानेकुराहरू तयार पार । तिमीहरू तिन दिनमा यर्दन नदी तरेर पारि जाने छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको भूमि अधिकार गर्ने छौ' ।”

  • यहो 6:20-22
    3 पदहरू
    75%

    20जब तिनीहरूले तुरही फुके, मानिसहरू ठुलो स्वरमा कराए अनि पर्खाल जगसम्मै ढल्यो । त्यसैले हरेक मानिस सोझै अगि बढ्यो र सहर कब्जा गरियो ।

    21तिनीहरूले सहरमा भएका पुरुष र महिला, जवान र वृद्ध, गोरु, भेडा र गधाहरूलाई तरवारले विनाश पारे ।

    22त्यसपछि भूमिको भेद लिने दुई जना मानिसलाई भने, “ती वेश्याको घरभित्र जाओ । ती महिला र तिनीसँग भएका सबैलाई तिमीहरूले शपथ खाएबमोजिम बाहिर ल्याओ ।”

  • 8जब तिमीहरूले सहर कब्जा गर्छौ, तिमीहरूले यसलाई आगोले जलाइदिनू । परमप्रभुको वचनमा दिइएको आज्ञा पालन गरेर तिमीहरूले यो गर्ने छौ । हेर, मैले तिमीहरूलाई आज्ञा गरेको छु ।

  • 2तिन दिनपछि अधिकृतहरू छाउनीको बिच-बिचतिर गए;

  • 4तिनले तिनीहरूलाई आज्ञा गरे, “हेर, तिमीहरू यसको पछाडि सहरको विरुद्ध ढुकेर बस्‍ने छौ । सहरभन्दा धेरै टाढा नजाओ, तर तिमीहरू सबै तयार होओ ।

  • यहो 3:4-6
    3 पदहरू
    72%

    4तिमीहरू र यसको बिचमा एक हजार मिटर फरक हुनुपर्छ । यसको नजिक नआओ, ताकि कुन बाटो जानुपर्ने हो, सो तिमीहरूले देख्‍न सक्‍ने छौ, किनभने तिमीहरू यो बाटोमा यसअगि हिँडेका छैनौ ।”

    5यहोशूले मानिसहरूलाई भने, “भोलिको निम्ति आ-आफूलाई शुद्ध पार, किनभने परमप्रभुले तिमीहरूमाझ अचम्मका कामहरू गर्नुहुने छ ।”

    6योहोशूले पुजारीहरूलाई भने, “करारको सन्दुक लेओ र मानिसहरूको अगिअगि जाओ ।” त्यसैले तिनीहरूले करारको सन्दुक उठाए र मानिसहरूको अगिअगि गए ।

  • 26त्यसपछि यहोशूले तिनीहरूलाई त्यस बेला शपथ खान लगाएर यसो भन्दै आज्ञा दिए, “यो यरीहो सहरको पुनर्निर्माण गर्ने मानिस श्रापित होस् । त्यसको जेठो छोरोको मूल्यमा जग बसालिने छ, र त्यसको कान्छो छोरोको मूल्यमा यसका प्रवेशद्वारहरू खडा गरिने छ ।”

  • यहो 18:8-9
    2 पदहरू
    72%

    8त्यसैले मानिसहरू उठे र गए । भू-भागको विवरण लेख्‍न जाने मानिसहरूलाई यहोशूले यसो भन्‍दै आज्ञा दिए, “भूमिको सबैतिर जाओ, यसको विवरण लेख र मकहाँ आओ । म परमप्रभुको सामु यहाँ शीलोमा तिमीहरूको निम्ति चिट्ठा हाल्ने छु ।”

    9मानिसहरू उठे र भूमिको सबैतिर गएर हरेक भागमा सहरहरूको सूची बनाएर सातैवटै खण्डमा यसका सहरहरूको मुट्ठामा विवरण लेखे । अनि तिनीहरू शीलोमा यहोशूकहाँ छाउनीमा फर्के ।

  • 30तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्‍वासद्वारा नै यो ढल्यो ।

  • 11हेर, सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक यर्दन नदीमा तिमीहरूको अगिअगि जाने छ ।

  • 13झण्डै चालिस हजार सशस्‍त्र मानिस परमप्रभुको सामु यरीहोको मैदानमा युद्धको निम्ति गए ।

  • 2तैँले ऐ र त्यसको राजालाई यरीहो र त्यसका राजालाई गरेझैँ गर्ने छस्, त्यसबाहेक, तैँले आफ्‍नो निम्ति लूटका मालहरू र गाईवस्तुहरू लिने छस् । सहरको पछाडिबाट ढुकेर बस्‍नू ।

  • 13यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे र हेर, एउटा मानिस तिनको सामु उभिरहेका थिए । तिनको हातमा नाङ्गो तरवार थियो । यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्छ?”

  • 6परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूको उपस्थितिमा नडरा किनभने म भोली यसै समयमा उनीहरू सबैलाई इस्राएलको हातमा मृत मानिसहरूको रूपमा दिँदै छु । तैँले उनीहरूका घोडाहरूको ढोड नसा काटिदिनू र उनीहरूका रथहरू जलाइदिनू ।”

  • 8तैँले करारको सन्दुक बोक्‍ने पुजारीहरूलाई आज्ञा दिने छस्, 'जब तिमीहरू यर्दनको पानीको छेउमा पुग्छौ, तिमीहरू यर्दन नदीमा नै उभिरहनुपर्छ' ।”

  • 1¶ जब सबै मानिस यर्दन तरे, परमप्रभुले यहोशूलाई भन्‍नुभयो,

  • 16त्यसपछि तिनीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई दिनुहुने भूमि अधिकार गर्ने छन् । त्यसपछि तिमीहरू परमप्रभुका दास मोशाले यर्दन वारि घाम झुल्कनेतिर दिएका तिमीहरूका आफ्नै भूमिमा फर्कने छौ र यसलाई अधिकार गर्ने छौ ।”

  • 5यहोशूले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको सन्दुकअगि यर्दनको बिचमा जाओ । तिमीहरू हरेकले इस्राएलका मानिसहरूका कुलहरूको सङ्ख्याअनुसार आ-आफ्नो काँधमा एउटा-एउटा ढुङ्गा लिनु ।

  • 3परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने छ । उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूले तिनीहरूलाई धपाउने छौ । परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन् ।

  • 16सहरमा भएका सबै मानिसलाई तिनीहरूको पिछा गर्नलाई आह्वान गरियो र तिनीहरू यहोशूको पछिपछि गए अनि तिनीहरूलाई सहरबाट बाहिर निकालियो ।