यहोशू 6:8

अनलक शाब्दिक बाइबल

यहोशूले मानिसहरूलाई भनेजस्तै सात जना पुजारीले परमप्रभुको सामु भेडाका सिङहरूको सातवटा तुरही बोके । तिनीहरू अगि बढ्दा तिनीहरूले तुरहीहरू फुके । परमप्रभुको करारको सन्दुक तिनीहरूको पछिपछि थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 32:20 : 20 त्यसैले मोशाले तिनीहरूलाई जवाफ दिए, “यदि तिमीहरूले आफूले भनेबमोजिम गर्छौ, तिमीहरू हातहतियारसहित परमप्रभुको सामु युद्ध गर्न जान्छौ भने,
  • यहो 6:3-4 : 3 तिमीहरूले सहरको फेरो मार्नुपर्छ, लडाइँमा जाने सबै मानिसले सहरलाई एक फेरो मार्नुपर्छ । तिमीहरूले छ दिनसम्म यसै गर्नू । 4 सात जना पुजारीले सन्दुकको अगि सातवटा भेडाका सिङका सातवटा तुरही बोक्‍नुपर्छ । सातौँ दिनमा तिमीहरूले सहरलाई सात फेरो मार्नू र पुजारीहरूले तुरही फुक्‍नू ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 6:2-7
    6 पदहरू
    91%

    2परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “हेर्, मैले यरीहोलाई यसको राजा र यसका तालिम प्राप्‍त सिपाहीहरूसहित तेरो हातमा सुम्‍पेको छु ।

    3तिमीहरूले सहरको फेरो मार्नुपर्छ, लडाइँमा जाने सबै मानिसले सहरलाई एक फेरो मार्नुपर्छ । तिमीहरूले छ दिनसम्म यसै गर्नू ।

    4सात जना पुजारीले सन्दुकको अगि सातवटा भेडाका सिङका सातवटा तुरही बोक्‍नुपर्छ । सातौँ दिनमा तिमीहरूले सहरलाई सात फेरो मार्नू र पुजारीहरूले तुरही फुक्‍नू ।

    5त्यसपछि तिनीहरूले भेडाको सिङको सँगै लामो समयसम्म बजाउनुपर्छ र जब तिमीहरूले त्यो आवाज सुन्छौ सबै मानिस ठुलो स्वरमा कराउनुपर्छ, र सहरको पर्खाल जगसम्म नै ढल्ने छ । हरेक सिपाही सोझै अगि बढेर आक्रमण गर्नुपर्छ ।”

    6अनि नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “करारको सन्दुक बोक, र सात जना पुजारीले परमप्रभुको सन्दुक अगिअगि भेडाका सातवटा सिङका तुरहीहरू बोकून् ।”

    7तिनले मानिसहरूलाई भने, “जाओ र सहरको फन्को मार, अनि सशस्‍त्र मानिसहरू परमप्रभुको सन्दुकअगि जाने छन् ।”

  • यहो 6:9-16
    8 पदहरू
    91%

    9सशस्‍त्र मानिसहरू पुजारीहरूको अगिअगि हिँडे र तिनीहरूले तिनीहरूका तुरहीहरू फुके, तर पछाडिका सुरक्षाकर्मीहरू सन्दुकको पछिपछि हिँडे र पुजारीहरूले तिनीहरूको तुरही निरन्तर रूपमा फुकिरहे ।

    10तर यहोशूले यसो भन्दै मानिसहरूलाई आज्ञा दिए, “नकराओ । मैले कराउनू नभनेसम्म तिमीहरूको मुखबाट कुनै आवाज ननिस्कोस् । त्यसपछि मात्र कराओ ।”

    11त्यसैले तिनले परमप्रभुको सन्दुकलाई त्यस दिन सहरको वरिपरि एक पटक जान लगाए । अनि तिनीहरू छाउनी प्रवेश गरे र राति छाउनीमा नै बसे ।

    12यहोशू बिहान सबेरै उठे र पुजारीहरूले परमप्रभुको सन्दुक बोके ।

    13परमप्रभुको सन्दुकअगि भेडाको सिङको सातवटा तुरही बोक्‍ने सात जना पुजारी लगातार हिँडिरहे र तुरही फुकिरहे । सशस्‍त्र सिपाहीहरू तिनीहरूको अगि हिँडिरहेका थिए । तर पछिल्तिरका सुरक्षाकर्मीहरू परमप्रभुको सन्दुकको पछिपछि हिँडे । त्यसपछि तुरही लगातार बजाइयो ।

    14तिनीहरूले दोस्रो दिन पनि सहरलाई एक फेरो लगाए र बिहानै छाउनीमा फर्के । तिनीहरूले छ दिनसम्म यसै गरे ।

    15सातौँ दिनमा तिनीहरू बिहान सबेरै उठे र तिनीहरूले त्यस दिन पनि सहरको फेरो मारे । त्यस दिन तिनीहरूले सहर वरिपरि सात फन्को मारे ।

    16जब सातौँ दिनमा पुजारीहरूले तुरही फुके यहोशूले मानिसहरूलाई आज्ञा दिए, “कराओ! किनभने परमप्रभुले यो सहर तिमीहरूलाई दिनुभएको छ ।

  • 6योहोशूले पुजारीहरूलाई भने, “करारको सन्दुक लेओ र मानिसहरूको अगिअगि जाओ ।” त्यसैले तिनीहरूले करारको सन्दुक उठाए र मानिसहरूको अगिअगि गए ।

  • यहो 4:10-11
    2 पदहरू
    78%

    10मोशाले यहोशूलाई आदेश दिएबमोजिम परमप्रभुले मानिसहरूलाई बताउनू भनी आज्ञा गर्नुभएका सबै कुरा पुरा नभएसम्म सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचमा नै खडा भए । मानिसहरू छिटो-छिटो गरी तरे ।

    11जब सबै मानिस तरी सके परमप्रभुको सन्दुक र पुजारीहरू मानिसहरूको अगिअगि तरे ।

  • यहो 3:14-15
    2 पदहरू
    78%

    14त्यसैले जब मानिसहरू यर्दन पारि जानलाई हिँडे, पुजारीहरूले करारको सन्दुकलाई बोकेर मानिसहरूको अगिअगि गए ।

    15ती करारको सन्दुक बोक्‍नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ)

  • 20जब तिनीहरूले तुरही फुके, मानिसहरू ठुलो स्वरमा कराए अनि पर्खाल जगसम्मै ढल्यो । त्यसैले हरेक मानिस सोझै अगि बढ्यो र सहर कब्जा गरियो ।

  • 11हेर, सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक यर्दन नदीमा तिमीहरूको अगिअगि जाने छ ।

  • 1¶ जब सबै मानिस यर्दन तरे, परमप्रभुले यहोशूलाई भन्‍नुभयो,

  • यहो 3:8-9
    2 पदहरू
    74%

    8तैँले करारको सन्दुक बोक्‍ने पुजारीहरूलाई आज्ञा दिने छस्, 'जब तिमीहरू यर्दनको पानीको छेउमा पुग्छौ, तिमीहरू यर्दन नदीमा नै उभिरहनुपर्छ' ।”

    9अनि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “यहाँ आओ, र परमप्रभु तिमीहरूका परमेश्‍वरको वचन सुन ।

  • 6बनायाह र यहासेल पुजारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनुपर्थ्यो ।

  • यहो 3:2-3
    2 पदहरू
    73%

    2तिन दिनपछि अधिकृतहरू छाउनीको बिच-बिचतिर गए;

    3तिनीहरूले मानिसहरूलाई आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुक र लेवी कुलका पुजारीहरूले यसलाई बोकिरहेका देख्छौ, तिमीहरूले यो ठाउँलाई छोड्नुपर्छ र यसको पछि-पछि जानुपर्छ ।

  • यहो 4:15-18
    4 पदहरू
    73%

    15परमप्रभु यहोशूसँग बोल्नुभयो,

    16“गवाहीको सन्दुक बोक्‍ने पुजारीहरूलाई यर्दनबाट बाहिर आउनलाई आज्ञा दे ।”

    17त्यसैले, यहोशूले पुजारीहरूलाई आज्ञा दिए, “यर्दनबाट बाहिर आओ ।”

    18जब परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दनको बिचबाट आए र तिनीहरूका खुट्टाका पैताला सुक्खा जमिनबाट उठाइए, यर्दनको पानी आफ्नो स्थानमा फर्क्यौ र त्यो चार दिन पहिलेको जस्तै यसको किनारासम्म बग्‍न लाग्यो ।

  • 6तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे ।

  • 18जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्‍नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्ति!’”

  • 24शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउनुपर्थ्यो । ओबेद-एदोम र येहियाह पनि सन्‍दूकका गार्डहरू थिए ।

  • 13जब परमप्रभुको सन्दुक बोक्‍नेहरू छ कदम अगि बढ्‍थे, तब तिनले एउटा साँढे र एउटा पोसेको बाछो बलि चढाउँथे ।

  • यहो 1:10-11
    2 पदहरू
    71%

    10अनि यहोशूले मानिसहरूका अगुवाहरूलाई आज्ञा गरे,

    11“छाउनीभरि जाओ र मानिसहरूलाई आज्ञा गर, 'तिमीहरूका निम्ति खानेकुराहरू तयार पार । तिमीहरू तिन दिनमा यर्दन नदी तरेर पारि जाने छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको भूमि अधिकार गर्ने छौ' ।”

  • 20तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए । तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्‍नलाई दाहिने हातमा बोके । तिनीहरू कराएर भने, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार ।”

  • 17पानी निकै माथिदेखि नै बग्‍न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्‍न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।

  • 5जब परमप्रभुको करारको सन्दुक छउनीमा ल्‍याइयो, इस्राएलका सबै मानिसहरू ठुलो सोरमा कराए र पृथ्वी नै गुञ्‍जियो ।

  • 27जब उनी आइपुगे, उनले एफ्राइमको पहाडी देशमा तुरही फुके । त्यसपछि इस्राएलका मानिसहरू उनीसँगै पहाडहरूबाट तल ओर्ले, र उनले तिनीहरूलाई नेतृत्व गरे ।

  • 5यहोशूले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको सन्दुकअगि यर्दनको बिचमा जाओ । तिमीहरू हरेकले इस्राएलका मानिसहरूका कुलहरूको सङ्ख्याअनुसार आ-आफ्नो काँधमा एउटा-एउटा ढुङ्गा लिनु ।

  • 28यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक ल्याए ।

  • 1¶ यर्दनको पश्‍चिमतिरका एमोरी राजाहरू र भूमध्य सागरको तटतिर कनानी राजाहरू इस्राएलका मानिसहरूले यर्दन नतरेसम्म यर्दनको पानी सुकाउनुभएको थियो भन्‍ने सुन्‍ने बित्तिकै तिनीहरूको हृदय शिथिल भयो र इस्राएलका मानिसहरूको कारण तिनीहरूमा कुनै आँट आएन ।

  • 15यसरी दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सन्दुक रमाहट गर्दै र तुरही बजाउँदै लिएर आए ।