न्यायाधीश 16:5

अनलक शाब्दिक बाइबल

पलिश्तीहरूका शासकहरू त्यस स्‍त्रीकहाँ आए, र भने, “शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको छ, र कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्‍छौं भन्‍ने कुरा थाहा गर, ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्‍जीत पार्न सकौं । यो काम गर, र हामी हरेकले तिमीलाई चाँदीका १,१०० सिक्‍का दिनेछौं ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 14:15 : 15 चौथो दिनमा तिनीहरूले शिमशोनकी पत्‍नीलाई भने, “तिम्रो पतिलाई छल गर ताकि तिनले हामीलाई त्यो अड्कोको उत्तर बताऊन्, नत्रता हामी तिमी र तिम्रो बुबाको घरलाई आगो लगाइदिनेछौं । के हामीलाई गरिब बनाउनलाई तिमीले हामीलाई यहाँ बोलाएकी हौ?”
  • यहो 13:3 : 3 शिहपरदेखि उत्तरतिर एक्रोनको सिमानासम्म, जसलाई कनानीहरूको सम्पत्ति ठानिन्छ; गाजा, अश्दोद, अश्‍कलोन, गात र एक्रोनका पाँच जना पलिश्‍ति शासकहरू र अव्वीहरूका क्षेत्र ।
  • न्या 3:3 : 3 ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच राजाहरू, सबै कनानीहरू, सीदोनीहरू, र लेबनानका पर्वतहरूमा बाल-हर्मोनदेखि हमात-पाससम्म बस्‍ने हिव्वीहरू ।
  • उत्प 33:16 : 16 त्यसैले त्यही दिन एसाव सेइरतर्फ फर्कन आफ्नो बाटो लागे ।
  • गिन 22:17-18 : 17 किनभने मैले तपाईंलाई अत्यधिक राम्रो दक्षिणा दिनेछु र ठुलो इज्‍जत गर्नेछु र तपाईंले जे गर्न भन्‍नुहुन्छ सो म गर्नेछु । त्यसैले आउनुहोस् र यी मानिसहरूलाई सराप दिनुहोस्' ।” 18 बालामले जवाफ दिए र बालाकका मानिसहरूलाई भने, “बालाकले मलाई सुन र चाँदीले भरिएको तिनको दरबार नै दिए पनि म परमप्रभु मेरा परमेश्‍वरको वचनभन्दा बाहिर जान सक्दिनँ अनि उहाँले भन्‍नुभएको भन्दा कम वा बढी गर्न सक्दिनँ ।
  • न्या 17:2 : 2 तिनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका १,१०० चाँदीका सिक्‍का, जसको विषयमा तपाईंले सराप दिनुभएको थियो, र जुन मैले सुनेको थिएँ, हेर्नुहोस् । त्‍यो चाँदी मसँग छन् । त्‍यो मैले ती चोरें ।” तिनकी आमाले भनिन्, “मेरो छोरा, परमप्रभुले तिमीलाई आशिष् दिऊन्!”
  • १ शमू 29:6 : 6 त्यसपछि आकीशले दाऊदलाई बलाए र तिनलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी असल भएका छौ र तिमी मेरो फौजसँगै बाहिर जाने र भित्र आउने कुरा मेरो दृष्‍टिमा असल नै छ । किनकि तिमी आएको दिनदेखि आजको दिनसम्म मैले तिमीसँग कुनै खराबी भेट्टाएको छैन । तापनि शासकहरूले तिमीलाई रुचाउँदैनन् ।
  • नीति 2:16-19 : 16 बुद्धि र विवेकले तँलाई व्यभिचारी स्‍त्री, र अनैतिक स्‍त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ । 17 त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्‍वरको करारलाई भुल्छे । 18 किनकि त्यसको घरले मृत्युमा डोर्‍याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्‍याउने छन् । 19 त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन् ।
  • नीति 5:3-9 : 3 किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ । 4 तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ । 5 त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् । 6 त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन । 7 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क । 8 तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ । 9 यसरी तिमीहरूले आफ्नो इज्‍जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ । 10 परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन । 11 तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ ।
  • नीति 6:24-26 : 24 यसले तँलाई अनैतिक स्‍त्रीबाट बचाउने छ, र त्यसका चिल्ला वचनहरूबाट जोगाउने छ । 25 त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् । 26 वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्‍नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।
  • नीति 7:21-27 : 21 धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की । त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई । 22 मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्‍त्रीको पछि लाग्यो । 23 वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्‍यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन । 24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्यान देओ । 25 तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ । 26 त्यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्यसका सिकारहरू धेरै छन् । 27 त्यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन् ।
  • मीका 7:3 : 3 तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।
  • मत्त 26:15 : 15 र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए ।
  • १ कोरि 6:15-18 : 15 तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन? तब के मैले ख्रीष्‍टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडौँ? त्यसो नहोस्! 16 वेश्यासँग जोडिने व्यक्‍ति त्यससँग एउटै शरीर हुन्छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्‍त्रले भन्‍छ, “दुई जना एउटै शरीर हुन्‍छन् ।” 17 प्रभुसित जोडिने व्यक्‍ति उहाँसँग आत्मामा एउटै हुन्छ । 18 यौन अनैतिकतादेखि भाग! कुनै पनि व्यक्‍तिले गरेका अन्य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ, तर यौन अनैतिकताको पाप गर्नेले उसको आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ ।
  • १ तिमो 6:9-9 : 9 अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् । 10 रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 16:6-25
    20 पदहरू
    86%

    6तब दलीलाले शिमशोनलाई भनिन्, “कृपया मलाई बताउनुहोस्, कि तपाईं कसरी यस्तो बलियो हुनुहुन्छ, र तपाईंलाई नियन्त्रण गर्नको निम्ति तपाईंलाई कसरी बाँध्‍न सकिन्छ?”

    7शिमशोनले त्यसलाई भने, “तिनीहरूले मलाई नयाँ सातवटा नसुकेका धनुका ताँदाले बाँधे भने, म कमजोर हुनेछु र अरू साधारण मानिसझैं हुनेछु ।”

    8तब पलिश्तीहरूका शासकहरूले नयाँ सातवटा नसुकेका धनुका ताँदा ल्याएर दलीलालाई दिए, र त्यसले शोमशोनलाई ती ताँदाले बाँधी ।

    9त्यस स्‍त्रीको भित्री कोठामा त्यसले गुप्‍तमा मानिसहरू लुकाएकी थिई । त्यसले तिनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तर तिनले ती धनुका ताँदालाई आगोमा परेका सनपाटका धागाहरूझैं छिनाइदिए । यसैले तिनको शक्तिको रहस्य खोलिएन ।

    10त्यसपछि दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई धोका दिनुभएको छ र मलाई झुटो बोल्नुभएको छ । कृपया, मलाई बताउनुहोस् तपाईंलाई कसरी नियन्त्रण गर्न सकिन्छ ।”

    11तिनले त्यसलाई भने, “कहिल्यै कामको निम्ति प्रयोग नभएका नयाँ डोरीले तिनीहरूले मलाई बाँधे भने म कमजोर हुनेछु र साधारण मानिसझैं हुनेछु ।”

    12यसैले दलीलाले नयाँ डोरीहरू लिएर तिनलाई त्यसले बाँधी, र भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” मानिसहरू भित्री कोठामा कुरिरहेका थिए । तर शिमशोनले आफ्ना पाखुराका डोरीहरूलाई धागो छिनाएझैं छिनाइदिए ।

    13दलीलाले शिमशोनलाई भनी, “अहिलेसम्म त तपाईंले मलाई धोका दिनुभएको छ र मसँग झुटो बोल्नुभएको छ । तपाईंलाई कसरी नियन्त्रमा लिन सकिन्छ मलाई बताउनुहोस् ।” शिमशोनले त्यसलाई भने, “तिमीले मेरो कपालका सातवटा लट्टालाई तानमा बुनेर कीलामा कसेर राख्यौ भने म अरू मानिसझैं हुनेछु ।”

    14जब तिनी निदाए, दलीलाले उनका कपालका सातवटा लट्टा बनाई तानमा बुनेर कीलामा कसरे राखी, अनि त्यसले उनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र तानसमेत कीला उखेलिदिए ।

    15त्यसले उनलाई भनी, “तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्‍न सक्‍नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्‍न? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको छ र तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्‍नुभएको छैन ।”

    16हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई, र त्यसले यति दबाब दिई, कि तिनले मर्ने इच्छा गरे ।

    17यसैले शिमशोनले त्यसलाई हरेक कुरा भने र तिनलाई यसो भनिदिए, “मेरो शिरको कपालमा कहिल्यै पनि मैले खौरेको छैन, किनभने मेरी आमाको गर्भदेखि नै म परमेश्‍वरको निम्ति एक नाजिरी भएको छु । मेरो कपाल खौरियो भने, मेरो शक्ति मबाट जानेछ, र म कमजोर र सामान्य मानिसझैं हुनेछु ।”

    18दलीलाले तिनले सबै सत्य कुरा बताएको देखेपछि, त्‍यसले यसो भनेर पलिश्तीहरूका शासकहरूलाई बोलाई, “आउनुहोस्, किनभने तिनले मलाई सबै कुरा बताएका छन् ।” त्यसपछि पलिश्तीहरूका शासकहरूले आफ्ना हातमा चाँदी लिएर त्यसकहाँ गए ।

    19त्यसले तिउनलाई आफ्नो काखमा सुताई । तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो ।

    20त्यसले भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र भने, “म अरू बेलाझैं उम्कनेछु र आफूलाई छुटाउनेछु ।” तर परमप्रभुले तिनलाई छोडिसाक्‍नुभएको छ भन्‍ने तिनलाई थाहा थिएन ।

    21पलिश्तीहरूले तिनलाई समाते र तिनका आँखा निकालिदिए । उनीहरूले तिनलाई गाजामा ल्याएर काँसाका साङ्लाले बाँधे । तिनी झ्यालखानामा जाँतो पिंध्‍न थाले ।

    22तर तिनको शिरमा कपाल खौरपछि फेरि पलाउन थाल्यो ।

    23पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन र आनन्द मनाउन एकसाथ भेला भए । तिनीहरूले भने, “हाम्रा देवताले हामीहरूका शत्रु शिमशोनलाई जिते र हाम्रो हातमा सुम्पिदिए ।”

    24जब मानिसहरूले तिनलाई देखे, तब तिनीहरूले आफ्ना देवताको प्रशंसा गरे, किनकि तिनीहरूले भने, “हाम्रो देशलाई नाश गर्ने, र हामीमध्ये धेरैलाई मार्ने हामीहरूका शत्रुलाई हाम्रो देवताले जित हासिल गरे हाम्रो हातमा सुम्‍पिदिए ।”

    25जब तिनीहरू उत्सव मनाउँदै थिए, तब तिनीहरूले भने, “शिमशोनलाई बोलाओ, ताकि त्यसले हामीलाई हँसाओस् ।” तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट बाहिर झिके र तिनले तिनीहरूलाई हँसाए । उनीहरूले तिनलाई खम्‍बाहरूका बिचमा खडा गरेका थिए ।

  • न्या 16:1-4
    4 पदहरू
    83%

    1¶ शिमशोन गाजामा गए र त्यहाँ एउटी वेश्यालाई देखे, र तिनी त्यससँग ओछ्‍यानमा गए ।

    2गाजाका मानिसहरूलाई यस्तो भनियो, “शिमशोन यहाँ आएको छ ।” गाजाका मानिसहरूले त्यस ठाउँलाई घेरे र गुप्‍तमा तिनीहरूले सारा रात सहरको ढोकामा कुरे । तिनीहरू रातभर शान्त बसे । तिनीहरूले यसो भनेका थिए, “दिनको उज्यालो नभएसम्म हामी कुरौं, र त्‍यसपछि उसलाई हामी मारौं ।”

    3शिमशोन मध्यरातसम्म ओछ्यानमा पल्टे । मध्यरातमा तिनी उठे र तिनले सहरको ढोका र त्यसका दुईवटा खम्बालाई समाते । तिनले बारसहित ती जमिनबाट उखेले, र ती आफ्ना काँधमा राखे, र हेब्रोनको सामुन्‍ने डाँडाको चुचुरासम्म बोकेर लगे ।

    4यसपछि, शिमशोन सोरेकको बेसीमा बस्‍ने गर्ने एक जना स्‍त्रीसँग प्रेममा परे । त्यसको नाउँ दलीला थियो ।

  • न्या 15:9-15
    7 पदहरू
    76%

    9त्यसपछि पलिश्तीहरू माथि आए र तिनीहरूले यहूदामा युद्धको निम्ति तयारी गरे र लहीमा आफ्ना सेनालाई तयार राखे ।

    10तब यहूदाका मानिसहरूले भने, “तिमीहरू किन हामीलाई आक्रमण गर्न आएका छौ?” तिनीहरूले भने, “शिमशोनलाई समातौं र त्यसले हामीलाई जे गरेको छ त्‍यसलाई त्‍यस्तै गरौ भनेर हामी आक्रमण गर्दैछौं ।”

    11तब यहूदाका तिन हजार मानिसहरू एतामको चट्टानको गुफामा गए, र तिनीहरूले शिमशोनलाई भने, “के तिमीलाई थाहा छ, कि पलिश्तीहरू हाम्रा शासकहरू हुन्? यो तिमीले हामीलाई के गरेका छौ?” शिमशोनले तिनीहरूलाई भने, “तिनीहरूले मलाई जस्तो गरे, अनि मैले पनि तिनीहरूलाई त्यस्तै गरें ।”

    12तिनीहरूले शिमशोनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनको निम्ति हामी यहाँ तल आएका छौं ।” शिमशोनले तिनीहरूलाई भने, “मसँग यो शपथ खाओ कि तिमीहरू आफैंले मलाई मार्नेछैनौ ।”

    13तिनीहरूले तिनलाई भने, “हामी तिमीलाई केवल डोरीले बाँध्‍नेछौं र तिमीलाई तिनीहरूकहाँ सुम्पिनेछौं । हामी यो प्रतिज्ञा गर्छौं, कि हामी तिमीलाई मार्नेछैनौं ।” यसैले तिनीहरूले तिनलाई दुईवटा नयाँ डोरीले बाँधे र त्यस चट्टानबाट माथि ल्याए ।

    14जब तिनी लहीमा आए, पलिश्तीहरूले तिनलाई भेट्नेवित्तिकै ठुलो सोरमा कराउँदै आए । अनि परमप्रभुका आत्मा शक्तिको साथमा उनीमाथि आउनुभयो । तिनका पाखुराका डोरीहरू डढेका सनपाटझैं भए, र तिनीहरू तिनका हातबाट झरे ।

    15शिमशोनले एउटा गधाको आलो बङ्गारो भेट्टाए, र तिनले त्यो उठाए र त्यसैले एक हजार जना मानिसलाई मारे ।

  • न्या 14:11-17
    7 पदहरू
    75%

    11स्‍त्रीका नातेदारहरूले तिनलाई देख्‍नेबित्तिकै, तिनीहरूले आफ्ना तिस जना साथी तिनीसँग बस्‍नलाई ल्याए ।

    12शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु । तिमीहरूमध्ये कसैले भोजको सात दिनभित्रमा अड्को फुकाएर त्यसको उत्तर मलाई भन्‍न सक्यौ भने, म तिमीहरूलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनेछु ।

    13तर तिमीहरूले मलाई उत्तर भन्‍न सकेनौ भने, तिमीहरूले मलाई तिसवटा सुतीका लबेदा र तिस थान लुगाहरू दिनुपर्नेछ ।” तिनीहरूले उनलाई भने, “हामीलाई तिम्रो अड्को भन, ताकि हामी त्‍यो सनौं ।”

    14तिनले उनीहरूलाई भने, “खानेबाट केही खाने कुरो निस्क्यो, बलियोबाट केही गुलियो कुरो निस्क्यो ।” तर तिनका पाहुनाहरूले तिन दिनमा त्यसको उत्तर पाउन सकेनन् ।

    15चौथो दिनमा तिनीहरूले शिमशोनकी पत्‍नीलाई भने, “तिम्रो पतिलाई छल गर ताकि तिनले हामीलाई त्यो अड्कोको उत्तर बताऊन्, नत्रता हामी तिमी र तिम्रो बुबाको घरलाई आगो लगाइदिनेछौं । के हामीलाई गरिब बनाउनलाई तिमीले हामीलाई यहाँ बोलाएकी हौ?”

    16शिमशोनकी पत्‍नी तिनको सामु रुन थालिन् । उनले भनिन्, “तपाईंले मलाई घृणा मात्र गर्नुहुन्छ! तपाईंले मलाई प्रेम गर्नुहुन्‍न । तपाईंले मेरा केही मानिसलाई अड्को थाप्नुभएको छ, तर तपाईंले मलाई उत्तर भन्‍नुभएको छैन ।” शिमशोनले त्यसलाई भने, “यता हेर, मैले मेरो बुबा वा आमालाई त भनेको छैनँ, त के म तिमीलाई भनूँ?”

    17भोजको सातौं दिनसम्म त्यो रोई । सातौं दिनमा तिनले उनलाई उत्तर भनिदिए किनभने उनले तिनलाई धेरै दबाब दिइन् । उनले आफ्ना नातेदारहरूलाई उत्तर भनिदिई ।

  • 27त्यो मन्‍दिर पुरुष र स्‍त्रीहरूले भरिएको थियो । पलिश्तीहरूका सबै शासकहरू त्यहीं नै थिए । छतमा करिब तिन हजार पुरुष र स्‍त्रीहरू थिए । शिमशोनले तिनीहरूलाई मनोरन्‍जन दिंदा हेरिरहेका थिए ।

  • न्या 14:1-3
    3 पदहरू
    71%

    1¶ शिमशोन तल तिम्नामा गए, र त्यहाँ पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई तिनले देखे ।

    2जब तिनी फर्के, तब तिनले आफ्ना बुबा र आमालाई भने, “मैले तिम्नामा पलिश्तीहरूका छोरीहरूमध्‍ये एक जना स्‍त्रीलाई देखें । तिनलाई मेरो पत्‍नी हुनलाई ल्याइदिनुहोस् ।”

    3तिनका बुबा र आमाले तिनलाई भने, “के तिम्रा नातेदारहरूका छोरीहरू वा हाम्रा मानिसहरूका माझमा कोही स्‍त्री छैन र? के तिमी खतना नभएका पलिश्तीहरूबाट आफ्नो निम्ति पत्‍नी लिन जाँदैछौ?” शिमशोनले आफ्ना बुबालाई भने, “तिनलाई मेरो निम्ति ल्याइदिनुहोस्, किनकि म जब तिनलाई हेर्छु, मलाई खुशी लाग्‍छ ।”

  • 7तिनी गए र त्यो स्‍त्रीसँग कुरा गरे, र जब शिमशोनले उनलाई हेरे, तब उनले तिनलाई खुसी पारिन् ।

  • न्या 15:1-3
    3 पदहरू
    71%

    1¶ केही दिनपछि, गहुँ कटनीको समयमा, शिमशोनले एउटा पाठो लिए र आफ्नी पत्‍नीलाई भेट्न गए । तिनले मनमनै भने, “म मेरी पत्‍नीको कोठामा जानेछु ।” तर उनका बुबाले तिनलाई भित्र जान दिएनन् ।

    2उनका बुबाले भने, “तपाईंले उनलाई घृणा गर्नुहुन्छ भनी मैले सोचेको थिएँ, यसैले मैले त्यसलाई तपाईंको साथमा बसेको मित्रलाई दिएँ । उनकी कान्छी बहिनी उनीन्दा सुन्दरी छिन् । तिनैलाई लैजानुहोस् ।”

    3शिमशोनले तिनीहरूलाई भने, “यसपल्ट मैले पलिश्तीहरूलाई चोट दिंदा म निर्दोष हुनेछु ।”

  • 19तब परमप्रभुको आत्मा अचानक शक्तिको साथमा शिमशोनमाथि आउनुभयो । शिमशोन तल अश्कलोनमा गए र तिनीहरूका तिस जना मानिसहरूलाई मारे । तिनले तिनीहरूका लुटका सामान लिए, र त्यो अड्को फुकाउने मानिसहरूलाई तिनीहरूका लुगाहरू दिए । रिसले चूर भएर तिनी आफ्ना बुबाका घरमा गए ।

  • 25इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।”

  • न्या 15:6-7
    2 पदहरू
    69%

    6पलिश्तीहरूले सोधे, “यो कसले गर्‍यो?” तिनीहरूलाई भनियो, “तिम्नामा बसोबास गर्नेका ज्वाइँ शिमशोनले यो गरेका हुन् किनभने तिम्नाका मानिसहरूले शिमशोनकी पत्‍नीलाई लिए र तिनको साथमा बसेको मित्रलाई दिए ।” त्यसपछि पलिश्तीहरू गएर त्यस स्‍त्री र त्यसका बुबालाई जलाइदिए ।

    7शिमशोनले तिनीहरूलाई भने, “तिमीहरूको व्यवहार यस्तै हो भने, म तिमीहरूका विरुद्ध बदला लिनेछु, र त्‍यसो गरेपछि मात्र म रोकिनेछु ।”