न्यायाधीश 18:22
जब तिनीहरू मीकाको घरबाट अलि पर पुगे, मीकाको घरनजिकका घरहरूमा बस्ने मानिसहरूलाई एकसाथ भेला गरियो, र तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए ।
जब तिनीहरू मीकाको घरबाट अलि पर पुगे, मीकाको घरनजिकका घरहरूमा बस्ने मानिसहरूलाई एकसाथ भेला गरियो, र तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
23तिनीहरूले दानका मानिसहरूमाथि कराए, र तिनीहरू फर्के र मीकालाई भने, “तिमीहरू किन एकसाथ भेला भएका छौ?”
24तिनले भने, “मैले बनाएका देवताहरू तिमीहरूले चोर्यौ, मेरो पुजारीलाई लग्यौ, र तिमीहरू जाँदैछौ । अब मसँग के बाँकी छ? तिमीहरू कसरी मलाई ‘तिमीलाई के कुराले दु:ख दिइरहेको छ’ भनेर सोध्दैछौ?”
25दानका मानिसहरूले तिनलाई भने, “हामीलाई तिम्रो केही कुरा नसुनाऊ, नत्रता हामीमध्येका कोही धेरै क्रोधित मानिसले तिमीलाई आक्रमण गर्नेछ, र तिमी र तिम्रा परिवार सबै मारिनेछन् ।”
26त्यसपछि दानका मानिसहरू आफ्नो बाटो लागे । जब तिनीहरू आफ्नो निम्ति धेरै नै बलिया रहेछन् भनेर मीकाले देखे तब तिनी आफ्नै घर फर्किए ।
27दानका मानिसहरूले मीकाले बनाएका कुराहरू र तिनका पुजारीलाई लिए, र तिनीहरू लेशमा कुनै बाधामा नपरेका र सुरक्षित मानिसहरूकहाँ आए, अनि तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे र सहरलाई जलाइदिए ।
28तिनीहरूलाई बचाउने त्यहाँ कोही पनि थिएन किनभने त्यो सीदोनबाट धेरै टाढा थियो, र तिनीहरूको कसैसँग पनि कुनै लेन-देन थिएन । त्यो बेथ-रहोबनजिकको बेसीमा थियो । दानका मानिसहरूले त्यो सहरलाई पुनर्निर्माण गरे र त्यहीं बसोबास गरे ।
29तिनीहरूले इस्राएलका छोरामध्ये एक जना आफ्ना पुर्खा दानका नाउँमा त्यस सहरलाई दान नाउँ दिए । तर त्यस सहरको नाउँ पहिले लेश थियो ।
30दानका मानिसहरूले आफ्नै निम्ति ती खोपिएका मूर्तिहरू राखे । अनि त्यो देश कैदमा नपरेसम्म मोशाका नाति, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानका कुलका निम्ति पुजारीहरू भए ।
31यसैले शीलोमा परमेश्वरको भवन भएसम्म तिनीहरूले मीकाले बनाएका खोपिएका मूर्तिहरूको पुजा गरे ।
1¶ ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएन । दानको कुलका मानिसहरूले बसोबास गर्नको निम्ति ठाउँ खोजिरहेका थिए, किनकि त्यो दिनसम्म तिनीहरूले इस्राएलका कुलहरूबाट कुनै उत्तराधिकार प्राप्त गरेका थिएनन् ।
2दानका मानिसहरूले आफ्ना सम्पुर्ण कुलबाट पाँच जना मानिसहरू, सोरा र एश्लोत अनुभवी युद्धाहरूलाई हिंडेर देशको जानकारी लिन र त्यसमाथि दृष्टि लगाउन पठाए । तिनीहरूले उनीहरूलाई भने, “जाओ, र देशमाथि दृष्टि लगाओ ।” तिनीहरू एफ्राइमको पहाडी देशमा मीकाको घरमा आए, र तिनीहरूले त्यो रात त्यहीं बिताए ।
3जब उनीहरू मीकाको घरको नजिकै थिए, तब उनीहरूले ती जवान लेवीको बोली चिने । यसैले उनीहरू तिनलाई रोके र सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यस ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?”
21यसैले तिनीहरू फर्केर त्यहाँबाट गए । तिनीहरूले साना बालबालिका र गाई-वस्तु र आफ्ना धनमालहरूलाई आफ्नो अगि-अगि हिंडाए ।
10जब तिमीहरू जान्छौ, तब तिमीहरूले ती मानिसहरूलाई भेट्नेछौ जसले आफैंलाई सुरक्षित ठान्छन्, र त्यो सहर फराकिलो छ! परमेश्वरले तिमीहरूलाई त्यो सहर दिनुभएको छ— एउटा ठाउँ जसमा कुनै कुराको अभाव छैन ।”
11दानका कुलका छ सय मानिसहरू युद्धको निम्ति हातहतियारले सुसज्जित भएर सोरा र एश्तोलबाट निस्के ।
12तिनीहरू माथि गए र यहूदाको किर्यत-यारीममा छाउनी हाले । यसकारण मानिसहरूले त्यस ठाउँलाई आजको दिनसम्म महनेह-दान भन्छन् । त्योचाहिं किर्यत-यारीमको पश्चिममा पर्छ ।
13तिनीहरू त्यहाँबाट एफ्राइमको पहाडी देशमा गए र मीकाको घरमा आए ।
14लेशको देशमा जानकारी प्राप्त गर्न गएका पाँच जना मानिसले आफ्ना नातेदारहरूलाई भने, “यी घरहरूमा एपोद, घर-देवताहरू, खोपिएको मूर्ति, र ढलौटे मूर्ति छन् भनी के तिमीहरूलाई थाहा छ? तिमीहरूले के गर्नेछौ अहिले नै निर्णय गर ।”
15यसैले तिनीहरू मीकाको घर, ती जवान लेवीकहाँ आए र तिनीहरूले तिनलाई अभिवादन गरे ।
16अनि दानका छ सय जना मानिसहरू युद्धको निम्ति हात-हतियारले सुसज्जित भएर ढोकामा उभिए ।
17ती पाँच जना मानिस जसले देशको बारेमा जानकारी लिन गएका थिए, तिनीहरू त्यहाँ गए र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, जति बेला पुजारीचाहिं युद्धको निम्ति हात-हतियारले सुसज्जित छ सय जना मानिसका साथ ढोकामा उभिए ।
18जब तिनीहरू मीकाको घरमा पसे र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, पुजारीले तिनीहरूलाई भने, “तिमीहरू यो के गरिरहेका छौ?”
47जब दानको कुल आफैमा हरायो, दानले लेशेमलाई आक्रमण गर्यो, यसविरुद्ध लड्यो, र तरवारले प्रहार गरेर यसलाई कब्जा गर्यो; यसलाई अधीन गरेर यसमा बसोबास गर्यो । तिनीहरूले लेशेमलाई आफ्नो पुर्खाको नाउँअनुसार यसको नाउँ राखे ।
48कुल-कुलअनुसार तिनीहरूको गाउँहरूसहितको सहरहरू यो दानको कुलको उत्तराधिकारको थियो ।
38दानका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।
39दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए ।
6तिनीहरू गिलाद र तातीम-हदोशीमा आए अनि दान-यान र सीदोनको सेरोफेरोसम्म पुगे ।
34एमोरीहरूले दानका कुललाई पहाडी देशमा बसोबास गर्न बाध्ये पारे, र तिनीहरूलाई तल मैदान आउन दिएनन् ।
14जब अब्रामले तिनका नातेदारलाई शत्रुहरूले कब्जा गरेको कुरा सुने, तिनले आफ्ना घरमा नै जन्मेका तालिम प्राप्त ३१८ जना मानिसहरू लिएर तिनले तिनीहरूलाई दानसम्म नै खेदे ।
42यसैले तिनीहरू इस्राएलका मानिसहरूबाट भागे, र उजाड-स्थानतिर गए । तर युद्धले तिनीहरूलाई भेटाइहाल्यो । इस्राएलका सेनाहरू सहरहरूबाट आए र तिनीहरू भएकै ठाउँमा तिनीहरूलाई मारे ।
40सातौँ चिट्ठा कुल-कुलअनुसार दानको कुललाई पर्यो ।
31तिनीहरू छाउनीबाट तिनीहरूको झन्डामुनि अन्तिममा जानेछन् ।”
35दानबाट लडाइँको निम्ति तयार भएका २८,६०० मानिसहरू थिए ।
5तिनीहरू सहरको प्रवेशद्वार बन्द गर्ने समय हुँदा साँझपख गए । तिनीहरू कता गए मलाई थाहा भएन । तपाईंहरू छिटो-छिटो जानुभयो भने सम्भवतः तपाईंहरूले तिनीहरूलाई भेट्टाउनु हुनेछ ।”
16दानबाट त्यसका घोडाहरूको घ्वार-घ्वार आवाज सुनिन्छ । त्यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा पुरै पृथ्वी हल्लिन्छ । किनकि तिनीहरू आउनेछन् र यो देश र यसको सम्पत्ति, सहर र यसमा बस्नेहरूलाई स्वाहा पार्नेछन् ।
14यसैले तिनीहरू हिँडिरहे, र तिनीहरू बेन्यामीनको इलाका गिबानजिकै आउँदा घाम अस्तायो ।
16बेन्यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए ।
14त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।
8उनीहरू सोरा र एश्तोलमा भएको आफ्नो कुलकहाँ फर्के । उनीहरूका नातेदारहरूले सोधे, “तिमीहरूसँग के विवरण छ?”
25दोस्रो दिनमा, गिबाबाट बेन्यामीनीहरू तिनीहरूका विरुद्ध बाहिर निस्के र तिनीहरूले इस्राएलका अठार हजार मानिसहरूलाई मारे । तिनीहरू सबै तरवारले लडाइँ गर्नलाई तालिम प्राप्त मानिसहरू थिए ।
22जब तिनीहरू खुशी मनाइरहेका थिए, सहरका केही काम नलाग्ने मानिसहरूले घरलाई घेरे र ढोकामा हिर्काउन थाले । घरका मालिक, ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने, “तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल, ताकि हामी त्यससँग सहवास गर्नेछौं ।”
53इस्राएलका मानिसहरू पलिश्तीहरूलाई खेदेर फर्के र तिनीहरूले उनीहरूको छाउनी लूटे ।