न्यायाधीश 3:5

अनलक शाब्दिक बाइबल

यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्‍जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 3:8 : 8 तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो ।
  • उत्प 10:15-18 : 15 कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती, 16 यबूसी, एमोरी, 17 गिर्गाशी, हिव्वी, अरकी, सिनी, 18 अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए ।
  • भजन 106:34-38 : 34 परमप्रभुले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले जातिहरूलाई नष्‍ट पारेनन्, 35 तर तिनीहरू जातिहरूसँग मसिए र तिनीहरूका मार्गहरू सिके, 36 र तिनीहरूका मूर्तीहरूको पुजा गरे जुन तिनीहरूको निम्ति पासो बन्यो । 37 तिनीहरूले आफ्‍ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए । 38 तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्‍ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।
  • उत्प 15:19-21 : 19 केनीहरू, कनज्‍जीहरू, कदोनीहरू, 20 हित्तीहरू, परिज्‍जीहरू, रपाईहरू, 21 एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू र यबूसीहरूलाई दिन्छु ।
  • निर्ग 3:17 : 17 तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'
  • व्यव 7:1 : 1 ¶ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा महान् र शक्तिशाली सात जाति हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउनुहुने छ ।
  • यहो 9:1 : 1 ¶ त्यसपछि यर्दन पारिको पहाडी देशहरू र लेबनानपट्टि महासमुद्रको किनारका मैदानहरूमा हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरू बस्थे ।
  • न्या 1:29-32 : 29 एफ्राइमले गेजेरमा बसोबास गर्ने कनानीहरूलाई बाहिर निकालेनन्, यसैले कनानीहरू गेजेरमा तिनीहरूका माझमा नै बसोबास गरे । 30 जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्, र यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे, तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए । 31 आशेरले अक्‍को, सीदोन, अहलाब, अक्जीब, हेलवा, अपेक, र रहोबमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन् । 32 यसैकारण आशेरको कुल कनानीहरूसँग (जो त्यस देशमा बसोबास गर्थे) बसोबास गरे, किनभने तिनीहरूले उनीहरूलाई बाहिर निकालेनन् ।
  • नहे 9:8 : 8 तपाईंले तिनको हृदय तपाईंको सामु विश्‍वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 15:19-21
    3 पदहरू
    84%

    19केनीहरू, कनज्‍जीहरू, कदोनीहरू,

    20हित्तीहरू, परिज्‍जीहरू, रपाईहरू,

    21एमोरीहरू, कनानीहरू, गिर्गाशीहरू र यबूसीहरूलाई दिन्छु ।

  • १ इति 1:14-15
    2 पदहरू
    83%

    14तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,

    15हिव्‍वीहरू, अरकीहरू, सिनीहरू,

  • यहो 12:8-9
    2 पदहरू
    82%

    8तिनले तिनीहरूलाई हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरूको भूमि पहाडी देशहरू, तराईहरू, अराबा, पहाडका पाटाहरू र नेगेव दिए ।

    9राजाहरूमा यरीहोका राजा, ऐका राजा जुन बेथेलको छेउमा छ,

  • उत्प 10:16-18
    3 पदहरू
    81%

    16यबूसी, एमोरी,

    17गिर्गाशी, हिव्वी, अरकी, सिनी,

    18अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए ।

  • 20बाँकी रहेका सबै एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसी जो इस्राएली थिएनन्,

  • 3उनले पूर्व र पश्‍चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्‍जीहरू, पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए ।

  • 7हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू, जो इस्राएलका थिएनन्,

  • 29नेगेवमा अमालेकीहरू बसोसबास गर्छन् । हित्ती, यबूसी, र एमोरी पहाडी मुलुकमा बस्छन् । कनानीहरू समुद्र किनारा र यर्दन नदीको तीरमा बस्छन् ।”

  • 11आज मैले आज्ञा गरेको कुरा पालन गर् । तेरो सामु मैले एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउन लाग्दै छु ।

  • 10परमेश्‍वर तिमीहरूमाझ हुनुहुन्छ र कनानीहरू, हित्तीहरू, हिव्वीहरू, परिज्‍जीहरू, गिर्गाशीहरू, एमोरीहरू र यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनु हुनेछ भनी तिमीहरूले थाहा पाउने छौ ।

  • 11तिमीहरूले यर्दन तर्‍यौ र यरीहोमा आयौ । यरीहोका अगुवाहरूले एमोरीहरू, परिज्‍जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हित्तीहरू, हिव्वीहरू र यबूसीहरूसँगै तिमीहरूसँग लडे । मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ र तिमीहरूको नियन्त्रणमा राखेँ ।

  • 1¶ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा महान् र शक्तिशाली सात जाति हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउनुहुने छ ।

  • 17तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'

  • 31त्यसैले इस्राएल एमोरीहरूका मुलुकमा बस्‍न थाल्यो ।

  • 17बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिमीहरूले हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू ।

  • न्या 3:3-4
    2 पदहरू
    76%

    3ती जातिहरू यी नै हुन्: पलिश्तीहरूका पाँच राजाहरू, सबै कनानीहरू, सीदोनीहरू, र लेबनानका पर्वतहरूमा बाल-हर्मोनदेखि हमात-पाससम्म बस्‍ने हिव्वीहरू ।

    4इस्राएलको जाँच गर्न, अनि परमप्रभुले मोशाद्वारा तिनीहरूका पुर्खाहरूलाई दिनुभएका आज्ञाहरू तिनीहरूले पालन गर्छन् कि गर्दैनन् भनेर निश्‍चित रूपमा थाहा पाउनलाई यी जातिहरूलाई छोडिएको थियो ।

  • 2म तेरो अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई म त्यहाँबाट धपाउनेछु ।

  • 21तर बेन्यामीनका मानिसहरूले यरूशलेममा बसोबास गर्ने यबूसीहरूलाई बाहिर निकालेनन् । यसैले यरूशलेममा आजको दिनसम्मै यबूसीहरू बेन्यामीनका मानिसहरूसँग बसोबास गर्दै आएका छन् ।

  • 6तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।

  • 8तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो ।

  • 1¶ त्यसपछि यर्दन पारिको पहाडी देशहरू र लेबनानपट्टि महासमुद्रको किनारका मैदानहरूमा हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरू बस्थे ।

  • 7इस्राएलका मानिसहरूले हिव्वीहरूलाई भने, “सायद तिमीहरू हाम्रो नजकै बस्‍छौ । हामीले तिमीहरूसँग कसरी सन्धि गर्नु?”

  • 23मेरा दूत तिमीहरूका अगिअगि जानेछन् र तिनले तिमीहरूलाई एमोरी, हित्ती, परिज्‍जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ ल्याउनेछन् । म तिनीहरूलाई नष्‍ट गर्नेछु ।

  • 4दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्‍यस देशका बसिन्‍दा यबूसीहरू त्‍यहाँ थिए ।

  • 25इस्राएलले हेश्बोन र यसका सबै गाउँसहित एमोरी सहरहरू कब्जा गरे र तिनीहरू सबैमा बसोबास गरे ।

  • न्या 1:29-30
    2 पदहरू
    72%

    29एफ्राइमले गेजेरमा बसोबास गर्ने कनानीहरूलाई बाहिर निकालेनन्, यसैले कनानीहरू गेजेरमा तिनीहरूका माझमा नै बसोबास गरे ।

    30जबूलूनले कित्रोन वा नहलोलमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेनन्, र यसैले कनानीहरू तिनीहरूका माझमा नै बसोबास गरे, तर जबूलूनले कनानीहरूलाई कडा परिश्रमसँग तिनीहरूहरूको सेवा गर्न लगाए ।

  • यहो 9:16-17
    2 पदहरू
    72%

    16इस्राएलीहरूले उनीहरूसँग यो सन्धि गरेको तिन दिनपछि उनीहरू छिमेकी रहेछन् र उनीहरू नजिकै बस्दा रहेछन् भनी तिनीहरूले थाहा पाए ।

    17त्यसपछि इस्राएलका मानिसहरू निस्के र तेस्रो दिनमा सहरमा आए । उनीहरूका सहरहरू गिबोन, कपीरा, बरोत, किर्यात-यारीम थिए ।

  • 19गिबोनमा बस्‍ने हिव्वीहरूबाहेक कुनै पनि सहरले इस्राएलको फौजसँग शान्ति सम्झौता गरेनन् । इस्राएलले सबै बाँकी सहरलाई कब्जा गरे ।

  • 35यसैले एमोरीहरू हेरेस पर्वत, अय्यालोन, र शाल्बीममा बसोबास गरे, तर योसेफका घरानाको सैन्य शक्तिले तिनीहरूलाई परास्त गर्‍यो, र तिनीहरूलाई कडा परिश्रमले उनीहरूको सेवा गर्न लगाइयो ।

  • 22परमप्रभुले सेइरमा बस्‍ने एसावका सन्तानहरूकै सामुन्‍ने होरीहरूलाई नष्‍ट गरी तिनीहरूको ठाउँमा यिनीहरूलाई राख्‍नुहुँदा यिनीहरूका लागि पनि यसै गर्नुभयो । यिनीहरू आजसम्म यहाँ बसोबास गर्दै छन् ।

  • 9त्यसपछि, यहूदाका मानिसहरू पहाडी देश, नेगेव र पश्‍चिमी पहाडका फेदीहरूमा बसोबास गर्ने कनानीहरूकहाँ युद्ध गर्न गए ।

  • 3यहूदा, बेन्‍यामीनी, एफ्राइम र मनश्‍शेका केही सन्तानहरू यरूशलेममा बसोबास गरे ।

  • 8तपाईंले तिनको हृदय तपाईंको सामु विश्‍वासयोग्य भएको भेट्टाउनुभयो, र तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने प्रतिज्ञा गर्नुभयो । तपाईंले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको छ किनकि तपाईं धर्मी हुनुहुन्छ ।

  • 1¶ जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए र भने, “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले अन्य देशमा बस्‍ने जातिहरू अर्थात् कनानी, हित्ती, परिज्‍जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन् ।

  • 63तर यबूसीहरू अर्थात् यरूशलेमका बासिन्दाहरूको सवालमा यहूदाका कुलले तिनीहरूलाई धपाउन सकेनन्, त्यसैले आजको दिनसम्म पनि यबूसीहरू यहूदाको कुलको माझमा बस्छन् ।

  • 13तर इस्राएलका मानिसहरूले गशूरीहरू र माकातीहरूलाई धपाएनन् । बरु, गशूर र माकात आजको दिनसम्म पनि इस्राएलको माझमा बसोबास गर्छन् ।

  • 27मनश्शेका मानिसहरूले बेथ-शान, तानाक, डोर, यिबलाम, र मगीद्दो र ती सबैका गाउँहरूमा बसोबास गर्नेहरूलाई बाहिर निकालेनन्, किनभने कनानीहरूले ती ठाउँहरूमा बस्‍ने पक्‍का गरेका थिए ।

  • 10तिनीहरूले गेजेरमा बस्‍ने कनानीहरूलाई धपाएनन्, त्यसैले आजको दिनसम्म पनि एफ्राइमभित्र कनानीहरू बस्छन्, तर यी मानिसहरूलाई बेगारी काम गर्न लगाइएको थियो ।

  • 5पाँच एमोरी राजा अर्थात् हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा, उनीहरू र उनीहरूका सबै फौजले गिबोनविरुद्ध मोर्चा बाँधे र उनीहरूले यसलाई आक्रमण गरे ।

  • 12सेइरमा पहिले होरीहरू पनि बस्थे, तर एसावका सन्तानहरूले तिनीहरूलाई धपाए । तिनीहरूले होरीहरूलाई त्यहाँबाट निकाली तिनीहरूको ठाउँमा बसोबास गरे जस्तो परमप्रभुले इस्राएललाई तिनीहरूको अधिकारको रूपमा यो देश दिनुभएको थियो ।)