न्यायाधीश 4:8

अनलक शाब्दिक बाइबल

बाराकले तिनलाई भने, “तपाईं मसँग जानुभयो भने म जान्छु, तर तपाईं मसँग जानुभएन भने म जान्‍नँ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 4:10-14 : 10 तब मोशाले परमप्रभुलाई भने, “हे प्रभु, म बोल्नमा सिपालु छैनँ, न पहिले थिएँ न त तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै । म बोल्न र जिब्रो चलाउनमा सुस्त छु ।” 11 परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख बनाउने को हो? मानिसलाई गुँगो वा बैरो वा दृष्‍टिविहीन बनाउने को हो? के म परमप्रभुले नै होइनँ र? 12 त्यसैले अब जा र म तेरो मुखमा भएर के भन्‍ने भनी तँलाई सिकाउनेछु ।” 13 तर मोशाले भने, “हे प्रभु, तपाईंले इच्छा गर्नुभएको अरू कसैलाई पठाउनुहोस् ।” 14 तब परमप्रभु मोशासित रिसाउनुभयो र भन्‍नुभयो, “तेरो दाजु लेवी हारून छैन र? त्यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा छ । यसको अतिरिक्त, त्यो तँलाई भेट्न आउँदै छ र त्यसले तँलाई देख्दा त्यो ह्रदयमा खुसी हुनेछ ।
  • मत्त 14:30-31 : 30 तर जब पत्रुसले बतासलाई देखे, उनी डराए । जब उनी डुब्‍न थाले, उनले चिच्‍च्‍याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस्!” 31 येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो; पत्रुसलाई समात्‍नुभयो र उनलाई भन्‍नुभयो, “ए अल्पविश्‍वासी! तिमीले किन शङ्का गर्‍यौ?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 4:9-10
    2 पदहरू
    90%

    9तिनले भनिन्, “निश्‍चित रूपमा म तिमीसँग जानेछु । तर जुन बाटो तिमी जाँदैछौ त्यसले तिमीलाई सम्मान दिनेछैन, किनकि परमप्रभुले सीसरालाई एउटी स्‍त्रीको हातमा बेचिदिनुहुनेछ ।” त्यसपछि दबोरा खडा भइन् र बाराकसँग केदेशमा गइन् ।

    10बाराकले जबूलून र नाप्‍तालीका मानिसहरूलाई उनीसँगै केदेशमा जानको निम्ति बोलाए । दश हजार जना मानिसहरू तिनको पछि आए र दबोरा पनि तिनीसँगै गइन् ।

  • न्या 4:12-18
    7 पदहरू
    81%

    12अबीनोअमका छोरा बाराक तबोर डाँडामा गएका थिए भन्‍ने कुरा जब तिनीहरूले सीसरालाई भने,

    13तब सीसराले आफ्ना सबै रथहरू, नौ सय फलामका रथहरू, र हरोशेत हग्गोयिमदेखि कीशोन खोलासम्म आफूसँग भएका सबै सेनालाई बोलाए ।

    14दबोराले बाराकलाई भनिन्, “जाऊ! किनकि परमप्रभुले तिमीलाई सीसरामाथि विजय दिनुभएको दिन आजै हो । के परमप्रभुले तिमीलाई अगुवाइ गर्नुभएको छैन र?” यसैले आफ्नो पछि लागेका दश हजार मानिसलाई साथमा लिएर बाराक तबोर डाँडाबाट तल गए ।

    15सीसरा र उनका सबै रथहरू र उनका सबै सेनालाई तरवारको धारले परमप्रभुले अलमल पारिदिनुभयो । अनि सीसरा आफ्नो रथबाट तल झरे र पैदल नै भागे ।

    16तर बाराकले रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म लखेटे, र सीसराका सम्‍पुर्ण सेना तरवारको धारले मारिए, र एक जना मानिस पनि बाँचेन ।

    17तर सीसरा केनी हेबेरकी पत्‍नी याएलको पालमा भागेर गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरको परिवारका बिचमा मिलाप थियो ।

    18याएल सीसरालाई भेट्न बाहिर गइन् र भनिन्, “मेरा मालिक यता फर्कनुहोस् र नडराउनुहोस् ।” यसैले उनी तिनीतिर फर्के र तिनको पालभित्र पसे, र तिनले उनलाई एउटा कम्बल ओढाइदिइन् ।

  • न्या 4:4-7
    4 पदहरू
    80%

    4त्यस समय इस्राएलमा एक अगमवादिनी, दबोरा (लप्पीदोतकी पत्‍नी) नेतृत्‍व गर्ने न्यायकर्ताको थिइन् ।

    5तिनी एफ्राइमको पहाडी देशमा रामा र बेथेलको बिचमा दबोराको खजुरको रूखमुनि बस्‍ने गर्थिन्, र इस्राएलका मानिसहरू आफ्ना विवादहरू मिलाउन तिनीकहाँ आउँथे ।

    6तिनले नाप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइन् र तिनलाई भनिन्, “परमप्रभु, इस्राएलका परमेश्‍वरले तिमीलाई यस्तो आज्ञा गर्नुहुन्छ, ‘तबोर डाँडामा जाऊ, र नाप्‍ताली र जबूलूनबाट तिमीसँग दश हजार मानिसहरू ल्‍याऊ ।

    7याबीनका सेनाका कमाण्‍डर सीसरालाई त्यसका रथहरू र त्यसका सेनाका साथमा कीशोन खोलामा तिमीसित भेट्नलाई म ल्याउनेछु, र तिमीलाई म त्यसमाथि विजयी बनाउनेछु ।’”

  • 1¶ त्यो दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:

  • 32यदि तपाईं हामीसँग जानुभयो भने परमप्रभुले हामीलाई असल गर्नुभएझैँ हामी तपाईंको निम्ति असल नै गर्नेछौँ ।” तिनीहरूले परमप्रभुको पर्वतबाट तिन दिनसम्म यात्रा गरे ।

  • 15मोशाले उहाँलाई भने, “तपाईंको उपस्थिति मसँगै जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस् ।

  • 21तर जान तपाईंले इन्कार गर्नुभयो भने त परमप्रभुले मलाई देखाउनुभएको कुरो यही हो ।

  • 3तिनीहरूमध्ये एक जनाले भन्यो, “कृपा गरी आफ्ना दासहरूसँगै जानुहोस् ।” एलीशाले जवाफ दिए, “म जानेछु ।”

  • 58अनि तिनीहरूले रिबेकालाई डाकेर सोधे, “के तिमी यस मानिसको साथमा जान्‍छ्यौ?” तिनले भनिन्, “म जान्‍छु ।”

  • 12उठ, उठ दबोरा! उठ, उठ, एउटा गीत गाऊ! ए बाराक, ए अबीनोअमका छोरा, उठ, र आफ्ना कैदीहरूलाई समाऊ ।

  • न्या 7:10-11
    2 पदहरू
    70%

    10तर तँलाई तल जान डर लागेको छ भने, तेरो सेवक पूराहसँग तल छाउनीमा जा,

    11र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए ।

  • 8त्‍यो केटी तेरो पछि आउन इच्‍छा गरिन भने तँ मेरो यो शपथबाट मुक्‍त हुनेछस् । केवल तैँले मेरो छोरालाई चाहिँ त्‍यहाँ फर्काएर नलैजानू ।”

  • रूत 1:16-18
    3 पदहरू
    69%

    16रूथले भनिन्, “मलाई तपाईंबाट जान नलगाउनुहोस्, किनभने तपाईं जहाँ जानुहुन्छ, म त्यहाँ नै जानेछु; तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहाँ नै बस्‍नेछु; तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ ।

    17तपाईं जहाँ मर्नुहुन्छ, म त्यहाँ नै मर्नेछु, र म त्यहीँ नै गाडिनेछु । यदि मृत्युबाहेक कुनै कुराले हामीलाई अलग गर्छ भने परमप्रभुले मलाई दण्ड दिनुभएको होस् र अझ यो भन्दा धैरै गर्नुभएको होस् ।”

    18जब नाओमीले रूथ तिनीसँगै जानलाई दृढ थिइन् भन्‍ने देखिन्, तिनले तिनीसँग तर्क गर्न छोडिन् ।

  • 15इस्साखारका मेरा राजकुमारहरू दबोरासित थिए । र इस्साखार बाराकसित थिए उनको पछि-पछि उनको कमाण्‍डमा तिनीहरू बेसीमा गए । रूबेनका कुलहरूका माझमा हृदय खोज्ने काम धेरै भयो ।

  • 20उनले तिनलाई भने, “पालको ढोकामा खडा बस । कोही आएर यहाँ कोही छ भनी तिमीलाई सोध्यो भने, ‘छैन’ भन्‍नू ।”

  • 39मैले मेरो मालिकलाई भनेँ, 'सायद त्‍यो स्‍त्री मेरो साथमा आउन मान्दिन होला?'

  • १ शमू 14:9-10
    2 पदहरू
    67%

    9तिनीहरूले भन्‍छन्, ‘तिमीहरूकहाँ हामी नआएसम्म त्यहीं पर्ख,' भने— हामी आफ्नै ठाउँमा बस्‍नेछौं र हामी तिनीहरूकहाँ पारि जानेछैनौं ।

    10तर तिनीहरूले जवाफ दिन्‍छन्, 'हामीकहाँ वारि आओ' भने, हामी पारि तर्नेछौं । किनभने परमप्रभुले तिनीहरूलाई हाम्रो हातमा दिनुभएको छ । यो हाम्रो निम्ति चिन्ह हुनेछ ।”

  • २ राजा 4:23-24
    2 पदहरू
    67%

    23तिनका पतिले भने, “किन तिमी आजै उहाँकहाँ जान चाहन्छ्यौ? आज न औँसी हो, न त शबाथ हो ।” उनले जवाफ दिइन्, “यो ठिक हुनेछ ।”

    24त्यसपछि उनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “छिटो कुदा । मैले नभनेसम्म दौडन ढिला नगर ।”

  • 8परमप्रभु तिम्रो अगिअगि जानुहुने छ । उहाँ तिमीसँगै हुनुहुने छ । उहाँले तिमीलाई छाड्नहुने छैन, न त त्याग्‍नुहुने छ । नडराऊ, निरुत्साहित नहोऊ ।”

  • 16त्यसले तिमीहरू र तिमीहरूको घरलाई माया गरेकोले र तिमीहरूसित राम्ररी बसेकोले 'म तपाईंहरूकहाँबाट जान्‍नँ' भन्यो भने

  • 8तर तपाईं त्‍यसरी गए पनि, र साहसी र बलियो भए पनि शत्रुहरूका सामु परमेश्‍वरले तपाईंलाई परास्‍त गर्नुहुनेछ, किनकि सहायता गर्ने, र परास्‍त गर्ने शक्ति परमेश्‍वरसँग छ ।”

  • 42परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूलाई भन्, “आक्रमण नगर्; लडाइँ नगर् किनकि म तिमीहरूसँग हुने छैनँ, र तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुने छौ ।'

  • 30तर होबाबले मोशालाई भने, “म तिमीहरूसँग जाँदिनँ । म मेरो आफ्नै मुलुकतिर र मेरा आफ्नै मानिसहरूकहाँ जाने छु ।”

  • 16परमेश्वरका जनले भने, “म तपाईंसँगै फर्केर जान सक्दिनँ, न त यस ठाउँमा तपाईंसँगै खानपान गर्न सक्छु न पिउन सक्छु ।

  • 18म तपाईंकहाँ आउन र तपाईंलाई मेरो उपहार ल्‍याएर तपाईंको सामु नराखेसम्म, कृपया यहाँबाट नजानुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “तँ नफर्केसम्म म पर्खनेछु ।”

  • 4त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन् ।”

  • 4र म पनि जानको निम्ति उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।

  • 6बलियो र खुबै साहसी होओ । नडराओ र तिनीहरूदेखि भयभीत नहोओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुने छ । उहाँले तिमीहरूलाई छाड्नुहुने छैन, न त त्याग्‍नुहुने छ ।”

  • 3इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै हुन्‌ । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”

  • 36गिदोनले परमेश्‍वरलाई भने, “तपाईंले भन्‍नुभएझैं, तपाईंले इस्राएललाई बचाउनलाई मलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्‍छ भने—

  • 33दाऊदले तिनलाई भने, “तिमी मसँग गयौ भने, तिमी मेरो निम्ति बोझ बन्‍ने छौ ।

  • 20त्यसैले मोशाले तिनीहरूलाई जवाफ दिए, “यदि तिमीहरूले आफूले भनेबमोजिम गर्छौ, तिमीहरू हातहतियारसहित परमप्रभुको सामु युद्ध गर्न जान्छौ भने,

  • 35तर परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा । तर तैँले म जे भन्‍छु सो मात्र भन्‍नुपर्छ ।” त्यसैले बालाम बालाकका अगुवाहरूसँग गए ।

  • 4परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “मनिसहरू अझै पनि ज्‍यादै धेरै छन् । तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्‍ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु । म तँलाई भन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ । तर म तँलाई बन्‍छु, ‘यो व्‍यक्‍तिचाहिं तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन ।”