न्यायाधीश 9:15

अनलक शाब्दिक बाइबल

त्यस काँढाको झाडीले रूखहरूलाई भन्यो, ‘तिमीहरू साँच्‍चै नै मलाई तिमीहरूमाथि राजा अभिषेक गर्न चाहन्छौ भने, आओ र मेरो छहारीमुनि सुरक्षित भएर बस । होइन भने, काँढाको झाडीबाट आगो बाहिर निस्कोस् र लेबनानका देवदारुहरूलाई त्यसले भस्म पारोस् ।’

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 30:2 : 2 तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् ।
  • न्या 9:20 : 20 तर होइन भने, अबीमेलेकबाट आगो बाहिर निस्कोस्, र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस् । अनि शकेम र बेथ-मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आओस् ।”
  • यशा 2:13 : 13 र लेबनानका अग्ला र माथि उठेका सबै देवदारुका विरुद्धमा, र बाशानका सबै फँलाटका विरुद्धमा हुनेछ ।
  • हो 14:7 : 7 त्यसको छहारीमा बस्‍ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्‍नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ ।
  • गिन 21:28 : 28 हेश्बोनबाट आगोको ज्वाला दन्क्यो, सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई र अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो ।
  • दानी 4:12 : 12 त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो । जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे । सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे ।
  • २ राजा 14:9 : 9 तर इस्राएलका राजा यहोआशले यहूदाका राजा अमस्याहलाई यसो भनी सन्देशवाहकहरू पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर सन्‍देश पठायो, 'तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ ।' तर लेबनानमा भएको जङ्गली जनावर त्‍यताबाट हिंड्‍यो र सिउँडीलाई कुल्‍च्‍यो ।
  • भजन 104:16 : 16 परमप्रभुका रूखहरूले प्रशस्‍त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्‍नुभयो ।
  • यशा 37:24 : 24 तेरो सेवकहरूद्वारा तैंले परमप्रभुको निन्दा गरेको छस् र भनेको छस्, 'मेरा असंख्या रथहरूसहित पहाडहरूको उच्‍च स्थानहरूमा र लेबनानको उच्‍च ठाउँहरूमा म गएको छु । यसका अग्‍ला-अग्‍ला देवदारुहरू र यसका असल-असल सल्ला रूखहरूलाई म काट्नेछु र यसका सबभैभन्दा उच्‍च स्थानहरू, यसका सबभन्दा बढी फलदायी जङ्गलहरूमा म पस्‍नेछु ।
  • यहे 19:14 : 14 किनकि त्‍यसका ठुला हाँगाहरूबाट आगो निस्‍क्‍यो, र त्‍यसका फलहरू भस्‍म पार्‍यो । त्‍यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासन गर्ने राजदण्ड पनि रहेन ।' यो एउटा विलापको गीत हो, र विलापको गीतको रूपमा गाउनुपर्छ ।”
  • यहे 31:3 : 3 हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए ।
  • यशा 1:31 : 31 बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्‍नेछन् र कसैले पनि ती निभाउनेछैन ।”
  • मत्त 13:32 : 32 यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बगैँचामा भएका सबै बोटभन्दा ठुलो हुन्छ । यो एउटा रुख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”
  • न्या 9:49 : 49 यसैले हरेक व्‍यक्‍तिले हाँगाहरू काटे र अबीमेलेकको पछि लागे । तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे, अनि त्यसमा आगो लगाइदिए, जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू, करीब एक हजार पुरुष र स्‍त्री मरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • न्या 9:7-14
    8 पदहरू
    92%

    7जब योतमलाई यो कुराको बारेमा सुनाइयो, तिनी गए र गिरीज्‍जीम डाँडाको चुचुरामा खडा भए । तिनले ठुलो सोरमा कराएर भने, “ए शकेमका अगुवाहरू हो, मेरो कुरा सुन, ताकि परमेश्‍वरले तिमीहरूलाई सुनून् ।

    8एकपल्‍ट रूखहरूले आफ्नो निम्ति एउटा राजा अभिषेक गर्नको निम्ति निस्के । अनि तिनीहरूले जैतूनको रूखलाई भने, ‘हामीमाथि राज्‍य गर्नुहोस् ।’

    9तर जैतूनको रूखले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई सम्‍मान दिने मेरो तेललाई त्यागेर, अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’

    10ती रूखहरूले नेभाराको रूखलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’

    11तर नेभाराको रूखले तिनीहरूलाई भने, ‘के मैले मेरो गुलियोपन र मेरो असल फललाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’

    12ती रूखहरूले दाखको बोटलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’

    13दाखको बोटले तिनीहरूलाई भने, ‘के देवताहरू र मानवजातिलाई खुशी तुल्याउने मेरो नयाँ दाखमद्यलाई त्यागेर अरू रूखहरूमाथि राज्‍य गर्न म फर्केर जाऊँ?’

    14अनि ती सबै रूखहरूले काँढाको झाडीलाई भने, ‘आउनुहोस् र हामीमाथि राज्‍य गर्नुहोस् ।’

  • 16अब यसकारण, के तिमीहरूले अबीमेलेकलाई राजा बनाएर सत्यता र इमान्दारितामा काम गरेका छौ, र तिमिहरूले यरूब-बाल र उनका घरानालाई ठिक व्यवहार गरेका छौ, र उनले पाउन योग्य दण्ड तिमीहरूले उनलाई दिएका छौ भने,

  • न्या 9:19-20
    2 पदहरू
    72%

    19तिमीहरूले यरूब-बाल र उनको घरानासँग इमान्दारिता र सत्यतामा व्यवहार गरेका भए, तिमीहरू अबीमेलेकमा खुशी रहो, र ऊ पनि तिमीहरूसँग खुशी रहोस् ।

    20तर होइन भने, अबीमेलेकबाट आगो बाहिर निस्कोस्, र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस् । अनि शकेम र बेथ-मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आओस् ।”

  • जक 11:1-2
    2 पदहरू
    71%

    1¶ ए लेबनान तेरा ढोकाहरू खोल्, ताकि आगोले तेरा देवदारुहरूलाई भस्म पारोस्!

    2ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारुका रूखहरू ढलेका छन्! सुन्दर र महान् भनिएका कुराहरू ध्वस्त भएका छन्! ए बाशानका फलाँटका रूखहरू, विलाप गर, किनभने त्यो ठुलो जङ्गल सखाप भएको छ ।

  • 7गिदोनले भने, “परमप्रभुले हामीलाई जेबह र सल्मुन्‍नामाथि विजय दिनुभएपछि, मरुभूमिका काँढाहरू र घोच्ने झाडीले म तिमीहरूका छाला काढ्नेछु ।”

  • न्या 9:48-49
    2 पदहरू
    71%

    48अबीमेलेक र तिनीसँग भएका सबै मानिसहरू माथि सल्मोन डाँडातर्फ गए । अबीमेलेकले एउटा बन्चरो लिएर हाँगाहरू काटे । तिनले ती आफ्ना काँधमा बोके र आफूसँग भएका मानिसहरूलाई आज्ञा गरे, “मैले जे गरेको देखिरहेका छौ, छिटो-छिटो त्यसै गर ।”

    49यसैले हरेक व्‍यक्‍तिले हाँगाहरू काटे र अबीमेलेकको पछि लागे । तिनीहरूले ती किल्लाका पर्खालहरूमा अडाएर थुपारे, अनि त्यसमा आगो लगाइदिए, जसको कारणले शकेमको किल्लामा भएका सबै मानिसहरू, करीब एक हजार पुरुष र स्‍त्री मरे ।

  • 18दुष्‍टता आगोझैं बल्छ । त्‍यसले सिउँडी र काँढालाई भष्‍म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।

  • 10त्‍यसको छायाले पहाडहरूलाई, त्‍यसका हाँगाहरूले परमेश्‍वरका देवदारुहरूलाई ढाक्यो ।

  • 6यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः वनमा भएका रूखहरूभन्‍दा फरक गरी मैले दाखका बोटलाई आगोको लागि दाउरा हुन दिएँ । यरूशलेमका बसिन्‍दाहरूसित पनि म त्‍यसरी नै काम गर्नेछु ।

  • 9तर इस्राएलका राजा यहोआशले यहूदाका राजा अमस्याहलाई यसो भनी सन्देशवाहकहरू पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर सन्‍देश पठायो, 'तिम्री छोरी मेरा छोरासित विवाह गरिदेऊ ।' तर लेबनानमा भएको जङ्गली जनावर त्‍यताबाट हिंड्‍यो र सिउँडीलाई कुल्‍च्‍यो ।

  • यहे 31:8-9
    2 पदहरू
    69%

    8परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन् । कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो । परमेश्‍वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन ।

    9मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ र परमेश्‍वरको बगैंचामा भएका अदनका सबै रूखले त्यसको डाह गर्थे ।

  • यिर्मि 22:6-7
    2 पदहरू
    69%

    6किनकि यहूदाका राजाको घरानाको बारेमा परमप्रभु यसो भन्‍नुहुन्छ, 'तँ मेरो लागि गिलाद वा लेबनानको टाकुराजस्तै छस् । तापनि म तँलाई उजाड-स्थान, मानिसहरू नबस्‍ने सहरहरूजस्तै तुल्याउनेछु ।

    7किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।

  • 16गिदोनले सहरका एल्डरहरूलाई नियन्त्रणमा लिए, र तिनले सुक्‍कोतका मानिसहरूलाई मरुभूमिका काँढाहरू र घोच्ने झाडीले दण्ड दिए ।

  • 24तेरो सेवकहरूद्वारा तैंले परमप्रभुको निन्दा गरेको छस् र भनेको छस्, 'मेरा असंख्या रथहरूसहित पहाडहरूको उच्‍च स्थानहरूमा र लेबनानको उच्‍च ठाउँहरूमा म गएको छु । यसका अग्‍ला-अग्‍ला देवदारुहरू र यसका असल-असल सल्ला रूखहरूलाई म काट्नेछु र यसका सबभैभन्दा उच्‍च स्थानहरू, यसका सबभन्दा बढी फलदायी जङ्गलहरूमा म पस्‍नेछु ।

  • 18तर इस्राएलका राजा येहोआशले यहूदाका राजा अमस्‍याहका दूतहरूलाई यसो भनेर फिर्ता पठाए, “लेबनानको एउटा सिउँडीले लेबनानकै एउटा देवदारुलाई यसो भनेर एउटा सन्‍देश पठायो, ‘तिम्री छोरी मेरा छोरालाई पत्‍नीको रूपमा देऊ,' तर लेबनानको एउटा जङ्‍गली पशु त्‍यताबाट भएर गयो र त्‍यो सिउँडीलाई कुल्‍चिदियो ।

  • यहे 15:1-2
    2 पदहरू
    67%

    1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    2“ए मानिसको छोरो, वनका अरू कुनै रूखका हाँगाहरूभन्‍दा दाखका बोटको कसरी असल हुन्‍छ?

  • 8तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ ।

  • 6आकाशका हरेक चराले त्यसका हाँगाहरूमा गुँड बनाए, र त्यसका शितल छहारीमा जमिनका सारा प्रानीले बच्‍चा जन्माए । धेरै जातिहरूका सबैले त्यसको छायामुनि बास गरे ।

  • 8सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन् । तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन ।'

  • 16परमप्रभुका रूखहरूले प्रशस्‍त पानी पाउँछन् । लेबनानको देवदारु जसलाई उहाँले रोप्‍नुभयो ।

  • 14किनकि त्‍यसका ठुला हाँगाहरूबाट आगो निस्‍क्‍यो, र त्‍यसका फलहरू भस्‍म पार्‍यो । त्‍यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासन गर्ने राजदण्ड पनि रहेन ।' यो एउटा विलापको गीत हो, र विलापको गीतको रूपमा गाउनुपर्छ ।”

  • 6तब त्‍यो उम्‍य्रो र जमिनमा झुकेर फैलिएको दाखको बोटजस्‍तो भयो । त्‍यसका हाँगाहरू ऊतिर फर्किए र त्‍यसका जराहरूचाहिं भित्रै बढे । यसरी त्‍यो एउटा दाखको बटो भयो र त्‍यसका हाँगाहरू र मुनाहरू पलाए ।

  • 19उजाड-स्‍थानमा म देवदारु, बबुल, मेंहदी र जैतूनको रूख रोप्‍नेछु । मैले धूपी र सल्लालाई उजाड मैदानमा म खडा गर्नेछु ।

  • 15के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्‍यक्‍तिलाई उचालेको जस्तो भयो ।

  • 3हेर्! लेबनानमा अश्शूर, सुन्दर हाँगाहरू भएको लेबनानको एउटा देवदारु थियो, जसले वनलाई छाया दियो, र त्यो उचाइमा सबैभन्दा अग्लो थियो, र त्यसका हाँगाहरू टुप्पोसम्म पुगेका थिए ।

  • 11त्‍यसका हाँगाहरू बलिया थिए, जसलाई शासकको राजदण्‍डको लागि प्रयोग गरिए, र त्यसको आकार हाँगाहरूभन्‍दा माथि उठ्‍यो, र त्‍यसको उचाइचाहिं त्‍यसका पातहरूमा देखिन्‍थ्‍यो ।

  • 13र लेबनानका अग्ला र माथि उठेका सबै देवदारुका विरुद्धमा, र बाशानका सबै फँलाटका विरुद्धमा हुनेछ ।

  • यहे 17:23-24
    2 पदहरू
    67%

    23त्यसलाई इस्राएलको पर्वतहरूमा रोप्‍नेछु, ताकि त्‍यसमा हाँगाहरू पलाउनेछन् र फल फलाउनेछ, र त्‍यो एउटा सुन्‍दर देवदारु होस् ताकि पखेटा भएका हरेक चरा त्योमुनि बस्‍न सकोस् । त्यसका हाँगाहरूका छायामा तिनीहरूले गुँड लागाउन सकून् ।

    24तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्‍नेछन् । म अग्‍लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्‍गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।

  • 14उसले देवदारु काट्छ, वा सल्लाको रूख वा फलाँटको रूख छान्छ । उसले आफ्नो निम्ति वनका रूखहरू छान्‍छ । उसले सल्लाको रूख लगाउँछ र पानीले त्‍यसलाई बढाउँछ ।

  • 14प्रशस्त पानीको छेउको त्यो अग्‍लो रूखभन्‍दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून्, र त्यो उचाइसम्म पुग्‍नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो । मृत्‍युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन् ।

  • 6म त्‍यसलाई बरबाद गर्नेछु र यसलाई छाँटकाँट वा खनजोत गरिनेछैन । बरु, यसमा काँढा र सिउँडीहरू उम्रिनेछन् । त्‍यसमाथि वर्ष नहोस् भनी म बादललाई आज्ञा पनि दिनेछु ।

  • 16उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।

  • 15के यही कुराले तँलाई असल राजा बनाउँछन्, कि तैंले देवदारुका फल्याकहरू पाउने इच्‍छा गरिस्? तेरा बाबुले पनि खाए र पिए, तापनि न्याय र धार्मिकता कायम राखे, होइन र? त्यसको लागि असल कुराहरू नै भए ।

  • 15आगोले तँलाई त्यहाँ भस्म पार्नेछ, र तरवारले तँलाई नाश गर्नेछ । सलहहरूले सबै कुरा सखाप पारेझैँ त्यसले तँलाई सखाप पार्नेछ । फटेङ्ग्राहरू जस्ता अनगिन्ती हो, र सलाहहरूझैँ संख्यामा बढ्‍ ।

  • 29किनभने तिमीहरूले इच्‍छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्‍जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ ।

  • 9रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।”