लैव्यव्यवस्था 1:13

अनलक शाब्दिक बाइबल

तर त्यसका आन्द्राभुँडी र खुट्‍टाहरूलाई भने त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस् । यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँलाई चढाइएको होमबलि हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 1:9 : 9 तर त्यसका भित्री भागहरू र खुट्‍टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 1:8-12
    5 पदहरू
    97%

    8हारूनका छोराहरू, अर्थात् पुजारीहरूले वेदीको दाउरामाथिको आगोमा ती टुक्राहरू, टाउको र बोसो मिलाएर राखून् ।

    9तर त्यसका भित्री भागहरू र खुट्‍टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ ।

    10यदि त्यसको होमबलि भेडाहरू वा बाख्राहरूमध्येबाट हो भने, त्यसले एउटा निष्‍खोट भाले चढाओस् ।

    11त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

    12त्यसपछि त्यसले त्यो टुक्रा-टुक्रा गरी काटोस्, र पुजारीले त्यसको टाउको र बोसोलाई वेदीको दाउरामाथिको आगोमा मिलाएर राखोस्,

  • लैव्य 9:13-14
    2 पदहरू
    89%

    13तिनीहरूले होमबलिलाई टुक्रा-टुक्रा गरी टाउकोसमेत तिनलाई दिए र तिनले ती सबै वेदीमा जलाए ।

    14तिनले भित्री भागहरू र खुट्टाहरूलाई धोए र ती सबैलाई वेदीको होमबलिमाथि जलाए ।

  • लैव्य 8:20-21
    2 पदहरू
    86%

    20उनले त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटे र त्यसको टाउको, ती टुक्राहरू र बोसोलाई जलाए ।

    21उनले त्यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पुरै भेडालाई वेदीमा जलाए । त्यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो ।

  • लैव्य 1:14-17
    4 पदहरू
    86%

    14यदि परमप्रभुको निम्ति त्यसको बलि पक्षीहरूको होमबलि हो भने, त्यसले एउटा ढुकुर वा परेवाको बचेरा ल्याओस् ।

    15पुजारीले त्यो वेदीमा ल्याओस्, त्यसको टाउको निमोठेर चुँडाओस्, र त्यसलाई वेदीमा जलाओस् । त्यसपछि त्यसको रगत वेदीको छेउमा बहाइयोस् ।

    16त्यसले त्यसका आन्द्राभुँडीलाई त्यसका मलसहित बाहिर निकाली वेदीको पूर्वपट्‍टि खरानी राखिने ठाउँमा फ्याँकोस् ।

    17त्यसले पखेटाबाट त्यसलाई च्यातोस्, तर त्यसले त्यसलाई दुई टुक्रा नगरोस् । त्यसपछि पुजारीले त्यो वेदीको दाउरामाथिको आगोमा जलाओस् । यो एउटा होमबलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो नै आगोबाट चढाइएको बलि हुने छ ।

  • लैव्य 3:11-12
    2 पदहरू
    85%

    11त्यसपछि पुजारीले परमप्रभुको निम्ति भोजनको होमबलिझैँ वेदीमा ती सबै जलाओस् ।

    12यदि कुनै मानिसको बलि बाख्रा हो भने, त्यसले त्यो परमप्रभुकहाँ चढाओस् ।

  • निर्ग 29:17-18
    2 पदहरू
    84%

    17त्यस भेडालाई टुक्रा-टुक्रा पारेर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई धुनू अनि ती आन्द्राभुँडी, त्यसका टुक्राहरू र टाउकोसमेत

    18वेदीमा राखिदिनू । त्यसपछि सिङ्गै भेडालाई जलाउनू । यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्‍ना भएको होमबलि हो ।

  • 14त्यस मानिसले आगोद्वारा चढाइएको आफ्नो बलिलाई परमप्रभुकहाँ ल्याओस् । त्यसले भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै भएको बोसोलाई निकालोस् ।

  • 5हारूनका छोराहरूले त्यो वेदीको दाउरामाथिको आगोमा होलबलिसँगै जलाओस् । यसले परमप्रभुको निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ ।

  • लैव्य 4:10-12
    3 पदहरू
    81%

    10मेलबलिको बलिदानको साँढेबाट झैँ त्यसले त्यो सबै झिकोस् । त्यसपछि पुजारीले होमबलिको निम्ति यी सबै भागलाई वेदीमा जलाओस् ।

    11साँढेको छाला र बाँकी मासु, त्यसको टाउको, खुट्‍टाहरू, भित्री भागहरू र त्यसको गोबर,

    12र साँढेका अरू बाँकी सबै भागहरूलाई त्यसले छाउनीभन्दा बाहिरको ठाउँमा लगोस् जुन ठाउँ तिनीहरूले मेरो निम्ति शुद्ध बनाएका छन् र जहाँ तिनीहरूले खरानी खन्याउँछन्; ती भागहरूलाई तिनीहरूले त्यहाँ दाउरामा जलाऊन् । तिनीहरूले जहाँ खरानी खन्याउँछन्, त्यहीँ नै ती भागहरू जलाऊन् ।

  • 31मेलबलिबाट झैँ त्यसले जम्मै बोसोलाई काटी झिकोस् । परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति पुजारीले त्यो वेदीमा जलाओस् । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र उसलाई क्षमा हुने छ ।

  • 16पुजारीले भोजनको होमबलिझैँ ती सबै वेदीमा मिठो सुगन्ध निकाल्‍नको निम्ति जलाओस् । सबै बोसोचाहिँ परमप्रभुको हो ।

  • 3त्यस मानिसले परमप्रभुको अगि आगोद्वारा मेलबलि चढाओस् । भित्री भागहरू र दुईवटा मृगौलालाई ढाक्‍ने वा तीसँगै जोडिएको,

  • निर्ग 29:13-14
    2 पदहरू
    81%

    13आन्द्रा-भुँडी ढाक्‍ने सबै बोसो र कलेजो ढाक्‍ने मासु अनि दुईवटा मिर्गोलासाथै तिनमा भएका बोसोसमेत लिएर ती सबैलाई वेदीमा जलाइदिनू ।

    14तर बाछोको मासु, यसको छाला र गोबरचाहिँ छाउनीबाहिर लगेर जलाइदिनू । यो पापबलि हो ।

  • 5पुजारीले आगोद्वारा चढाइने बलिको रूपमा यी सबै भागहरूलाई वेदीमा जलाओस् । यो दोषबलि हो ।

  • लैव्य 2:8-9
    2 पदहरू
    81%

    8यी कुराहरूले बनाइएको अन्‍नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् ।

    9त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट केही झिकेर वेदीमा जलाओस् । यो आगोद्वारा गरिएको बलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ ।

  • लैव्य 14:19-20
    2 पदहरू
    81%

    19अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ ।

    20त्यसपछि पुजारीले होमबलि र अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने छ । पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ ।

  • 16मोशाले भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र तिनका बोसो लिए र ती सबै वेदीमा जलाए ।

  • 19त्यसले त्यसबाट सबै बोसो झिकोस् र त्यसलाई वेदीमा जलाओस् ।

  • 6भेट हुने पालको प्रवेशद्वारमा पुजारीले परमप्रभुको वेदीमा रगत छर्कने छ, र परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति उसले बोसो जलाउने छ ।

  • 6तब त्यसले त्यो होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा गरी काटोस् ।

  • 3तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्‍न पार्ने सुगन्धित बास्‍नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ ।

  • 10तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई पापबलिस्वरूप वेदीमा जलाए ।

  • 25त्यसपछि तिनीहरूका हातबाट खाना लिएर होमबलिसँगै वेदीमा तिनलाई जलाइदिनू । यसले मलाई मिठो बास्‍ना दिनेछ । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।

  • 9त्यस मानिसले मेलबलिलाई परमप्रभुको निम्ति होमबलिझैँ चढाओस् । मेरुदण्डको तल्लो भागको सम्पूर्ण बोसो र आन्द्राभुँडीलाई ढाक्‍ने र तीसँगै भएको जम्मै बोसो,

  • 28त्यसपछि मोशाले ती सबै तिनीहरूका हातबाट लिए र होमबलिको निम्ति वेदीमा जलाए । मिठो सुगन्ध दिने अभिषेकको बलि यही थियो ।

  • 25त्यसले वेदीमा पापबलिको बोसोलाई जलाओस् ।

  • 35मेलबलिको निम्ति चढाइएको भेडाको बच्‍चाको बोसोझैँ त्यसले जम्मै बोसो काटी झिकोस्, र पुजारीले परमप्रभुको वेदीमाथिको होमबलिमा त्यो जलाओस् । पुजारीले त्यस मानिसले गरेको पापको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।

  • 24ती परमप्रभुको अगि चढाउनु । पुजारीहरूले तीमाथि नून राख्‍नेछन् र परमप्रभुको निम्ति होमबलिझैं चढाउनेछन् ।

  • 18रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।

  • 16पुजारीले तिनीहरूलाई परप्रभुको सामु चढाउनुपर्छ । त्यसले आफ्ना पापबलि र होमबलि चढाउनुपर्छ ।

  • 15अन्‍नबलिको पिठो, तेल र धूपबाट पुजारीले एक मुट्ठी चिन्हको रूपमा लिएर मिठो सुगन्ध दिनको निम्ति वेदीमा जलाउने छ ।

  • 12त्यसले त्यो पुजारीकहाँ ल्याओस्, र पुजारीले त्यसबाट एक मुट्ठी चिन्हको रूपमा लिएर परमप्रभुको निम्ति वेदीमा आगोको बलिमाथि जलाओस् । यो पापबलि हो ।

  • 3यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्‍खोट गोरु ल्याओस् । परमप्रभुको अगि ग्रहणयोग्‍य होस् भनेर त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा चढाओस् ।

  • 36तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।