लैव्यव्यवस्था 12:6

अनलक शाब्दिक बाइबल

त्यसको शुद्धिकरणको समय पुरा भएपछि छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा होमबलिको निम्ति एउटा एक वर्षे भेडाको बच्‍चा, र पाप बलिको निम्ति एउटा परेवाको बचेरो वा ढुकुर ल्याओस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लू 2:22 : 22 मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए ।
  • यूह 1:29 : 29 अर्को दिन यूहन्‍नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्‍वरका थुमा!
  • २ कोरि 5:21 : 21 उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।
  • इब्रा 7:26 : 26 किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्‍च हुनुभएको छ ।
  • १ पत्रु 1:18-19 : 18 तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ । 19 तर तिमीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ ।
  • लैव्य 1:10-13 : 10 यदि त्यसको होमबलि भेडाहरू वा बाख्राहरूमध्येबाट हो भने, त्यसले एउटा निष्‍खोट भाले चढाओस् । 11 त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् । 12 त्यसपछि त्यसले त्यो टुक्रा-टुक्रा गरी काटोस्, र पुजारीले त्यसको टाउको र बोसोलाई वेदीको दाउरामाथिको आगोमा मिलाएर राखोस्, 13 तर त्यसका आन्द्राभुँडी र खुट्‍टाहरूलाई भने त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले ती सबै चढाओस्, र वेदीमा जलाओस् । यो होमबलि हो, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँलाई चढाइएको होमबलि हो ।
  • लैव्य 5:6-9 : 6 त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु, पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस्, र त्यसको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ । 7 यदि त्यससँग पाठी किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा दुईवटा ढुकुर वा दुईवटा परेवाका बच्‍चा ल्याओस्, एउटाचाहिँ पापबलिको निम्ति र अर्को होमबलिको निम्ति । 8 त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पापबलिको निम्ति अर्पण गर्ने छ । त्यसले त्यसको घाँटीबाट त्यसको टाउको निमोठोस्, तर त्यसको शरीरबाट त्यसलाई पूर्ण रूपमा नछुटाओस् । 9 त्यसपछि त्यसले पापबलिको केही रगत वेदीको वरिपरि छर्कोस्, र बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याओस् । योचाहिँ पापबलि हो । 10 त्यसपछि निर्देशनहरूमा वर्णन गरिएअनुसार त्यसले दोस्रो चरोलाई होमबलिको रूपमा अर्पण गरोस्, र त्यसले गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।
  • लैव्य 12:2 : 2 “इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘यदि कुनै स्‍त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्‍वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे ।
  • लैव्य 14:22 : 22 र आफूले ल्याउन सक्‍ने जति दुईवटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस् । एउटा चराचाहिँ पापबलि हुने छ र अर्कोचाहिँ होमबलि हुने छ ।
  • लैव्य 15:14 : 14 आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् र परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् । त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस् ।
  • लैव्य 15:29 : 29 आठौँ दिनमा त्यसले आफूसँग दुईवटा ढुकुर र परेवाका दुईवटा बचेरा लिएर भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस् ।
  • गिन 6:10 : 10 त्यसले आठौँ दिनमा दुईवटा परेवा वा दुईवटा परेवाका बचेरा भेट हुने पालको प्रवेश-द्वारमा पुजारीकहाँ ल्याउनुपर्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 12:7-8
    2 पदहरू
    90%

    7त्यसपछि पुजारीले त्यो परमप्रभुको अगि चढाएर त्यस स्‍त्रीको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यो आफ्नो रक्‍तस्रावबाट शुद्ध हुने छे । छोरा वा छोरी जन्माउने स्‍त्रीको निम्ति विधि यही नै हो ।

    8यदि त्यस स्‍त्रीको भेडाको बच्‍चा ल्याउने क्षमता छैन भने, त्यसले होमबलिको निम्ति एउटा र पापबलिको निम्ति एउटा गरेर दुईवटा ढुकुर वा परेवाका दुईवटा वचेरा ल्याओस्, र पुजारीले त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ अनि त्यो शुद्ध हुने छे’ ।”

  • लैव्य 15:28-30
    3 पदहरू
    85%

    28तर यदि त्यो स्‍त्री आफ्नो रगत बगाइबाट शुद्ध भई भने, त्यसले सात दिन गनोस् र त्यसपछि त्यो शुद्ध हुने छे ।

    29आठौँ दिनमा त्यसले आफूसँग दुईवटा ढुकुर र परेवाका दुईवटा बचेरा लिएर भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस् ।

    30पुजारीले एउटा चरोलाई पापबलिझैँ र अर्कोलाई होमबलिझैँ अर्पण गर्ने छ, र त्यसको अशुद्ध रगत बगाइको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ ।

  • लैव्य 12:1-5
    5 पदहरू
    84%

    1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

    2“इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘यदि कुनै स्‍त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्‍वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे ।

    3आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ ।

    4त्यसपछि त्यस स्‍त्रीको रक्‍तस्रावको शुद्धिकरण तेत्तिस दिनसम्म जारी रहने छ । त्यसको शुद्धिकरणको समय पुरा नभएसम्म त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन वा पवित्र स्थानमा आउनुहुँदैन ।

    5तर यदि त्यसले छोरी जन्माई भने, त्यसको रजस्‍वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध रहने छे । त्यसपछि त्यसको शुद्धिकरण छैसट्ठी दिनसम्मै जारी रहने छ ।

  • लैव्य 15:14-15
    2 पदहरू
    82%

    14आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् र परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् । त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस् ।

    15पुजारीले तीमध्ये एउटा पापबलि र अर्को होमबलिको रूपमा अर्पण गर्ने छ, र त्यसको रोगको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ ।

  • गिन 6:10-14
    5 पदहरू
    82%

    10त्यसले आठौँ दिनमा दुईवटा परेवा वा दुईवटा परेवाका बचेरा भेट हुने पालको प्रवेश-द्वारमा पुजारीकहाँ ल्याउनुपर्छ ।

    11पुजारीले एउटा चरालाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । यिनीहरूले त्यसको पापको प्रायश्‍चित्त गर्ने छन्, किनभने मुर्दाको नजिक परेर त्यसले पाप गर्‍यो । त्यसले त्यस दिन आफ्नो शिर शुद्ध पार्नुपर्छ ।

    12त्यसले आफ्नो शुद्धिकरणको दिनको निम्ति परमप्रभुको निम्ति आफूलाई अलग गर्नुपर्छ । त्यसले एक वर्षे थुमालाई दोषबलिको रूपमा ल्याउनुपर्छ । त्यसले आफूलाई अशुद्ध पारेका दिनहरू गन्‍नुहुँदैन, किनभने त्यसले अशुद्ध पार्‍यो ।

    13नाजिरीको अलग हुने समय पुरा हुनेको निम्ति नाजिरीको नियम यही हो । त्यसलाई भेट हुने पालको प्रवेश-द्वारमा ल्याउनुपर्छ ।

    14त्यसले आफ्नो बलि परमप्रभुलाई चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित एउटा थुमालाई होमबलिको रूपमा चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित पाठीलाई पापबलिको रूपमा चढाउनुपर्छ । त्यसले एउटा खोटरहित थुमालाई मेलबलिको रूपमा ल्याउनुपर्छ ।

  • लैव्य 14:22-24
    3 पदहरू
    80%

    22र आफूले ल्याउन सक्‍ने जति दुईवटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस् । एउटा चराचाहिँ पापबलि हुने छ र अर्कोचाहिँ होमबलि हुने छ ।

    23आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धिकरणको निम्ति पुजारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस् ।

    24पुजारीले बलिदानको निम्ति भेडाको बच्‍चा लिने छ, र त्यससँगै उसले आधा माना जैतूनको तेल लिने छ, र उसले ती माथि उठाएर परमप्रभुको अगि अर्पण गर्ने छ ।

  • लू 2:22-24
    3 पदहरू
    77%

    22मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए ।

    23परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो ।”

    24तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोडी ढुकुर र दुईवटा परेवा बलिदान चढाउन लिएर आए ।”

  • लैव्य 5:6-7
    2 पदहरू
    76%

    6त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु, पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस्, र त्यसको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ ।

    7यदि त्यससँग पाठी किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा दुईवटा ढुकुर वा दुईवटा परेवाका बच्‍चा ल्याओस्, एउटाचाहिँ पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ।

  • 14यदि परमप्रभुको निम्ति त्यसको बलि पक्षीहरूको होमबलि हो भने, त्यसले एउटा ढुकुर वा परेवाको बचेरा ल्याओस् ।

  • लैव्य 14:10-12
    3 पदहरू
    75%

    10आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस् ।

    11शुद्ध गर्ने पुजारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर-सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस् ।

    12पुजारीले दुईवटा भेडाका पाठामध्ये एउटा लिने छ र आधा माना तेलसँगै दोषबलि अर्पण गर्ने छ, र परमप्रभुको अगि डोलाइने बलिको रूपमा उसले त्यो डोलाउने छ ।

  • 27“बाछा वा भेडा वा बाख्रा जन्मिँदा त्यो त्यसको माउसँग सात दिन रहोस् । आठौँ दिनबाट परमप्रभुको निम्ति होमबलि अर्पण गर्नलाई त्यो स्वीकारिने छ ।

  • लैव्य 14:30-31
    2 पदहरू
    75%

    30उसले ढुकुरहरूमध्ये वा परेवाका बचेराहरूमध्ये एउटालाई आफ्नो क्षमताअनुसार अर्पण गरोस्-

    31अन्‍नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस् ।

  • 32यदि त्यस मानिसले पापबलिको निम्ति भेडाको बच्‍चा ल्याउँछ भने, त्यसले एउटा निष्‍खोट पाठी ल्याओस् ।

  • लैव्य 5:11-12
    2 पदहरू
    71%

    11तर यदि त्यससँग दुई ढुकुर वा दुई परेवाका बच्‍चा किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति बलिको रूपमा आधा पाथी मसिनो पिठोको पापबलि ल्याओस् । त्यो पापबलि भएको कारण त्यसले त्यसमा तेल वा धूप नराखोस् ।

    12त्यसले त्यो पुजारीकहाँ ल्याओस्, र पुजारीले त्यसबाट एक मुट्ठी चिन्हको रूपमा लिएर परमप्रभुको निम्ति वेदीमा आगोको बलिमाथि जलाओस् । यो पापबलि हो ।

  • 16पुजारीले तिनीहरूलाई परप्रभुको सामु चढाउनुपर्छ । त्यसले आफ्ना पापबलि र होमबलि चढाउनुपर्छ ।

  • 6त्यसपछि त्यसले परमप्रभुको अगि बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा दोषबलि ल्याओस् र पुजारीलाई दिओस् ।

  • 12बालीको बिटालाई डोलाएर मलाई अर्पण गर्ने दिनमा एक वर्षको निष्‍खोट थुमा होमबलिको रूपमा परमप्रभुलाई चढाउनू ।

  • 57तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 15तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 23त्यसलाई तैंले शुद्ध गरिसकेपछि, बथानबाट एउटा निष्खोट साँढे र बगालबाट एउटा निष्खोट भेडो चढाउनु ।

  • 19अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ ।

  • 51तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 17सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

  • 45तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 63तिनले पापबलिको रूपमा एउटा बाख्रा दिए ।

  • 27तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 21तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 33तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।