लैव्यव्यवस्था 13:45

अनलक शाब्दिक बाइबल

सरुवा रोग लागेको मानिसले झुत्रो लुगा लगाओस्, त्यसले आफ्ना कपाल खुला छोडोस्, र आफ्नो अनुहारलाई नाकसम्‍म ढाकेर त्यसले सोर निकालेर ‘अशुद्ध, अशुद्ध’ भनोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 10:6 : 6 त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई यसो भने, “तिमीहरूको शिरको केश नफुकाल, र आफ्ना वस्‍त्रहरू नच्यात, अनि तिमीहरू मर्ने छैनौ, र परमप्रभु सबै समुदायसँग क्रोधित हुनुहुने छैन । तर आफ्ना नातेदारहरू अर्थात् समस्त इस्राएलको घरानालाई परमप्रभुको आगोले भष्‍म गरेकाहरूका निम्ति विलाप गर्न देओ ।
  • विलाप 4:15 : 15 तिनीहरूलाई देखेर मानिसहरू चिच्‍च्याउँछन्, “भाग, हे अशुद्धहरू हो! भाग! भाग! नछोओ!” त्यसैले तिनीहरू यताउता भौँतारिए । मानिसहरूले जाति-जातिहरूका बिचमा भने, “अबदेखि उसो तिनीहरू यहाँ बस्‍न सक्दैनन् ।”
  • यहे 24:17 : 17 तैंले चूपचाप सुस्‍केरा हाल्नुपर्छ । मृतकको अन्तेष्‍टि नगर्‌ । आफ्‍ना फेटा आफ्‍नो टाउकोमा बाँध र आफ्‍ना जुत्ता आफ्‍ना खुट्टामा लगा, तर आफ्नो मुखका रौं नढाक् वा आफ्ना पत्‍नीको मृत्युमा शोक गर्ने मानिसहरूका रोटी नखा ।”
  • यहे 24:22 : 22 तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्‍नो अनुहारका रौं छोप्‍नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ ।
  • मीका 3:7 : 7 दर्शन देख्‍नेहरू शर्ममा पर्नेछन्, र भविष्यवक्ताहरू भ्रमित हुनेछन् । तिनीहरू सबैले आफ्ना मुख छोप्‍नेछन्, किनभने मबाट कुनै जवाफ आउनेछैन ।”
  • लू 17:12 : 12 एउटा गाउँमा पुगेपछि, उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो । तिनीहरू उहाँभन्दा टाढा उभिए ।
  • उत्प 37:29 : 29 पछि रूबेन त्यस खाडलमा फर्केर गए, तर योसेफ भने खाडलमा थिएनन् । उनले आफ्ना लुगाहरू च्याते ।
  • लू 5:8 : 8 तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।”
  • लू 7:6-7 : 6 त्यसैले, येशू तिनीहरूसँगै सरासर बाटो लाग्‍नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए, “प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ । 7 यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्‍त योग्यको ठानिनँ, तर वचन बोली दिनुहोस् र मेरो दास निको हुनेछ ।
  • यो 2:13 : 13 आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्‍त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न ।
  • लैव्य 21:10 : 10 आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्‍याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस् ।
  • २ शमू 13:19 : 19 तामारले आफ्नो टाउकोमा खरानी हालिन् र आफ्नो लुगा च्यातिन् । उनले आफ्नो हात शिरमाथि राखिन् र उनी ठुलो सोरले रुँदै हिंडेर गइन् ।
  • अय्यू 1:20 : 20 तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे ।
  • अय्यू 42:6 : 6 त्यसैले म आफैलाई हीन ठान्‍छु । धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्छु ।”
  • भजन 51:3 : 3 किनकि म आफ्‍ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ ।
  • भजन 51:5 : 5 हेर्नुहोस्, म पापमा नै जन्में । आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै, म पापमा नै थिएँ ।
  • यशा 6:5 : 5 तब मैले भने, “मलाई धिक्‍कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!”
  • यशा 52:11 : 11 छोड, छोड, त्यहाँबाट बाहिर जाओ । अशुद्ध कुनै कुरा नछोओ । त्यसको माझबाट जाओ । आफैलाई शुद्ध बनाओ, तिमीहरू जसले परमप्रभुको पात्रलाई बोक्‍छौ ।
  • यशा 64:6 : 6 किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् ।
  • यिर्मि 3:25 : 25 हामी लाजमा पल्टौं । हाम्रो लाजले हामीलाई ढाकोस्, किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा पाप गरेका छौं । हाम्रो युवावस्थादेखि आजको दिनसम्म हामी र हाम्रा पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्‍वरको आवाजलाई सुनेका छैनौं ।”
  • यिर्मि 36:24 : 24 तर यी वचन सुन्‍ने न राजा न तिनका अधिकारीहरू डराए, न त तिनीहरूले आफ्ना लुगा नै च्याते ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 13:42-44
    3 पदहरू
    89%

    42तर यदि त्यसको खुइलेको शिर वा निधारमा रातो-सेतो खटिरा आएको छ भने, त्यो फुटेर निस्‍केको सरुवा रोग हो ।

    43त्यसपछि पुजारीले त्यस मानिसको खुइलेको शिर वा निधारको सुनिएर फुलेको ठाउँलाई छालाको सरुवा रोगझैँ छ कि छैन भनेर जाँच गर्ने छ ।

    44यदि त्यो त्यस्तै छ भने, त्यसलाई सरुवा रोग लागेको छ, र त्यो अशुद्ध हुने छ । त्यसको शिरमा रोग भएको कारण पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् ।

  • लैव्य 13:46-47
    2 पदहरू
    85%

    46त्यसमा त्यो सरुवा रोग भइन्जेलसम्‍म त्यो अशुद्ध रहने छ । फैलिन सक्‍ने रोगद्वारा त्यो अशुद्ध भएको कारण, त्यो एक्‍लै बस्‍नुपर्छ । त्यो छाउनीभन्दा बाहिर बस्‍नुपर्छ ।

    47यदि कुनै लुगामा ढुसी परेको छ भने, चाहे त्यो ऊनी होस् वा सुती,

  • लैव्य 13:2-15
    14 पदहरू
    84%

    2“यदि कसैको शरीरको छाला सुनिएर फुल्‍यो वा त्यसमा खटिरा वा उज्‍ज्‍वल दाग आयो, र त्यो सङ्क्रमित भएर त्यसको शरीरमा छालाको रोग आयो भने, त्यसलाई प्रधान पुजारी अर्थात् हारून वा त्यसका पुजारी छोराहरूकहाँ ल्याइनुपर्छ ।

    3त्यसपछि पुजारीले त्यसको शरीरमा आएको छालाको रोगको जाँच गर्ने छ । यदि रोग लागेको ठाउँको रौँ सेतो भएको छ, र त्यो रोग छालामा गहिरो भएको छ भने, त्यो सरुवा रोग हो । पुजारीले त्यसलाई हेरेपछि उसले त्यसलाई अशुद्ध भनेर घोषणा गर्ने छ ।

    4यदि त्यसको छालामा भएको उज्‍ज्‍वल दाग सेतो छ, र त्यो छालामा गहिरो देखिँदैन, र त्यो रोग लागेको ठाउँको रौँ सेतो भएको छैन भने, रोग लागेको मानिसलाई पुजारीले सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    5सातौँ दिनमा पुजारीले त्यो रोग खराब भएको छ वा छैन र छालामा फैलिएको छ वा छैन भनेर जाँच्‍ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई अझै सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    6पुजारीले फेरि सातौँ दिनमा त्यो रोगमा केही सुधार भएको छ वा छैन र छालामा पर-परसम्‍म फैलिएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ । यदि फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गर्ने छ । त्यो एउटा डाबर मात्र हो । त्यसले आफ्ना लुगाहरू धोओस्, अनि त्यो शुद्ध हुने छ ।

    7तर त्यसले आफैलाई पुजारीकहाँ देखाइसकेपछि यदि त्यो डाबर छालामा फैलियो भने, त्यसले फेरि आफूलाई पुजारीकहाँ देखाओस् ।

    8त्यो डाबर छालामा अझै परसम्‍म फैलिएको छ वा छैन भनेर पुजारीले जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गर्ने छ । त्यो सरुवा रोग हो ।

    9यदि कसैलाई सरुवा रोग लागेको छ भने, त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।

    10पुजारीले छालामा कुनै भाग सेतो भएर फुलेको छ वा छैन, रौँ सेतो भएको छ वा छैन, वा फुलेको ठाउँमा कुनै आलो मासु पलाएको छ वा छैन भनेर त्यसको जाँच गर्ने छ ।

    11यदि छ भने, त्यो धेरै पुरानो छालाको रोग हो, र पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो पहिले नै अशुद्ध भएको कारणले पुजारीले त्यसलाई अलग्‍गै राख्‍ने छैन ।

    12यदि पुजारीले हेर्दा त्यसको रोग छालाभरि फैलिएर त्यसको शिरदेखि पाउसम्‍मै पुगेको रहेछ भने,

    13त्यो रोगले त्यसका सबै शरीर ढाकेको छ वा छैन भनेर उसले त्यसलाई जाँचोस् । यदि छ भने, त्यो रोग भएको मानिसलाई पुजारीले शुद्ध घोषणा गरोस् । यदि त्यो पुरै सेतो भएको छ भने, त्यो शुद्ध हुने छ ।

    14तर यदि त्यसमा आलो मासु देखा पर्‍यो भने, त्यो अशुद्ध हुने छ ।

    15पुजारीले त्यो आलो मासुलाई हेरेर त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् किनभने आलो मासु अशुद्ध हो । त्यो एउटा सरुवा रोग हो ।

  • लैव्य 13:20-23
    4 पदहरू
    81%

    20त्यो छालामा गहिरो छ वा छैन र त्यसको रौँ सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि त्यस्तो भएको छ भने पुजारीले त्यस मानिसलाई अशुद्ध घोषणा गरोस् । फोका भएको ठाउँमा नै त्यो आएको हो भने त्यो एउटा सरुवा रोग हो ।

    21तर पुजारीले जाँच गर्दा त्यसमा कुनै सेतो रौँ छैन भने, र त्यो छालामा गहिरो छैन तर बिलाउँदै गएको छ भने, पुजारीले त्यस मानिसलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    22यदि त्यो छालामा पर-पर फैलियो भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।

    23तर यदि त्यो सेतो दाग आफ्‍नै ठाउँमा रह्‍यो र त्यो फैलिएन भने, त्यो त्यस फोकाको दाग मात्र हो, र पुजारीले त्यस मानिसलाई शुद्ध घोषणा गरोस् ।

  • लैव्य 13:49-57
    9 पदहरू
    81%

    49यदि त्यो लुगा, छाला, बुनिएको वा सिलाइएको वस्‍तु, छालाद्वारा बनेको कुनै वस्‍तुमा हरियो वा रातो दाग छ भने त्यो फैलिने ढुसी हो, र त्यो पुजारीलाई देखाइनुपर्छ ।

    50पुजारीले त्यो ढुसी भएको वस्‍तुलाई जाँचोस्, र ढुसी भएको जुनसुकै वस्‍तुलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    51पुजारीले सातौँ दिनमा त्यो ढुसीलाई फेरि जाँचोस् । यदि त्यो त्यस लुगामा, वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको कुनै वस्‍तुमा, वा छाला वा छाला प्रयोग गरिएको कुनै वस्तुमा फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो, र त्यो वस्तु अशुद्ध हो ।

    52त्यसले त्यो लुगा, ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको, वा छाला वा छालाबाट बनाइएको कुनै वस्तु, वा हानि गर्ने ढुसी भेटिएको जुनसुकै वस्‍तुलाई जलाओस्, किनभने त्यसले रोग लाग्‍न सक्छ । त्यो वस्‍तु पूर्ण रूपमा जलाइनुपर्छ ।

    53पुजारीले त्यो वस्‍तुलाई जाँच्‍दा त्यो लुगा वा ऊनी वा सुतीबाट बुनिएको वा सिलाइएको वस्‍तु, वा छालाका वस्‍तुहरूमा ढुसी फैलिएको छैन भने,

    54त्यो ढुसी फेला परेको वस्‍तुलाई पुजारीले धुनू भनी आज्ञा गर्ने छ, र उसले त्यो अझै सात दिनसम्‍म अलग्‍गै राख्‍ने छ ।

    55ढुसी लागेको वस्‍तुलाई धोइसकेपछि पुजारीले त्यसको जाँच गर्ने छ । त्यो ढुसी नफैलिएको भए तापनि त्यसले आफ्‍नो रङ्ग परिवर्तन गरेन भने, त्यो अशुद्ध हुने छ । ढुसी वस्‍तुको जुन ठाउँमा लागेको भए तापनि तैँले त्यसलाई जलाउनू ।

    56पुजारीले त्यो वस्‍तुको जाँच गर्दा त्यसलाई धोइएपछि यदि ढुसी फिका भयो भने, तैँले ढुसी लागेको भागलाई लुगा वा छाला, वा बुनिएको वा सिलाइएको वस्‍तुबाट च्‍यात्‍नू ।

    57यदि त्यो लुगामा, चाहे त्यो बुनिएको वा सिलाइएको वा छालाबाट बनेको वस्‍तु होस्, अझै पनि ढुसी देखियो र त्यो फैलिँदै छ भने, ढुसी भएको जुनसुकै वस्‍तुलाई तैँले जलाउनू ।

  • लैव्य 13:25-27
    3 पदहरू
    80%

    25पुजारीले त्यस दागमा पलाएको रौँ सेतो भएको छ वा छैन, र त्यो छालामा गहिरो भएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो पोलेको घाउ फुटेको छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।

    26तर पुजारीले त्यो जाँच गर्दा त्यस दाग भएको ठाउँमा कुनै सेतो रौँ नभएको, र त्यो छालामा नफैलिएको तर बिलाउँदै गएको पायो भने, पुजारीले त्यसलाई सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    27सातौँ दिनमा पुजारीले त्यसको जाँच गरोस् । यदि त्यो छालामा पर-परसम्‍म फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो एउटा सरुवा रोग हो ।

  • लैव्य 13:29-31
    3 पदहरू
    79%

    29यदि कुनै पुरुष वा स्‍त्रीको टाउको वा चिउँडोमा सरुवा रोग लागेको छ भने,

    30पुजारीले त्यो रोग छालामा गहिरो भएको छ वा छैन, र त्यसमा कुनै पहेँलो, मसिनो रौँ छ वा छैन भनेर त्यस रोगको जाँच गर्ने छ । यदि त्यहाँ छ भने, पुजारीले त्यसलाई अशुद्ध घोषणा गरोस् । त्यो टाउको वा चिउँडोको चिलाउने सरुवा रोग हो ।

    31पुजारीले त्यो चिलाउने रोगको जाँच गर्दा त्यो छालामा गहिरो नभएको, र त्यसमा कालो रौँ नपलाएको देख्‍यो भने, पुजारीले त्यो चिलाउने रोग लागेको मानिसलाई सात दिनसम्‍म अलग्‍गै राख्‍ने छ ।

  • लैव्य 14:44-45
    2 पदहरू
    78%

    44पुजारी आएर घरमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो र त्यो घर अशुद्ध हुन्छ ।

    45त्यो घर भत्‍काइयोस् । त्यस घरका ढुङ्गाहरू, काठहरू र पोतिएको माटो सबै सहरभन्दा बाहिर कुनै अशुद्ध स्थानमा लगियोस् ।

  • 59कुनै ऊनी वा सुतीको लुगा, ऊनी वा सुतीबाट बुनिएको कुनै वस्‍तु, वा छाला वा छालाबाट बनेको कुनै वस्‍तुको ढुसीसम्बन्धी विधि यी नै हुन्, जसअनुसार तिमीहरूले त्यसलाई शुद्ध वा अशुद्ध भनी घोषणा गर्न सक्छौ ।”

  • लैव्य 14:2-3
    2 पदहरू
    77%

    2“रोग लागेको मानिसको शुद्धिकरणको दिनको निम्ति विधि यी नै हुन् । त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।

    3छालाको सरुवा रोग निको भएको छ वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्‍नको निम्ति पुजारी छाउनीभन्दा बाहिर जाने छ ।

  • लैव्य 13:33-35
    3 पदहरू
    76%

    33त्यो रोग लागेको ठाउँलाई छोडेर त्यसको रौँ खौरियोस्, र त्यो चिलाउने रोग लागेको मानिसलाई पुजारीले अर्को सात दिनसम्‍म अलग्‍गै राखोस् ।

    34सातौँ दिनमा पुजारीले त्यो रोग छालामा फैलिन रोकिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो छालाभन्दा गहिरो भएको छैन भने पुजारीले त्यसलाई शुद्ध घोषणा गरोस् । त्यो मानिसले आफ्ना लुगाहरू धुने छ, अनि त्यो शुद्ध हुने छ ।

    35तर पुजारीले त्यसलाई शुद्ध घोषणा गरिसकेपछि त्यो चिलाउने रोग छालामा पर-परसम्‍म फैलियो भने,

  • 32छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन, त्यसको निम्ति विधि यी नै हुन् ।”

  • 17छाला सेतो भएको छ वा छैन भनेर पुजारीले त्यसको जाँच गर्ने छ । यदि छ भने पुजारीले त्यस मानिसलाई शुद्ध भनी घोषणा गर्ने छ ।

  • 8शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ । त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस् ।

  • 7सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसको शरीर छुने मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र साँझसम्‍म त्यो अशुद्ध रहने छ ।